
- राजिब चन्द।
काठमाडौँ ।
नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता, समर्थक, र शुभ चिन्तकहरुका घर-घरमा प्रहरीले छापा मार्न सुरु गरेको छ।
पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भइसकेर अर्को चरणको निर्वाचन तयारी भइरहेका बेला निर्वाचन बहिष्कार अभियान सन्चालन गरिरहेको कम्युनिष्ट पार्टीका कार्यकर्ताका घर, कोठामा प्रहरीले खोजी-खोजी छापा मार्न थालेको हो ।
यसै क्रममा कम्युनिष्ट पार्टी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रीय सदस्य कुवेर घिमिरेको बालुवाटार स्थित कोठामा प्रहरीले छापा मारेको छ ।
घिमिरेले इमान्दार मिडियालाई टेलिफोनबाट दिएको जानकारीअनुसार प्रहरीले उनको कोठामा हतियार रहेको भन्दै छापा मारेको हो ।
प्रहरीले यसरी हतियार राखेको भन्दै कार्यकर्ताका कोठा र घरमा छापा मार्दै जनतामा आतंक मच्चाउन सुरु गरेको घिमिरेको आरोप छ ।
यस्तै आजै प्रहरीले कलंकी क्षेत्रमा रहेका कम्युनिष्ट पार्टी कार्यकर्ताका घर कोठामा छापा मार्दै कार्यकर्ताका परिवारहरुलाई आतंकित पार्ने, र यो पार्टीमा लाग्नु हुन्न भन्दै धम्क्याउने गरेको भनाई छ ।
२०७४ जेठ १७ गते प्रकाशित

- काठमाडौं, ११ वैशाख ।
नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको चुनावमा विप्लव एमालेको संयुक्त प्यानिलले जितेको छ ।
नेकपा एमाले र नेत्र विक्रम चन्द विप्लव नेतृत्वमा रहेको कम्युनिष्ट पार्टी निकट पत्रकारहरुको गठबन्धनले सत्तारुढ कांग्रेस र माओवादी केन्द्र निकट संगठनको संयुक्त प्यानललाई हराएको छ ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको आइतबार सम्पन्न मतदानमा एमाले निकट प्रेस चौतारी नेपाल र कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन नेपालको प्यानलले कांग्रेस निकट प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टर लगायत संगठनको संयुक्त प्यानललाई हराएको हो ।
- को-को विजयी ?
सत्तारुढ गठबन्धनलाई ११ मतले पराजित गर्दै प्रेस चौतारीका उम्मेदवार शान्त राम बिडारी अध्यक्षमा विजयी भएका छन् । बिडारीले ४२९ तथा प्रेस युनियन र प्रेस सेन्टर गठबन्धनका रामकृष्ण अधिकारीले ४१५ मत पाए ।
उपाध्यक्ष (खुला)मा सूर्य सुवेदी, महिला उपाध्यक्षमा सीता पोखरेल, सचिवमा मोहनराज पन्त, कोषाध्यक्षमा रामचन्द्र बस्नेत, सहसचिवमा रामशरण माझी, समावेशी सहसचिवमा अमिर लामा निर्वाचित भएका छन् ।
खुला सदस्यमा सुलोचना अर्याल, पुष्कर बस्नेत, रामचन्द्र दुलाल, राजेश भण्डारी, फणिन्द्र फुयाल, अजित अधिकारी, मुकुन्द भूसाल, विष्णुकुमार गिरी निर्वाचित भएका छन् ।
समावेशी सदस्यमा हेमबहादुर राना ‘कमल’, महिला सदस्यमा अम्बिका घिमिरे, मधेसी सदस्यमा विनयकुमार महतो र दलित सदस्यमा शर्मिला विश्वकर्मा निर्वाचित भएका छन् ।
एमाले र कम्युनिष्ट पार्टीको सयुक्त गठबन्धन विरुद्ध सत्तारुढ नेपाली कांग्रेस, माओवादी, राप्रपा, राजावादी समुहको नेतृत्व गरेका युवराज विद्रोही समुह र बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी निकटका संगठनहरुले काठमाडौं शाखाको चुनावमा गठबन्धन बनाएका थिए ।

- काठमाडौं, ७ बैशाख ।
काठमाडौंको टोखा नगरपालिकामा माओवादी केन्द्रका नेता दीनानाथ शर्माकी छोरीलाई मेयरको उम्मेदवार बनाइएको छ ।
माओवादी पार्टीको नगर कमिटीले टोखा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका नेता शर्माकी छोरी कल्पना शर्मा र उपमेयरमा धर्म डंगोलको नाम सिफारिस गरेको हो ।
दैनिक नेपालको समाचारअनुसार टोखा नगरपालिकाको वडा नम्वर २ मा समिर श्रेष्ठ, ३ मा रमेश डंगोल, ४ मा विष्णु श्रेष्ठ, ५ मा शेखर श्रेष्ठ, ९ मा लक्ष्मण न्यौपाने, १० मा शीतल श्रेष्ठ र ११ मा श्रीराम केसीको नाम वडाअध्यक्षका लागि सिफारिस भएको छ ।

- दिया चन्द ।
काठमाडौ,२८ चैत ।
अनेरास्ववियु (क्रान्तिकारी) नेता प्रकाश अधिकारीले नेपाल प्रहरीलाई दसगजामा गएर सिमाना मिचिरहेका भारतीय एसएसबिलाई लखेट्न चुनौती दिएका छन ।
नेपाल कम्युनिस्ट पार्टीको जारी एकीकृत जनजागरण तथा स्थानीय चुनाव खारेजी अभियान अन्तर्गत काठमाडौको थलिमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
चुनाव खारेजीको अभियान लिएर आफ्नो पार्टी जनतामाझ जादा प्रहरी प्रशासनले अवरोध गर्न खोजेको भन्दै उनले चुनाव निस्तेज गर्ने या त्यसमा सहभागी हुने भन्ने अधिकार जनतालाई नै रहेको प्रष्ट पारे ।
यो परम्परागत संसदीय चुनावले जनताको हित गर्दैन, हामी चुनाव खारेजीको अभियान लिएर बस्ती बस्ती पसेका छौँ ।
'प्रचण्ड सरकारले घोषण गरेको चुनावले जनताको हित गर्दैन भनेर जनतालाई बुझाउन कार्यक्रम आयोजना गर्दा प्रहरीले अवरोध गर्न खोज्यो। हामी चुनौती दिन चाहान्छौ, नेपाली जनतालाई दमन गर्ने नेपाल प्रहरीले दसगजामा गएर भारतीय हस्तक्षेपविरुद्ध लडोस ।'
बर्तमान संसदीय व्यवस्थाले नेपाल र नेपालीको भविष्यमाथी खेलवाड गरेको भन्दै उनले बैशाख ३१ मा घोषणा गरिएको स्थानीय चुनाव खारेजी गर्नुपर्ने बताए ।
नेकपाले स्थानीय निर्वाचनविरुद्ध देशका ७५ वटै जिल्लाका गाउँ-गाउँ, टोल-टोलमा पुगेर चुनाव खारेजीको लागी अभियान चलाएको छ ।



- काठमाडौं २३ फागुन।
व्यापारी अपहरणमा संलग्न भएको आरोपमा प्रहरीको खोजी सूचीमा रहेकी युवती मृत अवस्थामा भेटिएकी छिन् । उनको हत्या भएको प्रहरीको आशंका छ ।
भक्तपुरको मुहानपोखरीमा गाडेको अवस्थामा धादिङ धार्के घर भएकी राधिका सुनुवार श्रेष्ठको शव शनिबार भेटिएको खबर आजको नयाँ पत्रिकामा छ।
पानीको मुहानका लागि खाल्डो खनिएको ठाउँमा श्रेष्ठको शव भेटिएको भक्तपुरकी प्रहरी प्रमुख एसपी किरण रानाले बताइन् ।
स्काभेटर लिएर माटो खन्न त्यहाँ गएका एक व्यक्तिले माटोको थुप्रोमा हात देखेपछि प्रहरीलाई खबर गरेका थिए । आइतबार परिवारले मृतकको सनाखत गरी जाहेरी दिएको एसपी रानाले बताइन् ।
चेक साट्न जाँदा गिरोहका दुईजना पक्राउ
पछि कोठाभित्रबाट ढकढक गरिएको आवाज आएपछि होटेलका कर्मचारीले ढोका खोल्दा अग्रवाल भेटिएका थिए । गिरोहका दुईजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । मुख्य नाइकेहरू भने फरार छन् ।
अग्रवालबाट लिएको आठ लाख रुपैयाँको चेक साट्न जाने क्रममा दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो । घटनाबारे प्रहरीलाई बताइदिने डरले अपहरणकारी समूहले नै सम्झनाको हत्या गरेको प्रहरी आशंका छ ।
कल डिटेल नपाउँदा अपहरणकारी भागे
अदालतको आदेशमा मात्र प्रहरीले कल डिटेल हेर्न पाउने व्यवस्थाले अग्रवाल अपहरणका अभियुक्त सजिलै भाग्न सफल भएका हुन् । ४ फागुनमा अग्रवालको अपहरण भएकामा ५ गते साझ मात्र प्रहरीले कल डिटेल पाएको थियो । सोही घटनाबाट प्रहरीले उपत्यकामा पहिलोपटक अदालतबाट आदेश लिएर फोनको कल डिटेल, एसएमस डिटेल तथा लोकेसन हेर्न थालेको हो ।
अनुसन्धानका लागि अदालतले म्याद थप गरेजस्तै अदालतबाट कल डिटेलका लागि अनुमति लिएर अनुसन्धान थाल्दा ढिला भएको र अपराधी फरार भइसकेको प्रहरी अधिकारीहरूको भनाइ छ । तर, गोपनीयताको कारण देखाउँदै अदालतले यस्तो आदेश दिएको हो ।
कल डिटेलको दुरुपयोग रोक्न बलियो संयन्त्र बनाउनुपर्ने भए पनि अदालतको आदेश कुर्नुपर्दा अनुसन्धान प्रभावित हुने प्रहरी अधिकारीहरूले जनाएका छन् ।
‘गम्भीर घटनाको अनुसन्धानमा तत्काल कल डिटेल चाहिन्छ,’ एक प्रहरी अधिकारीले नयाँ पत्रिकासँग भने, ‘तर, कुनै–कुनै वेला अदालतबाट आदेश लिन दुई–तीन दिनसम्म कुर्नुपर्ने हुन्छ, त्यस्तो वेला अनुसन्धान प्रभावित हुन्छ, अपराधी फरार भइसक्छ ।’
युवतीकै सहयोगमा भएको थियो अपहरण
सम्झनाले भेट्न बोलाएपछि मखनमा सारीपसल चलाउँदै आएका न्युरोडका श्यामसुन्दर अग्रवाल गत ४ फागुनमा होटेल गएका थिए । त्यसक्रममा होटेलमा रहेका तीन युवकले उनलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर पैसाको बार्गेनिङ गरेका थिए ।
घटना सार्वजनिक भएपछि प्रहरीले सम्झनाको खोजी गरिरहेको थियो । अपहरणअघिसम्म अग्रवालकै पसलमा सम्झना काम गर्थिन् । त्यसैले सम्झनालाई प्रयोग गरी एक समूहले अग्रवालको अपहरण गरेको थियो ।
त्यसक्रममा अपहरणकारीले सुन्धाराको सनराइज गेस्टहाउसमा ६ घन्टा बन्धक बनाई नगद र चेक गरी करिब नौ लाख रुपैयाँ असुल गरेका थिए ।
७२ हजार रुपैयाँ नगद र आठ लाख रुपैयाँको चेक लिएपछि हातखुट्टा र मुखमा पट्टी बाँधिएकै अवस्थामा अग्रवाललाई होटेलको कोठामा थुनेर अपहरणकारी भागेका थिए ।
- इमान्दार मिडिया संवाददाता ।
- काठमाडौँ १८ फागुन ।
महासंघको राजनीतिक दलको भातृ संस्थाका रुपमा झार्ने प्रयत्नप्रति उनीहरुले आपत्ति प्रकट गरेका छन् ।
क्रान्तिकारी पत्रकार संगठन नेपालको नेतृत्वमा तीन दर्जनभन्दा बढी पत्रकारहरुसहित बुधबार दिउँसो केन्द्रीय कार्यालय संचारग्राममा पुगेर महासंघलाई व्यवसायिक पत्रकारहरुको साझा संस्थाको रुपमा कायम राख्न माग गरेका छन् ।
क्रान्तिकारी पत्रकार संगठन नेपालको नेतृत्वमा तीन दर्जनभन्दा बढी पत्रकारहरुसहित बुधबार दिउँसो केन्द्रीय कार्यालय संचारग्राममा पुगेर महासंघलाई व्यवसायिक पत्रकारहरुको साझा संस्थाको रुपमा कायम राख्न माग गरेका छन् ।
श्रमजीवि पत्रकारहरुको हक, हित र अधिकारको रक्षा तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको राजनीतिक परिवर्तनमा समेत महासंघले खेलेको भूमिका सबैका लागि गर्व गर्न लायक भएको बताउँदै लामो र गर्विलो इतिहास बोकेको महासंघलाई पछिल्लो समयमा विवादस्पद बनाउने प्रयत्न भईरहेको धर्नामा सहभागि पत्रकारहरुले बताएका छन् ।
‘महासंघलाई राजनीतिक भर्ती केन्द्र बनाउन पाइँदैन, सदस्यता सुद्धिकरण गर, गैरपत्रकारहरुको छानबिन गर’लगायत नारा लगाई एकघण्टासम्म मूल ढोकामा धर्ना बसेको थियो । संगठनका महाचिव प्रज्वलले एक प्रेस विज्ञप्ति जारी गरी विधान विपरीत सदस्यता खारेज गर्न माग गरेका छन् ।
महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले संगठनले उठाएको माग जायज भएको र बिहीबारसम्म वार्ताको माध्यमबाट माग पूरा गर्ने आश्वसन दिएको संगठनका उपाध्यक्ष दीपेन्द्र रावलले जानकारी दिए । महासचिव उजिर मगर, उपाध्यक्ष अनिता विन्दुको उपस्थिति थियो । माग पुरा नभए थप सशक्त आन्दोलनमा उत्रिने पत्रकारहरूकाे चेतावनी छ ।
पूरा विज्ञप्ति हेर्नुहोस् :


काठमाडौँ, ७ फागुन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३ ले हामी सबैलाई प्रजातन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।
इतिहासको लामो कालखण्डको विविध आरोह–अवरोहको उचित मूल्याङ्कन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशित भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात् गरी अगाडि बढ्नु हाम्रो साझा जिम्मेवारी र दायित्व हो भन्दै आफ्नो शुभकामना सन्देशमा उनले संविधानले व्यवस्था गरेअनुसारको आवधिक निर्वाचनमार्फत नागरिक अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिएकी छन् ।
प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा प्राप्त हुन सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।
देशलाई आर्थिक विकासतर्फ लैजान सत्प्रेरणा प्रदान गरोस् : उपपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो शुभकामना सन्देशमा २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन सम्पन्न गरेर निर्धारित समयमा संविधानको पूर्ण कार्यान्वयनका साथै राजनीतिक स्थायित्वसहित देशलाई अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
संविधानबाट प्राप्त उपलब्धिको जगेर्ना गर्दै सुदृढ राष्ट्रिय एकताका जगमा मुलुकलाई शान्ति, स्थायित्व, समुन्नति एवम् दिगो आर्थिक विकाससहितको समृद्धिका मार्गमा द्रुतरुपमा अघि बढाउनुपर्ने वर्तमानको आवश्यकताप्रति सबैको ध्यानाकर्षण गराउँदै उनले आजको ऐतिहासिक दिनले राष्ट्रिय एकताका साथ देशलाई आर्थिक विकासतर्फ तीव्र गतिमा लैजान सबै नेपालीलाई सत्प्रेरणा प्रदान गर्ने अपेक्षा व्यक्त गरे ।

- काठमाडौं,२१ माघ ।
बिजुलीको खम्बामा विज्ञापन टाँस्ने दुई इन्स्टिच्युटका सञ्चालकलाई काठमाडौं महानगरपालिकाले बिहीबार पक्राउ गरेको छ ।
महानगरपालिकाका राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेका अनुसार नगर प्रहरीको टोलीले माइतीघर, सर्वोच्च अदालत अगाडि हुँदै पुतली सडक क्षेत्रसम्मका बिजुलीका खम्बामा विज्ञापन टाँस्ने दुई इन्स्टिच्युटका सञ्चालकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नयाँ बानेश्वरस्थित कोरियाली भाषा पाठशालाका सञ्चालक दीपक राउत र डिफेन्स क्यारियर एकेडेमीका सञ्चालक प्रमोद ढुङ्गाना छन् । सादा पोसाकमा खटिएका महानगरीय प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
दुवै कम्पनीलाई टाँसिएको विज्ञापन निकाल्न लगाई १५ हजार रुपैयाँ जरिवाना गराउने तयारी महानगरपालिकाले गरेको छ ।
महानगरपालिकाका राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेले भने ‘राजस्व नतिरी गैरकानुनी रुपमा विज्ञापन गर्ने र सहरको सुन्दरतासमेत बिगार्ने गरी गरिएका विज्ञापनदातालाई अब फोहरमैला व्यवस्थापन ऐन, २०६८ को प्रावधानअनुसार कारबाहीको दायरामा ल्याउने काम सुरु भएको छ ।’
२०७२ मा सर्वोच्च अदालतले पनि सार्वजनिक स्थानमा सुन्दरता बिगार्ने गरी विज्ञापन टाँस्न नदिन आदेश गरिसकेकाले आदेश विपरीतको काम कुनै पनि हालतमा गर्न नदिने अठोट कामपाले गरेको छ । –

काठमाडौँ, २० माघ ।
नेपाली काँग्रेसका नेता चिरञ्जीवीनिधि तिवारीको ७३ वर्षको उमेरमा निधन भएको छ ।
प्याङ्क्रियाजको क्यान्सरबाट पीडित तिवारीको बुधबार साँझ नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारको क्रममा निधन भएको उनको परिवार निकट काँग्रेस नेता लोकेश ढकालले जानकारी दिए ।
काठमाडौँ क्षेत्र नं ४ का महासमिति सदस्य रहनुभएका तिवारी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य समेत थिए। उनि नेपाल उद्योग वाणिज्य महासङ्घको पूर्व उपाध्यक्ष र नेपाल तयारी पोसाक उद्योग सङ्घको पूर्व अध्यक्ष पनि थिए ।
स्व नेता तिवारी २०५६ को संसदीय निर्वाचनमा काँग्रेसको तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका थिए ।
स्व तिवारीको आजै राति पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने बताइएको छ । तिवारीका एक श्रीमती दुई छोरा र दुई छोरी छन्।

- काठमाडौँ १९ माघ ।
त्यस परिस्थितिमा उनले नेपालका सबै राजनीतिक दलका नेताहरुलाई समेत नजरबन्दमा राखेका थिए । जसका कारण मुलुकको परिस्थिति नै असामान्य बनेको थियो ।
शाही घोषणालगत्तै मुलुकभरका ल्यान्डलाइन फोन र मोबाइल फोनका साथै इन्टरनेट सम्पर्क समेत विच्छेद गरिएको थियो। प्रिपेड मोबाइल त महिनौँसम्म पनि बन्द रहेका थिए ।
विमानस्थल पनि बन्द गरिएको थियो। केबल टिभी बन्द थिए। टेलिभिजन र एफएममा समाचार पढ्न रोक लगाइएको थियो। तत्कालिन शाही सरकारले मिडियाका समाचार कक्षमा हतियारधारी सेना पठाएर समाचार सेन्सर गरिएको थियो ।
जुलुस र धर्नामा पूर्ण रोक लागेको थियो । निरंकुश शासनले नागरिकका मौलिक हकअधिकार कुण्ठित गरिएका थिए। तर यो अवस्था धेरैसमय भने टिक्न सकेन । दलका नेता, पेशाकर्मी–व्यवसायी र आम नागरिक निरंकुशतन्त्रको बिरोधमा उत्रिए ।
तत्कालीन सात राजनीतिक दल र नेकपा माओवादीबीच भएको १२ बुँदे सहमतीको जगमा दोस्रो जनआन्दोलन सुरु भयो । र, परिणामस्वरप २०६२,०६३ को जनआन्दोलनबाट २ सय ४० वर्षदेखिको राजतन्त्र नै समाप्त भयो ।
जनआन्दोलनपछि शासनसत्ता जनताको हातमा आयो र संविधानसभामार्फत जनताका उपलब्धीहरु संस्थागत गरिएका छन् ।
यद्यपि, उक्त जनआन्दोलन र ऐतिहासिक परिवर्तनवाट अपेक्षा गरे अनुरुप परिवर्तनको महशुस गर्न भने जनताले पाएका छैनन ।

- काठमाडौं, १७ माघ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको शीर्ष नेताहरूको बैठकमा दाहालले संशोधन प्रस्ताव, स्थानीय निर्वाचनको मिति र स्थानीय तहको सीमाङ्कन कसरी टुङ्ग्याउन सकिन्छ भनेर विषय प्रवेश गराएका हुन् । उनको प्रस्तावमाथि छलफल भए पनि मधेसी मोर्चाले कुनै विषयमा ठोस सहमति दिएन ।
बैठकका बारेमा जानकारी दिँदै राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले प्रधानमन्त्रीबाट तीन वटा विषय आएको बताए ।
‘प्रधानमन्त्रीज्यूले तीन वटा प्रस्ताव बैठकमा पेश गर्नुभयो’, उनले भने, ‘संविधान संशोधन विधेयक अगाडि बढाउने । निर्वाचनका विषयमा एउटै धारणा बनाएर मिति तोक्ने तथा स्थानीय तहको सीमाङ्कनको कुरा कसरी टुङ्ग्याउने ? भन्ने विषय आएका थिए ।’
ती विषयहरूमा सबै नेताहरूले धारणा राखे पनि कुनै पनि एजेन्डामा सहमति हुन नसकेको महासचिव झाले बताए । उनले भने, ‘मधेसी मोर्चाले परिमार्जनसहित संविधान संशोधन भयो भने निर्वाचनमा हामीलाई कुनै आपत्ति छैन भनेको छ ।
निर्वाचनमा जान हामी पनि तयार छौँ । संशोधन नहुँदासम्म मधेसी मोर्चा निर्वाचन मिति तोक्न तयार छैन । स्थानीय तहको सीमाङ्कन पनि मान्य छैन भन्यौँ ।’
प्रधानमन्त्रीको व्यस्तताका कारण बैठक विनाकुनै निष्कर्ष सक्किएको छ । प्रधानमन्त्री दाहालसहित कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका शीर्ष नेताहरूको बैठकफेरि बस्ने गरी सक्किएको हो ।

- इमान्दार मिडिया संवाददाता।
गाडीमा भ्रष्टाचार, ठेकेदार र हाकिम मिलेर खान्छन् पैसा
'संस्थानका महाप्रबन्धक गङ्गा तिमिल्सीना लगायतको मनोमानीले संस्थामा मनलाग्दी बढेको छ ।' स्रोतका अनुसार दुध सप्लाई गर्ने ४० वटा गाडीको भाडा तिरेर ३५ वटा मात्र गाडी संस्थानका नामामा कुदिरहेका छन । बाँकी ५ वटा गाडीको पैसा यसअघिका हाकिमले पचाएका छन् । 'ठेकेदारले बाँकी ५ गाडीको हिसावमात्र देखाएका छन् । सबै पैसा ठेकेदार र हाकिमले मिलेर खाए, यसले गर्दा संस्थानको बजार पनि खस्केको छ । भ्रष्टाचार यसरि मौलाएको छ कि, डीडीसी भित्रभित्रै खोक्रो भईसकेको छ । यहाँ संस्थानलाइ आफ्नो सम्झेर काम गर्ने भन्दापनि संस्थानबाट कहाँ र कसरी के लुट्न सकिन्छ भन्ने शैलीमा हाकिम र अन्य केहि ठुला पदका कर्मचारीहरु लागि परेका छन् । '
संस्थान डुबाउने खेलमा, सस्थांकै हाकिमहरु
इमान्दार मिडियासँग कुराकानी गर्दै संस्थानकि एक कर्मचारी भन्छिन्, 'संस्थानमा रहेको 'फिलिङ क्षेत्रमा ४०० कर्मचारी छन् । तर बालाजु आयोजनाका प्रशाशन प्रमुख दीपक सुवेदी, लेखा प्रमुख राजन जंग थापा, आयोजना प्रमुख इश्वरी न्यौपाने र खजान्चीमा दरवन्दी भएरपनि कम्प्युटरमा काम गरेका जनार्दन नाम गरेका कर्मचारी मिलेर, अन्य कुनै साखा प्रमुखलाइ समेत खबर नगरी, कर्मचारीको युनियनलाइ समेत थाहा नदिई सम्पूर्ण ठेकेदारको हातमा सुम्पिने टिप्पणी उठाए । हामीले दर्ता गर्ने बेलामा उक्त टिप्पणी भेट्यौ र नियन्त्रणमा लिएका थियौं । त्यति मात्र होइन हामीले टिप्पणी च्यात्यौ पनि । संस्थानमा हामीलाई जानकारीमा आएसम्मका मनपरीहरु विरुद्ध लाग्ने अभियानमा छौं ।'
तस्विरमा हेरौं उक्त टिप्पणी



दरबन्दीको बिजोग, बालाजुका स्थाई डेरी सहायक लैनचौरमा जीएमको कम्प्युटर अपरेटर
उनी अगाडी भन्छन्, 'संस्थानलाइ नै अरुलाई जिम्मा लगाउने प्रयास भइरहेको छ । हामी यसमा आन्दोलन गरिरहेका छौं । दरवन्दीको बिजोग छ । बालाजु संस्थानका डेरी सहायकलाइ जीएमले लैनचौर लगेर कप्यूटर अपरेटर बनाएका छन् । यस्ता अरु अनियमितता पनि थुप्रै छन् ।' 'संस्थानलाइ ठेक्कामा दिने र कर्मचारी राख्ने भनेर नयाँ कर्मचारीका रुपमा आफ्ना मान्छेहरुलाई जागिर खुवाउने प्रपन्च रचिएको छ ।' दश- दश बर्ष देखि सस्थांनको हितमा काम गर्ने कर्मचारीलाई हटाएर आसेपासेहरुलाई जागिर खुवाउने चलखेल मौलाएको छ, इमान्दार मिडियासँग उनले भनिन् । 'यहाँ त जसले जे गरेपनि हुने भएको छ । सक्नेले गर्छ. नसक्ने चुप लागेर बस्छ । नेपाल सरकारको स्वामित्व भएका संस्थानहरुमध्ये सबैभन्दा भ्रष्टचार हुने संस्था पनि यहि हो । '
कर्मचारीकै आफन्तको नामबाट टेन्डर, मिलेमतोमा हुन्छ करोडौं भ्रष्टाचार !
सीधा संस्थाबाट काम गर्दा अख्तियारको डर हुने भएकाले घुमाउरो पाराले भ्रष्टाचार हुने गरेको सस्थांका कर्मचारीहरु बताउछन् ।
'रिटायर भएकाले मिलेमतोमा 'डिस्प्याच'मा आफ्नो गाडी राखेका छन् । यहाँ काम गर्ने प्राय सबै ठुला कर्मचारीको आ-आफ्ना प्राइभेट डेरी छन् । आफ्ना डेरीलाई उकास्न संस्था डुबाउने खेल भइरहेको छ । आउनले अगाडी भनिन् आफ्नोबाट नामिलेपनी आफन्तका नाममा सेयर कम्पनीलाइ संस्थानका विभिन्न टेन्डर प्रक्रियामा लगाएर घुसखोरी हुने गरेको छ । यहाँ टेन्डर पाउने हरेकजसो ठेकेदार संस्थानका हाकिमका नजिकका नै मान्छे छन् । यसले गर्दा समग्र संस्थान नै धरासायी हुने अवस्थामा पुगेको छ । '
अवकासप्राप्त जीएम तिमिल्सिना केपी ओलीको पावरमा फेरी महाप्रबन्धक, संस्थान चुर्लुम्मै डुब्ने खतरा
हालका महाप्रबन्धक गङ्गा तिमिल्सिनाको झापामा एनएमसी नामक डेरी छ । 'पनि आफ्नो डेरीलाइ उकास्ने र संस्थालाइ कमजोर बनाउने खेलमा लागेका छन् । हामी सकेसम्म यसलाई रोक्ने प्रयास गरिरहेका छौं । उनी पहिला नै रिटायर्ड भएका थिए भने केपी ओलीको पावरमा राजनीतिक नियुक्तिका आधारमा उनी पुन: ३ बर्षका लागि करारमा आएका छन् ।'
उनले इमान्दार मिडियासँग कुरा गर्दै भनिन्, 'कानुनीरुपमा अवकासप्राप्त कुनैपनि सरकारी कर्मचारीले विशेष परिस्थितिले करारमै बस्नु परेपनि जम्मा २ बर्षको कार्यकाल हुन्छ तर तिमिल्सिना एमालेनिकट कर्मचारी भएका कारण केपी ओलीले कानुन मिचेर उनलाई ३ बर्षको लागि करारमा पठाएका छन् ।'
उनीविरुद्ध त अख्तियारमै पनि डेढ सय जति उजुरी परिसकेका छन् । संस्थानमै पनि देखिएर होस् वा नदेखिएर उनीविरुद्ध उजुरी नगर्ने सायदै कोहि होलान् । तर पनि राजनीतिक आडमा उनले मनपरी गरी नै राखेका छन् । उनको यो गलत धन्दालाई नरोकेसम्म संस्थान अगाडी नबढ्ने कुरामा कुनै दुइमत नै छैन ।'
१० माघ २०७३ मा प्रकाशित।

काठमाडौ एकेडेमी अफ कमर्श (एओसी)ले अर्को इतिहाँस बनाएको छ । विगतमा आइसिआइ टप गरेर इतिहाँस रचेको एओसीले यो पटक पनि सिटिपीको रिजल्टले नयाँ इतिहाँस बनाइदिएको छ ।
मगलबार भएको सिपिटीको रिजल्टमा एओसीमा अध्ययनरत रस्मी पटुवारले ९६.५ प्रतिशत अंक ल्याएर एसोसीको इतिहाँस रचेकी हुन । उनले आइसिआइमा टप गरेका प्रविण भन्दा पनि बढि अंक ल्याएर नयाँ इतिहाँस बनाएकी छन् ।
एओसीमा अध्ययन गरेका अरु ११ जनाले पनि ९० प्रतिशत भन्दा माथी अंक ल्याएका छन् । एओसीका प्रबन्धनिर्देशक दिपक पाण्डेका अनुसार ९० प्रतिशत भन्दा माथी अंक ल्याउने १२ जनालाई नै सत प्रतिशत छात्रबृति दिने बताएका छन् ।
- काठमाडौँ ५ माघ ।
नेकपा (माअाेवादी) काठमाडाैँ जिल्ला सम्मेलनकाे बुधबार उद्घाटन भएको । काठमाडौँको शान्तिबाटिकामा एक खुला सभाका बीच सम्मेलनको उद्घाटन भएको हो ।
नेकपा (माओवादी) स्थाई समिति सदस्य तथा मध्य कमाण्ड ईन्चार्ज सन्तोष बुढा मगरले जिल्ला सम्मेलनको उद्घाटन गरेका थिए ।
सम्मेलन उद्घाटनकाे अवसरमा माअाेवादीले खाद्य सम्प्रभुता, भ्रष्टाचार र महंगीविरुद्ध प्रदर्शन गरेको थियो ।शान्तिवाटीबाट शहिदगेट-सुन्धारा हुँदै पुनः शान्तिवाटीकामा पुगेपछि जुलुस सभामा परिणत भएको भएको थियो ।
कार्यक्रममा स्थायी समिति सदस्य सन्तोष बुढा मगर, भक्तपुर जिल्ला सेक्रेटरी आजाद, ललितपुर सेक्रेटरी जगत, जबस मोर्चा ईन्चार्ज मोहन कार्की, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक संजिब झाँक्रि, राष्ट्रिय युवा जन स्वयंम्सेवकका केन्द्रीय अध्यक्ष सुदीप जनगणतान्त्रिक सम्पर्क मञ्च साधारण शाँखा सेक्रेटरी मकर गुरुङ, लगायतले मन्तब्य राखेका थिए ।
माओवादी काठमाडौंका सेक्रेटरी एवं केन्द्रीय सदस्य माइला लामाले दिएको जानकारी अनुसार २ दिन सम्म चल्ने सम्मेलनको बन्द सत्रबाट आगामी कार्यकालका निम्ती नयाँ नेतृत्व चयन गरिने छ।

- काठमाडौँ २ माघ ।
जनतालाई शुद्ध खानेपानी खुवाउने उद्देश्यले खानेपानी तथा ढल निकास विभागले सुख्खा क्षेत्र रहेका सात जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरेको छ ।
विभागले सुख्खा डाँडामा बस्ती गरेर बसेका बासिन्दालाई शुद्ध पानी खुवाउने उद्देश्यले सुख्खा क्षेत्र खानेपानी आयोजना सञ्चालन गरेको हो ।
विभागका उपसचिव अरुणकुमार सिंखडाले सुख्खा क्षेत्रका बासिन्दालाई नदीको पानी मोटरबाट पानी तानेर प्रशोधन गरी खुवाउन सो कार्यक्रम सञ्चालन गरिएको बताए ।
उनले भने, “सबै नेपालीलाई शुद्ध खानेपानी खुवाउने लक्ष्यअनुसार यो कार्यक्रम ल्याएका हौँ ।” विभागले पाँचथरको यासोक र आङ्मामौवा, खोटाङको हलेसी, रामेछापको पकरबास र रामेछाप सुख्खा आयोजना, काभ्रेको तिमाल खानेपानी आयोजना, पाल्पाको कालीगण्डकी लिफ्ट खानेपानी आयोजना, गोरखाको दरौँदी लिफ्ट खानेपानी आयोजना र सुर्खेतको भेरी लिफ्ट खानेपानी आयोजना सञ्चालन गरेको हो ।
खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सन् २०१७ को अन्त्यसम्म सबै नेपालीको घर घरमा शुद्ध खानेपानी पु¥याउने योजनानुसार मन्त्रालयले काम गरिरहेको बताए ।
उनले भने, “काठमाडौँ उपत्यकामा पनि मेलम्चीको काम द्रुतगतिमा अगाडि बढेको छ, अरु जिल्लामा पनि चाँडै खानेपानी पु¥याउने योजनाका साथ यस्ता कार्यक्रम ल्याएका हौँ ।
विभागले सुख्खा क्षेत्र खानेपानी आयोजना कार्यक्रमका लागि रु ६० करोड ९८ लाख विनियोजन गरेको छ ।

- काठमाडौं १ माघ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ परेको दुई हप्ता बित्न नपाउँदै राजधानीमै १५ किलो सुन समातिएको छ ।
महानगरीय प्रहरीका अनुसार टाटासुमोमा ल्याइएको सुन बालाजु प्रहरीले बरामद गरेको हो । प्रहरीले १५ किलो सुनका साथमा दुई जनालाई पक्राउ गरेको छ ।
सुन तस्करीमा संलग्नको नाम भने सार्वजनिक गरिएको छैन् । प्रहरीले अनुसन्धानमा असर पर्ला भन्दै पक्राउ परेका दुवैजनाको नाम गोप्य राखेको छ ।
प्रहरीका अनुसार उक्त सुन रसुवा नाका हुँदै काठमाडौँ ल्याइएको हो । सुनको धनी र सुन व्यापारीका बारेमा समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
पछिल्ला दिनमा अन्तराष्ट्रिय सुन तस्करको समेत ट्रान्जिट प्वाइन नेपाल भएको खुलासा भएपछि प्रहरीले सबै नाकामा सुरक्षा कडाइ गर्दै आएको छ ।
प्रत्येक हप्ता ठूलो परिणााममा सुन भेटिनुलाई नेपाल सुन तस्करका लागि हब नै भएको अनुमान प्रहरीको छ ।

- काठमाडौँ, २९ पुस ।
सहिद रचना प्रकाशन केन्द्रले आज आयोजना गरेको ‘कालजयी योद्धाहरु’ पुस्तक सार्वजनिकीकरण कार्यक्रममा उनले भने – “जनयुद्ध आफैँमा किताब हो । जनयुद्धले पैदा गरेका विषय सौन्दर्यशास्त्रका लागि पनि अध्ययनको विषय बन्यो ।”
एकै परिवारबाट पाँचजना सहिद भएको बलिदानीलाई समेटेर ‘कालजयी योद्धाहरु’ पुस्तक तयार पारिएको हो । सो पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार अमर गिरीले परिवर्तनपछि सहिदको अवमूल्यन हुँदैआएको दुखेसो पोखे ।
सो पुस्तक सहिदद्वय कमल भुजेल र सुमित्रा घिमिरेकी एकमात्र छोरी अस्मिता भुजेलले विमोचन गरेकी थिइन् । एउटै परिवारका तीर्थ भुजेल, माधव घिमिरे, नारायण घिमिरे, सुमित्रा घिमिरे र कमल भुजेलले विभिन्न ठाउँमा सहादत प्राप्त गरेका थिए ।
- काठमाडौँ २९ पुस।
नेता प्रकाण्डले प्रधानमन्त्री तथा माओवादी केद्रका अध्यक्ष प्रचण्डलाइ इंगित गर्दै जनयुद्ध र शहिदहरुका सपनामाथि प्रचण्डलगायातका केही नेताहरुले ठूलो गद्धारी गरेको भन्दै यस्तो आरोप लगाएका हुन् ।
शुक्रबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सहिद रचना प्रकाशन केन्द्रद्धारा आयोजित कालजयी योद्धाहरु सार्बजनिकीकारण कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्डले जनयुद्धको सपनालाइ प्रचण्डहरुले जुवाको दाउमा राख्दै आफु संसदीय व्यवस्थामा बिलय भएकोले धारणा व्यक्त गरे।
जनयुद्धबाट आएको तत्कालिन मूल नेतृत्व प्रचण्ड बाबुरामहरुले क्रान्तिलाई बिचैमा अलपत्र पारेर छोडेको भन्दै प्रवक्ता प्रकाण्डले क्रान्तिको पूर्णता बिना सहिदको सपना पूरा हुन नसक्ने बताए ।
कार्यक्रममा बोल्दै प्रकाण्डले प्रचण्डलगायत केही नेताहरुले क्रान्तिकारी जनता क्रान्तिकारी कार्यकर्ता र शहिद परिवारलाई धोका दिएपनि आफ्नो पार्टीले सहिदको सपनालाई कुनै पनि हालतमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
हेर्नुहोस भिडियो

- काठमाडौं, २८ पुस ।
प्रहरी हुँ भन्दै काठमाण्डौं उपत्यकामा लामो समयदेखि ठगी कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले विहीबार पक्राउ गरेको छ ।
आफूलाई अपराध अनुसन्धानमा कार्यरत प्रहरी भएको भन्दै विशेषगरी महिलाहरुलाई ठगी गर्दै हिड्ने सिन्धुपाल्चोक सिन्धुकोट ६ घर भई हाल काठमाण्डौं मुलपानी बस्ने गोपीकृष्ण खतिवडालाई अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो ।
खतिवडाले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारेर ठगी गर्दै आइरहेको खुलेको छ । आफूलाई राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिन्छु भनी विनोदराज घिमिरे भन्ने मान्छेले रुं डेढ लाख रुपैयाँ खाएको तर, जागिर नलगाइदिएपछि उनी पनि प्रहरीको नाममा ठगी गर्न थालेको पाइएको छ ।
आफूले पनि जागिर लगाइदिने आश्वासनमा रकम लिने गरेको उनले बताएका छन् । उनले अहिलेसम्म ६ जना महिलाहरुलाई ठगी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

युवा संघका केन्द्रिय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गरेको अभियोगमा बाजुराका लक्ष्मण मल्ल पक्राउ परेका छन् ।
शुक्रवार साँझ प्रहरीले मल्ललाई राजधानीको बालाजु क्षेत्रबाट पक्राउ गरेको हो ।
गएको पुस १४ गते बाँकेको कोहलपुर स्थित एक रेष्टुरेण्टमा खाना खाएर निस्कँदै गर्दा बुढाथोकीमाथि खुकुरी प्रहार गरेको थियो भने त्यसपछि आरोपी मल्ल फरार भएका थिए ।
मल्ललाई बालाजुको एक गेष्ट हाउसबाट पक्राउ गरिएको प्रहरी स्रोतको भनाई छ । उनलाई हाल महानगरीय प्रहरी वृत बालाजुमा राखिएको छ ।

