
इमान्दार मिडिया संवाददाता ।
जाजरकोटमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।
सदरमुकामबाट सीमा गाविसको सिस्ने खारातर्फ गइरहेको ना २ ख २२७९ नम्वरको यात्रुवाहक बस जाजरकोटकस्थित भेरी मालिका नगरपालिकाको वडा नं ४ पासागाडमा पुगेपछि दुर्घटमा परेको हो ।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये २० जना पुरुष तथा ५ जना महिला रहेको बताइएको छ । यसमध्ये १७ जनाको सनाखत भएको छ ।

बस ४ सय मिटर भन्दा अग्लो भीरवाट पासागाड खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ । दुर्घटनामा घाइते ३६ जनाको जिल्लाका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
सनाखत भएकाहरुको नामावली
१ - हरिबहादुर शाही, दार्खाकोट २
२ - मणिराम जैसी, बसेरा २
३ - मदन पुन, सीमा ९
४ - सन्तक सुनार, भेरी मालिका नपा ३
५ - गोपाल सुनार, भेरी मालिका नपा ११
६ - शर्मिला सुनार, भेरी मालिका नपा ११
७ - गणेश बोहरा, भेरी मालिका नपा ४
८ - नविन चन्द, भेरी मालिका नपा ४
९ - सन्तोष राना, भेरी मालिका नपा १०
१०- झुसा गिरी, भेरी मालिका नपा १३
११- उदय बुढा, सुइकोट ८, साल्मा
१२- बीरबहादुर बुढा, दसरा १
१३- कृष्ण गिरी, चौरझारी ४
१४- नन्दलाल जोशी, साल्मा ५
१५- बहादुर मोनारी, भेरी मालिका नपा १२
१६- दले त्रुवा, मजकोट ७
१७- राम बहादुर बस्नेत, लह ४
२०७३ फागुन २६ मा प्रकाशित ।

जाजरकोट, ४ फागुन ।
संविधानको कार्यान्वयन गरी देशको निकास दिने नेकपा (माओवादी केन्द्र) को मुख्य जिम्मेवारी भएको सो पार्टीका नेता एवम् पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् ।
देश अहिले माओवादीका एजेन्डा वरिपरि घुमिराखेको नेता बस्नेतले दाबी गरे ।
नेकपा (माओवादी केन्द्र) वारेकोटले लिम्सामा आयोजना गरेको आमसभामा नेता बस्नेतले यस्तो बताएका हुन् ।
शिक्षामा राज्यले गरेको लगानी अनुसारको प्रतिफल नआएको भन्दै नेता बस्नेतले आफन्तलाई जागिर खुवाउनका लागि खोलिएका विद्यालयका बारेमा सोच्नुपर्ने उनको भनाइ थियो ।
केन्द्रबाट विकास निर्माणका लागि पठाएको बजेट सहीरुपमा प्रयोग गरी विकासशील जाजरकोट बनाउन आमसमुदायलाई उनले आग्रह गरे ।
विकास नगरी कागजमा काम सम्पन्न भएको भन्दै केही मानिसबाट जिल्लाको विकास निर्माणको कामलाई बाधा पुगेको भन्दै त्यस्तालाई तत्काल कारबाही हुनुपर्ने उनको भनाइ छ ।
वारेकोटमा विकास गर्नका लागि आफूले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो । आमसभामा विभिन्न राजनीतिक दलबाट एकसयभन्दा बढी माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ ।

- जाजरकोट, २६ पुस ।
पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतलाई जाजरकोट पश्चिमका महिलाले छाउपडी गोठमा बस्न बाध्य पार्ने चलनको अन्त्यका लागि पहल गर्न आग्रह गरेका छन् ।
आज मजकोटको साना खोलामा भएको आमसभामा पुगेका महिलाले ज्ञापनपत्र बुझाउँदै छाउगोठको अन्त्यको माग गरेका हुन् ।
आफूहरु लामो समयदेखि महिनावारी र सुत्केरी हुँदा छुट्टै गोठमा राखी अर्कै दर्जाको नागरिक बनाएको भन्दै यस्तो कुप्रथाको अन्त्य गर्न विशेष कार्यक्रम ल्याउन नेता बस्नेतसँग माग गरेका हुन् ।
देवी देवता रिसाउने भन्दै महिलामाथि गरिएको यस्तो ज्यादती छिटो बन्द गर्न माग गरिएको हो । जिल्लाका मजकोट, गर्खाकोट, कोताग र दह गाविसमा अझै छाउपडी प्रथाका कारण महिलाले पीडा खेपिरहेको मजकोटका स्थानीय अधिकारवादी काशीराम न्यौपानेले बताए ।
त्यस्तै छेडा, चादे हुँदै जुम्जा जोड्ने सडक निर्माणमा तीव्रता दिन र स्वास्थ्य संस्थामा दरबन्दीअनुसारको स्वास्थ्यकर्मीको पहल गर्न माग गरेका छन् ।
टेलिफोन टावर नहुँदा अहिलेको जमानामा पनि फोन गर्न नपाएको भन्दै छिटो निर्माणका लागि पहल गर्न बस्नेतलाई माग गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै बस्नेतले सबै कुराको सम्बोधनका लागि आफू लागिपरेको आश्वासन दिए । जाजरकोट डोल्पा सडक निर्माण, पर्यटन प्रवद्र्धन अनि रेडपान्डाको संरक्षण र चाखुरे पर्यटनका लागि बजेट विनियोजन गरी काममा तीव्रता दिएर स्याबासी पाएका बस्नेतलाई थप काम गर्न जनताले ध्यानाकर्षण गराएका छन् ।

जाजरकोट २८ मंसिर।
जाजरकोटको पश्चिमी क्षेत्रका चार गाविसका बासिन्दाको सम्बन्ध खोलामा हालिएको तुइनले जोडेको छ। गर्खाकोट र पजारु गाविसबाट बग्ने कुशेखोलामा पुल नहुँदा ती गाविसको सम्बन्ध नै तुइनको भरमा जोडिएको हो।
पजारु, गर्खाकोट, कोर्ताङ र टालेगाउँका बासिन्दाले पाँच दशकदेखि कुशेखोलामा हालिएको तुइनबाटै आवतजावत गर्दै आएका छन्। खोलामा पुल नबन्दा स्थानीयवासी ज्यान जोखिममै राखेर तुइनबाटै खोला वारपार गर्ने गरेको पाजरु–७ रुव निवासी धनबहादुर गिरीले बताए।
राजनीतिक दलका नेता र कर्मचारीलाई पुल बनाउन बारम्बार आग्रह गरे पनि सुनुवाइ नभएको गिरीले गुनासो गरे। ती चार गाविस मात्र नभएर यस बाटो भएर पश्चिमी क्षेत्रमा आवतजावत गर्ने सबैले तुइनको सहारा लिनुपर्ने बाध्यता छ। खोला तर्ने क्रममा तुइनबाट खसेर अहिलेसम्म तीनजनाको ज्यान गएको स्थानीय जयलाल सार्कीले बताए।
‘तीनजनाको ज्यान गइसक्यो, पुल नबन्दा अझै के हुने हो,’ उनले प्रश्न गरे। विशेष गरी पजारुको रुव र गर्खाकोटको खोलीका स्थानीयले भने मेलापात, जन्ती, मलामी र घाटघट्टसमेत आउन जान तुइन तर्नुपर्छ। ती गाउँमा लाग्ने मेला र जात्राका बेला स्थानीयलाई निकै आपत् पर्ने गरेको छ। धेरै मान्छेले खोला तर्ने बेलामा हैरानी बेहोर्नुपर्ने स्थानीयवासीको भनाइ छ।
त्यस्तै, खोलाका दुई किनारामा पर्ने गर्खाकोटका खोली र पजारुको रुव निवासीले हरेक दिन तुइनबाटै आवतजावत गर्ने गरेको खोली निवासी प्रसाद शाहीले जानकारी दिए। ‘वारिपारि गाउँ छन्। मध्यभागमा खोला। सबै काम गर्दा तुइनकै भरोसा छ।
पाँच दशकदेखि यही तुइनले नै जीवन धानेको छ,’ शाहीले भने। गर्खाकोटको शिवपुरी उच्च माध्यमिक विद्यालयमा पजारुबाट पढ्न जाने विद्यार्थीसमेत तुइनबाट नै कुशेखोला तर्ने गरेका छन्।
विद्यालय जाँदा डराएर जानुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ। ‘अरूबेला सजिलो भए पनि वर्षाद्मा भने निकै कठिन हुने डर लाग्ने गरेको कक्षा ११ का छात्र ज्ञानबहादुर खत्रीले बताए।
‘ठूलो बाढी र भेल आएका बेला तुइन नै पानीले छोएको हुन्छ। त्यस्तो बेला स्कुल नै नगएर फर्कनुपर्छ,’ खत्रीले राजधानीसँग भने। यस्तो अवस्थाले विद्यार्थीलाई निकै चिन्तित बनाउने गरेको उनको भनाइ छ। यो खबर हामीले आजको राजधानीबाट लिएका हौ।
सरकारले अघिल्लो आर्थिक वर्षमै देशभरिबाट तुइन विस्थापित गर्ने भने पनि जाजरकोटको दुर्गम गाउँका बासिन्दाको तुइन तर्नुपर्ने बाध्यता अझै हटेको छैन।
जिल्लाको अति दुर्गम मानिने यो गाउँमा दलका नेताहरू चुनावका बेला पुगे पनि सरकारी कर्मचारी भने पुग्दै नपुग्ने स्थानीयवासीको भनाइ छ। ‘नेताले चुनावमा पुल हालिदिने सबैले भन्छन्, तर चुनावपछि कसैले फर्केर हेरेका छैनन्,’ स्थानीय ददे कामी भन्छन्, ‘तुइनको पीडा हटाउन पुल बनाउने नाममा कतिले हाम्रा भोट बटुले, तर कसैले वाचा पूरा गरेनन्।’
जाजरकोट, ९ मङ्सिर ।
बिजुली बाल्ने सपना बोकेर बसेका जाजरकोटको एक दुर्गम गाउँका स्थानीयवासीको आशा सपनामै बितेको छ ।
वर्षौंदेखि जिल्लाको खगेनकोट–५ र ६ का तीनसयभन्दा बढी घरधुरी विद्युत्का पोल नपाउँदा अन्धकारमा बस्न वाध्य भएका छन् ।
गाउँ नजिकै खमाउरे खोलाबाट निक्लिएको १५ किलोवाट विद्युत् खेर गएको भएपनि पोल किन्नका लागि रकम नहुँदा बत्तीमुनिको अँध्यारोमा बस्न बाध्य भएको खगेनकोट–६ का नारायण खत्रीले बताए ।
अधिकांश दलितको बसोबास रहेका यी दुई वडामा रकम अभावमै विद्युत् बाल्न नपाएका हुन् । टोपबहादुर रायमाझी ऊर्जामन्त्री हुँदा पोलको माग गर्न सिंहदरबार पुगेका यहाँका स्थानीयवासीलाई काम हुन्छ भनी आश्वस्त पारिएको थियो ।
जिविसलाई यहाँका स्थानीयवासीले पटकपटक पोलको माग गरेपनि कसैले कुरा नसुन्दा बिजुली बाल्ने धोको सपनामै सीमित भएको अर्का स्थानीयवासी वीरबहादुर खत्रीले बताए ।
ट्रान्समिटर र विद्युत्को तार, पोल गरी करिब ३२ लाखसम्म लाग्ने भएपछि स्थानीयवासी हैरान भएका हुन् । सबैले हुन्छ भन्छन् तर काम कसैले गर्दैनन् हामी दिक्क भइससे, हल्चौरका रामप्रसाद खत्रीले बताए । गाविसका अन्य वडामा बिजुली बलेर झिलीमिली भएपनि हल्चौर गाउँ भने अन्धकार नै रहेको छ ।

- मंसिर, ४ जाजरकोट ।
जाजरकोट जस्ता विकट क्षेत्रका जनताहरु सामान्य रोगका कारण सिटामोलसमेत नपाएर मृत्युवरण गर्नुपरेको छ भने कतिले उपचार नपाएर बर्षैदेखि छट्पटाइरहेका छन् ।
दुरदराजका जनताहरु अहिले पनि समयमै सिटामोलसमेत खान नपाएर अकालमै मृत्यु बाटो रोजिरहँदा सरकार सधैं मौन बसिरहेको छ ।
सरकारले भने करोडपति कांग्रेस नेतृ सुजाता कोइरालालार्इ ५० लाख उपचारका नाममा सहयोग गर्ने घोषणा गरेर जग हँसाइरहेको छ ।
जनताले चुनेर पठाएका नेताहरु बरु एक् नेतृलाई क्यान्सरको आशंकामा लाखौं रकम दिन तयार हुन्छ तर गरिबीले पिल्सिएका ती जनता साधारण अस्पतालमा गएर उपचार गर्न पनि सकिरहेका छैनन् । गरिबीले पिल्सिएपछि ७ बर्षदेखि आफनो छोरीको उपचार गर्न सकिरहेका छैनन् ।
न लगाउँने कपडा छ, न त भुईमा सुताउने गतिलो कपडा नै । सात वर्ष सम्म बोल्ने आवाज पनि आउँदैन् अनि हिड्नलाई खुट्टाले साथ नै दिदैन्न ।
आमा, बुबाले उठाएर जुन ठाउँमा राखे त्यही ठाउँमा दिसा, पिसाब गर्छ । जन्मेको तीन महिनापछि आँखा नै देख्न छाडेकी भेरीमालिका नगरपालिका १ मैदेकी सात वर्षीय कमला नेपालीको व्यथा हो यो ।
कमला जन्मेको तीन महिनामा खाईलाग्दो शरीर भएपनि त्यसपछिका दिनमा आँखा नदेख्ने अवस्थामा पुगेको उनका बुबा टेकवहादुर नेपालीले बताए ।
जब छोरीको उमेर बढ्दै गयो तब उनी बाँमे सर्न लागिन् भनेको त टाउको घुमाउने मात्र गर्न थालिन् । आमाको काखमा समातेर राख्नुपर्ने अवस्था आयो ।
जति उमेर बढ्दै गयो त्यति छोरीका अवस्थामा कुनै सुधार भएन् । अहिले सात वर्षकी भइन्, हामीले समातेर जुन ठाउँमा राख्यो त्यही ठाउँमा नै ढलेर बस्छिन् ।
उठ्न सक्ने क्षमता नै छैन बुबा टेकवहादुरले खबरडबलीसँग दुखेसो पोखे । दुई वर्षको छँदा छोरीलाई जिल्ला अस्पतालमा लिएका थियौ, डाक्टरले यहाँ उपचार हुँदैन अन्तै लगेर उपचार गर्नु भनेपछि गरिबीले पिल्सिएको उनको आफनो सन्तानको उपचार गर्न सकेनन् ।
उपचार गर्ने खर्च अभावले छोरीलाई घरमा ल्याएदेखी अहिले सम्म कुनै ठाउँमा पनि देखाएको छैन् टेकवहादुरले भने । उनको परिवारलाइ बिहान बेलुकीको दुई छाक खान पनि धौ धौ छ ।
आफ्नो जमिनमा उत्पादन गरेको अन्नपातले एक महिना पनि खाना पुग्दैन, कसरी पैसा जुटाएर उपचारमा लिऔ टेकवहादुरको दुखेसो छ । बाँचुन्जेलसम्म पाल्नु प¥यो अरु त के गर्न सकिन्छ र उनको पिरलो छ ।
अहिले कमलाको पेट मात्र लागेको छ हात, खुट्टा सुकेको अवस्थामा छन् । कमलालाई हेर्दा गहिरो कुपोशनको सिकार भएको अनुमान लगाउन सकिन्छ । उनलाई अहिले पनि टाउँको घुमाउने समस्या देखिन्छ ।
यत्ता कुपोषनको क्षेत्रमा काम गर्ने जिल्ला स्वास्थ्य कार्यालयका सुसिला शाहीसंग सम्पर्क गर्दा अवस्था हेरेर उपचार गर्न सकिने वताउँछिन ।
गहिरो कुपोषन भएमा कारण अन्य रोगको संक्रमण पनि बढेको हुन सक्ने शाहीले बताइन् । अन्य ठाउँमा लगेर राम्रो उपचार निको हुने उनको भनाई छ ।
कमलाको परिवार आर्थिक अबस्था हेर्दा सधै वर्ष भरी अकैको काम गरेर दैनिक गुजारा चलाउने गरेका छन् । दशैं र तिहारमा खाएको मासुको पैसा तिर्न समेत नसकेको यो परिवारले मोटो रकम जुटाएर कमलाको उपचार गर्न सम्झव नरहेको उनको छिमेकी बताउँछन् ।
आफैले किनेर कमै मात्रामा कपडा लगाउने उनको परिवार प्राय अरुले लगाएर दिएको कपडाले जाडो र गर्मीयाम बिताउने गरेका छन् ।
जाजरकोट, २ कात्तिक ।
जिल्ला अदालतको आदेशले जबर्जस्ती करणी मुद्दामा तीन वर्ष कैद तोकिएका पुन्मा–५का बासिन्दा हाल भेरीमालिका नगरपालिका–६ बस्ने ६८ वर्षीय प्रताप वलीलाई सोमबार पक्राउ गरी कारागार चलान गरिएको छ ।
बत्तीस वर्ष अगाडि भएको घटनापछि तत्कालै भागी हालसम्म फरार रहेकामा दोषी वलीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
जाजरकोट १० असोज।
जाजरकोटमा अत्याधुनिक हतियारको गोली भेटिएको छ । सदरमुकाम खलंगाको एक सडक छेउमा अत्याधुनिक हतियारका गोली भेटिएको हो।
खलंगा–डोल्पा सडक खण्ड अन्तरगत थाप्लेचौरको जंगलमा छरिएर रहेको अवस्थामा ५२६ राउन्ड गोली भेटिएको प्रहरीले जनाएको छ।
जाजरकोटमा अत्याधुनिक हतियारको गोली भेटिएको छ । सदरमुकाम खलंगाको एक सडक छेउमा अत्याधुनिक हतियारका गोली भेटिएको हो।
खलंगा–डोल्पा सडक खण्ड अन्तरगत थाप्लेचौरको जंगलमा छरिएर रहेको अवस्थामा ५२६ राउन्ड गोली भेटिएको प्रहरीले जनाएको छ।
सडक निर्माणको काम हेर्न गएका स्थानीयले काटोको छेउमा केही गोली देखेपछि प्रहरीलाई खबर गरेका थिए।
गोली भेटिएको क्षेत्रमा खोजी गर्दा ठूलो मात्रामा गोली भेटिएको प्रहरीले जनाएको छ।
गोली भेटिएको क्षेत्रमा खोजी गर्दा ठूलो मात्रामा गोली भेटिएको प्रहरीले जनाएको छ।
थाप्लेचौर सडक छेउस्थित जंगलमा छरिएर रहेको अवस्थामा गोली भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रमुख प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बताए।
उनले ती गोली इन्सास राइफल लगायतका अत्याधुनिक हतियारको भएको बताए।
उनले ती गोली इन्सास राइफल लगायतका अत्याधुनिक हतियारको भएको बताए।
उनले युद्धका बेला माओवादी सेनाले भाग्ने क्रममा गोली छोडेको हुन सक्ने बताए।
दीपबहादुर घर्ती, जाजरकोट, १९ भदौ ।
जाजरकोट सदरमुकाम खलंगामा रहेको एक पेट्रोल डिलरमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ भने, चारजना गंभिर घाइते भएका छन् ।
शान्तिचौताराको वसपार्क नजिकै रहेको पेट्रोल डिलरमा बिहान ११ बजे आगलागी हँदा नायकबाडा–२ कि १८ वर्षे संगिता खत्री बोहराको ज्यान गएको हो । पेट्रोल डिलर नजिकैको अर्को कोठामा माइतीले होटल सञ्चालन गर्दैै आएका थिए ।
डिलरमा लागेको आगो सल्किएर होटलमा पनि आगो लागेपछि उनको ज्यान गएको हो । आगोमा परेर उनका बुबा कार्कीगाउँ–७ का मानसिंह खत्री गंभिर घाईते भएका छन् ।
मानसिंहले भेरीमालिका नगरपालिका–४ शान्तिचौतारामा पेट्रोल डिलरसँगै जोडिएको अर्को कोठा भाडा लिएर होटल सञ्चालन गर्दै आएका थिए ।
त्यस्तै अन्य घाइते हुनेहरुमा डिलर सञ्चालन गर्ने रुकुम चौरजहारीनगरपालिका ७ का २३ वर्षे प्रेमबहादुर राना, त्यही ठाउँका १८ वर्षे गोकर्ण चन्द र जाजरकोटमा कार्यरत प्रहरी जवान रमेश शाह रहेको प्रहरीले जनाएको छ ।
घाइते हुने प्रहरी जवानको घर सल्यान डाडागाउँ हो । ‘पेट्रोलको गन्ध आएपछि के भएछ भन्दै घरभित्र छिरेको थिएँ’ प्रहरी जवान शाहले भने– ‘म छिर्ने बित्तिकै आगो सल्कीहाल्यो घरको तेस्रो तलाबाट हाम हालेर ज्यान जोगाएँ ।’
उनी लगायत घाईते चारै जना कोलियाबाट तेस्रो तलामा गएर हाम फालेका थिए । संगिता भाग्न नसक्दा आगोले डढेर ज्यान गएको प्रहरीले जनाएको छ । संगिताको डेढ महिनाको छोरी छन् ।
घाइते चारै जनाको जिल्ला स्वास्थ्य कार्यालयमा प्राथमिक उपचार गरिसकेपछि थप उपचारका लागि नेपालगञ्ज पठाईएको प्रहरीले जनाएको छ । ड्रमबाट जर्किनमा तेल खन्याउदै गर्दा भरिएर तेल अगेनामा पुगेपछि आगो लागेको हो ।
१२ वटा तेलका ड्रममा ४ वटा जलेका छन् । लोकेन्द्र शाहीको घर भाडा लिएर एउटा कोठामा प्रेमबहादुर राना पेट्रोल डिलर सञ्चालन गरेका थिए । अर्को कोठामा मानसिंहले होटल खोलेका थिए ।
११ बजे लागेको आगो स्थानीय, प्रहरी, सेना, रेडक्रसको सहयोगमा ४५ मिनेटपछि निभाउन सकिएको थियो । आगोमा परेर दुई वटा मोटरसाइकल र घर जेलको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए । प्रहरीको प्रारम्भिक अनुमान अनुसार ३५ लाख वरावरको क्षति भएको छ ।




