- जनकपुर, ४ मंसिर ।
ना ३ च ७२२८ नम्बरको गाडीबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ । तरकारी बोक्ने गाडीलाई प्रहरीले जाँच गर्दा ८ वटा पोकामा रहेको गाँजा फेला परेको हो ।
गौशाला, २५ भदौ ।
६ लेनको सडक बनाउनुपर्ने माग गर्दै आज महोत्तरी र धनुषा जोड्ने जनकपुर–भिठ्ठामोड सडकखण्ड अवरुद्ध गरिएको छ ।
संयुक्त सङ्घर्ष समितिले बिहान ९ बजेदेखि महोत्तरीको जलेश्वर, पिपरा, सहोडवा र धनुषाको विन्धीमा चक्काजाम गरेका छन् ।
जनकपुरदेखि भिठ्ठामोडसम्म १८.७५ किलोमिटर सडकखण्ड पूर्णरुपमा जीर्ण भएको भन्दै सङ्घर्ष समितिले ६ लेनको सडक निर्माण गर्नुपर्ने माग गर्दै सडक अवरुद्ध गरेको हो ।
सो सडकखण्डको चार ठाउँमा अवरोध गरिएका कारण यातयातका साधन चल्न सकेका छैनन् ।
यसैबीच शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जनकपुर–जलेश्वर–भिठ्ठामोड सडक निर्माणको शिलान्यास गरेका थिए ।

जनकपुरधाम, ४ भदौ ।
फेयर अटो प्रालि र रति इन्टरप्राइजेज जनकपुरले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई शुक्रबार एक थान ई– रिक्सा प्रदान गरेको छ ।
जापानको ‘टेरा मोटर्स’ कम्पनीद्वारा निर्मित सो ई– रिक्सा वातावरण मैत्री रहेको बताइएको छ ।
सो अवसरमा इन्टरप्राइजेजका सञ्चालक इन्जिनियर डा कृष्णचन्द्रप्रसाद साहले सवारी व्यवस्थापनमा देखिएको समस्यालाई ध्यान राख्दै रिक्सा उपलब्ध गराइएको बताए । सो रिक्साको मूल्य रु तीनलाख पचास हजार पर्ने बताइएको छ ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख ज्ञानकुमार महतोले कार्यालयको जिम्मेवारी क्षेत्रमा बढ्दो सवारी चाँपका कारण सवारी तथा यातायातको व्यवस्थापन कार्यमा विद्यमान साधनले अपुग भइरहेकोमा प्रदान गरिएको साधनले सहायक सिद्ध हुने छ भने ।
हाल सो कार्यालयमा एउटा सवारी साधन मात्र रहेको थियो ।