नुवाकोट, १८ मंसिर ।
नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहोराका अनुसार मृतक प्रतिमाले घर बेचेको १० लाख रमेशले लिएको स्वीकारेका छन् । जग्गा बेचेको पैसा पनि मृतकसँग भएकाले उक्त पैसा के गरेको हो अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
‘पैसा नपाउन्जेल सँगै बसेको र पैसा फुत्काएपछि हत्याको योजना बनाएको देखिन्छ । गाउँ जाने विवाह दर्ता गर्ने र नागरिकता पनि बनाइदिने भन्दै जङ्गलमा लगेर हत्या गरेको देखिन्छ’ उनले भने ।
मृतककी बहिनी चितवनको भरतपुर उपमहानगरपालिका–२ बस्दै आएकी निरा श्रेष्ठले गत जेठदेखि दिदी प्रतिमा बेपत्ता भएकाले खोजी गरिदिन भन्दै मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय नुवाकोटमा निवेदन दिएकी थिइन् ।
प्रहरीले घटनास्थलमा हत्यामा प्रयोग भएको एक थान पिक, हातेआरो एक थान, मृतकले लगाएको घडी एक थान फेला पारेको छ । जङ्गलमा गाडेको अवस्थामा उत्खनन् गरेको शवको टाउको भने फेला परेको छैन ।
पैसाको लागि आफूभन्दा २६ वर्ष जेठी महिलासँग प्रेमसम्बन्ध राखी हत्या गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।
विदुर नगरपालिका–११ त्रिशूली बजारकी ४५ वर्षीया प्रतिमा अमात्यको हत्या आरोपमा प्रहरीले रसुवाको ठूलोगाउ– ६ घर भई रसुवाकै सरमथली–२ बस्ने १९ वर्षीय रमेश लामालाई पक्राउ गरेको हो ।
प्रतिमाको फिकुरी–८ गोगनेको जंगलमा गत जेठ २० गते हत्या भएको थियो । काठमाडौं बस्दै आएका रमेशलाई प्रहरीले बिहीबार पक्राउ गरी नुवाकोट ल्याएको हो । प्रहरीले नै आरोपीको बयानको आधारमा घटनास्थल पत्ता लगाई शवको उत्खनन् गरेको छ ।

वीरगन्ज, १४ मङ्सिर ।
पर्सा जिल्लाको बिरुवागुठी–१, रामतोला बस्ने ८३ वर्षीय धनबहादुर मगरलाई उनकै छोरीज्वाइँ ५५ वर्षीय शेरबहादुर पहरीले घाँटी थिची हत्या गरेका छन् ।
सिन्धुपाल्चोक चैनपुर–४ घर भई विगत ३० वर्षदेखि त्यहीँ बस्दै आएका पहडीले के कति कारणले आफ्नो ससुराको हत्या गरेको हो खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
आज विहान ३ः०० बजे हत्या गरी फरार भएका पहरीलाई प्रहरीले व्यापक खोजतलास गरिरहेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभएको छ । मृतक मगरको शवलाई परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।