तिम्रो चौथो जन्मदिन र हाम्रो तेस्रो प्रेम दिवस संयोगले आज एकैदिन परेछ ।....." यो के हुदैछ जीवनमा ? सायद यहि कुरा देख्न बाकी थियो र उ फिर्ता आएको हो ? अब सबैकुरा सकियो ।
आज बारम्बार आफैले आफुलाई कोच्दै छु म । आखिर प्रेमले लेपन गरिएको स्वार्थलाई आँखा चिम्लेर अङ्गाल्न खोज्नु नै मेरो गल्ती थियो । हाम्रो सम्बन्ध बचपनमा खेलेको भाडाकुटि जस्तै भएछ । न कुनै सत्यता, न त कुनै विश्वासको स्तम्भ, बस् केहि बेरको क्षणिक आनन्द मात्र....।
एकातिरबाट बल्ल मिलाए भनेर एक रत्ति आत्मसन्तुष्टि लिन नपाउदै अर्कोतिरबाट भत्किदै जाने, साच्चै वालुवाको घर भन्दा कम रहेन्छ तिम्रो माया... । मनमा अर्काे शंकाले बास गर्याे । सायद उ म्यारिड मान्छे हो । उसको पुरै प्रोफाइल धेरै पकट नहेरेको पनि होइन तर त्यो तस्वीरसहितको स्टाटस आज मात्रै कसरि देखे मैले ? के यो भन्दा पहिले त्यो तस्वीर उसले लुकाएर राखेको थियो ? या मलाई मेरा आखाहरुले धोका दिए ? थप अनगिन्ती प्रश्नहरुले रन्थनिए म । कस्तो जिन्दगी घरको न घाटको भएछ ।
अरु जेसुकै होस् उ धोकेबाज हो, अब अर्को बाहाना उसले फ्याकेको प्रेमजालमा म पर्दिन । सजक भए म..
हुन् त बेइमान तिमी होइनौं, बेइमान त यो फेसबुक हो जसले तिमी जस्तो मान्छेलाई भेटायाे । यो फेसबुक नै सबैभन्दा ठुलाे समस्याकाे जड हाे । अन्त्य फेसबुककाे हुनुपर्छ, मैले मेराे फेसबुक एकाउन्टकाे घाँटी निमाेट्नै पर्छ । याे एकाउन्ट डिसेबल गर्नैपर्छ, यति सोच्दासोच्दै उसले अर्को म्यासेज पठायो । 'बोल्न मन छैन ? मेराे अवस्थावारे जान्न मन छैन ? म यतिका बर्ष किन हराए केही थाहा पाँउन मन छैन ?'
अँह पटक्कै मन छैन तिमीजस्ता धोकेबाजसँग बोल्न, मनमनै जवाफ फर्काए । 'बोल न काली, म मर्न लागे ।' उसले अर्को नाटक देखाउन सुरु गर्यो। तिमी मर या बाँच मलाई केहि फरक पर्दैन, मनले सोच्यो, हातका औलाहरुले टाइप गरेर झ्याप्पै इन्टर थिचेपछि थाहा पाए म्यासेज रिप्लाई गरिएछ ।
'यो त तिमीले भन्ने कुरा मात्रै हो तर म मान्दिन' उसले तत्काल म्यासेज थप्याे -'नम्बर देउ कल गर्छु ।' बुढासँग छ फोन यति राति कुरा गर्न मिल्दैन, रिसको झोकमा फेरि रिप्लाई गरे । उसले नपत्याएझैँ गरी हासो पठायो । 'हो र ? बुढाको फोटो पठाउन त ! अनि फेसबुक लिंक पनि देउ तिम्रो बुढाको, त्यतिले मात्र पुग्दैन बिहेको फोटाहरु पनि पठाउ । छोराछोरी भए उनका पनि देउ हेर्छु ।'
पहिले तिमी पठाउ न तिम्री बुढी र छोरीको फोटो, उसको फेसबुक पनि देउ हेर्छु । अनि दिउँला नी केको हतार ? यतिबेला म आवाज निकाल्न सक्ने अवस्थामा थिएन । उसलाई जति माया गर्थे त्योभन्दा कयौं गुणा रिस उठेको थियो । 'यी मेरी बुढी' भन्दै उसले मेरै प्रोफाइल तस्वीर मलाई नै पठायो ।
लाज लाग्दैन ? मैले सोधे
'केको लाज ? साँचो कुरा बोल्न ?' उसले कति सजिलै भन्यो, 'केको लाज ? साँचो कुरा बोल्न ?'
उ फेरी हाँस्यो । 'तिमीलाई थाहा होला नी ।' उ बकवासमाथि बकवास गर्दै गइरह्यो । मलाई के थाहा हुन्छ र तिमीजस्ता धोकेबाजको बारे कहाँ-कहाँ पुगेर कोकोसँग कतीवटा पो जन्मायौ ? सोध्न मन नलागेको कहाँ होर तर उसले अस्ति नै छोरी भनेर स्टाटस लेखेको तस्वीरसहित स्क्रिनसर्ट पठाईदिए उसैलाई र चुपचाप रोहिरहे म।
'उ त दाइभाउजुको छोरी पो त ! दाजुभाउजु कार दुर्घटनामा बितेपछि मैले उसलाई आफ्नो छोरी बनाएर पालेको, अहिले होस्टेलमा छ ।' तिमी त कलाकार हुनुपर्थ्यो नाटक गर्न कति जानेको ?
उसको जवाफ .. ओ माइ गड ! प्रेम प्रदर्शन गरेर देखाउन मिल्ने कुनै चलचित्रको कथा हो र ? उ छोरी हो, हाम्रो छोरी । अब तिमी र मैले पाल्नु पर्छ । साहारा दिनुपर्छ लाटी...' उसले मलाई कन्मिन्स गर्न खोज्यो या वा वास्तविकता भन्यो ? मैले पत्याउने आधार के ? उ अनायसै ३ बर्षसम्म सम्पर्कविहीन बनेर कसरी बस्न सक्छ ?
उ भौतिकरुपमा पो टाढा थियो तर सधै मेरो निकटतम थियो । मात्र उसको एउटा काल्पनिक स्पर्शले म सदाका लागि उसकै भएर बाचे र बाचिरहेकी छु । तिमी र म मा फरक यहि त छ, तिमिले मायाको खेती गर्यौ अनि मैले सपनाको । जसरी बिहानीसँगै उडेर जाने सपनाको अर्थ हुदैन जीवनमा तिमी पनि त्यस्तै हौ, एक रातका लागि मात्र आयौ, अर्को मिर्मिरे बिहानीसँगै हराएर गयौ । तिम्रा शब्द-शब्दमा धोकाको गन्ध आइरहेछ ।
उसले दावी गर्दै भन्यो -'तिमीलाई म धोका दिन सक्छु र ? सकुला र ?
बाकि छ र अझै धोका दिन ? जो सक्दिन भन्छौ ? के तिमी यतिका समय बेखबर गुमनाम भएर बस्नु नै तिमी धोकेबाज हुनुको प्रमाण होइन र ?
'जाबो फोन नम्बर देउ भन्दा नसक्ने ? वास्तविकता नबुझी नानाथरी भन्छौ ? तिमी बदलिएछौं सुन। । सायद तिमीले भनेको कुरा सत्य रहेछ । तिमीले त बिहे पो गरिसकिछौ तर म सक्दिन । तिमी खुसी छौ भने मेरो भन्नु केहि छैन । म जबर्जस्ती गर्दिन , म सक्दिन त्यस्तो गर्न तिमीलाई !'
मलाई सक्दैनौ ? के अरुलाई सकेका छौ र सुबोध ? प्रश्नमाथि प्रश्न उब्जिदै गए ।
'एक चोटी तिम्रो दर्शन पाए स्वर्ग वास हुन्थ्यो झैँ लागेको थियो । तिमीले त फोनमा बोल्नसम्म पनि अनुमति दिन सकिनौ । अरु केहि मागेको होइन, तिम्रो नम्बर मागेको हो । सक्दिनौ नदेउ तर यसरी मुटु टुक्राटुक्रा पार्ने गरी बचन पनि नलाउ । ' अब गुनासो गर्ने पालो उसको सुरु भयो ।
बर्खामा महाकाली के उर्लिन्छ र ? त्यो भन्दा हजारौं गुणाबढी यो छातीभित्र उसको सम्झनाका ज्वारभाटाहरुले उथलपुथल पारिरहेका थिए । सायद मेरो मनको अन्तरकुनामा अझै पनि उसको लागि माया लुकेर पक्कै बसेको छ त्यसैले त उसँग म यतिधेरै गुनासो गर्दै छु । यो उप्रतिको मेरो इगो भनु या उसलाई सताउने बाहाना ? छुट्याउन सकिरहेको थिइन ।
'त्यो सम्बन्ध जसमा विश्वासको कसी नै हुँदैन, त्यो सम्बन्धको मुल्य र सम्बन्ध जोड्न लगाइएको समयको मुल्य कदापी थाहा हुदैन । तिमी त त्यस्ती बुझकी मान्छे यस्ती कसरि भयौ ? मैले त सोचेको थिए की मेरो आगमनले तिमीलाई उत्साहित र उमंगित बनाउने छ । मेरो निकट आउन तिमी आतुर हौली । मलाई देख्नासाथ तिम्रो मुटुबाट प्रेमको बर्सात सुरु भएर फेसबुक म्यासेजको माध्यमबाट यो मुटुसम्म आइपुग्ने छन् ...।'
सधैं वाक्य अधुरो छोड्ने उसको बानी २/४ वटा खाली थोप्ला पठाएर पुरा हुन्छ । उसले धोका दिएर गयो भनेर कुडिएको मन एकाएक उ फर्केर आउदा अब म के गरौ ? के मैले सुबोधलाई सहर्ष स्वीकार गर्नुपर्छ या नगरे पनि हुन्छ ? उ मेरो रिप्लाई कुरिरहेको छ । उसलाई धेरै कुराउन सक्दिन म । उ अतालिन्छ यदि मैले रिप्लाई गर्न ढिलो गरे भने । कस्तो स्वार्थि मन ? उसका लागि कहिले नराम्रो सोच्न सक्दैन । कति कमजोर मन उसका अगाडी सधैँ विवस भइदिन्छ ।
'अहिले मसँग समय छ तर तिमीलाई बोल्ने फुर्सद छैन । याद राख डियर समय सधैँ एकनासको हुदैन.... ।' मैले राम्रोसँग अनुभव गरेको छु समय कस्तो-कस्तोसम्म पनि हुदोरैछ भन्ने कुरा तिमी बारम्बार दुखेको घाउमा नघोच मलम लाउने बहानामा। अन्त्यमा उसलाई माेबाइल नम्बर पठाउन बाध्य भए म ।
'लभ यु प्यारी, थ्यान्क्यु सो मच, जस्ट कलिङ यु ' उसका यी शब्दले पुनः बिगत सम्झायो.. त्यो दिन उसले भनेको थियो -' तिमी आयौ प्यारी, सर्वप्रथम मलाई तिम्रो अंगालो चाहियो आज तिमी मसँग नै छौ भन्ने कुराको आभाष गर्न चाहान्छु । यो ४८ घण्टा कति कठोरतापुर्वक बिताए मैले, यस्तो लाग्यो वर्षौंदेखी एक अर्काको भएर बाचेका हामी आज एक्कासी तिमी टाढा हुँदा म नितान्त एक्लो, पागलजस्तै बने !’
एकाएक ३ बर्ष पछाडि पुगेर उसका अतिनै प्यारा शब्दहरुसँग रमाउदै थिए, मोबाइलको घन्टीले झल्याँस्स पार्यो । नयाँ नम्बर थियो उठाए... तर फोनमा कोहि पनि बोलेन, थाहा भएन नेटवर्क खराब थियो या म बेहोसीमा थिए ?
'सुनिएन र ?' तत्काल सुबोधले म्यासेन्जरमा सोध्यो । तब थाहा पाए त्यो कल उसको रहेछ ।
अँह केहि पनि सुनिन मैले । '
'मैले त सुने तिम्रो आवाज, मुटुलाई अलिकति राहत मिल्यो । यतिका समयपछि प्यारीको मिठो आवाज सुन्न पाए ।'
बोल्नु चाहिँ पर्दैन ?
'सकिन प्यारी ।'
यत्रो समय हराउनु चाहिँ सक्ने फोनमा बोल्न नसक्ने ?
'सरी ! म भेट्न आउछु ?
कहिले ?
'अहिले नै ? कहाँ छौ भन'
भरतपुर छु ।
'प्लेनमा आउछु। साच्चै भन टिकट फिक्स गरौ ?
तिमी कहाँ छौ ?
'नक्साल छु ।'
अरु केहि नपाएर पुलिसको जागिर खाएछौ ?
'हैन ! सबै कुरा भेटेर भन्छु नी ? कहाँ छौ भन'
म कलंकी छु अब कोठा जादै छु ।
'कोठा कता ?'
बुद्धनगर !
'बानेश्वर चोकमा मलाई लिन आउछौ ?'
किन कोठामै आउने सुरसार गरेको हो र ?
'पाउदैन र ?'
अहँ मैले पाइदैन..
'मैले म कोठामै आउन चाहे भने ?'
मैले हुदै हुदैन भने.. भने ?
'म जबर्जस्ती आए भने ?'
मैले चिच्याएर कराए भने ?
'मैले झ्याप्प समातेर अंगालोमा बेरे भने ?
'कराउनै नदिएर माया गरे भने ?'
'तिम्लाई छातीमा टाँसेर रोँए भने ?
'कराउने ओठमै....खाइदिए भने ?
उ जिस्किदै गयो ....। क्रमसः ...
हामीलाई फलो गर्नुहोस

- कञ्चनपुर ५ बैशाख ।
कञ्चनपुरमा भइरहेको कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले हस्तक्षेप गरिरहदा फोटो तथा भिडियो खिचिरहेकी सम्पादक दिया चन्दमाथि हातपात भएको छ ।
प्रहरीले कार्यक्रम बिथोलीरहेको फोटो खिचेको भन्दै चन्दलाई प्रहरीले हातपात गरेको हो । इमान्दार मिडिया डटकमकि सम्पादक सञ्चालकसमेत रहेकी चन्दको क्यामरा समेत प्रहरीले खोसेको छ ।
स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्न पाउनुपर्ने कानुनि ब्यबस्था भएको मुलुकमा प्रहरीले देखाएको यस प्रकारको अपराधिक हर्कतबाट गणतान्त्रिक व्यबस्थाको खिल्ली उडेको छ ।

हेर्नुहोस् भिडियोमा कार्यक्रममा यसरी हस्तक्षेप गर्यो प्रहरीले
यो पनि पढ्नुहोस्

- काठमाडौँ ६ माघ ।
आज भोली सामाजिक सञ्जालहरुमा महिला दिदीबहिनीहरुलाई जे मन लाग्यो त्यही म्यासेज पठाएर वा सामाजिक सञ्जालमा राखिएका फोटो तथा स्टाटसहरुमा अश्लील कमेन्ट गर्ने चलनले निकै हैरानी खेप्नु परेको छ।
यसको सिकार विभिन्न सामाजिक सेवामा संलग्न मान्छेदेखी सेलिब्रेटीसम्म हुने गरेका छन् । यसै क्रममा पत्रकार तथा इमान्दार मिडियाकी समाचार प्रमुख दिया चन्दले (प्रेमीसँगको पहिलो रात)शिर्षकमा एउटा लेख लेखिन। उक्त लेख नेपालका दर्जनौ अनलाइन पत्रिकाहरुका प्रकाशित भएको छ ।
पहलो पटक इताजा खबरमा प्रकाशित भएको उक्त लेख लाइट नेपाल डटकम, न्युज टिभी नेपाल. इ अपडेट न्युज नेपाल डटकम, हाम्रो नेपाली बजार डटकम, साझा सबाल डटकम, एभरेस्ट अनलाइन डटकम, इन्द्रेणी अनलाइन डटकम, पुर्बेली न्युज डटकमलगायत सयौ ब्लगहरुले समेत साभार गरेको गुगलमा भेटिन्छ ।
पुर्बेली न्युजमा प्रकाशित लेखको कमेन्ट बक्समा अश्लिल कमेन्ट गर्ने एक युवाले सार्बजनिक रुपमा माफी मागेका छन् फेसबुकमा स्टाटस राख्दै बैतडी घर भइ हाल मलेसियामा रहेका मनोज बिस्टले सार्बजनिक माफी मागेका हुन् ।
माफी माग्दै उनले स्टाटसमा भनेका छन् "आदरणीय पत्रकार तथा साहित्यकार दिदी दिया चन्दले लेख्नुभएको र पुर्बेली न्युज डटकममा प्रकाशित भएको लेख (प्रेमीसंगको पहिलो रात)मा मैले जानी नजानी यस्तो अश्लिल र निकृष्ट कमेन्ट गरेको थिए । मेरो त्यस प्रकारको कमेन्टबाट दिदीलाइ पर्न गएको असर प्रती हृदयदेखी नै लज्जित छु । आइन्दा यस प्रकारको गलत व्यवहार, सब्द,भाषा प्रयोग नगर्ने बाचाका साथी सार्बजनिक रुपमै दिदीसंग माफी माग्दछु ।"
पुर्बेली न्युज डटकमले प्रकाशन गरेको लेखमा बैतडी मेलौली ४ घर भइ हाल रोजगारीको शिलशिलामा मलेसियामा रहेका मनोज बिस्ट (Bista Manoj)ले अश्लिल कमेन्ट गरेका थिए ।
बिस्टले लेखमा अश्लील कमेन्ट गरेपछि पत्रकार दिया चन्दले प्रहरीकहाँ साइबर अपराधमा मुद्धा दायर गर्ने तयारी गरिन । मुद्दा दर्ताको तयारी बारे थाहा पाएपछि मनोजले हारगुहार माग्दै फेसबुकमा स्टाटस हालेर सार्बजनिक रुपमै माफी मागेका हुन् ।
यस्तो थियो उनले गरेको अश्लिल कमेन्ट

![]() |
| लेखक - दिया चन्द । |
तिमीहरु पढ मलाई अहिले केहि समय सोच्ने समय देउ, भन्दा पनि उनीहरुले बसिखान दिएनन् । हिजोदेखि सँगै पढेका साथीहरुबाट छुट्टिएर बस्नु हुदैन, हामी सबै एउटै कलेज पढ्नुपर्छ । आखिर उनीहरुको जिद्दीको अगाडि मेरो के नै लाग्थ्यो र ?
केहि महिनापछिको कुरा
ओइ भोली साथीहरुले पिकनिक जाने प्लान बनाउदै छन् त जान्छेस नी ? किरणले च्याटमा भनी ।
जान्न ?
किन ?
पैसा छैन ! (पैसा नभएको कहाँ हो र जान मन पो नभएको त् )
मसँग छ आइजा के के किन्नुपर्छ किनौं ।
फुर्ति न ला ?
ब्याईफ्रेन्डले १० हजार पठाईदेको छ क्या !
भिखारी बनाउने भइस हैन त अर्काको छोरालाई ?
अनि के त् ज्ञानी छ क्या तेरो भेनाजु, छिटो आइजा म कुर्दै छु बाई
उ अफलाइ भइ ।
ल्यापटप बन्द गरेर म हिडे ।
तैले कहिले कुर्ता लगाउदिनस् है भोली चाहिँ लगाउनै पर्छ । उसले नाक र मुख एकैसाथ खुम्च्याउदै भनी ।

अर्को दिन सबेरै हामी कैलालीको टीकापुर पार्क टुरकालागि निस्कियौं । हामी ५ जना मात्र केटीहरु, बिए प्रथम बर्षमा बाकी ४१ जना केटाहरु थिए । केटी साथीहरु सुनिता बाहेक सबै सानैदेखि सँगै पढेका परिचय गर्नै परेन ।
तर सुनितासँग परिचय गर्नै पर्यो । आफ्नो हात अघि बढाउदै उनले भनिन् - सुनिता उपाध्याय, घर बझाङ, १ नम्बर गल्लीमा कोठा लिएर बसेकी छु । मैले पनि अाफ्नाे बारे भने । साथी हाम्राे त तँ तँ र म म चल्छ माइन्ड कसैले पनि नगर्नु । जाबाे क्लासफ्रेन्डमा पनि केकाे अाैपचारिकता निभाउनु र ?

समर, आरएन, सुर्य अनि सुनिता कलेज गएको पहिलो दिनमै बनेका मेरा साथीहरु । अनि पछि सृजन पनि थपियो । सृजन प्लस टुमा हामीसंगै पढ्थ्यो तर त्यति नजिकबाट उसँग चिनजान र हाई हेल्लो थिएन ।
किरण, पुष्पा, कामना सुनिता अनि म हामी पाँच जना केटिहरु, सबै प्याक थिए सुनिता र म बाहेक । किरण सुर्यको वरीपरी नाचिरहेकी हुन्थी भने, पुष्पाले आरएनलाई आफ्नो प्रेम जालमा चुर्लुम्मै पारिसकेकी थिइ । कामना र समरको जोडी पनि अनौठो लाग्थ्यो, झगडा र आरोप प्रत्यारोपमात्रै गरिरहने एकले अर्कालाई । उता सृजन एक्लै थियो बिचार !

उनीहरुले बसमा बस्दा समेत सुनिता र मलाई एउटा सिट थमाएर सबै जोडी जोडी बसे, सृजनलार्इ लास्ट सिटमा पठाए । घरिघरि हामीलाई हेर्दै हास्थे उनिहरू। हामी पनि उनीहरुको खुसीमा साथ थपिदिन्थ्यौ । साँझ घर फर्किने गरि बिहान ५ बजे नै हिडेका हामीहरु रफ्तारमा थियौं
दायाँबायाँ सबै जोडीहरु आ – आफ्नै सुरमा थिए । सुनिता अलि विचलितजस्तै देखिइन । उनको मुहारमा एक्कासी आएको मलिनाताले म नसोधि रहन सकिन ।
तिम्लाई के भयो ?
पुरानो घाउ बल्झियो ! उनले तुरुन्त उत्तर दिइन् ।
कस्तो पुरानो घाउ भनेको ?
त्यो दिन कसैको म्यासेज र कुरा गर्ने तरिका देख्दा यो नै हाम्रो अन्तिम भेट होला भन्ने थाहा पाएर मेरो आँखा रसाउनु नै उनीप्रतिको मेरो अथाह माया थियो । आज आभास भयो ‘ बस ।
त्यस्तो पनि रु म अन्यौलमा परे ।
तिब्र गतिमा चलिरहेको बसको झ्यालबाट आएको हावाले उनको कपाल मेरो आखा, नाक मुख र निधारसम्म पुगिरहेको थियो ।
'जब अरुलाई हामी हुनु नहुनुले फरक पर्न छोड्छ नि रु अनि बुझ्नुपर्छ हामीले पनि हाम्रो मनलाई बुझाउन र परिवर्तन गर्ने बेला भयो भन्ने कुरा । हो म पनि त्यहि सोचेर आज यहाँसम्म आएको छु ।'
को थियो ? कताको मान्छे ? के गर्थ्यो र? कसरी भेट भयो ? अनि कसरि छुट्यो ? मेरो मनमा अनेकौं प्रश्नहरुले मेरो मन एकैछिन हुस्सु लागेको अनकन्टार डाडाजस्तै भयो ।
मलाई सुनाउछौ ? के भएको थियो ?
उसले टाउको मात्र हल्लाई, त्यो दिन टिकापुर पार्कमा हामी रमायौं । केटाहरू कसैले वियरको सिङ्गै बोतल मुखमा कोचेको देखिन्थ्यो त कोहि ग्रुपमा बसेर चिउरा मासुसँगै सेल्फी खिचिरहेका थिए, कतिले त त्यस्तो चिसो मौसमको वास्तै नगरि कर्णालीमा डुबुल्की पनि मारे । यता केटीहरुले वाइन अफर गर्दै थिए, सुनिता र मैले लिएनौं अरु तिनै जनाले पिए ।
साझ करिब साढे ७ बजे हामी सुनिताको रुम पुग्यौं ।
पुस माघमा यस्तै ५ बजे नै रात परिसक्छ । अहिले ८ बज्न लाग्यो आज यतै बस है रातभरि गफ गरौंला, खुट्टामा लगाएको निलो स्यान्डीन फुकाल्दै उसले भनि । आमालाई खबर गर्, म सुनिताकोमै छु भनेर ।
उसले सबैकुरा एकै वाक्यमा सिध्याई ।
कोठाको एउटा छेउमा रहेको सानो काठको मान्दिर, उसले दराजबाट अगरबत्ती तानेर सल्काई । एक हातमा घन्टी र अर्को हातमा अगरबत्ती, मन्दिरको वरीपरी घुमाई । मुखमुखै खोइ के के भनी पनि ।
तलाई यो भगवान, भुत देउता यस्तोमा सचिक्कै विश्वास लाग्छ ? म यसै त् प्रश्नमाथि प्रश्न गर्ने बानीले आफै हैरान भएको मान्छे, नसोधी के बस्न सक्थे र ?
हैन म यस कारण मुर्ति पुज्छु, की यहाँ विश्वास गर्न लायक कोहि मान्छे नै भेटिदैनन् ।
व्हा ! उसले क्या गजबको डाइलग बोली, सोध्न मन लाग्यो तँ पहिला यस्ती थिनस नी !
के गर्नु त मेरो आँखा र मन दुबैलाई बर्खा लागेको छ, बेला न कुबेला तप्प तप्प चुहिन्छ ?
के चुहिन्छ त्यसरी ?
आशु ! अरु के हुनु नी ।
उसको कुरो सुनेर एकछिन भएपनि पेट मिची मिची हास्न मन नलागेको कहाँ हो र तर मान्छेको मन हो दुखि हुन ठूलो कुरै चाहिन्न । उसले पनि मन दुखाई भने ? कहिले हाँसो पचाउन नसक्ने म त्यो दिन हासोलाई ओठ बाहिर ओकल्न नसकेर भित्र पठाए सकी नसकी ।
ल ठिक छ, बरु मलाई अाफ्नाे लभ कहानी सुना, तेराे मन पनि हलुका हुन्छ, मेरो दिमागमा कुनै आइडिया फुरेछ भने समाधान पनि निकालौंला ।
अब के समाधान निकाल्नु छ र ? उसले मन फेर्यो मैले सपना फेरे । हिसाबकिताब बराबर । उसकाे त्यो आवाजमा प्रष्ट पीडा महशुस हुन्थ्यो ।
इज्जत त उसको पनि हुन्छ, जसको दरबार हुदैन अनि सपना उसको पनि हुन्छ जसको बाँच्ने आधार हुदैन । पेटबाट बाढीझैं उर्लेर घाटीसम्म पुगेको भक्कानोलाई फिक्का हासोमा बदलेजस्तै गरी उसले थपी, अनि मन ? मन त उसको पनि हुन्छ ,जसको खुशिको संसार हुदैन।
कति रहरलाग्दो कुरा गरी उसले । म नतमष्तक भए ।
अनि लभ स्टोरी सुनाउदिनस् ?
मेरो लभस्टोरी सुन्न तैले पुरै रात जाग्राम बस्नुपर्छ । उसले चाेर अैंला मतिर उठाउदै भनी । तयार छेस ?
मलाई मन्जुर छ । रातभरि नसुत्ने सर्तमा उ सबैकुरा भन्न तयार भई ।
भनिन्छ नी – सम्बन्ध प्रेमको कमिले हैन प्रेम धेरै र बिश्वास कम भएर टुट्छ छुट्छ तर हाम्रो सम्बन्धमा न बिश्वासको कमी छ न प्रेमको अनि छुट्यो भएर कसरि पत्याउ म ? त्यो रातपछिका सबै सुनौला बिहानीहरु निक्कै मधुरा मधुरा लाग्न थाले । उनि यसरी बेखबर बने की मैले हजारौंपटक उनको मोबाइलमा कल गर्ने कोशिस गरे ।
केहि दिनसम्म त फोन लाग्थ्यो, रिसिभ हुदैनथ्यो, तर केहीदिनपछि फोन नै लाग्न छोड्यो । फेसबुकमा उनका र मेरा थुप्रै साथिहरुलाई सोधे तर कुनै शिप लागेन । आकुलव्याकुलको अवस्थामा थिए म, कसैसँग पनि राम्रोसँग प्रस्तुत हुनसक्ने हालत नभएपछि मैले केहि दिनका लागी जिल्ला छोड्ने निर्णय लिए । दिनमा सङ्गै अनि रातमा गाएब हुने छायाले पनि रिस उठाउथ्यो तर के गर्नु रोएर टार्थे ।
बेलाबेलामा सोच्थे, किन रिसाउ म तिमिसङ्ग ? एकदिन तिम्रो तस्बिर नहेर्दैमा मेरो आयु घट्ने त हैन ! म मरिजाने नै त हैन । यहि कुरा दिमागले बुझ्छ तर मनले किन बुझ्दैन ? कति नाजुक हुन्छ मान्छेको मन, अझ त्यसमा पनि म नारी न परे।
रिसाएको छैन तिमिसङ्ग बस् मन खुसी हुन नसकेको मात्र हो। रोएको छैन म, बस् यी आँखाहरु ओसिएका मात्र हुन । फेरी अर्को मनले बर्बर आशु खासल्थ्यो । भाग्यमा कहिल्यै भेट्न नलेखिएका मान्छेहरुको साथ सिर्फ 'कल्पना' मै मात्र मीठो हुदो रैछ, त्यो पनि बर्फीभन्दा बढी ।

२०७३ माघ ६ गते प्रकाशित ।
![]() |
| लेखक - दिया चन्द |
फेसबुकले सुरु गराएको हाम्रो परिचय बिस्तारै सामिप्यतातर्फ लम्किदा लम्किदै उनि मेरो र म उनको भइसकिएको थियो । उनका तस्विर र स्टाटसहरु निक्कै भलादमी, अनि कुरा गर्ने तरिका पनि ।
माघ महिना, तराईको चिसो, एउटा सानो झुप्रो घर ! उनले आज के लेखे ? कस्तो तस्विर अपडेट गरे ? अनि मलाई के म्यासेज लेखे ? बस यहि खुल्दुलीमा २ दिन बितेका थिए ।
माघ महिना, तराईको चिसो, एउटा सानो झुप्रो घर ! उनले आज के लेखे ? कस्तो तस्विर अपडेट गरे ? अनि मलाई के म्यासेज लेखे ? बस यहि खुल्दुलीमा २ दिन बितेका थिए ।
हिउदको बेला तराईमा खासै बर्सात हुदैन, तर त्यो समयमा भने लगातार ३ दिनसम्म पानी पर्यो, बिजुलीका पोलहरु ढले, टेलिफोन सेवा अवरुद्ध भयो । कहाँ के – कति क्षति भयो जानकारी लिन रेडियोसम्म थियो घरमा, लाईट नभएकाले टेलिभिजन चल्ने कुनै सम्भावना थिएन ।
दियोको सहाराले सबै काम सकेर खाना खाईवरी आफ्नो ओछ्यानमा पल्टिएको मात्र थिए झलल बत्ति आयो । २ दिनदेखि बन्द मोबाइल चार्ज गर्न मलाई चपेटो नै पर्यो । मोबाइल चार्जमा राखेर फेसबुक खोले, म्यासेन्जरमा ९९ प्लस म्यासेज भनेर रेडक्रसको जस्तो रातोप्ल्स देखाएको रहेछ ।
मैले अरुको म्यासेज हेर्ने कुरै भएन, हेरुँ पनि किन ? उनको म्यासेज गनेर साध्य थिएन, अन्तिम म्यासेजबाट पढ्न सुरु गरे, उनको अन्तिम सन्देश यस्तो थियो ।
‘तिमी कुन अवस्थामा छौ मलाई कुनै जानकारी छैन, तिम्रो बस्तीमा बाढी पसेको खबर संचारमाध्यममार्फत थाहा पाए । काली तिमी छिट्टै अनलाइन आउ न, म ४८ घण्टादेखि तिम्रै प्रोफाइल हेरेर बसेको छु ।’
मैले तत्काल रिप्लाई गरे, कालु म सकुशल छु चिन्ता नगर।
उनले लेखे, ‘ओहो ! तिमी आयौ प्यारी, सर्वप्रथम मलाई तिम्रो अंगालो चाहियो आज तिमी मसँग नै छौ भन्ने कुराको आभाष गर्न चाहान्छु ।
यो ४८ घण्टा कति कठोरतापुर्वक बिताए मैले, यस्तो लाग्यो वर्षौंदेखी एक अर्काको भएर बाचेका हामी आज एक्कासी तिमी टाढा हुँदा म नितान्त एक्लो, पागलजस्तै बने !’
उनको यो म्यासेजले मुटुभित्र गहिरो डेरा जमायो ।
उनि लेख्दै गए, ‘आज अनुमति दियौ भने म सदासदाका लागि तिमीलाई मेरी बनाउन चाहान्छु, हरेक पल तिम्रो स्पर्शसँगै बिताउन चाहान्छु म । मैले तिमीलाई गर्ने मायाको कुनै सिमा हुदो हो त आज त्यो सिमा नाघेर म देखाईदिन्थे अनि त्यसपछि तिमीले जुनसुकै सजाए दिएपनि तिम्रो मायाको उपहार सम्झेर सहर्षस्वीकार गर्दथे रानी !’
यो २ दिनको दुरीले तिमीलाई सिमा नाघ्ने बनायो, मेरो अनुमति माग्ने बनायो । माग आज तिमि जे माग्छौ, म खुसी खुसी दिन तयार छु प्यारा ! पिडा उस्तै हो, प्रेम पनि उस्तै हो, मलाई पनि त्यस्तै भएको छ । मलाई कहाँ तिम्रो नबन्ने रहर हुँदो हो त ?
‘सुन न् काली ! भनिन्छ नी, जिन्दगीमा कहिलेकाहीँ गरिएका कुनै गल्ती पनि यति मिठा हुन्छन कि ती कुनै असल काम भन्दा अझै प्यारा लाग्छन, हो आज मलाई पनि त्यहि गल्ति गर्न मन लाग्यो प्यारी ! के अनुमति मागे दिन्छ्यौ र् ? ’ उनको यति मिठो आग्रह म कसरि नकारु ?
हुन्छ, भन जे चाहान्छौ तिमी त्यहि माग ! आज तिमीले मागेकोभन्दा अलि धेरै दिन मन छ मलाई पनि । यतिबेला म होइन उनीप्रतिको मेरो समर्पण बोल्दै थियो …
उनले भने, ‘सर्वप्रथम मलाई आफ्नो रगतको रातो टिकाले तिम्रो सिउँदो रंगाउन देउ !’
हुन्छ, रंगाउ तिम्रै लागि खाली थियो यो सिउँदो आज भरिदेउ । मैले उनलाई रोक्ने हिम्मत गर्न सकिन ।
‘आउ आज तिमि र मबीचको हरेक दुरी मेटिनुपर्छ । यो सारा संसारले हामी एक – अर्काको हौ भन्ने कुरा बुझ्नु पर्छ ।’ उनका प्रत्येक शब्द –शब्दले मलाई बिस्तारै घामको तापले हिउ पगालेजस्तै पागाल्दै थियो, मुटु निक्कै नै तिब्र गतिमा कुद्न थाल्यो । त्यो पल उनि र मबीचका सबै दुरी मेटिए तर काल्पनिक रुपमा ! यस्तै यस्तै माया प्रेमका कुरा गर्दा गर्दै बिहान भएको पत्तै भएन, उनले भने ‘कुनै – कुनै रातहरु यति प्रिय बनिदिन्छन् भन्ने मैले कहिले सोचेको पनि थिएन् । हिजोअस्ति तिमीबिना निन्द्रा लागेन आज तिमी भएर निन्द्रा लागेन यो माया भने चिज यस्तै रहेछ ।’
मलाई म्यासेजमा यति भनेर उनले फिलिङ डीप लभ भन्दै एउटा स्टाटस लेखे ‘आफुले माया गर्ने मान्छे फूलजस्तै हुदाँ आफ्नो मन पुतलीजस्तै हुदो रहेछ, त्यसैले होला उनीलाई हरेक पल चुमिरहुँजस्तो लागेको छ ।’ उनको त्यो प्रेमिल स्टाटस मलाई ट्याग गरिएको थियो ! मैले लाइक ठोके !
मेरो मन खुशी हुदाँ उनको ओठ मुस्कुराउँछ अनि उनको आखाबाट आशु झर्दा मेरो मुटुमा बिझाउछ । सायद यहि नै प्रेम रहेछ !
त्यो बिहानीसँगै हामी आफ्नो निरन्तर काममा लाग्यौं, साँझ यसैगरी मिठो कुरा गर्ने र दिउसो एक अर्काको काममा डिस्टर्ब नगर्ने बाचा गरि छुट्टीयौं । उनले हिजो रातभरी भनेका कुराहरु सम्झिदै दिन बित्यो, साँझ पनि भयो, उनको कुनै सन्देश आएको होला भन्ने लगेर मैले फेसबुक खोलेर हेरे तर कुनै म्यासेज थिएन । आज निक्कै व्यस्त भएछन् काममा ठिकै छ भन्ने लगेर मैले नै म्यासेज लेखे, कहाँ छौ कालु म तिमीलाई अनलाइनमा कुरिरहेकी छु । कि हिजोको अनिदोले मलाई बिर्सायो ? कुनै सन्देश नै नछाडेर सुत्यौ र ? तिमीलाई थाहा छ, अस्ति म अनलाइन नहुँदा तिमिले मलाई पर्खेजस्तै म पनि तिमीलाई पर्खी बसेकी छु ।
लेख्दा लेख्दै रात बित्यो तर उनि आएनन्, मन चिसो भयो कतै उनि बिरामी त परेनन् ? फोन पनि उठेन ।
लाग्यो, आज उनको प्रोफाइल हेरेर बस्ने पालो मेरो रहेछ, मन अमिलो भएपछि उनलाई ट्याग गरेर एउटा स्टाटस लेखे ‘तिम्रै पर्खाइमा रात बितेर बिहानी पनि भयो तर तिमी अझै आएनौँ ।’ त्यसमा अरु थुप्रैले केके लेखे कुन्नी तर उनको कुनै प्रतिक्रिया आएन । त्यसपछि उनको फेसबुकमा मेरो लागि कुनै स्टाटस देखिएनन् ! न त कुनै म्यासेज नै ।
कस्तो विडम्बना ! आज वर्षौं बित्यो, त्यो रातपछिको बिहानीले उनलाई कहाँ पुर्यायो कहाँ ? उनले फेसबुकमा मसँगै बिताएको त्यो रात आज पनि मानसपटलमा मिठो याद बनेर बसेको छ । आज पनि हरेक रात उनि आउछन् की झैँ लाग्छ र उनैलाई पर्खिरहन्छु ! ती रातपछिका सुनौला रंगिन बिहानीहरु मेरो लागी फिक्का र रंगहीन बनेका छन् तर आशा मरेको छैन उनि एकदिन आउनेछ आफ्नी कालीलाई सम्झेर ।
भनिन्छ नी – सम्बन्ध प्रेमको कमिले हैन प्रेम धेरै र बिश्वास कम भएर टुट्छ छुट्छ तर हाम्रो सम्बन्धमा न बिश्वासको कमी छ न प्रेमको अनि छुट्यो भएर कसरि पत्याउ म ?
यो पनि पढ्नुहोस् - प्रेमीसँगको पहिलो रात - भाग २

- दिया चन्द, काठमाडौँ ७ असोज ।
आफ्ना नेता कार्यकर्तालाइ बिना कारण प्रहरीले पक्राउ गरेको भन्दै नेकपा (माओवादी) निकट अखिल (क्रान्तिकारी)ले चरणवद्ध संघर्षका कार्यक्रमहरु सार्बजनिक गरेको छ ।
क्रान्तिकारीका उपत्यका समुन्नय बिशेष समितिका संयोजक लोकेश बिस्वकर्माले सुक्रवार एक बिज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम सार्बजनिक गरेका हुन् ।
जसअनुसार असोज ९ गते उपत्यकाका सबै जिल्ला शिक्षा कार्यालयमा कर्मचारीहरुलाई कार्यालय प्राबेशामा रोक लगाउने, १० गते उपत्यकाका ३ जिल्लामा कोण सभा गर्ने र ११ गते उपत्यकाका सम्पूर्ण शैक्षिक सस्थाहरु बन्द गर्ने घोषणा गरेको छ ।
बिज्ञप्तिमा भनिएको छ, - 'संगठनको नियमित कामको सिलसिलामा कार्यक्षेत्रमा खटिरहनु भएका संगठन केन्द्रीय समिति सचिवालय प्रमोद गिरि र काठमाडौं जिल्ला समित सदस्य महेन्द्र तामाङलाई असोज ५ गते कलंकीस्थित क्याब्रिज कलेजबाट बिना कारण गिरफ्तार गरिएकोप्रति हामी खेद प्रकट गर्दछौं। ‘प्रचलित नियमअनुसार स्वतन्त्रतापूर्वक रहँदै गर्दा उहाँहरुमाथि प्रशासनद्वारा कदापी स्वीकारे छैन । नागरिकको राजनीतिक अधिकार कुण्ठित पार्ने गरी गरिएको गिरफ्तार निन्दनीय छ ।’
कानूनको उपाहास गर्ने अधिकारी कसैलाई नभएको भन्दै झुठा बहानामा गरिएको हर्कत तत्काल बन्द गर्न माग गरिएको छ । ‘कानूने दिएको अधिकारको उपहास गर्ने छुट बर्दिवाला र बर्दिविहीन कसैलाई पनि छैन’ जारी विज्ञप्तिमा उल्लेख छ ।
बिनासर्त गिरफ्तार गरिएका गिरी र तामाङलाई तत्काल रिहा गर्न माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरिएको छ । गिरी र तामाङलाई प्रहरीले असोज ५ गते कलंकीस्थित क्याम्ब्रिज कलेजबाट गिरफ्तार गरेको थियो । हाल दुवैजनालाई कालीमाटी प्रहरी वृत्तमा थुनामा राखिएको छ ।
दिया चन्द, काठमाडौं, ५ असोज ।
यातायात व्यवस्था कार्यालयमा चालक अनुमति पत्र लिनका लागि बुधबार बिहान तीन बजेदेखि नै आवेदकहरुको लाइन लागेको थियो । तर, बिहान ८ बजे एकाएक आएर कार्यालयले ‘सुविसु नेटको खराबीका कारण आफ्नो सर्भरले काम नगरेकोले आज काम नहुने’ भन्दै सूचना टाँसेपछि नाराबाजी भएको थियो ।
सोही घटनाको रिपोर्टिङका लागि कार्यालयमा पुगेका क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा रेडियो पत्रकार वर्देवामाथि प्रहरीले हातपात गर्नुका साथै दुव्र्यवहार गरेको छ । साथै उनलाई आधा घन्टा नियन्त्रणमा लिएर प्रहरी भ्यानमा बन्दी बनाएको थियाे ।
नाराबाजी गरिरहेका सर्वसाधारणमाथि लाठी प्रहार गरिरहेको दृष्य खिचिरहेका पत्रकार वर्देवाले आफ्नो परिचय दिँदा पनि प्रहरीले “प्रहरीको मात्र फोेटो किन खिचेको” भन्दै हातपात गरेको थियो ।
यसैबीच पत्रकार बर्देवामाथि प्रहिले गरेको दुर्व्यवहारप्रति गम्भीर ध्यान आकर्षण भएको भन्दै क्रान्तिकारी पत्रकार संगठन नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ ।
क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउनेद्वारा बुधबार जारी गरिएको बिज्ञप्तिमा भनिएको छ -' ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयमा रिपोर्टिङका क्रममा पुगेका रेडियो मिर्मिरेमा कार्यरत पत्रकार सुदिप वर्देवामाथि ललितपुर प्रहरीले हातपात गर्नुका साथै केही समय कब्जा लिएको घटनाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।'
स्वतन्त्र प्रेसमाथि राज्यका सुरक्षा निकायको यो व्यवहार आपत्तिजनक भएको भन्दै बिज्ञप्तिमा अगाडी भनिएको छ -'यस घटनाले स्वतन्त्र प्रेसमाथि राज्यका सुरक्षा निकायको बुझाई प्रष्ट पारेको छ । हामी प्रहरीको यस प्रकारको व्यवहारको घोर भत्र्सना गर्दै दुव्र्यवहार तथा केही समय बन्दी बनाउने प्रहरीमाथि तत्काल कारवाही गर्न माग गर्दछौं । साथै नागरिकलाई निरन्तर सूचना दिन खटिरहेका पत्रकारको सुरक्षाका लागि सुरक्षा निकायमा विशेष निर्देशन दिन सरकारको ध्यानाकर्षण गराउँदछौं ।'
आक्रोशित सेवाग्राहीहरुले धेर जसो सर्भर बिग्रिने बहाना बनाउने र पैसाको चलखेल गरेर लाईसेन्स बितरण गर्ने आरोप समेत लगाएका छन्। आक्रोशित सेवाग्राहीहरुलाई रोक्न प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरी हस्तक्षेपमा अन्य सर्वसाधारण समेत सामान्य घाईते भएका छन्।
चियाको चुस्कीसँगै अविनाशले सुनाए , ‘एकपटकको मेरो जिन्दगीमा म बारम्बार टुहुरो बनेको छु, अब केहि पाउने आशा भए पनि केहि गुमाउने पिडा भने छैन् । बुवा मारेर जानुभयो, पहिलोचोटि त्यहि दिन टुहुरो भए, आमा हुनुहुन्छ बुवालाई कालले लागेपनि भन्ने सोचेर मन सम्हाल्ने कोसिसमा थिए, आमाले नै छोडेर जानुभयो त्यो दिन दोस्रोपटक टुहुरो भए ।
बहिनिको सबै जिम्मेवारी मेरो टाउकोमा आयो । त्यसलाई नियति सम्झेर चित्त बुझाउदै थिए, पोहोरसाल बहिनि आफूखुसी बिहे गरेरे गइन्, मेरो वास्तै नगरी हो त्यहि दिन म तेस्रोपटक टुहुरो भए । त्यसपछि त नितान्त एक्लो भए म….’ उनि बोल्न सकेनन् ।
एकछिन लामो सास लिएर बोले – ‘जसको कोही छैन, उसको भगवान हुन्छ भन्ने सुनेको थिए तर मेरो निर्दोष जिन्दगीमाथि त त्यो कथित भगवानले पनि उदेकलाग्दो तरिकाले खेली छाड्यो’ ।
मैले सोधे – आमासँग कहिले भेट हुन् मन लाग्दैन ? उनको मुखआकृतिमा मुस्कानको रेखी दौडियो, ‘मेरी आमा अर्कैकी श्रीमती हुन् गइन् उनि मेरी आमा रहिनन् । अविनाशको त्यो जवाफले म नतमस्तक भए ।
हाम्रो त्यो यात्राको गन्तव्य काठमाडौं थियो, बसले हर्न बजाउदै बोलायो । उनले हतार हतार आफ्नो झोलाबाट पर्स निकाल्दै अघि नै चिया ल्याइदिने दिदिलाई सोधे – ‘साहुनी चियाको पैसा कति भयो ?’
‘चालिस रुपिया दिनुस् न्’ साहुनीले मौखिक बिल पेस गरिन् । उनीसँग हजारको नोट थियो, साहुनीले खुद्रा मागेपछि मैले पर्सबाट २ वटा २० \२० को नोट तानेर दिए, अविनाश निन्याउरो मुख लगाउदै बसभित्र फर्किए, म पनि उनकै पछि लागे ।
सुदूरपश्चिमबाट काठमाडौंका लागि तय भएको हाम्रो यात्रा बुटवलबाट नारायणगढतर्फ अगाडी बढ्यो। उनि छेउमा चुपचाप थिए, मलाई उनको बाकीं जिन्दगीबारे जान्न निक्कै उत्सुकता जागिरहेको थियो ।
उनि बोल्ने कुनै सङ्केत नदेखिएपछि अब मैले नै केहि निहुँमा बोलाउनुपर्ने भयो । अब नारायणगढ पुग्न कति समय लाग्छ होला ? मैले उनको मुहार नियाल्दै सोधे, ‘त्यही २ साढे २ घण्टाजति होला !’ उनले छोटोमा उत्तर दिए ।
अब के भनु ? मलाई उनी मौन बसेको सह्य भएन र फेरी सोधे
अनि बहिनिको के छ खबर ? अहिले कता छिन् ? भेट्न आउछिन् होला नी ?
‘बहिनि आउदिन्’ यसपटक भने उनि अत्यन्तै भावुक हुदै झस्किए । किन ? फेरी प्रश्न तेर्सियो उनको अगाडी ।
बहिनि बिहे गरेर गएको केहि समयपछि एकदिन मकहाँ आएर भनिन्, ‘दाजु मैले हजुरलाई नभनी, हजुरको आशिर्वादबिना नै आफूखुसी बिहे गरे मलाई माफ गरिदिनुहोस् । म हजुरकी सानी बहिनी, सानी नै सम्झेर मलाई माफी दिनुस् ।’
के गर्नु आफ्नो बहिनी मनले कसरि मान्थ्यो र् ? केहि दिन बसिन् पनि ज्वाई सार्है राम्रो छन्, मेरो खुब ख्याल राख्छन् दाजु भन्थिन् । जाने दिन एउटा आग्रह गरेर गइन्, ‘अलिकति पैसा खोजिदिनु पर्यो दाजु, म आमा बन्दैछु, हजुर मामा बन्दै हुनुहुन्छ अबको ३ महिनामा । घरमा बोलाउछु हजुरलाई त्यहि समयमा ।’
हुन्छ म कोसिस गर्छु भनेको थिए… उनि फेरी रोकिएर बोले ‘सपनै सपनाको बिशाल समुद्र रहेछ जिन्दगी ! यहाँ आफ्ना वास्तविकताहरु पनि कहानीजस्तै लाग्ने, आफुले वर्षौंदेखी मनमा सजाएका सपनाहरु पनि समुद्री छालजस्तै एकैछिनमा बिलाउने !’ उनि बर्बराए ।
किन ? फेरी मैले प्रश्न तेर्स्याए । ‘सुत्केरी हुन् नसकेर अस्ति मात्रै उनि यो संसारबाट बिदा भइन्, भान्जा पाएकी थिइन् रे उनलाई पनि बचाउन सकिएन भन्थे ज्वाइँले, बहिनी बाबाको प्यारो भइन् ।’
उनका यी सबै पिडा सुनिसकेपछि पनि मेरो मनमा ठुलो आधि चल्यो, आखिर कतिसम्म भोग्न बाध्य हुदो रहेछ मान्छे ? अब तनाब मलाई सुरु भयो ।
उनि पल्लोपट्टि मुख फर्काएर आशु पुछ्दै थिए, उनको आशुसँगै मेरो पनि आँखा नभएरिएको होइन तर मैले त्यहाँ अविनाशसँगै रुने अधिकार पाएको थिएन ।
‘यस्तै हो जिन्दगी, तपाई त पत्रकार मान्छे मेरो थोत्रो जीवनको यथार्थलाई कथा बनाएर सबैलाई सुनाउन सक्नुहुन्छ ।’ उनले व्यंग्यात्मक तरिकाले मलाई हेर्दै भने, तपाईको अनुमति पाए अवश्य लेख्छु मैले सजिलै प्रतिक्रिया दिए ।
‘जत्रो सुकै रमाइलो र भेटघाट भए पनि अन्तमा उस्तै एक्लोपन र शुन्यताले भित्र – भित्रै पोल्ने त मलाइ मात्रै होला ।’ बल्ल उनी मुस्कुराउदै बाेले,
अब त तपाईको यो पत्रकार साथि पनि छ नी किन एक्लै ? मैले पनि हास्दै जवाफ दिए । बाहिर हेर्नुस् त नारायणी आफ्नै सुरमा गन्तव्य भेट्न कसरी कसिएर कुदिरहेकी छिन्, लाईक यु’ उनि दंग पर्दै मुस्कुराए ।
नारायणी तरेर पारी पुगेपछि उनले निस्किने सुरसार गरेकाे देखेर मैले फेरी सोधे ।
कता जाने ?
हेटौडा जाने ।
अघि काठमाडौं जाने भन्नुभएको होइन ? ‘
हो ढाटेको नी !
यति भन्दा उनी बसबाट बाहिरिसकेका थिए ।
अनि सुन्नुहोस् त मैले ढाटेको कुरो चाहिँ पत्रिकामा नलेख्नुस है ?’ बसको ढोकाबाट निस्किदै गर्दा उनले आखा झिम्क्याउदै भने ।
मलाई लागिरह्यो के उनले अहिलेसम्म आफ्नोबारे पोखेको बयान सबै झुट नै थियो त ? उनका बाेली र त्यसमा भरिएकाे पिडा महशुस गर्दै म काठमाडाैंतिर लागे उनि हेटाैडातिर । तर उनके सम्झना अाइरह्याे ।
भाग १ पनि पढ्नुहोस : जिन्दगीमा मस्ति बिना त मस्तिष्क पनि अधुरो हुन्छ !
दिया चन्द काठमाडौं,४ असोज ।
नेकपा (माओवादी) निकट अखिल (क्रान्तिकारी)ले शैक्षिक हड्ताल घोषणा गर्दै दिएको १० दिने अल्टिमेटम सकिने अघिल्लो दिन राजधानीका बिभिन्न विद्यालयमा बम विष्फोट हुनु संयोगमात्र भएको बताएको छ ।
अखिल (क्रान्तिकारी) का केन्द्रिय महासचिव दिपेन्द्र चलाउनले बिद्यालय जस्तो संबेदनशील क्षेत्रमा बम विस्पोट गराउने निन्दनीय कार्य आफूहरुको जिम्मेवार सङ्गठनले सोच्न पनि नसक्ने बताए ।
इमान्दार मिडियासँगको टेलिफोन बार्ताका क्रममा चलाउनेले भने -'बिद्यार्थीहरुको जीवनमाथि खेलवाड गर्ने शैक्षिक माफियाबिरुद्ध हामीहरुले आन्दोलन गरिरहेको सबैलाई थाहा छ तर, बिद्यालयमा बमबारुद पड्काएर बिद्यार्थीअरुलाई नै क्षति पुर्याउनेजस्तो घृणित र निन्दनीय कार्य गर्न त पर जाओस त्यो त सोच्न पनि सकिदैन ।'
आफुहरुले शैक्षिक हड्ताल घोषणा गर्दै शिक्षा मन्त्रालयलाई दिएको १० दिने अल्टिमेटमको समय भोली सकिने भएपनि त्यसको अघिल्लो दिन राजधानीका विद्यालयमा बम विष्फोट हुनु निक्कै गम्भीर बिषय भएको भन्दै महसचिव चलाउनेले यस्तो कार्य कसले र किन गर्यो भन्नेबारे राज्यले खोजेर तत्काल कारवाही गर्नुपर्ने बताए ।
'यो कुनै अपराधिक काममा संग्लन गिरोहहरु अथवा, राजनीतिक रुपमा अगाडी आउन खोजिरहेका तत्वहरुको हर्कत हुनसक्छ, हामीले त भोलि बम र बन्दूक बोकेर हिँड्नुपर्ने अवस्था आए पनि विद्यालयमा चाहिँ बम नपड्काउने नीति अख्तियार गर्छौं ।' उनले भने ।
नेपाली नीति नियम अनुसार चलेका विद्यालयमा कहिल्यै पनि बम राख्न नासिने तर राष्ट्रियतालाई नै चुनौति दिएर आएका भारतीय स्कूलको हकमा भने सरकारले नियन्त्रण नगरे आफूहरुले कारवाही गर्ने चेतावनी दिए ।
शैक्षिकक्षेत्रमा जारी विकृति, विसंगति र शैक्षिक माफियाहरुको बिरुद्धमा आफ्नो सङ्गठन हिजोदेखि लड्दै आएको र आज पनि आन्दोलन जारी रहेको तथा भोली पनि लडीरहने उनको तर्क छ ।
विद्यालयमा बम राख्नेहरुको पहिचान गर्ने सवालमा राज्यलाई सघाउन आफूहरु तयार रहेको उनको भनाइ छ ।
नयाँ बर्ष मनाएर कन्चनपुरबाट काठमाडौंका लागि नाइट बस चढे म, करिब वैशाख ७/८ गते तिरको कुरो होला । कैलालीको अत्तरिया आइपुग्दा लगभग साँझ पर्न लागिसकेको थियो । २ युवती त्यहाँबाट पनि गाडी चढे । म बसेको सिट पनि आधा खाली थियो, मभन्दा पछाडि पनि एउटा केटामान्छे बसेको रहेछ ।
ती २ महिलाहरुले त्यो पुरुष साथिलाइ अगाडी बसिदिन आग्रह गर्दै त्यसमा आफूहरु २ जना बस्न चाहेको बताए । अब कैलालीबाट काठमाडौंसम्मको यात्रा लामै छ, सिटबिना कठिन हुन्छ यात्रा गर्न, चोर औलाले म बसेको छेउलाई देखाउदै ति युवकले सोधे, हजुरसँग कोहि छ ? यता बस्ने ।
टाउको हल्लाउदै कोहि नभएको मैले जानकारी गराए, त्यो मान्छे आएर सरासर सिटमा बस्यो ।
त्यहाँबाट करिब घोडाघोडी तालसम्म आउदा हामी आ – आफ्नै सुरमा थियौं, फेरी घोडाघोडीमा बस रोकियो, मेरो छेउमा बसेको मेरो अघोषित मित्र उठेर बाहिर गयो । यहिसम्म आउने मान्छे रैछ, अब सिटमा म एक्लै हुने भए मज्जाले सुत्न पाईने भयो, मनमनै यहि सोच्दै थिए, 'अलि पर सर्नुस त्' भन्दै उ फेरी आएछ ।
१ हातमा अलिकति अंगुर र अर्को हातमा २ वटा पेप्सी बोकेको थियो, म चुपचाप आफ्नो ठाउँमा सरे । अंगुर मनपर्छ ? उसले खान आग्रह गर्दै मतिर हात अघि बढायो, नाइँ, ठिक छ म नखाने, मैले भने ।
'खानुस् न पैसा माग्दिन क्यारे' उसले मुस्कुराउँदै फेरी व्यंग्यात्मक तरिकाले आग्रह गरेपछि २ दाना लिए । उ खादै थियो, फेरी बोल्यो, २ दाना अंगुर खाएर तपाई अघाइसक्नुभयो ?
म अंगुर खाएर कहिले अघाउदिन्, मैले खान थाले भने तपाईलाई पुग्दैन भनेर नखाएको, मैले थपे मलाई झ्याउ लाग्दै थियो उसको तरिका देखेर ।
लौ यो पेप्सी तपाईलाई, उसले फेरी टक्रयायो ।
किन खाने मैले तपाईले दिएको सबै चिज, तपाई कोहो ? केहो ? म ससंकित भनेको देखेर मेरो जिज्ञासालाई उसले सहर्ष स्वीकार्दै भन्यो, म अविनाश, कसैको विनाश नचाहने मान्छे, मलाई अन्यथा सोच्नुभयो भने त् यत्रो बाटो छ, म काठमाडौं जादैछु, मलाई लाग्छ सायद तपाई पनि त्यतै हो । अलि गफगाफ बोलचाल नगरी यत्रो लामो यात्रा झुर बनाउन मन छैन मलाई । यो अंगुर र यो पेप्सी किन्दा नै मैले तपाईकै लागि भनेर किनेको । खानुहुन्न भने म मेरो छोरीलाई लान्छु, नो प्रोब्लम !
हो यस्तो कुरा अर्काको छोरीलाई खुवाउनु भन्दा आफ्नै छोरीलाई खुवाउनुस् बाउ हुनुको भूमिका निर्वाह हुन्छ । मैले बोलेको यो कुराले सायद उसको मन छोएछ क्यारे । उ बोलेन त्यसपछि...।
गाडी अलि ढिलो हिडेकोले हामी कोहोलपुर आइपुग्दा रातिको १० बजिसकेको थियो, बसको कन्ट्याक्टर भाईले कराउदै थियो, 'ल है खाना खान झरौ, आधा घण्टामा बस हिड्छ छिटो गर्नुहोला सबैजनाले ।'
म पनि झरे ! एउटा साधा खाना लिएर खान थाले भोक पनि नलागेको कहाँ होर ? अपरिचित मान्छेले दिएको खानेकुरा खानुहुन्न भनेर बचपनमा बाउआमाले सिकाउनुभएको थियो त्यहि बाबाआमाको कुरो कण्ठ गरेकी म किन खान मान्थे र अविनाशको पेप्सी र अंगुर ।
ओहो ! एक्लै – एक्लै पो ? हातमा खानाको प्लेट र त्यहि छोरीलाई भनेर राखेको पेप्सी बोकेर त्यहि टेबुलमा आयो अविनाश । अह खाना खाने त् हो नी एक्लै होस् या सामूहिक के फरक पर्छ र ? मैले जवाफ दिए ।
त्यो त् हो म पनि यतै बसे है त् ? उ पल्लोपट्टि कुर्सीमा बसेर खान थाल्यो । खाँदाखाँदै फेरी बोल्यो ।
बियर खानुहुन्छ ?
ह्वाट ? तपाई खानुस न , म किन खाने ? अरु केहि खान नपाएको भए पो बियर खानु ?
उसले हास्दै थप्यो, थोरै हाँसो थोरै ठट्टा पनि जरुरी छ जिन्दगीमा, मस्ति बिना त मस्तिष्क पनि आधा अधुरो हुन्छ भन्ने मलाई लाग्छ अनि सुन्नुहोस् मैसाव रिक्विस्ट पठाएको छु है ? उ गाउले भाषामा बोल्यो ।
हस, तपाईको घर कहाँ हो ? काठमाडौंमा के गर्नुहुन्छ ? अब भने सोधे मैले । घर सर्लाही, काम गर्छु बैंकमा, त्यसकै सिलसिलामा महेन्द्रनगर आएको थिए । उसले मोबाइल चलाउदै भन्यो अनि तपाँर्इको नी ?
म पनि सानोतिनो पत्रकारिता गर्छु, मैले भने । उसले राम्रोसँग हेर्यो र सोध्यो हो र ? केमा काम गर्नुहुन्छ ? आईमिन रेडियो, टिभी, पत्रीका अनलाइन ?
रेडियो र पत्रीकाको अनुभव लिइयो, अहिले अनलाइनतिर छु । उसले मोबाइल नम्बर माग्यो, मैले भिजिटिङ कार्ड दिए । तत्काल मिसकल हानेर भन्यो अविनाश भनेर सेभ गर्नुहोला ।
को – को हुनुहुन्छ घरमा ? जिज्ञासा लाग्यो र सोधे
उसले बताउन चाहेन, कोहि छैन, भन्दै टार्यो । भन्न नमिल्ने भए ठिकै छ, भन्नै पर्छ भन्ने पनि छैन, मैले सोधिहाले, सरि, मलार्इ नरमाइले लाग्यो उसको चिन्तित र भावुक अनुहार देखेर ।
एउटा सम्बन्ध जोगाउन कति धेरै सम्बन्धहरू बलिदान गर्नुपर्छ । आफन्त,साथीभाई, परिवार अनि कहिलेकाहीँ कर्तव्य नै पनि छोड्नुपर्छ तैपनि जोगिँदैनन् सम्बन्धहरू। उ असह्य तरिकाले बोल्यो !
मैले भने हो, सम्बम्धहरु भनेका सिसाजस्तै हुन्छन् । सहि तरिकाले निभाउनु पर्छ, टुटेपछि त् टुट्यो, टुट्यो । जति नै पहिलेको स्थिति र आकार प्रकारमा ल्याउन खोजे पनि सकिदैन ।.. जिन्दगीका हरेक पलमा खुशी त कहा मिल्छ र दुखसँग पनि मित्तेरी लगाएर कहिलेकाहीँ जिउनुको वास्तविकता पनि अनुभव गर्नुपर्ने हुन्छ !
तपाईलाई त्यस्तो के पर्यो र ? अघि छोरीको कुरा गर्दै हुनुहुन्थ्यो, कि जीवनसंगिनीसँग सम्बन्ध राम्रो छैन ?
मेरो प्रश्नको उत्तर दिन उसलाई अलि कठिन भएजस्तो लाग्दै थियो, तैपनि उ बोल्यो, सधैं शब्दले मात्रै भावना व्यक्त गर्न सकिदैन। त्यसैले त आँशु झर्छ नि । मेरो बुवा बितेको ३ महिनामै आमा अर्कै बुवासँग पोइल जानुभयो, बहिनी ६ बर्षको थिइ त्यतिबेला । उसको कुरा बिचैमा काटेर फेरी सोधे मैले, अनि बुबा बितेको कति बर्ष भयो ?
१३ बर्ष ! उसको आँखाभरि टिलपिल आशु देखियो उ भन्दै थियो, सबैले भन्छन्, मुस्कुराउदै जिउनु सिक्नुपर्छ..! अनि म कोसिस गर्छु... ल है चिया नास्ता खानुस १५ मिनेट गाडी रोक्छ, उता कन्ट्याक्टर भाई फेरी करायो.. घडी हेरेको बिहानको ४: १५ बजेको थियो, हामी बुटवल आइपुगेका रहेछौ । क्रमश:
२०७३ भदौ, २७ गते सोमबारमा प्रकाशित
दिया चन्द,काठमाडाैँ, २१ काठमाडौँ ।
नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको माअाेवादीकाे हालै सम्पन्न केन्द्रीय समिति बैठकले जनताका खाद्यमाथिको मौलिक अधिकारलाई स्थापित तथा देशलाई खाद्यन्नमा आम्तनिर्भर गराउनका लागि खाद्यसम्प्रभुता संघर्ष बढाउने निर्णय गरेकाे थियाे । साेही निर्णयअनुरूप प्रचण्डलार्इ पार्टीले ज्ञापनपत्र बुझाएकाे बताएको छ ।
यस्ता छन सरकारले तत्काल सम्बोधन गर्नुपर्ने माओवादीका मागहरू
१. खाद्य संम्प्रभुताको प्रत्याभूत गर्न हरेक खाद्यबस्तुहरुमा ५० प्रतिशत सहुलियत दिने व्यवस्था गरिनुपर्ने ।
२. किसानको सम्पूर्ण उत्पादन राज्यले खरिद गरी उपभोक्तासम्म पुर्याउने व्यवस्था गरि किसानलाई उचित मूल्य दिइनुपर्ने।
३.दलाल पूँजिवादी उत्पादन सम्वन्धका कारण बिचौलीया तथा दलालको रुपमा बदनाम हुन विवश उद्यमी, व्यापारी र सृजनशील नागरिकलाई उपयुक्त व्यवसाय, उद्योग एवं जागिरको व्यवस्था गरिनुपर्ने ।
४. माथिल्लो कर्णाली, अरुण तीन, माथिल्लो मर्स्याङ्दी, कोशी उच्चबाँध लगायतका बिदेशीलाई दिइएका नदी सम्बन्धी जलसम्झौताहरु तुरुन्त खारेज गरी जीएमआरलाई दिइएको माथिल्लो कर्णाली जलविधुत परियोजना खारेज गरी राज्यले ४ हजार १ सय ८० मेघावाट बिजुली उतपादन, बहुआयामिक तथा राष्ट्रिय सम्पत्तिको मेरुदण्ड बनाउन सरकारबाट निर्माण कार्य सुरु गरिनुपर्ने ।
५. कोशी तथा गण्डक बाँधले डुबानमा पारेको नेपाली भ–ूभागको स्थितिलाई दृष्टिगत गरी त्यसको क्षतिपूति लिने व्यवस्था गरिनुपर्ने ।
नेकपा (माओवादी)को जनसरकारले नेपाल सरकारलाई दैनिक उपभोग्य बस्तुको मूल्य घटाउनुपर्ने माग राख्दै नयाँ मूल्य सुची बुझाएको छ ।
माओवादी स्थायी समिति सदस्य धमेन्द्र बास्ताेलाकाे नेतृत्वमा जनसरकार प्रमुख सन्ताेष बुढामगर सहितकाे टाेलीले सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डलाई आफ्नो जनसरकारले तय गरेको मूल्यसुची लागु गर्नुपर्ने सहितका माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।
प्रधानमन्त्रीलाई ज्ञापन बुझाउँदै माओवादीले दैनिक उपभोग्य बस्तु तेल, चामल, खाना पकाउने ग्यास, दूध, मासु, शिशुलाई खुवाउने पाउडर दूध, पेट्रोल, डिजल, मट्टितेलमा तत्काल ५० प्रतिशत मूल्य घटाउनुपर्ने माग गरेको छ।
सोही क्रममा माओवादी नेता बास्तोलाले जनताको ढाड भाँच्चिने गरी उपभोग्य वस्तु खाद्यन्न, तरकारी, फलफूललगायतमा चरम मूल्य बढेको भन्दै सबैमा नयाँ उपभोक्ता मूल्य तोक्न प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरेका थिए ।
नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको माअाेवादीकाे हालै सम्पन्न केन्द्रीय समिति बैठकले जनताका खाद्यमाथिको मौलिक अधिकारलाई स्थापित तथा देशलाई खाद्यन्नमा आम्तनिर्भर गराउनका लागि खाद्यसम्प्रभुता संघर्ष बढाउने निर्णय गरेकाे थियाे । साेही निर्णयअनुरूप प्रचण्डलार्इ पार्टीले ज्ञापनपत्र बुझाएकाे बताएको छ ।
हेर्नुहोस मूल्यसुची

यस्ता छन सरकारले तत्काल सम्बोधन गर्नुपर्ने माओवादीका मागहरू
१. खाद्य संम्प्रभुताको प्रत्याभूत गर्न हरेक खाद्यबस्तुहरुमा ५० प्रतिशत सहुलियत दिने व्यवस्था गरिनुपर्ने ।
२. किसानको सम्पूर्ण उत्पादन राज्यले खरिद गरी उपभोक्तासम्म पुर्याउने व्यवस्था गरि किसानलाई उचित मूल्य दिइनुपर्ने।
३.दलाल पूँजिवादी उत्पादन सम्वन्धका कारण बिचौलीया तथा दलालको रुपमा बदनाम हुन विवश उद्यमी, व्यापारी र सृजनशील नागरिकलाई उपयुक्त व्यवसाय, उद्योग एवं जागिरको व्यवस्था गरिनुपर्ने ।
४. माथिल्लो कर्णाली, अरुण तीन, माथिल्लो मर्स्याङ्दी, कोशी उच्चबाँध लगायतका बिदेशीलाई दिइएका नदी सम्बन्धी जलसम्झौताहरु तुरुन्त खारेज गरी जीएमआरलाई दिइएको माथिल्लो कर्णाली जलविधुत परियोजना खारेज गरी राज्यले ४ हजार १ सय ८० मेघावाट बिजुली उतपादन, बहुआयामिक तथा राष्ट्रिय सम्पत्तिको मेरुदण्ड बनाउन सरकारबाट निर्माण कार्य सुरु गरिनुपर्ने ।
५. कोशी तथा गण्डक बाँधले डुबानमा पारेको नेपाली भ–ूभागको स्थितिलाई दृष्टिगत गरी त्यसको क्षतिपूति लिने व्यवस्था गरिनुपर्ने ।
६. भारतबाट नेपाली सीमा क्षेत्रमा अन्तराष्ट्रिय कानुनको उलंघन हुनेगरि अनाधिकृत रुपमा बनाइएका बाँध भत्काउन सरकारले यथासिघ्र पहल गर्नुपर्ने ।
७. नेपालको एकीकृत सुरक्षा योजना भारतको नियन्त्रणमा दिने षड्यन्त्र खारेज गरिनुपर्ने ।
८. काठमाण्डौ-निजगढ जोड्ने फास्ट ट्रयाकमा देशलाई कंगाल बनाउनेगरि भारतलाई दिने षड्यन्त्र खारेजगरी नेपाल सरकारबाट निर्माण गर्न सुरु गरिनुपर्ने ।
९. एकाधिकार पूँजीपतिहरुलाई बेचीएका राष्ट्रिय उद्योगहरु राष्ट्रियकरण गरि पुनः सञ्चालान गरिनुपर्ने ।
१०. कृषिको औद्योगिकरण, आधुनिकिकरण गर्न सरकारबाट तुरुन्त पहल गरि त्यसका लागि सम्पूर्ण उत्पादनशील जमिन राष्ट्रियकरण गरि सामन्ती उत्पादन सम्बन्धको अन्त्य गरिनुपर्ने ।
११. सम्पूर्ण जनताको वैज्ञानिक आवास, वैज्ञानिक कृषि उत्पादन तथा वितरण व्यवस्था गरी भूकम्प पीडितका समस्याको वैज्ञानिक समाधान गरिनुपर्ने साथै सुकुम्वासी, भूमिहिन, वेरोजगारी हुने अवस्थाको अन्त्य गरिनुपर्ने ।

फोटो अनलाइन डबलीबाट
दिया चन्द, काठमाडौं, २० भदौ ।
नेकपा (माअाेवादी) ले अागामी कात्तिक २८ गते नेपाल बन्द गर्ने घाेषणा गरेकाे छ ।
साेमबार काठमाडाैँमा पत्रकार सम्मेलन गरेर पार्टी प्रबक्ता प्रकाण्डले जनताकाे खाद्य सम्प्रभुता अधिकार सुनिश्चिततकाे लागि नयाँ संघर्षका कार्यक्रम घाेषणा गर्दै नेपाल बन्दकाे घाेषणा गरेका हुन् ।
हालै सम्पन्न पार्टीकाे केन्द्रीय समिति बैठकले लिएका निर्णय सार्वजनिक गर्न अायाेजित पत्रकार सम्मेलनमा माअाेवादीले कालाेबजारी,महंगी,कृतिम अभाव, विचाैलियाकाे अन्त्यकाे लागि संघर्षका कार्यक्रम घाेषणा गरेकाे छ ।
नेपाल बन्द पहिले खाद्य सम्प्रभुता अधिकारकाे लागि प्रदर्शन, धर्ना,ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि माअाेवादीले सार्वजनिक गरेकाे छ ।
जसअनुसार भदौ २० देखि २५ गतेसम्म दाल, चामल, तेल, चिनी, तरकारी, फलफूल, दूध र मासुमा ५० प्रतिशत मूल्य घटाउन मागसहित पहिलो चरणको संघर्षका कार्यक्रम घाेषणा गरेकाे छ ।
त्यस्तै भदौ २२ गते सरकारलाई ज्ञापनपत्र बुझाउने, भदौ २८ गते देशव्यापी मशाल जुलुस र असोज ५ गते आपूर्ति मन्त्रालय घेराउ गर्ने माअाेवादी प्रबक्ताले जानकारी दिनुभयो ।
संघर्षका कार्यक्रमअन्तर्गत असोज २५ गते देशव्यापी एक घण्टा (विहान ९ देखि १० बजेसम्म) चक्काजाम गर्ने र दशैं-तिहार पछि कात्तिक २८ गते नेपाल बन्द गर्ने विप्लव माओवादीले जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार बनेपछि पहिलो नेपाल बन्द घोषणा गरेको विप्लव माओवादीले भदौ २२ गते मागसहितको ज्ञापनपत्र सरकारलाई बुझाउने निर्णय गरेको छ ।
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको माओवादीले आगामी फागुनमा आठौं महाधिवेशन गर्ने घोषणा समेत गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति :

काठमाडौं, १० भदौ ।
रौतहटको गौरबाट पोखराका लागि छुटेको यात्रुबाहक बस चितवन-मुग्लिङ सडक खण्डमा पर्ने त्रिशूली नदीमा खस्दा २१ यात्रुको ज्यान गएको छ। मृत्यु हुनेमध्ये ६ जनाको सनाखत भएको प्रहरीले जनाएको छ।
सनाखत हुनेमा सबै रौतहटका छन्। मुडबेलुवा, रौतहटका ३५ बर्षिय रञ्जन यादव , मुडबेलुवाकै ३३ बर्षिया राजेशप्रसाद यादव, मोहम्मदपुर-८ का २५ बर्षिया प्रमोद राम, लौकाहाका ३४ बर्षिया राजेश यादव र बसन्तपुर-१ का २५ बर्षिया गणेशकुमार साह रहेका छन् ।
मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत चन्डीभन्ज्याङ गाविसको कालीखोलास्थित त्रिशूली नदीमा बस खसेको हो।
रौतहटको गौरबाट पोखरा जांदै गरेको ग १ ख ३७०९ नम्बरको बस बिहान ४ बजेतिर त्रिशूलीमा खसेको थियो। बसका चालकको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ। सहचालक घाइते अवस्थामा अस्पतालमा उपचाररत छन्।
दुर्घटनाग्रस्त बस पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित बस हो । उक्त बसमा गौरबाट ३० जना र चन्द्रनिगाहपुरबाट सातजना यात्रु चढेको समितिका महासचिव योगेन्द्र केसीले बताए। अन्य दुईजना नदीमा हराइरहेको आशङ्का गरिएको छ ।

दुर्घटनामा परी घाइते भएका १७ जनाको उद्धार गरि अस्पताल पठाइएको छ। घाइतेहरुको चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य बेपत्ताको खोजी भइरहेको चितवनका प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए।
रौतहटको गौरबाट पोखरा जांदै गरेको ग १ ख ३७०९ नम्बरको बस बिहान ४ बजेतिर त्रिशूलीमा खसेको थियो। बसका चालकको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ। सहचालक घाइते अवस्थामा अस्पतालमा उपचाररत छन्।
दुर्घटनाग्रस्त बस पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित बस हो । उक्त बसमा गौरबाट ३० जना र चन्द्रनिगाहपुरबाट सातजना यात्रु चढेको समितिका महासचिव योगेन्द्र केसीले बताए। अन्य दुईजना नदीमा हराइरहेको आशङ्का गरिएको छ ।
उनीहरुको खोजी कार्य जारी रहेको रहेको प्रहरीले जनाएको छ। बिहीबार साँझ ६ बजे सो बस गौरबाट छुटेको केसीले जानकारी दिए।
मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ सडकबाट झन्डै एकसय मिटर तल बस त्रिशूली नदीमा खसेको हो।
मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ सडकबाट झन्डै एकसय मिटर तल बस त्रिशूली नदीमा खसेको हो।
दिया चन्द काठमाडौं, १० भदौ ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालको लोकतान्त्रिकक आन्दोलनमा मङ्गलादेवीको ठूलो योगदान रहेको बताएका छन् ।
नेपाल महिला सङ्घकी संस्थापक नेता मङ्गलादेवी सिंहको २० औँ स्मृति दिवसका अवसरमा आज शोभाभगवतीमा रहेको उनको शालिकमा माल्यापर्ण गर्दे सिंहले जहानीया राणा शासनका विरुद्ध सिंहले खेलेको भूमिका निक्कै प्रसंसनिय रहेको बताए ।
उनले भने, “महिलाको हक हितका निम्ति राणाशासकका विरुद्ध लड्नु आँफैमा जोखिमपूर्ण काम रहेपनि उहाँले लोकतन्त्रका लागि ठूलो जोखिम मोल्नुभयो ।”
नेता सिंहले मुलुकको राजनीतिक अवस्था चुनौतीपूर्ण रहेको भन्दै यो चुनौतीको सामना गर्न राजनीतिक दलहरुबीच एकता र आपसी समझदारी हुनु आवश्यक रहेको प्रस्ट पारे ।
नेपाली कांग्रेसले महिला सङ्घकी संस्थापक नेतृ सिंहको स्मृतिमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
काठमाडौँ ८ भदौ ।
विद्यालयलाई पुननिर्माण एवं विद्यार्थीलाई शान्तिपूर्वकरुपमा पढ्न पाउन माग राख्दै काठमाडौं जिल्ला शिक्षा कार्यालय पुगेका शिक्षकहरुमाथी प्रहरीले हस्तक्षेप गर्न खोजेपछि जिल्ला शिक्षा कार्यालय नै अशान्त क्षेत्रमा परिणत भएको छ ।
शिक्षा कार्यालय अशान्त क्षेत्रा परिणत भएपछि सहायक जिल्ला शिक्षा अधिकारीलाई मागपत्र बुझाएर शिक्षकहरु फर्किएका छन् ।
विहान ११ बजे विप्लव माओवादी निकट अखिल नेपाल शिक्षक संगठन आबद्ध शिक्षकहरु आफ्ना मागहरुसहित काठमाडौं जिल्ला शिक्षा कार्यालय पुगेपछि जिशिअ शंकर गौतम आफु गायव भइ ५ दर्जनभन्दा बढि सुरक्षाकर्मी उतारेर जिल्ला शिक्षा कार्यालय नै आतंकित हुनेगरी घेर्न लगाएका थिए ।
शिक्षक संगठनले सामुदायिक विद्यालयतर्फका १० बुँदे ,संस्थागत विद्यालयका ७ बुँदे र अन्य पाँचवटा मागपत्रसहित शैक्षिक संस्थालाई व्यवस्थित शान्ति र बैज्ञानिक शिक्षाका लागि सुधारात्मक मागहरु पेश गर्न संगठनका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज हरीबहादुर चन्दसहितको टोलि जिल्ला शिक्षा कार्यालय पुगेको थियो ।
प्रहरीकै घेरामा सहायक जिशिअलाई ज्ञापनपत्र बुझाउँदै के इन्चार्ज चन्दले जिल्लाको शैक्षिक र पेशागत विकाससँग सम्बन्धित मागहरुको समयमै सम्बोधन नभए कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
हामीले उठाएका विषयमा यो कार्यालय गम्भीर होस्, साथै जिल्ला शिक्षा कार्यालयबाट गरिने हरेक निर्णय र नीति निर्माणमा हाम्रो संगठनलाई सहभागि गराइयोस् अन्यथा हामी कडा रुपमा प्रस्तुत हुन नपरोस्,” चन्दले भने ।
ज्ञापनपत्र बुझाउँदै संगठनका जिल्ला अध्यक्ष देवेन्द्र भट्टराईले शैक्षिक जस्तो पवित्र संस्थालाई अशान्त र बन्दुक तेस्र्याएर घेराबन्दीभित्रबाट ज्ञापनपत्र बुझ्ने जिल्ला शिक्षा कार्यालय र सरकारको भत्र्सना गरे ।
आफै शैक्षिक संस्था शान्तिक्षेत्र भन्छ आफै बन्दुकका नाल तेस्र्याएर अशान्त बनाउँछ यो के रवैया हो ? भट्टराईको प्रश्न थियो ।
सचिव आनन्द खनालको सञ्चालनमा भएको ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहायक जिशिअ आफै आतंकित थिए ।
मलिनो स्वरमा सहायक जिशिअले मागबारे कार्यालयमा छलफल गर्ने र माथिल्लो निकायसँग जोडिएका मागहरु सम्बन्धित निकायमा पठाउने बचन दिएका थिए ।
डिएसपी कमल शाहको नेतृत्वमा आएको प्रहरी फोर्सका कारण कार्यालय वरिपरिका स्थानिय वासिन्दासमेत आतंकित बनेका थिए ।
दिया चन्द, काठमाडौं ६ भदौ ।
सुदूरपश्चिम सेवा समाज कतारले आफ्नो प्रथम साधारणसभा तथा सुदुरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै छ ।
' सबै प्रवासी नेपाली मिलेर राष्ट्रको गहनाको रुपमा रहेको नेपाली कला संस्कृतिलाई विश्व सामु देखाउदै पर्यटन प्रबर्द्धनमा विशेष भुमिका निभाउनकै लागि हामि लागिपरेका छौं ।' उनले भने, 'यस्ता कार्यक्रमले हामीमा थप सामाजिक सेवा गर्न पनि गर्ने प्रेरणा दिन्छ र सहयोगात्मक भावना तथा भाइचाराको बिकास पनि गर्द्छ।'
सुदूरपश्चिम सेवा समाज कतारले आफ्नो प्रथम साधारणसभा तथा सुदुरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै छ ।
अगस्ट २६ तारिख अर्थात् आगामी शुक्रबार दोहा नज्मास्थित होटल लेट बालको शभा हलमा हुने कार्यक्रममा सुदूरपश्चिमका ख्याती प्राप्त डेउडा गायक शंकर सिंह बिस्ट र सुर्य बिरही सावद तथा डेउडा गायिका चादनी मल्ल र पबित्रा भणडारीको बेजोड प्रस्तुती रहने समाजका अध्यक्ष अमृत शाहीले इमान्दार मिडियालाई जानकारी दिए ।
यस्तै सुदूरपश्चिमेली डेउडा गीतसंगै,हुडकेउली नाँच तथा छलिया नाँचकसमेत प्रस्तुत गरिने छ । मध्य तथा सुदुरपश्चिममा विशेष हर्षोल्लासका साथ् मनाइ गौरा पर्वको पावन अबसर पारेर यो कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
सुदूरपश्चिमको मौलिक सँस्कृतिलाई प्रावासमा रहेका नेपालीहरुको माझँबाट अगाडि बढाउन र सुपका आर्थिक, भौगोलिक, पर्यटकीय लगाएतका बिभिन्न क्षेत्रको प्रचुर प्रचारप्रसार गरेर पर्यटक भित्र्याउने उदेश्यले कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष शाहीले जानकारी दिए ।
' सबै प्रवासी नेपाली मिलेर राष्ट्रको गहनाको रुपमा रहेको नेपाली कला संस्कृतिलाई विश्व सामु देखाउदै पर्यटन प्रबर्द्धनमा विशेष भुमिका निभाउनकै लागि हामि लागिपरेका छौं ।' उनले भने, 'यस्ता कार्यक्रमले हामीमा थप सामाजिक सेवा गर्न पनि गर्ने प्रेरणा दिन्छ र सहयोगात्मक भावना तथा भाइचाराको बिकास पनि गर्द्छ।'
दिया चन्द, काठमाडौँ ५ भदौ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले प्रचण्ड नेतृत्वमा रहेको माओवादीलाई दलाल, भ्रष्ट र पतित मान्छेहरुको केन्द्र भएको आरोप लगाएका छन्।
आज काठमाडौँमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रकाण्डले यस्तो धारणा व्यक्त गरेका हुन्। पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रकाण्डले आफ्नो पार्टीले क्रान्तिकारी ध्रुवीकरणको थालनी गरेको भन्दै उक्त ध्रुवीकरणमा सहभागी हुन प्रचण्ड, वैद्य र अरु सबै खेमामा रहेका इमान्दार क्रान्तिकारीहरुलाई आग्रह गरेका छन् ।
केही दिनभित्र हेमन्तप्रकाश वली सुदर्शनको नेतृत्वमा रहेको कम्युनिष्ट न्युक्लियससँग आफ्नो पार्टीको एकता हुन लागेको जानकारी दिदै उनले नयाँ पार्टी निर्माणको २० महिनापछि आफ्नो पार्टीले क्रान्तिकारी ध्रुवीकरणको थालनी गरेको बताए ।
वर्तमान सत्ता जनताको नभई विदेशी तथा स्वादेशी दलाल पूँजीपतिहरुको निर्देशनमा चलेको भन्दै प्रकाण्डले यो सत्ताले देश र जनताको हितमा कहिल्यै काम गर्न नसक्ने बताए ।
उनले पुरानो सत्ताको बिकल्पमा अब आफ्नो पार्टीले नयाँ सत्ता लिएर चलाउने र दलाल पुँजीपतिहरुको दोहोलो काढ्ने दाबि समेत गरेका छन् ।
प्रकाण्डले भने, 'अहिले आत्मनिर्भर राष्ट्रिय पूँजी निर्माण तथा उत्पीडित जनताको पक्षमा, बाह्य हस्तक्षेप र राष्ट्रिय अन्तर्राष्ट्रिय दलाल पूँजीपतिद्वारा निर्देशित सत्ताधारीका विरुद्ध क्रान्ति शुरुवात गर्दा सुरक्षा फौज पयोग गरेर बर्बर दमन गर्न शासकहरु हानथाप गरिरहेका छन् ।'
पार्टी एकता गरिने कुराको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अरु एकतामा आउने भनिएका पार्टीका भने कुनै पनि प्रतिनिधिहरुको सहभागिता थिएन ।

प्रकाण्डका अनुसार कम्युनिस्ट न्युक्लियसको सिंगो पार्टी, माओवादी केन्द्रका नेता सन्देश पौडेल, वैद्य माओवादीबाट इस्लाम हवाली नेत्तृत्वमा रहेका विभिन्न समूह र विप्लव माओवादीबीच भाद्र ७ गते जमलमा पार्टी एकता घोषणा गरिने छ ।
पत्रकार भेटघाटमा बाडीएको बिज्ञप्ति यस्तो छ

दिया चन्द ।
आज पनि उस्ले चुपचाप आफ्नो मित्रको बचन सहि । त् यस्ती त् उस्ती तेरो आनीबानी यस्तो तेरो आफन्त त्यस्तो ।
सुनसान कोठामा ४ जनाको उपस्थिति, साँझको डिनरमा ठुलीले बनाएको गाउले परिकारहरु, हेर्दै जिब्रो रसाउने थिए । उ आफै गाउले परिवेशमा हुर्केकी भएर होला, ढिडो र गुन्द्रुकको झोल खुब मिठो पकाउथी उसले ।
निर्पालले दिनभरी खुदोभन्दा पनि गुलियो ८ /१० कफ खुवाएको कफीले अब जिन्दगीमा कहिलै चिया कफी नखाँउ जस्तो लागिसकेको थियो । मैनकाडाँको जस्तो तिखो तिरले घोचेजस्तै गरि कोठाभित्रको सबै सन्नाटा चिर्दै दिपक फतफतायो, चुरोट, तलाई त् यो पाए दशैँमा दक्षिणा पाएजस्तै लाग्दो हो है ........खा ।
' ठुलीले खाना पस्किदै गरेको दाँया हातको पन्युलाई देब्रे हातमा थमाई र दिपकले आफुले पिएर आधा बनाएको अनि धुँवा उड्दै गरेको चुरोट निभाएर भुइँमा राखी । पहिलोपटक उनीहरुले आफ्नो व्यबहार प्रस्तुत गर्दा मलाई सबै कुरा बुझ्न त्यति गाह्रो भएको थिएन, मैले थाहा पाए उनीहरु दुई बराबर हैसियत कायम गरेका महिला र पुरुष हुन् त्यसैले उनीहरु सहकर्मी पनि हुन् ।
'रुप राम्रो छ भन्दैमा गुण पनि राम्रो छ भन्ने हुदैन त्यसैले सम्बन्ध गास्दा रुप हैन गुण हेरौं, किन कि टल्किदैमा पितल कहिले सुन हुदैन ! उदाहरणका लागि तिमि मलाई हेर मेरो छाला जति कालो छ, मन त्यो भन्दा ठिक २ गुणा गोरो र टल्किने छ, अनि सफा पनि उस्तै ।' कोठामा पुग्ने बितिक्कै दिपकले ठुलीलाई सान दिदै भन्यो ।
त्यो निक्कै अव्यवस्थित कोठामा पस्नासाथ मेरो ध्यान त्यहाँको फ़ोहोर र कोठाभरी छरप्रस्टै भएर रहेका सामानहरुले तान्यो । त्यो कोठामा पातलो फम बिछ्याइएको ३ कुनामा ३ वटा खाट, एक कुनामा ग्यास चुलो र केहि भाँडाकुँडा थिए । 'कोठा यहि हो, ३ बेडमा हामि चारजना सुत्नुपर्छ ।' दिपकले जानकारी गरायो ।
पहिला कोठा व्यवस्थित गरौ, अनि फ्रेस हुन् जानुपर्छ ठुलीले मलाई हेर्दै भनी ! मैले टाउको हल्लाउदै उसको कुरामा समर्थन जनाए । उ डटेर लागि कोठा सरसफाइमा । म माथि अफिस पुगेर आउछु साथीहरुलाई भेटेर भन्दै म निस्किए त्यँहाबाट.. ।
नँया साथीहरुसँगको भेटघाट र चिनजानपछि म तल झरेँ । कोठाको ढोका बन्द रैछ, म बाहिरबाटै फर्किए । पारीपट्टी सानो कटेज देखेर केहि खानुपर्यो भन्ने सोचेर त्यतै लागे । फर्किदा लगभग साँझ परिसकेको थियो, कोठामा पस्नासाथ कोठाको सबै स्वरुप परिवर्तन पाए । बर्खाको बनपाखालाई कुहिरोले टम्मै ढाकेजसरि कोठामा धुँवा-धुँवा भएको थियो, ठुली र दिपक एउटै ओछ्यानमा बसेर चुरोट तान्दै गफ छुट्दै रैछन ।
म कोठामा पस्नासाथ ठुली ओछ्यानबाट झरी ! अब खाना खानुपर्यो, सबैजना आउ भन्दै अर्डर दिई । खाना खाएर सुत्ने तरखरमा लाग्दा फेरी दिपकले ठुलीको हात तान्दै भन्यो, 'आउ यो झरीमा रुझौ, कतै यी दुई मन बर्षातका थोपा जस्तै सँगसँगै भुइँमा बिलाएर सागर भेटन सकिन्छ कि त प्रिय !' ठुली मक्ख परि । त्यो दिन पहिलोपटक दिपकको कृतिमा उज्यालोबाट प्रज्वलित हुने आशामा सदासदाका लागी डढि उ !
यस्ता वर्षौं रातहरु बिते । यी दिनहरुमा दिपकले ठुलीप्रति गरेको व्यबहार देख्दा लाग्थ्यो, मानौ म कुनै वेश्यालयको दृश्यावलोकन गर्दै छु, यँहा ग्राहक र मालिकहरुले आफ्नो यौवनको प्यास मेटाउन उनीहरु एउटा लाचार महिलालाई गिद्धले सिनो लुछेजस्तै गरि लुछिरहेका छन् ।
नारी आफै एक जननी हो, उसले यो संसार बनाउन र धोस्त पार्न दुवै जानेको छ, मैले त्यहि कुरा सम्झे । म नारी होइन तर एक नारीलाई नजिकबाट बुझ्ने शुभचिन्तक भने हुँ ।
एक नारी र ३ पुरुष हामी र सँगै २ दर्जन बढी स्टाफहरु मिलेर इलामको चर्चित लभडाडा जाने निधो गरियो । पौष महिनाको जाडो, पहाडको सीरसिर हावाले कठ्याङ्ग्रिनु पर्ने हो की भन्ने मनमनै पिर परिरहेको थियो ।
निलो रंगको सारीसँगै निलै ब्लाउजमा निलै रङको ठुलो झुम्का लगाउदै ठुली आई र भनी 'म अझै तरुनी छु हेर कान्छा ! जचेको छ हैन त् ?' यो रुप दिपकलाई देखान उ आतुर थिई, मलाई त्यस्तो लाग्यो ।
मनले भन्यो हो साचिक्कै तिमि राम्री छौ, तिम्रो यौवन र रुप कहालीलाग्दो छ तर के गरुँ ? तिमि अर्कैकी मान्छे, मेरै अगाडी तिमिलाई अरुकसैले लुट्छ, म केवल दर्शक बनेर बस्न बाध्य हुन्छु । बिचरा म .....
यसै गरि उसले दिपकसँग वर्षौं बिताएपछि उसले एकदिन मलाई एक्लै परेको मौका छोपेर भनि, ' जाउ कान्छा , आज मेरा लागि एउटा उपकार गर, मलाई एउटा ह्वीस्की लिएर आउ, जिन्दगीमा अहिलेसम्म गरेका सबै गल्तिहरुलाई सम्झिदै पिउछु आज म । त्यो दिन उसले बेस्सरी पिई, त्यहि पिएको नसामा होला आफ्ना सबै अतीतका राजहरू उसले मेरा अगाडी छताछुल्ल पारि ।
उसले अन्त्यमा भनि, ' कान्छा, पढ्न त सल्फ्युरिक एसिड र हाइड्रोक्लोरिक एसिड कडा हुन्छ भनेर पढियो। तर सबैभन्दा कडा एसिड त मेरो मित्रको बचन रैछ जुन उसको मुख र व्यबहारबाट निस्केर सिधै मेरो मुटु जलाइदिन्छ, उसको उज्यालोको माध्यमबाट संसार नियाल्छु भन्दा आफ्नो जिन्दगी डढेर खरानी भयो !
अब घर फर्किन्छु, मेरो प्राणनाथ मेरो र मेरो छोराले बाटो कुरिरहेका होलान' उसले थपी, 'त्यो मित्रता दिवस मेरो जीवनमा अभिशाप बनेर आयो, मैले त्यहि दिन दिपकलाई मित्र बानाए आज वर्षौंपछि त्यहि दिनमा अस्मिता गुमाए, मलाइ जिउनै मन छैन यसको मतलब यो हैन कि म मरिहाल्न चाहन्छु, अझै पनि त्यहि मित्रको खुसी हेर्न भए पनि घिटिघिटी जिउनु नै छ मैले यो बेमतलबी जिन्दगी ।' उ नशामै थिई र भन्दै थि, 'पिडा त हजारौ छन् यो मुटुमा, तर कोही आफ्नोले देखेर पनि नदेखेको झैँ गर्दा सहन नसकिने रहेछ ।' तिम्रा ति मौन याद , अनि यो सुनसान रात ..!!
दुबैले सुत्न दिएनन् मलाई उ ह्वीस्कीसँगै मनको व्यथा साँटिरही र भनीरही..... सायद आज आएर उसले छुट्याएको हुनुपर्छ, एउटा असल मित्रको मित्रता र मित्रको नाममा दरिद्रता प्रस्तुत गर्नेहरुबीचको फरक । उ हिजो जसको मित्र बनेर मनमा पस्यो, आज उसैको अस्मिताको सिकारि बनेर तनको ढोका फोडेर निस्कियो ।
उसको पीडाले मेरो मन धुरुधुरु रोईरह्यो, तर उसलाई भन्न सकिन ठुली तिम्रो मनको भारी मेरो मनको चौतारीमा बिसाउ, म तिम्रो हरेक सुख टाढा गरिदिन्छु भनेर । क्रमसः
यो लेख काल्प्पनिक हो । यदी कसैको जिबनमा मेल खान गएमा संयोग मात्र हुने छ । लेखका बाकी भागहरु आगामी दिनमा प्रकाशित गर्ने छौं, प्रतिक्षा गर्नुहोला ।

विश्व मित्रता दिवसको आवसरमा सबैलाई शुभकामना