- काठमाडौँ४ फागुन ।
फास्टफुड व्यवसायमा मःम सर्वाधिक लोकप्रिय छ । स्वादिलो र भोक मेट्ने भएकाले मःम खाजाका रुपमा धेरैका लागि पहिलो रोजाइमा पर्ने गरेको छ। नेपालीले पैसा, स्वाद र सन्तुष्टिका हिसाबले पनि अन्य खाजाभन्दा मःमलाई नै प्राथमिकता दिने गरेका छन् ।
काठमाडौंका पाँच तारे होटलदेखि सडकको छेउमा ठेलागाडामा समेत मःम नै ग्राहकहरुले खाजामा धेरै रोज्ने गरेका छन् । मःम एक प्लेटको ६० रुपैयाँदेखि तीन सय रुपैयाँसम्ममा बिक्री हुन्छ।
नेपालमा दैनिक रुपमा कति मःम बिक्री हुन्छ र कति होटेल तथा रेस्टुरेन्टहरुबाट मःम बिक्री हुन्छ भन्ने आधिकारिक तथ्यांक छैन। व्यवसायीको अनुमानअनुसार काठमाडौं उपत्यकामा मात्र दैनिक दुई करोड रुपैयाँको मःम बिक्री हुन्छ ।

- काठमाडौं २७ माघ ।
त्यसको भोलिपल्ट बिहीबार नेपाल बैंकर्स एशोसिएसनमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरुबीच छलफल भएको छ । छलफलमा तत्कालका लागि गाडी, घरजग्गा र सेयर धितो ऋण रोक्ने सहमति भएको छ ।
‘हामीले कर्जा योग्य लगानी अभाव भइरहेको यो समयमा तत्काललाई यी कर्जामा लगानी नगर्ने गरि सहमत भएका हौं, सधै यी कर्जामा लगानी हुँदैन भन्ने पनि होइन,’ बैंकर्स एशोसिएशनका उपाध्यक्ष किशोर महर्जनले भने । तर हालाई भने यी क्षेत्रमा नयाँ कर्जा जाने छैन् ।
अनुत्पादक क्षेत्रमा तत्काललाई लगानी भइरहेको भन्दैे बैंकहरु आफैलाई संयमित हुन विहीवार भएको छलफलमा राष्ट्र बैंकल निर्देशन दिएको थियो ।
वाणिज्य बैंकहरुको ओभरड्राफ्ट, घरजग्गा र सेयर धितोमा कुल कर्जाको ७३ प्रतिशतसम्म कर्जा लगानी भएको देखिएको थियो ।
काठमाडौँ, १२ माघ
आज बुधबार बजार परिसूचक नेप्से घटेको छ भने अघिल्लो दिनको तुलनामामा कारोबार रकममा बढेको छ । बुधबार बजार परिसूचक नेप्से ३६ दशमलब ३८ अंकले घटेर १३९६ दशमलब ६१ को बिन्दुमा पुगेर रोकिएको छ भने १७ लाख ४ हजार कित्ता सेयर खरिद बिक्रिबाट ५९ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
प्रभु बैंकको संस्थापक शेयर मात्रै १७ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनीहरुमा एसियन लाइफ इन्स्योरेन्स, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड , नेपाल बंगलादेश बैंक, प्रभु बैंक रहेका संस्थापक शेयर, प्रभु बैंक रहेका छन।
बुधबारको कारोबारमा उत्पादन समुह बाहेक सबै सूचकहरु घटेका छन। जसमा बैंकिंग समुह ३६.१४ अंकले घटेको छ भने बिमा समुह २६७.४१ अंकले ओरालो लागेको छ । त्यस्तै बुधबारको कारोबारमा कमाउनेमा गरिमा विकास बैंक, युनिलिभर नेपाल, कुमारी बैंक , एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था, तिनाउ डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् ।
गुमाउनेमा राष्ट्रिय बिमा कम्पनी, नेरुदी लघुवित्त विकास बैंक, बरुण हाइड्रो, सगरमाथा फाइनान्स, राष्ट्रिय बिमा कम्पनीका संस्थापाक शेयर लगानीकर्ता रहेका छन् ।
बैंकहरुले कर्जा प्रवाह करिब करिब रोक्का गर्ने तथा अनुत्पादक क्षेत्रमा प्रवाह गरेको ऋण रिकभरीमा लाग्ने संकेत देखिदा त्यसको प्रभाब सेयर बजारमा सेमत देखिएको छ। एकतर्फ बजार अझै घटेर मार्जिन कलको चेपुवामा पर्ने डर र अर्कातर्फ लगानीकर्ताहरु बैंकहरुले उपलब्ध गराएको १३ प्रतिशत ब्याजमा आकर्षित हुँदा सेयरको आपूर्ति बढेर बजारले ओरालो बाटो लिएको आंकलन गरिएको छ ।
यद्दपी बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंक तत्कालको तरलता ब्यवस्थापनमा लागेकाले यो समस्या समाधान हुने अपेक्षा गरिएको छ। त्यस्तै बैंक तथा वित्तीय संस्था ऋण रिकभर तर्फ लाग्दा सेयर लोनमा पनि ब्याज बढ्ने हो कि भन्ने मानसिकता बनाएर लामो समयदेखि होल्ड गर्दै आएका लगानीकर्ताहरुले समेत घटेर नै सेयर बेच्दा सेलिंग प्रेसर बढेको जनाइएको छ।

- काठमाडौं १३ पुस ।
एक अर्व पुजि भएको उक्त कम्पनीमा हाल ७ जनाको संचालक समिती रहेको छ भने सर्वसाधारण शेयर जारी भएपछि सर्वसाधारण शेयर धनिबाट थप दुई जना संचालक समितीमा सदस्य थप गरिने बताइएको छ ।
२ सय छपन्न जना सस्थापक शेयर धनि रहेको काठमाडौं क्यापिटल लिमिटेडले पुजी बजारमा आफ्नो आगमन उत्पादन मुलक क्षेत्रमा लगानी र रोजगारी सृजना मार्फत राज्यलाई आर्थीक सम्बृद्धीमा डोर्याउनका लागि भएको बताएको छ ।
उसले नेपालका खानीहरुको अनुसन्धान, उत्खनन, हाइड्रोपावर निमार्ण लगायत विभिन्न उत्पादनशिल क्षेत्रमा लगानी गर्ने बताएको छ ।
चुक्ता पुजि ३२ करोड रहेको उक्त कम्पनीले पहिलो बर्षमा शेयर धनिहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने र दोश्रो बर्ष ३० प्रतिशत लाभांश वितरण गर्ने लक्ष्य राखेको छ । नेपालमा लव्धप्रतिष्ठित व्यापारीहरु, बैंकर, सिए लगायतले उक्त कम्पनीमा लगानी गरेका छन् ।
कार्यक्रममा बोल्दै उद्योग मन्त्री नविन्द्रराज जोशीले काठमाडांै क्यापिटल लिमिटेडले गाँउगाँउमा गएर सम्भावना भएका क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
उनले नेपालमा भएका पव्लिक इन्भेष्टमेन्ट कम्पनीले सहर कन्द्रीत भएर घर जग्गामा मात्र लगानी गरेको भन्दै यो कम्पनीलाई उत्पादनसिल क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
देश र जनताको लागि काम गर्ने जो सुकै कम्पनीलाई पनि आफूले सहयोग गर्ने बताउँदै मन्त्री जोशीले कम्पनीको बारेमा सोच्न भन्दा देशको बारेमा सोचेर आफ्ना काम कारवाहीलाई अगाडी बढाउन अनुरोध गरे ।
कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष जलेश्वर पाण्डेले सबै शेयर सदस्यहरुको भवना अनुसार, नियम कानुनमा रही देश र जनताको पक्षमा कम्पनीले काम गर्ने बताए ।
त्यस्तै, काठमाडौं क्यापिटल लिमिटेडले नेपालमा सम्भावना बोकेका क्षेत्रहरुमा लगानी गरि देशको सम्बृद्धी गर्न तिर अगाडी बढ्ने संचालक समितीका सदस्य दिपक पाण्डेले बताए ।
स्वागत मन्तव्य राख्दै उनले नेपाल सम्भावनको भुमि हो, ति सम्भावनाहरुलाई चिनेर उत्पादन मुलक क्षेत्रमा लगानी गर्नका लागि काठमाडौं क्यापिटल लिमिटेडको स्थापना भएको बताए ।
म्याग्दी, १३ मङ्सिर ।
म्याग्दीको नारच्याङ–१ मा घलेम्दी खोला जलविद्युत् आयोजनाको ६० प्रतिशत सुरुङ निर्माण भएको छ ।
घलेम्दी हाइड्रो लिमिटेडले विसं २०७१ देखि निर्माण सुरु गरेको पाँच मेघावाट क्षमताको आयोजनाको हालसम्म एक हजार २५ मिटर सुरुङ निर्माण भएको हो ।
इन्टेकतर्फबाट ३७० मिटर र विद्युत् गृहतर्फबाट ६५५ मिटर सुरुङ निर्माण भएको आयोजनाका निर्देशक अनन्तराज पोख्रेलले जानकारी दिए । उनका अनुसार आगामी चैत महिनाभित्र बाँकी ६६० मिटर सुरुङ निर्माण सक्ने लक्ष्य राखिएको छ ।
कुनै अवरोध, विपद्, मजदुर र निर्माण सामग्रीको अभाव नभए आयोजनाबाट आगामी एक वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । बाँध, सुरुङको प्रवेशबिन्दुतर्फ नहर बनाउने र फोरवेबाट विद्युत्गृहतर्फ पानी खसाल्ने पेनस्टक निर्माणको काम भइरहेको छ ।
आयोजनामा दैनिक २०० जनाको हाराहारीमा जनशक्ति परिचालन भएका छन् । एक सय जना मजदुर आयोजना प्रभावित नारच्याङ गाविसकै छन् । आयोजनाप्रति समुदायको अपनत्वको भावना र सहयोग रहेको घलेम्दी हाइड्रो लिमिटेडका कार्यालय प्रमुख विमल रिजालले बताए ।
उनका अनुसार रु ८५ करोड लागत अनुमान गरिएको आयोजनामा संस्थापक सेयर सदस्यको रु ३० करोड लगानी रहेको छ । सेयर लगानीमा आयोजना प्रभावित क्षेत्र र जिल्लावासीलाई प्राथमिकता दिइएको रिजालले बताए ।
तीन वटा बैंकले रु ५५ करोड लगानी गरेका छन् । भिबोर सोसाइटी विकास, टुरिजम डेभलपमेन्ट, सिद्धार्थ डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट फन्डले घलेम्दीमा लगानी गरेका हुन् ।

- गोरखा, १२ मङ्सिर ।
बुढीगण्डकी आयोजनाले डुबाउने जग्गाको मुआब्जा मूल्य निर्धारण भएपछि स्थानीयहरू उत्साही भएका छन्।
बुढीगण्डकी डुबान पीडितका नाममा विभिन्न चरणमा राज्यलाई घच्घच्याउदै आएका स्थानीयहरूमा अब भने केहि हुन्छ कि भन्ने आशा समेत पलाएको छ। गोरखा र धादिंगको बीचबाट बग्ने बुढीगण्डकीमा १२ सय मेघावाटको जलाशययुक्त आयोजना निर्माण हुन् लागेको हो ।
यदि अरु कुनै जलाशययुक्त ठुला आयोजना यसभन्दा अगाडी नबने बुढीगण्डकी जलाशय आयोजना नेपालको दोस्रो ठुलो जलाशययुक्त आयोजना हुनेछ। कुलेखानीको इन्द्रसरोबर नेपालकै पहिलो जलाशययुक्त आयोजना हो। हालै सम्पन्न मुवाव्जा निर्धारण समितिको बैठकले उक्त आयोजना प्रभावितहरुलाई वितरण गरिने मुवाब्जा निर्धारण गरेको हो।
जसअनुसार आयोजनाको जलसतहले प्रभाव पार्ने क्षेत्रमा प्रतिरोपनी ५ लाख देखि ८ लाख रुपियाँ मुवाब्जा वितरण गरिनेछ। डुवान पर्ने ६० हजार रोपनी खेत, पाखो र घर जग्गाका लागी आयोजनाले मुवाब्जा उपलब्ध गराउने छ।
समितिले गरेको निर्णअनुसार मुलबाटो र बाक्लो वस्तीको लागि वरपरको जग्गालाई ८ लाख रुपियाँ मुवाब्जा उपलब्ध गराइनेछ। पाखो वारिलाई अधिकतम ५ लाख मुवाब्जा उपलब्ध गराइनेछ। उता गुठी जग्गाका मोहीले पनि चार भागको एक भाग मुवाब्जा पाउनेछन।
आयोजना विकाश समितिको उक्त निर्णय सार्वजनिक भएसंगै स्थानीयहरू खुशी भएको डुबान पिडित कविन्द्र बुर्लाकोटीले बताए। समितिको निर्णयसंगै हाम्रो आयोजना अब बन्ने भो भन्ने लागेको छ उनले बिजपाटी संग कुरा गर्दै भने " लामो समयदेखि रोकिएको जग्गाको मुवाव्जा पाउने भएपछि अब स्थानियले आफ्नो बाटो आफै रोज्ने छन्।"
समितिले जग्गा रोक्का राखेका कारण भुइचालोले भत्किएका घरसमेत निर्माण गर्न नपाएका स्थानियहरुलाई अब भने थातथलो छोड्नै पर्ने भो भन्ने लागेको छ। नेपाली कांग्रेस धादिंगका जिल्ला सदस्य समेत रहेका बुर्लाकोटिका अनुसार - स्थानीयले प्रति रोपनी न्युनतम ९ लाख मुवाब्जा माग गरेपनि समितिले निर्धारण गरेको मुवाब्जाले पनि खासै असन्तुष्टि सृजना गरेको छैन।
धादिंग र गोरखाका २७ गाविसको ६० हजार रोपनी जग्गाका लागि समितिले ४८ अर्ब मुवाब्जा तिर्नु पर्दछ। बारी र खेतलाई अब्बल, दोयम, सिम र चाहार गरी चार तहमा वर्गिकण्रण गरी छुट्टाछुट्टै मूल्य निर्धारण गरिएको छ ।
मुवाब्जाकोलागि जग्गाको वर्गीकरण सडक छेउछाउका घना बस्ति प्रति रोपनी ८ लाख सडकले छोएका बस्ति आसपास प्रति रोपनी ७ लाख ७० हजार घर र साखा सडक आसपास प्रति रोपनी ७ लाख ४० हजार घर र बारीलाई प्रति रोपनी ५ लाख सिम खेतलाई प्रति रोपनी ५ लाख ३० हजार बारी अब्बललाई ५ लाख ७० हजार चाहारलाई प्रति रोपनी ५ लाख दोयमलाई प्रति रोपनी ५ लाख गुठीको मोहीलाई जग्गाको एक चौथाई
इलाम, ११ मङ्सिर ।
करिब सात किलोमिटर टाढाको मुहानबाट खानेपानी नआएपछि समालबुङका २, ३ र ४ नं वडाका बासिन्दालाई खानेपानीको समस्या भएको छ ।
रु साठी लाख खर्चेर बनाइएको खानेपानी योजना सञ्चालन नभएपछि पूर्वी समालवुङका १७० परिवारलाई यतिबेला खानेपानीको चर्को समस्या भएको छ ।
विसं २०६४ बाट निर्माण सुरू भएको छाँगेलामा खानेपानी तथा सरसफाइ योजनामा कमसल गुणस्तरको पाइप खरिद गरी प्रयोग गर्दा पानी सञ्चालन नभएको र सेवा प्रदायक संस्थाले अलपत्र अवस्थामा योजना छाडेको पाइएको छ ।
विसं २०६४ बाट निर्माण सुरू भएको छाँगेलामा खानेपानी तथा सरसफाइ योजनामा कमसल गुणस्तरको पाइप खरिद गरी प्रयोग गर्दा पानी सञ्चालन नभएको र सेवा प्रदायक संस्थाले अलपत्र अवस्थामा योजना छाडेको पाइएको छ ।
फण्डबोर्ड मार्फत राजधानीको छिमेक सेवा संस्थाले निर्माण सुरू गरेको आयोजनामा उपभोक्ताबाट घरलौरी रु एक हजार २०० र गाविसको रु ५० हजार सहयोग लिइएको थियो । तर योजनामा कम गुणस्तरका सामान प्रयोग गरी पानी सञ्चालन नगरी छिमेक सेवा संस्थाका प्रतिनिधि गायब भएका छन् ।
खानेपानीको लागि घरबाट महिना दिनसम्म श्रम दिएको स्थानीयबासिन्दाले बताए । पाइपलाइन विस्तार भएपछि पनि प्राविधिक त्रुटिका कारण पानी सञ्चालन नभएपछि बनाइएका संरचना अलपत्र अवस्थामा छाडेर प्राविधिक भागेका हुन् ।

आयोजना निर्माण समितिका अध्यक्ष फूर्वा घिसिङले आयोजना लथालिङ बनेपछि उपभोक्ताका घरघरमा पाइप र निर्माण सामग्री चोरी भएको जानकारी दिए ।
आयोजनाले ३४ वटा धारा निर्माण गर्नुुपर्नेमा १४ वटा मात्र निर्माण गरेको र पानी जम्मा गर्ने तीनमध्ये दुई वटा ट्याङ्की निर्माण सम्पन्न भएर अलपत्र अवस्थामा छन् । योजना अलपत्र परेपछि मुल सडक खन्दा डोजरले पाइपलाइन नै क्षतविक्षत बनाइदिएको र अन्य निर्माण सामग्री चोरी भएको सचिव कृष्ण तामाङले बताए।
करिब सात किलोमिटर टाढाको मुहानबाट खानेपानी नआएपछि समालबुङका २, ३ र ४ नं वडाका बासिन्दालाई खानेपानीको समस्या भएको छ ।
यहाँको शान्तिबजार, गैरीगाउँलगायत क्षेत्रमा सुक्खायाममा खानेपानीको अभाव हुने गरेको छ । आयोजनामा फलामको पाइप लगाउनुपर्ने स्थानमा प्लास्टिकको पाइप लगाइएको र सर्भे गलत स्थानबाट भएपछि आयोजना सञ्चालन हुन नसकेको हो ।
सुनको मूल्य ६ महिनायताकै सस्तो भएको छ। बिहिबार एकै दिन सुन प्रतितोला ८ रुपैयाँले घटेर ५४ हजार ६ सय रुपैयाँमा कायम भएको छ।
गत जेठ २१ गते प्रतितोला ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएपछि सुनको मूल्य आजभन्दा बढी कायम हुँदै आएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ५५ हजार ४ सय रुपैयाँ रहेको सुन आज झण्डै ६ महिनायताकै न्यून मूल्यमा कायम भएको हो।
त्यस्तै चाँदीको भाउ पनि प्रतितोला ७ सय ७५ रुपैयाँमा कायम भएको छ। चाँदी अघिल्लो दिन ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो। विवाहको सिजनमा सुन घटेपछि कतिपयलाई यसले राहत समेत मिल्ने भएको छ।
काठमाडौं, ८ मंसिर ।
अमेरिकी सरकारले एयरबस कम्पनीलाई एक सय भन्दा बढी विमान इरानलाई बेच्न अनुमति दिएको छ ।
फ्रान्समा रहेको विमान कम्पनी एयरबसले अमेरिकाबाट दोस्रो लाइसेन्स प्राप्त भएको पुष्टि गरेको हो।
अमेरिकी सरकारले एयरबस कम्पनीलाई एक सय भन्दा बढी विमान इरानलाई बेच्न अनुमति दिएको छ ।
फ्रान्समा रहेको विमान कम्पनी एयरबसले अमेरिकाबाट दोस्रो लाइसेन्स प्राप्त भएको पुष्टि गरेको हो।
तर, कम्पनीले कति विमान बेच्नका लागि लाइसेन्स प्राप्त भएको हो भन्नेबारे केही खुलाएको छैन ।
यूरोपिय कम्पनी एयरबसले आफ्नो व्यापारिक गतिविधिका लागि अमेरिकासँग लाइसेन्स लिन पर्छ । किनकी विमानका १० प्रतिशत हिस्सा अमेरिकामा बन्ने गरेको छ ।
इरानको परमाणु कार्यक्रम सीमित गर्ने विषयमा कुरा मिलेसँगै यो प्रतिवन्ध हटाइएको हो ।
तर, नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकाल सुरु गरेसँगै यो लाइसेन्स फिर्ता हुन सक्ने बीबीसीले जनाएको छ ।
एक दिन अघिमात्र ट्रम्पले अस्तित्वमा आएको ट्रान्स प्यासिफिक ट्रड डीललाई सत्तासम्हालेसँगै रद्द गर्ने घोषणा गरेका थिए ।

काठमाडौं, ७ मंसिर ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) पारित भएको छ ।
संवैधानिक पद धारण गरेका व्यक्ति बैंक सञ्चालक हुँदा स्वार्थ बाझिने र नियामक निकायलाई नियमन गर्न असहज हुने निष्कर्ष निकालिएको छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) पारित भएको छ ।
अब संवैधानिक निकायका व्यक्ति बैंक सञ्चालक समितिमा बस्न नपाउने भएका छन ।
व्यवस्थापिका संसद्को अर्थ समितिको सोमबारको बैठकमा लामो छलफल र चर्काचर्कीपछि विधेयक पारित भएको हो ।
संवैधानिक पद धारण गरेका व्यक्ति बैंक सञ्चालक हुँदा स्वार्थ बाझिने र नियामक निकायलाई नियमन गर्न असहज हुने निष्कर्ष निकालिएको छ ।
नेपाल राष्ट्र बैंकका गर्भनर डा.चीरञ्जीवी नेपालले संवैधानिक निकायमा पद धारण गरेका व्यक्ति बैंक सञ्चालक समितिमा बस्दा स्वार्थ बाझिने अडान लिएपछि समितिले पनि सोहीअनुसार निर्णय गरेको बताइएको छ ।
सञ्चालनमा आएको १० वर्ष पुगेका बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर साधारण सेयरमा परिवर्तन गर्न पाउने व्यवस्था विधेयकले गरेको छ । बाफियाका विवादित बुँदामा छलफलपछि संस्थापक सेयर साधारणमा परिवर्तन गर्ने सहमति भएको हो ।

सोमबार प्रति तोला ५५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज मंगलबार तोलामा ३ सयले बढेर प्रति तोला ५५ हजार ४ सयमा कारोबार भईरहेको छ।
त्यस्तै तेजावी सुन प्रति तोला ५५ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी प्रति तोला ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ। हिजोको तुलनामा यो ५ रुपियाँले बढी हो ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार ४ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार २ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ७७ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
काठमाडौँ, ६ मंसिर।
सरकारले नेपाली नागरिकलाई जलविद्युत् आयोजनामा लगानी गर्न दिने व्यवस्थासहित विधिवत् रुपमा जलविद्युत् उत्पादन कम्पनी स्थापना गरेको छ ।
‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको ३७ बुँदे कार्ययोजनाका आधारमा ऊर्जा मन्त्रालयले आइतबार कम्पनी रजिष्टारको कार्यालयमा उक्त कम्पनी दर्ता गरेको हो ।
कम्पनी दर्ता भएसँगै नेपाली जनतालाई आफ्नो क्षमताअनुसार तोकिएका जलविद्युत् आयोजनामा लगानीका लागि मार्ग प्रशस्त भएको छ । ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले पनि जनतालाई सक्रिय रुपमा जलविद्युत् आयोजनामा लगानी गर्ने अवसर प्रदान गर्न कम्पनी स्थापना गरिएको जानकारी दिए ।
निजी क्षेत्रका आयोजनाले सामान्यरुपमा साधारण सेयर खोल्दासमेत अर्बौंको लगानी गर्न तम्सने नेपाली नागरिकलाई कम्पनी स्थापनाले खुसी तुल्याउने र आन्तरिक लगानी जलविद्युत्मा ओइरिने मन्त्रालयको विश्वास छ ।
“मन्त्रालयले रु ६१ लाख ६० हजार दर्ता शुल्क तिरेर कम्पनी दर्ता ग¥यो, अब ऊर्जा सचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा सञ्चालक समिति गठन हुन्छ र त्यो समितिले प्रमुख कार्यकारी अधिकृत छनोटलगायतको प्रक्रिया सुरु गर्छ” – सहायक प्रवक्ता पन्थले रासससंगको कुराकानीमा भने। जलविद्युत् उत्पादन कम्पनीमा नेपाली नागरिकले २७ प्रतिशतसम्म लगानी गर्न पाउनेछन् ।
आयोजना प्रभावित क्षेत्रका नागरिकले १० प्रतिशत लगानी गर्न पाउने भएका छन् कम्पनीको अधिकृत पुँजी रु २० अर्ब र चुक्ता पुँजी रु दुई अर्ब रहेको छ । आयोजनामा कर्मचारी सञ्चय कोषले १० प्रतिशत, नागरिक लगानी कोषले पाँच, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले चार, नेपाल टेलिकमले १०, राष्ट्रिय बिमा संस्थानले दुई प्रतिशत सेयरका रुपमा लगानी गर्न पाउने भएका छन् ।
यस्तै कम्पनीमा ऊर्जा मन्त्रालयको २०, अर्थ मन्त्रालयको पाँच, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको पाँच, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत सेयर रहनेछ । कम्पनीको सञ्चालक समितिमा तत्काल ऊर्जा मन्त्रालयका सचिव, अर्थ, कानुन मन्त्रालय र अन्य संस्थापक सेयर सदस्य रहने निकायका उच्च अधिकारी सम्मिलित अधिकारी रहनेछन् ।
सो समितिले केही दिनभित्रै प्रमुख कार्यकारी अधिकृत छनोटका लागि सार्वजनिक विज्ञापन गर्नेछ । कम्पनीले बूढीगण्डकी, नौमुरे, नलसिंहगाड, उत्तरगङ्गाजस्ता ठूला र मझौला आयोजना अगाडि बढाउनेछ । त्यसमध्ये बूढीगण्डकी आयोजना निर्माण गर्न सक्ने अवस्थामा पनि आयोजना रहेको छ ।
कुल एक हजार २०० मेगावाट क्षमताको सो आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत भइसकेको छ भने सरकारले सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेर मुआब्जा वितरणका लागि आवश्यक तयारीसमेत गरिसकेको छ । नौमुरे अध्ययनमा रहेको आयोजना हो भने नलसिंहगाडको डिपिआरको काम पनि भइरहेको छ ।

काठमाडौँ, ५ मङ्सिर ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बहु चर्चित फास्ट ट्रयाक निर्माण गर्न भारतीय कम्पनीसंग भएको डिपीआर सम्झौता रद्द गरेको छ ।
सुशील कोइराला सरकारको पालामा भौतिक योजना तथा निर्माण मन्त्रालयले भारतीय कम्पनी आइएल एन्ड एफसीलाई निर्माण जिम्मा दिनेगरी विस्तृत परियोजना प्रतिवेदन तयार पार्न लगाएको थियो ।
राष्ट्रलाई ४० अर्ब रुपैयाँ क्षति पुग्ने भनिएको उक्त सम्झौता अहिले रद्द भएको हो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले भारतीय कम्पनीले अाफैँ निर्माण गर्ने गरी तयार पारेको डिपआर रद्द गर्ने निर्णय भएको जानकारी दिए ।
संसदको विकास समिति तथा अर्थसमितिको संयुक्त बैठकमा बोल्दै मन्त्री लेखकले भने 'फास्ट ट्रयाक अब सरकार आफैंले बनाउँछ। यसको निर्माण अब सार्वजनिक सडक सरह हुनेछ' ।
मन्त्री लेखकले त्यस प्रस्तावलाई मन्त्रिपरिषदमा लैजाने तयारी भइरहेको पनि जानकारी दिए । मन्त्री लेखकले फास्ट ट्रयाक सार्वजनिक सडक सरह बनाउने गरी योजना आयोगका अध्यक्षको नेतृत्वमा एउटा सुझाव समिति गठन गर्ने र समितिको सुझावका आधारमा योजना अघि बढाउने जानकारी दिए ।
यस अघि फास्ट ट्रयाक निर्माणको जिम्मा भारतलाई दिने निर्णयको चौतर्फी विरोध भएको थियो ।

- काठमाडौं, ४ मंसिर ।
पहिलो तीन महिनाको कमाई खस्किएपछि गत आर्थिक बर्षको यस अवधिमा ६० करोड ३९ लाख खुद मुनाफा रहेको बैंकको कमाई यस अवधिमा ५० करोड ८ लाखमा सिमित भएपछि हुन् पुगेको हो ।
तर बैंकको निक्षेप तथा कर्जा बिस्तारमा भने सामान्य सुधार आएको छ। यस अवधिमा बैंकले १ खर्ब ४६ अर्ब निक्षेप संकलन गरि ८५ अर्ब ९८ करोड कर्जा परिचालन गरेको छ बैंकका उच्च तहका कर्मचारीहरुले बताएका छन्। गत आर्थिक बर्षको यस अवधिमा बैंकले १ खर्ब २४ अर्ब निक्षेप संकलन गरि ७४ अर्ब ६९ करोड कर्जा परिचालन गरेको थियो।
यस्तै बैंकको खुद मुनाफा समेत १० करोडले ओरालो लागेको छ। यस अवधिमा बैंकले १ अर्ब २९ करोड खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब ६० करोड संचालन आम्दानी गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले १ अर्ब ५० करोड खुद ब्याज आम्दानी तथा १ अर्ब ७३ करोड संचालन आम्दानी गरेको थियो।
निक्षेप तथा कर्जा बिस्तारमा सामान्य सुधार गरेको बैंकले यस अवधिमा निष्क्रिय कर्जामा सामन्य सुधार गरेको छ। खराब कर्जा ३ दशमलब ५१ प्रतिशतबाट ३ दशमलब ३० प्रतिशतमा झरेको छ। त्यस्तै बैंकले १० करोड खराब कर्जा उठाउन सफल भएको छ। जसले नाफा बढाउन मदत पुगेको छ।

पर्वत, ३ मङ्सिर ।
पर्वत उद्योग वाणिज्य सङ्घले आगामी माघ १३ देखि २२ गतेसम्म आयोजना गर्ने पाचौं पर्वत महोत्सवको तयारी सुरु गरेको छ । करिब साढे २ महिना बाँकी रहँदा महोत्सवका अन्य तयारी सुरु गरिएको हो ।
तयारीस्वरुप विभिन्न उपसमिति गठन गरिएका छन् । महोत्सवलाई भव्य र सभ्य रुपमा सञ्चालन गर्नका लागि १८ वटा उपसमिति गठन गरिएको हो ।
पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछाने मूल संयोजक रहेको महोत्सवमा आर्थिक उपसमितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष गोपी अधिकारी, स्टल निर्माण तथा व्यवस्थापन उपसमितिको संयोजकमा उद्योग उपाध्यक्ष शिव शर्मा पौडेल, कलाकार व्यवस्थापन उपसमितिको संयोजकमा वाणिज्य उपाध्यक्ष केदारनाथ शर्मा रहेका छन्।
यसैगरी प्रायोजन उपसमितिको संयोजकमा पूर्वप्रथम उपाध्यक्ष विषमकुमार श्रेष्ठ, झाँकी तथा ¥याली व्यवस्थापन उपसमितिमा पूर्वकेन्द्रीय सदस्य बलराम कर्माचार्य, भलिबल प्रतियोगिता उपसमितिमा पूर्वमहासचिव प्रकाश कर्माचार्य, साउन्ड सिस्टम उपसमितिमा सचिव कमल जिसी, आर्थिक परिचालन समन्वय उपसमितिमा मानसिंह कोषाध्यक्ष भण्डारी, बजार साजसज्जा उपसमितिमा सदस्य तिला गिरी रहेका छन् ।
यस्तै, मूल ब्यानर उपसमितिमा कार्यसमिति सदस्य राजकुमार श्रेष्ठ, फोटो प्रदर्शनी उपसमितिमा सदस्य राजन गुरुङ, रमाइलो मेला उपसमितिमा दीपेन्द्र गिरी, विद्युत् व्यवस्थापन उपसमितिमा सदस्य मधुसूदन उपाध्याय, ब्याच निर्माण उपसमितिमा राजु पौडेल, फूलमाला उपसमितिमा माया गिरी र प्राथमिक उपचार उपसमितिमा भरत गौतम रहेका छन्।
अन्य उपसमिति आवश्यकताअनुसार सचिवालयले निर्माण गर्ने महोत्सव आयोजक समितिका सदस्य सचिव तथा सङ्घका महासचिव ठाकुर बी पौडेलले जानकारी दिए ।
पर्वत उद्योग वाणिज्य सङ्घमा बुधबार बसेको कार्यसमिति, पूर्वअध्यक्ष, सल्लाहकारसहितको बैठकमा पश्चिमाञ्चल क्षेत्रीय औद्यागिक व्यापार मेला तथा पाँचौँ पर्वत महोत्सवलाई फरकपनका साथै ऐतिहासिक बनाउने निर्णयसमेत गरिएको छ ।

बारा ११ कार्तिक ।
बाराको निजगढमा रहेको इशा सप्लायर्सको गोदाममा जिल्ला प्रशासन कार्यालयको टोलीले बिहीबार छापा मार्दा म्याद नाघेको झण्डै ४० लाख रुपैयाँ बराबरको भटमासको तेल बरामद गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको टोलीले निजगढ नगरपालिका–८ मा रहेको इशा सप्लायर्सको गोदाममा छापामार्दा म्याद नाघेका १७ हजार लिटर भटमासको तेल बरामद गरेको हो ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीको नेतृत्वमा खटिएको टोलीले भारतीय सदाबहार ब्राण्डको भटमासको तेल बरामद गरेको हो । सप्लायर्सका सञ्चालक रमेश दंगाललाई पनि पक्राउ गरिएको उनले बताए ।
इशा सप्लायर्सले म्याद नाघेको सोयाबिन तेल ग्यालेनमा खन्याएर बेच्ने गरेको सूचनाको आधारमा बिहीबार गोदाममा छापा मारिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । बरामद तेल इलाका प्रहरी कार्यालय निजगढमा राखिएको छ ।
काठमाडौं २ कात्तिक ।
मीनभवनमा रहेको सरकारी स्वामित्वको सिभिल सर्भिस हस्पिटल (निजामति अस्पताल) ले विभिन्न पदमा ८३ जनाका लागि जागिर खुलाएको छ ।
मंगलबार एक विज्ञापन प्रकाशित गर्दै हस्पिटलले एकवर्षे करार अवधिमा सेवा गराउने गरी कर्मचारी मागेको हो ।
अस्पतालले स्टाफ नर्सतर्फ ५९ जना मागेको छ । ओपीडी असिस्टेन्ट १५ जना, इलेक्टि्रकल ओभरसियर १, डेन्टल हाइजेनिस्ट ४ जनाका लागि पनि दरखास्त आह्वान भएको छ ।
ल्याब टेक्निसियनतर्फ ३ जना, रेडियोग्राफरतर्फ १ जनाले सिभिल हस्पिटलमा जागिर पाउनेछन् ।
काठमाडौं २ कात्तिक ।
सरकारी स्वामित्वको टिम्बर कर्पोरेशन अफ नेपाल (टिसीएन)मा ४० रिक्त स्थानका लागि विभिन्न पदहरुमा जागिर खुलेको छ । सोमबार एक विज्ञापन प्रकाशित गर्दै टिसीएनले जागिर खुलएको हो ।
काठको काम गर्ने टिसीएनले प्राविधिक तथा अप्राविधिक पदमा दरखास्त आह्वान गरेको हो ।
टिसीएनमा उपप्रवन्धकदेखि सहायक र कम्प्युटर सहायक पदसम्मका लागि जागिर खुलेको छ । टिसीएनले वन समूहको प्राविधिकतर्फ ३ जना उपप्रवन्धक मागेको छ ।
लेखा, प्रशासन र कम्प्युटरतर्फ ६ सहायक प्रवन्धक, लेखा, प्रशासन, र वनतर्फ २३ जना बरिष्ट सहायक पनि मागिएको छ । प्रशासन र कम्इुटरतर्फ ८ जना सहायक पनि टिसीएनले माग गरेको छ ।
ओम डेभलपमेन्ट बैंक (Om development bank)र मनास्लु विकास बैंक (Manaslu bikash bank) बीच मर्जरको लागि सैद्धान्तिक सहमति भएको छ ।
सैद्धान्तिक सहमति अनुसार मर्जरपछि बैंकको नाम ओम डेभलपमेन्ट बैंक नै रहने छ । मर्जरपछि बैंकको अध्यक्षमा ओमका अध्यक्ष सुशिल कुमार गोशली, प्रमुख कार्यकारी अधिकृतमा सोही बैंकका बिश्व मोहन अधिकारी र नायव प्रमुख कार्यकारी अधिकृतमा बुद्धि मल्ल रहने छन् ।
बैंकको सहायक महाप्रवन्धकमा मनास्लु विकासका निमित्त महाप्रवन्धक दुर्गा राम पुरी रहने छन् । मर्जरपछि बैंकको चुक्ता पुँजी १ अर्ब ३३ करोड, निक्षेप १३ अर्ब ९८ करोड , कर्जा १२ अर्ब ६१ करोड पुग्नेछ भने ३६ वटा शाखा हुनेछ ।
ओम डेभलपमेन्ट बैंकको प्रधान कार्यालय पोखरा र मनास्लु विकास बैंकको प्रधान कार्यालय गोरखामा रहेको छ । मर्जर पछि बैंकको प्रधान कार्यालय पोखरामा रहने छ ।
हाललै ओमको सञ्चालक समितिले २९.२० प्रतिशत बोनश शेयर र मनास्लुको सञ्चालक समितिले बोनस र करसहित १८.९५ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो ।
नेपाल राष्ट्र बैंक र साधारण सभाले दुबै संस्थाको बोनस शेयर पारित भएमा मर्जरपछि बैंकको चुक्ता पुँजी १ अर्ब ६८ करोड पुग्ने छ ।
डडेल्धुरा, २८ असोज ।
आलुबाट राम्रै फाइदा हुने भएकाले डडेल्धुराका किसान व्यवसायिक रुपमा आलुखेतीमा लागेका छन् । अन्य अन्न बालीको तुलनामा आलुखेतीबाट बढी आम्दानी हुनेभएकाले किसानहरु यसतर्फ आकर्षित भएका हुन् ।
आफूले करिब चार रोपनीमा आलु लगाएको अमरगढी–२ चन्द्रबहादुर ऐरले बताए । ऐरले आलुसँगै बन्दा, काउली, गोलभेडा र अन्य तरकारीसमेत लगाए ।
पहिले गहुँ खेती गरेको जग्गामा सुख्खा बढ्न थालेपछि व्यावसायिक रुपमा आलुखेतीतर्फ लागेको समैजी–९ का किसान माधवी भण्डारीले बताए । यतिबेला डडेल्धुराका सबैजसो किसानले आलुखेती सुरु गरेका छन् ।
यहाँ उत्पादन भएको आलु तराईलगायत पहाडी जिल्लामासमेत बिक्री गर्ने गरेको तूफानडाँडाका तरकारी व्यापारी वीरबहादुर शाहले बताए ।
जिल्लामा ८०० हेक्टर क्षेत्रफलभन्दा पनि बढी जमिनमा आलुखेती हुने गर्दछ ।
जिल्लाको अमरगढी नगरपालिकाको डोला मनाना भत्काडालगायत असिग्राम, पोखरा, सोल्परी, बगरकोट, गाङखेत, समैजी कोटेली आलिताल गाविसलगायतका किसान व्यावसायिक रुपमै आलुखेती गर्दै आएका छन् ।
डडेल्धुरा जिल्लामा हिउँद र वर्षादको समयमा गरी दुईपटक आलुखेती गर्ने गरेको पाइन्छ ।