धादिङ, २० फागुन ।
ब्रतबन्धको भोज खाँदा ज्यामरुङ– ७ कुमाइज्यामरुङका १६ जना बिरामी परेका छन् ।
गाउँका सुरेश बयलकोटीका घरमा उनीहरुले आज ब्रतबन्धको भोज खाएको स्थानीयवासी मिठु बयलकोटीले जानकारी दिए । बिरामीको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।
बिरामीमा पेट र टाउको दुख्ने, पखाला लाग्ने, बान्ता हुनेलगायतको लक्षण देखिएको जिल्ला अस्पताल धादिङका सुपरिटेन्डेन्ट रसिला अमात्यले बताए ।

धादिङ, २४ माघ ।
पृथ्वी राजमार्गअन्तर्गत् धादिङको वेनिघाट गाविस वडा नम्बर–८ विशालटारमा सोमबार ग्यासको एउटा बुलेट पल्टिएको छ ।
तीव्रगतिमा रहेको बुलेट घुम्तीमा अनियन्त्रित भइ सडक छेउमा पल्टिएको हो । दुर्घटनामा परी चालक र सहचालक दुबैजना घाइते भएका छन् ।
चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान भने खुलिसकेको छैन । घटना बारे बिस्तृत जानकारी आउँन बाँकी छ ।

- काठमाडौँ २६ पुस ।
रसुवा नुवाकोट पर्यटन समाजले माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारुका वडा न ५ चन्दनीको कटहरबोट पाटो तथा रसुवा र नुवाकोटको सिमास्थल बेत्रावतीमा माघ १ गते हुन गईरहेको गोरु जुधाई कार्यक्रमको जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गरेको छ ।
सम्मेलनमा समाजका महासचिब शिव अधिकारीले रसुवा र नुवाकोटको गोरुजुधाई कार्यक्रमलाई प्रवद्र्धन गर्नको लागि विगत लामो समयदेखी समन्वयकारी भुमिका निर्वाह गरिरहेको बताउँदै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रडक्टको रुपमा बिकास गर्नुपर्ने बताए ।
त्यसैगरी समाजका बरिष्ठ उपाध्यक्ष शिव लामिछानेले रसुृवा र नुवाकोट गोरुजुधाई कार्यक्रमको लागि सम्पुर्ण तयारी पुरा भएको बताए ।
उनले प्रतियोगितास्थलमा जान र आउनको लागि आवश्यक सवारी साधन पनि तय भएको बताउदै यसलाई व्यवस्थीत र मर्यादित बनाउन समाज लागि पर्ने बताए ।
त्यस्तै समाजका सल्लाहकार दिपक महतले समाजले गोरुजुधाई कार्यक्रमको सम्बन्धमा खेलेको भुमिकाको प्रशंसा गर्दै यसलाई अझै प्रचारमुखी बनाउँदै स्थानिय स्तरको जिबनस्तरलाई उकास्नको लागि यो मेला महत्वपुर्ण बन्दै गएको बताए।
नेपाल पर्यटन बोर्डका सञ्चालक समिती सदस्य राजेन्द्र सापकोटाले कला र संस्कृतिको प्रचार र प्रवद्र्धनको लागि नेपाल पर्यटन बोर्ड सधै सकारात्मक र सहयोगी बन्ने बताए ।
उनले यस बर्षबाट मेलालाई प्रोत्साहन गर्नको लागि बोर्डको कार्यक्रमिक बजेटमै गोरु जुधाई मेलाको लागि बजेट तोकिएको बताए ।
एमाले पर्यटन बिभाग प्रमुख सुर्य थापाले गोरु जुधाईको सम्बन्धमा पशु अधिकारबादीको कुनै अर्थ नरहेको बताउँदै गोरुले जुध्न पाउने अधिकारको हनन पनि गर्न नहुने बताए ।
उनले यो सांस्कृतिक पर्वले केही बर्षदेखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुप पाईसकेको सन्दर्भमा मेला आयोजक संस्थाहरुले गोरु जुधाएर धुलो उडाउने मात्र नभई यसलाई व्यवस्थीत गर्नको लागि आवश्यक पूर्वाधार खडा गर्नुपर्ने बताए ।
कार्यक्रममा माघेसंक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष दिपेश शाक्य र बेत्रावती मेला व्यावस्थापन समितीका प्रचार प्रमुख ले माघ १ गते हुन गईरहेको गोरुजुधाई कार्यक्रमको सम्बन्धमा ऐतिहासिक पक्षको जानकारी गराएका थिए ।
समाजका अध्यक्ष बलराम न्यौपानेले मेलालाई भव्य र सभ्य बनाउनको लागि आगामि बर्षहरुमा रसुवा नुवाकोट पर्यटन समाजको भुमिका अझै परिष्कृत हुँदै जाने बताए।
गोरुमेला आयोजना स्थल नुवाकोटको तारुका चन्दनीस्थीत कटहरबोट पुग्न काठमाण्डौको कलंकीबाट २ घण्टाको मोटरबाटोमा पुगिन्छ, भने बेत्रावती पुग्नको लागि ३ घण्टा लाग्छ राजेन्द्र न्यौपाने ले बताए ।
कार्यक्रम माघ १ गते बिहान साँढे १० बजेबाट सुरु हुनेछ । प्रतियोगितामा गोरु जुध्नका लागि तारुकामा स्थानिय कृषकका १८ हल गोरु तयार छन । रसुवामा १० हल गोरु जृुध्नका लागि तयार रहेको आयोजकले जनाएको छ ।

- कास्की १२ पुस ।
नुवाकोटको तारुकामा माघे संक्रान्तिमा हुने गोरु जुधाई मेला व्यवस्थापन समिति गठन गरिएको छ । नेपालकै पहिचान र गौरवको विषय रहेको तारुकाको गोरु जुधाई मेला सम्पन्न गर्न दिपेश शाक्यको अध्यक्षतामा ९ सदस्यीय मेला व्यवस्थापन समिति गठन भएको हो ।
समितिका सचिवमा साधुराम सिग्देल, कोषाध्यक्ष बद्रि गुंगाना, सदस्यहरु माधव बख्रेल, राज्यलक्षी श्रेष्ठ, श्याम अच्छामी, कृष्ण तामाङ, संगिता शाही र सर्मिला सिग्देल रहेका छन् । त्यस्तै जनकराज ढुंगानाको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन भएको छ ।
नुवाकोट -पोखरा सम्पर्क समाजका सल्लाहकार संयोजक राजेन्द्र न्यौपानेले इमान्दार मिडियालाई दिएको जानकारी अनुसार समितिले अब गोरु दर्ता गर्नका लागि सूचना जारी गर्नेछ । तारुका गाविसको चन्दनी ठूलो पाटामा विगत देखिनै गोरु जुधाई हुदै आएको छ ।
मेला अवलोकनका लागि नुवाकोट आसपासका जिल्ला धादिङ, रसुवा, काठमाडौं, सिन्धुपाल्चोक, चितवन, गोराखा सहित अन्य जिल्लाबाट समेत दर्शक आउने गर्दछन् ।
राजधानीबाट तारुका जानको लागि कलंकी हुँदै गल्छी–त्रिशूली सडकखण्ड प्रयोग गर्न सकिन्छ, यो सबैभन्दा छोटो रुट हो । पासाङलाह्मु राजमार्ग अन्तर्गतको काठमाडौं–पीपलटार देवीघाटको बाटोबाट पनि तारुका पुग्न सकिन्छ ।
पोखरा चितवनतर्फबाट आउने दर्शकहरुको लागि भने गल्छी हुँदै तारुकाघाटतर्फ लाग्नुपर्ने हुन्छ । मेला हुने ठाउँ राजधानीबाट करिब ६५ किमिको दूरीमा रहेको छ ।
मोटरसाइकल लैजानेहरु मेला स्थलमै पुग्नसक्छन् भने बसमा जानेहरुले गल्छी देवीघाट मार्गको तारुकाघाट भन्ने ठाउँमा बसबाट ओर्लेर करिब एक घण्टा ग्रामीण दृश्य अवलोकन गर्दै मेला स्थल पुग्नुपर्ने हुन्छ ।

धादिङ, १३ कात्तिक ।
उपभोक्ताले उपभोग गरिरहेको मुहानकै पानीमा हैजाको कीटाणु भेटिएको छ । दक्षिणी धादिङको थाक्रे र नौबिसे गाविसमा पानी परीक्षण गर्दा मुहानमै हैजाको कीटाणुु भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवन मल्लले जानकारी दिए ।
नौबिसे र थाक्रे गाविसमा रहेका खानेपानीको विभिन्न २५ स्थानबाट पानीको नमुना लिइएकोमा हैजाको कीटाणु भेटिएपछि सावधानी अपनाइएको छ ।
सो क्षेत्रमा रहेका १८ जना मानिस बिरामी भएपछि पानी परीक्षण गरिएको थियो । महामारी रोकथामका लागि स्वास्थ्य तथा पोषण क्लस्टरले योजना बनाई महामारी फैलन नदिएकाले नियन्त्रण गर्न सकिएको क्लष्टरका सदस्य गोकर्ण रुपाखेतीले बताए ।
पानीमा हैजाको किटाणु भेटिएको र पानीमा हैजाको कीटाणु भेटिएको क्षेत्रमा सबै घरमा पानी निर्मलीकरण गर्न पियुस वितरण गरिएको छ भने हातधुने बानी बसाल्न अभियाननै चलाइएको छ ।
रोग नियन्त्रणमा आएकाले कुनै समस्या नभएको मल्लको भनाइ छ ।
काठमाडौँ ७ असोज।
जिल्ला वन कार्यालयले धादिङले शुक्रबार बिहान ४ बजेर २० मिनेटमा दुई वटा डोजर लगाएर सामुदायिक रेडियो धादिङ १०६ मेघाहर्जको स्टेसन भत्काएको छ ।
स्टेसन भवन, उपकरणसँगै रेडियोमा बसेका चार कर्मचारीले आफ्नो लत्ताकपडा, मोबाइल, ल्यापटप पनि निकाल्न पाएनन् भने डिएफओ इमनाथ पौडेलबाटै उनीहरुमाथि अपशब्द, दुर्व्यवहार भयो ।
झन्डै एककरोड रुपैयाँ क्षतिसँगै एउटा स्वतन्त्र सञ्चारसंस्थाको अस्तित्व मटियामेट गराउने काममा धादिङको वन कार्यालय लागेपछि यतिखेर धादिङमा यसलाई राजनीतिक इगोको बदला लिइएको भनेर परिभाषित पनि गरिएको छ ।
जिल्ला वन अधिकृत इमनाथ पौडेलको नेतृत्वमा गएको टोलीले नीलकण्ठ नगरपालिका वडा नम्बर ८ सांघुटार नजिकैको रेडियो धादिङको स्टेशन भवनमा डोजर लगाएको हो ।
एक महिना अघि भवन भत्काउन खोज्दा स्थानीयले प्रतिकार गरेपछि पछि हटेको सरकारी टोली मध्यरातमा सुरक्षाफौज सहित भवन नियन्त्रणमा लिएर भत्काउन सफल भएको हो ।

भवनसँगै रेडियो धादिङको प्रसारण सामग्री र अन्य उपकरणसमेत पूर्णरुपमा नष्ट गरिएको छ । हरेक दिन बिहान ५ बजेदेखि राति ११ बजे सम्म प्रसारण हुँदै आएको रेडियो बिहीबार राति नियमित प्रसारणपछि बन्द गरेर पत्रकार र कर्मचारी घर जाने तरखरमा लागेपछि सशस्त्र प्रहरीसहितको टोलीले स्टेशन नियन्त्रणमा लिएर डिएफओ पौडेलले त्यहाँ रहेका पत्रकार शंकर श्रेष्ठ, रेख गुरुङलाई हातपात गर्दै जबर्जस्ती बाहिर निकालिएको थियो।
त्यस्तै घटनाको जानकारी पाएपछि रेडियो स्टेशन पुगेका पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, धादिङ आवाज दैनिकका सम्पादक दामोदर अर्याल, राससका पत्रकार सीताराम अधिकारीलाई समेत भवन भित्र पस्न नदिई दुर्व्यवहार र हातपात गरिएको थियो ।
डिएफओ पौडेलको नेतृत्वमा गएको टोलीले रेडियो धादिङ सँगै रहेको आपतकालीन अवस्थामा रहेका महिलाको सुरक्षाका लागि बनाइएको महिला सुरक्षा घर पनि भत्काएको छ ।
मैले मोबाइल पनि निकाल्न पाइन न्युज कोर्डिनेटर शंकर श्रेष्ठ
तीनबजेतिर नै निकै गाइँगुइँ चलिरहेको थियो । चार बजेतिर डिएफओ आफैँ आए । हामीलाई उठ् भनेर एक्कासि गेटमा लात्ताले हान्न थाले । गेटमा लात्ताले हानेपछि को आयो, किन आयो भनेर सोध्यौँ ।
बाहिर बत्ती बलेको थियो, हामीलाई थाहा थिएन, प्रहरी आएको । त्यसपछि मैले नै गेट खोलेँ । ‘खुरुक्क गेट खोलिहाल’ भन्दै अपशब्द प्रयोग गर्न थाले । म कपडा लगाउँछु, मोबाइल लिएर आउँछु, सरलाई फोन गर्छु भनेँ । एउटा मोबाइल चैँ खल्तीमै थियो । फोन गर्न खोज्दा खोसियो ।
भित्र पसेर फोन गर्न खोजेँ, तार चुँडाइयो । यति तनाव दिइयो कि क्रुर जंगली शासनको झल्को आइरहेको थियो । यो कुनै चोर, डाँका, हतियारधारीको समूहसँग प्रस्तुत भइरहेको जस्तो व्यवहार गरियो । उनीहरुले भत्काउन सुरु गरे ।
मैले एउटा मात्र फोटो खिचेको थिएँ, उनीहरुले तँ को होस् भन्दै फोटो खिच्न पनि दिएनन्, मेरै मन्दिर भत्काए अनि मलाइ नै भनेः तँ को होस् ? लोकतन्त्रमा यो भन्दा बढी स्वाभिमान र पहिचानमा प्रहार अरु के होला ? केही निकाल्न पाइनँ ।
मेरो मोबाइल, ल्यापटप पनि निकाल्न दिएनन्, एउटा रेकर्डर तानेको थिएँ, त्यो पनि खोजेर भत्काएकै ठाउँमा हालिदिए । घर भत्काए पनि उपकरण ध्वस्त नपार भनेको थिएँ । डिएफओले सोलारको प्यानलसमेत भत्काउन आदेश दिए ।
आफूले पुजा गरेको र सम्मान गरेको सामान किचिमिची पारियो । रुँदै रुँदै हेरियो, केही गर्न सकिनँ । यो महिनाभरिमा खाली गर्छौँ भनेर समय मागेकै थियौँ ।
राति आएर यसरी हमला हुनुमा कर्मचारीमा राजनीति हावी भएको हो । धादिङका सिडिओ र डिएफओ एउटै पार्टीका छन् । शक्तिमा भएका बेला पावर देखाएका होलान्, अहिले यति भन्छु ।
बहादुरीका साथ रेडियो भत्काइदिए धादिङ डिएफओ, इमनाथ पौडेल
म चैतमा धादिङमा आएको हुँ । कार्यालयमा परेका विभिन्न उजुरीका फाइल, स्थानीय क्षेत्र अतिक्रमणमा परेका स्थलको अनुगमन क्रममा रेडियो धादिङले पनि सामुदायिक वनको जग्गा अतिक्रमण गरेको भेटियो ।
त्यसपछि मैले सातदिन भित्र प्रमाण ल्याउन भनेँ । तर उनीहरुले अनुमति ल्याउन सकेनन् । साउनमा भएको यो घटनाक्रमपछि स्टेसन हटाउन भनियो । साउन १९ गतेदेखिका घटनाक्रम हुन् यी ।
मैले अन्त पनि वन क्षेत्र कब्जा गरेका होटलहरु हटाउन थालेँ । साउन २९ गते भनिएको थियो । हटाउने काम भएन । त्यसपछि त्यहाँ जाँदा ढुंगामुढा भयो, आक्रमण भएपछि ब्याक हुनुप¥यो ।
लगत्तै जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक बस्यो । फेरि समय माग भयो तर कुनै निर्णय भएन । त्यसपछि प्रशासनले अतिक्रमित स्थलका संरचना हटाउने अभियान चलाउने भन्यो ।
रेडियो धादिङ सर्वोच्च गएको थाहा भयो । प्रशासन र डिएफओको तर्फबाट हटाउने भनिएकै हो । तर नहटेपछि आज डिएफओ नै गएर हटाएको छ । अदालतको अन्तरिम आदेश भएको छैन ।
प्रशस्त समय दिएँ । तर डिएफओलाई मान्ने काम भएन । मेरो तर्फबाट कसैमाथि अन्याय भएको छैन । मैले बहादुरीका साथ रेडियो भत्काएँ, मलाई कुनै असुरक्षा पनि छैन, दुई वर्ष धादिङ बसेर काम गर्छु । मैले यसलाई मेरो कार्यकालमा बहादुरी नै मानेको छु ।
सदावहारबाट