
नेकपा (माओवादी) पुनर्गठन हुँदा सङ्गठनात्मक संरचना साना थिए । सापेक्षित रूपमा कमरेडहरूको सङ्ख्या पनि कमै थियो । त्यतिखेर जो मानिसहरू “तिमीहरू गरिखाँदैनौ” भन्थे । आज तिनै मानिसहरू “नेपालको क्रान्तिकारी राजनीति तपाईंहरूकै भरोशामा छ” भन्न थालेका छन् ।
पार्टी पुनर्गठनताका अधिकांश मानिसहरू भन्थे, “कहिले जङ्गल जाने, कहिलेदेखि चौकी हान्ने, घर–परिवारको व्यवस्थापन के–कस्तो छ, छिटो गरिहाल्नुप¥यो ।” आज तिनै मानिस “बन्दुकचाहिँ चलाउनुहुँदैन है” भन्न थालेका छन् ।
सुरुका दिनहरूमा “विप्लवजीको दुईचार दिनको रहर हो” भन्नुहुने प्रचण्डहरू तथा “दक्षिणपन्थी भड्काउ” भनेर तल्लोस्तरमा झरेर पार्टी, नेतृत्व र एकीकृत जनक्रान्तिको न्युनीकरण गर्नुहुने किरणहरू आजभोलि अलि–अलि आतङ्कित जस्तो, अलि–अलि आशा–भरोशा गरे जस्तो, अलि–अलि डाहा–ईष्या भए जस्तो भाव प्रकट गरिरहनुभएको छ ।
लाइन सङ्घर्षको बेला कमरेड विप्लवनिकट रहनुहुने डा. ऋषिराज बरालहरू सम्बन्ध–विच्छेदको निर्णायक घडीमा पछि हट्नुभयो । अहिले उहाँ भनिरहनुभएको छ, “कमरेड किरण र कमरेड विप्लव मेरा लागि समदुरीमा हुनुहुन्छ ।”
केही मानिसले आजकल यस्तो भनेको सुनिन्छ, “विप्लव माओवादीसित त्यति धेरै त मानिस छैनन् तर पनि कसरी व्यापक जनताका साथ ठूल–ठूला र भव्य कार्यक्रमहरू गरिरहेका छन् हँ !”
विश्वमा दर्शन दुईवटा छन्– आदर्शवाद र भौतिकवाद । दर्शनका आधारमा विश्वदृष्टिकोण निर्माण हुन्छन् ।
विश्वदृष्टिकोण पनि दुईवटै छन्– आदर्शवादी विश्वदृष्टिकोण तथा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण । कम्युनिस्टहरूको विश्वदृष्टिकोण ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी हो । माओवादीहरूको विश्वदृष्टिकोण ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी हो । रहर, प्रतिशोध वा उत्तेजनाले कम्युनिस्ट बनेका अधिकांश मानिस सप्तरङ्गी हुन्छन् । उनीहरू कि त सारसङ्ग्रहवादको सिकार भइरहेका हुन्छन्, कि त माक्र्सवादको मजाक गरिरहेका हुन्छन् । प्रायः सारसङ्ग्रहवादीहरू अँध्यारोमा तीनधार्नी चूक खान्छन् र उज्यालोमा आएर त्यसलाई ‘क्रान्तिकारी वान्ता’ गर्छन् । सारसङ्ग्रहवादका विरुद्ध द्वन्द्ववादको सङ्घर्ष सार्वभौम छ ।
त्यसैले क्रान्तिकारीहरूले सर्वप्रथम क्रान्तिको निशाना आफैँलाई बनाउनुपर्दछ । यो रूपान्तरणको मूल सिद्धान्त हो ।
प्रकृति, समाज र चिन्तनका आम नियमहरूको विज्ञान नै द्वन्द्ववाद हो । यसले सर्वहारावर्गीय राजनीतिक पार्टीको राजनीतिक कार्यदिशा निर्धारण गर्दछ । यसले राजनीति र कार्यनीतिबीचको सम्बन्धलाई ठीक ढङ्गले बुझ्ने र सङ्गठन तथा सङ्घर्षका रूपहरूको सही विन्यास गर्ने काममा दार्शनिक पथप्रदर्शन गर्दछ ।
योे सारसङ्ग्रहवादको विारेधी हुन्छ । सारसङ्ग्रहवाद भनेको भिन्न–भिन्न दृष्टिकोण, सिद्धान्त, मान्यता, प्रवृत्ति र नीतिहरूलाई एकै ठाउँमा घालमेल बनाउने चिन्तन–प्रणाली हो । यसले वितण्डता, कुतर्क र पाण्डित्याइँपूर्ण शैलीमा माक्र्सवादको तोडमोड गरी संशोधनवादलाई मलजल गर्दछ । अवसरवादी प्रवृत्तिलाई जन्माउने तथा हुर्काउने सारसङ्ग्रहवादका विरुद्ध कडा सङ्घर्ष गर्नुको कुनै विकल्प छैन । सर्वहारा स्फूर्ति, लगन र आत्मविश्वासका साथ सङ्घर्ष गरेर मात्र हामीले सारसङ्ग्रहवादमाथि विजय हासिल गर्न सक्तछौँ ।
नेकपा (माओवादी) ले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्तमा आधारित भएर नेपाली क्रान्तिको राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्तिलाई अघि सारेको छ । यसले पार्टीलाई सैद्धान्तिक एवम् राजनीतिक रूपले सर्वाधिक स्पष्ट र क्रान्तिकारी पार्टीका रूपमा अगाडि ल्याएको छ ।
सिद्धान्त एवम् राजनीतिको त्यो स्पष्टता र क्रान्तिकारीपनलाई नेपाली क्रान्तिको व्यवहारसँग एकाकार पारेर लैजाने ऐतिहासिक अभिभारा अहिले ८ औँ महाधिवेशनमार्फत् पूरा गर्नु छ । विगतमा अवलम्बन गरिएका कैयौँ नीतिहरू मूल रूपमा सही हुँदाहुँदै पनि व्यवहारतः अपेक्षित गति पैदा गर्न नसकिएको यथार्थलाई पनि अब गम्भीरताका साथ समीक्षा गर्नैपर्दछ । नीति, नेतृत्व, सङ्गठन र सङ्घर्षलाई वैज्ञानिक तथा कार्यकारी शृङ्खलामा विकास गर्नु पनि ८ औँ महाधिवेशनको महत्वपूर्ण कार्यसूची हो ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा आएको गम्भीर सङ्कट र परिणामतः विश्वव्यापी देखापरेको ढुलमुल, संशोधनवाद र विसर्जनवादी प्रवृत्तिहरूका गम्भीर असर नेपालका कम्युनिस्ट क्रान्तिकारीहरूका लागि निकै ठूलो चुनौती हो । नेपालको कम्युनिस्ट आन्दोलनमा निम्न–पुँजीवादी चिन्तनको प्रवलताको पृष्ठभूमिमा विगतका कैयौँ क्रान्तिकारीहरू समकालीन राजनीतिक प्रतिकूलताको अगाडि आत्मसमर्पण गर्दै सुधारवाद र विसर्जनवादको सिकार बन्न पुगेको यथार्थ हामी सबैका अगाडि छर्लङ्गै नै छ ।

निम्न–पुँजीवादीहरूको त्यो हिस्सामा क्रान्तिप्रतिको विश्वास टुटेको छ । त्यसले क्रान्तिकारी सिद्धान्त र व्यवहारका विरुद्ध निराशा, अविश्वास र अन्यौल सिर्जना पनि गरिरहेका छन् । त्यस्ता मानिसहरू पार्टी वा आन्दोलनलाई क्रान्तिको हतियार होइन, विवादको मञ्च बनाउन चाहन्छन् ।
सर्वहारावर्गीय पार्टीको अनुशासनलाई नोकरशाहीको रूपमा विरोध गरेर सुधारवादको पूजा गर्नु उनीहरूको विशेषता हो । क्रान्तिकारीहरूले यो प्रवृत्तिलाई कुनै पनि मूल्यमा पराजित गर्नुपर्दछ । यसलाई सही किसिमले बुझ्नु र त्यसका विरुद्ध व्यवस्थित रूपले सङ्घर्ष गर्ने विधिको विकास गर्नु पार्टीको आसन्न ८ औँ महाधिवेशनको जिम्मेवारी हो ।
साम्राज्यवादी इशारामा देशीय दलाल तथा प्रतिक्रियावादी तत्वहरूले जनतालाई भ्रम दिएर शोषणको चक्रलाई निरन्तर घुमाइरहन आफ्ना नयाँ–नयाँ कार्यनीतिहरू बदलिरहन्छन् । जब दलाल तथा प्रतिक्रियावादीहरूले लुट र शोषणका नाङ्गो कार्यनीतिका ठाउँमा नयाँ आबरणमा भिन्न कार्यनीति अपनाउँछन्, तब कम्युनिस्ट आन्दोलनभित्रको निम्न–पुँजीवादीको एक हिस्सा अन्यौल र अकर्मण्यताको सिकार बन्न पुग्दछ ।
अन्ततः त्योे प्रतिक्रियावादीहरूको कार्यनीतिका अगाडि आफूलाई असहाय भएको महसुस गर्छ र त्यसकै वरिपरि सहयोगी बन्दै लम्पसार हुन पुग्दछ । नेपालमा प्रचण्ड–बाबुरामको आज अवस्था त्यही हो । अहिले पनि नेपालमा कथित लोकतान्त्रिक संसदीय व्यवस्थाको कार्यनीतिको माध्यमबाट माओवादी आन्दोलनलाई संसदीय महाजालमा फसाउन प्रतिक्रियावादीहरूले ठूलो षड्यन्त्र गरिरहेका छन् ।
यहाँ प्रचण्डको मात्र कुरा होइन कि बाबुराम भट्टराईको माओवादीधाराबाट बहिर्गमन त्यसैको द्योतक हो । चकाचौध गर्दै आइरहेको भूमण्डलीकृत साम्राज्यवादका विरुद्धको सङ्घर्ष कठीन छ तर त्यसका विरुद्ध सङ्घर्ष गर्नुको कुनै विकल्प पनि त छैन ।
सङ्घर्षको स्तरअनुसार नै क्रान्तिकारी व्यवहारको विकास हुन्छ । वर्गसङ्घर्षको तीव्रतासँगै क्रान्तिकारी व्यवहारको विकास गर्नु माओवादीको ८ औँ महाधिवेशनको अर्को जिम्मेवारी हो ।
वस्तुका प्रधान र गौण पाटापक्षलाई छुट्याउन नसक्नु वा तिनलाई समानान्तर बनाउनु, द्वन्द्ववादका विरुद्ध आकारपरक तर्कमा भर गर्नु, भिन्दाभिन्दै सिद्धान्त, बेग्लाबेग्लै परिस्थितिसँग सम्बन्धित मान्यता वा विभिन्न अनमेल धारणालाई कूतर्कको सहारा लिई एउटै ठाउँमा घालमेल गराउनु र सामाजिक विकास प्रक्रियाबारे कुनै सुसङ्गत तथा क्रान्तिकारी धारणा नराख्नुजस्ता सारसङ्ग्रहवादका केही मूलभूत विशेषता हुन्छन् ।
केही मानिस भनिरहेका हुन्छन्– हाम्रो पार्टीको यतिलाख सदस्य छन् । यतिवटा समितिहरू छन् । यति लाख भोट आयो । यो पार्टी ठूलो, ऊ पार्टी सानो । तिमेरुका पार्टीमा कति मानिस छन् र ! सबै पार्टी उस्तै त हुन् ।
तिमीहरू पनि उस्तै हुने त हो नि ! आदि इत्यादि । यी सबै एकाङ्गी–मनोगत कुरा हुन्, सारसङ्ग्रहवादी आकारपरक तर्क हुन् । आकारपरक तर्क गर्नेहरू कुनै पनि वस्तुको मूल्याङ्कन गर्दा त्यसका सबै पहलु, सबै सम्बन्ध र सबै माध्यमको विवेचना गर्नतिर लाग्दैनन् । उनीहरूले वस्तुको गति, विकास र परिवर्तनको अवस्थालाई ठम्याउन सक्तैनन् । सत्य सदैव ठोस र मूर्त हुन्छ भन्ने कुरालाई आकारपरक तर्कवालाहरू बुझ्न सक्तैनन् ।
- आकारपरक तर्कबारे केही चर्चा गरौँ ः
रुसमा अक्टुबर क्रान्तिपछि राजनीति र अर्थनीतिबीचको सम्बन्धबारे चर्को बहससँगै टे«ड युनियनका प्रश्नमा घनीभूत बहस भए । जिनोन्येव भन्थे– टे«ेड युनियन कम्युनिजमका विद्यालय हुन् । ट्राटस्की भन्थे– ती उत्पादन प्रवन्धका प्रशासनिक–प्राविधिक मसिनरी हुन् । बुखारिन भन्थे– एकातिर ती विद्यालय हुन् र अर्कोतिर मसिनरी ।
लेनिनअनुसार त्यो आकारपरक तर्कमा आधारित सारसङ्ग्रहवादी दृष्टिकोण थियो । ट्रेड युनियनलाई विद्यालय र मसिनरी मात्र बुझ्नु सही हुँदैन । लेनिनका शब्दमा विद्यालय, मसिनरी र मिहिनेतकसहरूका सङ्गठन, औद्योगिक मजदुरहरूका सङ्गठन, उद्योगहरूका सङ्गठन आदि हुन् । बुखारिनले ट्रेड युनियनहरूलाई ‘एकातिर विद्यालय र अर्कोतिर मसिनरी’ मात्र देखे, अन्य विशेषता देख्न सकेनन् । टे«ड युनियनका सबै पहलु, सबै सम्बन्ध र सबै माध्यमहरूको कुनै मौलिक विवेचना गर्न सकेनन् । त्यसैले त बुखारिन सारसङ्ग्रहवादीमा दरिए ।
लेनिनद्वारा प्रस्तुत बुखारिनद्वारा दिइएको अर्को एक उदाहरण पनि हेरौँ ः दुईजना मानिस मञ्चमा राखिएको गिलास के हो भनी परस्पर प्रश्न गर्दछन् । एउटाको उत्तर हुन्छ– त्यो काँचको सिलिन्डर हो । अर्कोको उत्तर हुन्छ– त्यो पिउने भाँडो हो । बुखारिन भनिदिन्छन्– त्यो दुवै ठीक हो ।
ठीक यहीँनेर लेनिन बुखारिनलाई सारसङ्ग्रहवादी भन्नुहुन्छ । उनीहरूले त्यो गिलासलाई दुईवटा विशेषतामा मात्र सीमित गरिदिए । यसबारे लेनिन भन्नुहुन्छ, “गिलास पक्कै, काँचको सिलिन्डर र पिउने भाँडो हो तर गिलासमा केवल यी दुई विशेषता, गुण या पहलु हुँदैनन्; अपितु त्यसमा अरू विशेषता, गुण, पहलु तथा दुनियाँसितका अन्तर्सम्बनहरू र माध्यमहरूको असीम सङ्ख्या हुन्छ ।
गिलास ग¥हौँ चीज हो, जसलाई फ्याँकेर हान्ने काममा ल्याउन सकिन्छ । गिलासबाट पेपरवेटको काम लिन सकिन्छ, त्यसलाई पकडिएको पुतली राख्ने काममा प्रयोग गर्न सकिन्छ, यस कुराको ख्याल नगरीकन कि गिलास पिउने भाँडो हो वा होइन, कि त्यो काँचबाट बनेको हो वा होइन, कि त्यसको आकृति सिलिन्डर जस्तो छ वा छैन, त्यो यसकारण मूल्यवान् वस्तु हुन सक्छ कि त्यसमा कलात्मक बेलबुट्टा वा चित्राङ्कन छ आदि इत्यादि” (लेनिन सङ्कलित रचना खण्ड १०, प्रगति प्रकाशन मास्को, सन् १९८६, पृ. १२६ ।
परिवर्तित तर जटिल परिस्थितिलाई चिरेर क्रान्तिकारी कार्यदिशामा अघि बढ्न पार्टी नेतृत्वसहित सिङ्गो पार्टी–पङ्क्तिमा जुन योग्यता र साहसको माग भइरहेको छ; त्यसलाई हामीले पूरा गर्नैपर्दछ, क्रान्तिकारी जवाफ दिनुपर्दछ । क्रान्तिकारी व्यवहारलाई उच्चतामा विकास गर्दै गाउँका भोका–नाङ्गा गरिब किसानहरूसँग, सहरका अपहेलित मजदुरहरूसँग एकाकार भएर क्रान्तिलाई, एकीकृत जनक्रान्तिले देखाएको बाटोमा डोहो¥याउन मिहिनेत गर्र्नुपर्दछ ।
मध्यमवर्गमा रहेको क्षमता र परिवर्तनप्रतिको हुटहुटीलाई क्रान्तिको पक्षमा अधिकतम उपयोग गर्न पार्टी चुक्नुहुन्न । देशभक्त, राष्ट्रवादी, प्रगतिशील शक्तिहरूका बीचमा फराकिलो क्रान्तिकारी सम्बन्धको विकास गर्नैपर्दछ ।
पुरानोलाई नष्ट र नयाँको निर्माण गर्ने, आफूले आफैँलाई क्रान्तिकारी रूपान्तरण गर्ने तथा सबैखाले संशोधनवाद तथा सारसङ्ग्रहवादका विरुद्ध लडाइँको मौलिकताको विकास गर्न क्रान्तिकारीहरू एकढिक्का भएर उत्साह, साहसका साथ क्रान्तिकारी व्यवहारमा उत्रनुपर्दछ ।
नेपालको बढ्दो आर्थिक, राजनीतिक, सांस्कृतिक र सामाजिक सङ्कटबाट जनतालाई मुक्त गर्ने अभियानमा जुटेर विश्वक्रान्तिको एक टुकडीको भूमिका पूरा गर्नुपर्दछ । दलाल पुँजीवादका कारण नेपालको राष्ट्रिय स्वाधीनता गम्भीर सङ्कटमा परेको यतिबेला अन्तर्राष्ट्रिय सर्वहारावर्गको सेवा गर्ने तथा दक्षिण एसियाली क्रान्तिकारी आन्दोलनलाई गुणात्मक रूपमा उठाउने जिम्मेवारी पनि माओवादीको काँधमा नै छ भन्ने कुरालाई पार्टीको ८ औँ महाधिवेशनमा बिर्सनुहुँदैन ।
माथि उल्लिखित प्रचण्ड, किरणहरूका मनोदशा, अभिव्यक्ति र व्यवहार आकारपरक तर्कमा आधारित छन् । यी तर्क र मनोदशा सारङ्ग्रहवादका दृष्टान्त हुन् । उहाँहरूले नेकपा (माओवादी) ले क्रान्तिकारी आन्दोलनमा गरेको पहल, यसका मौलिक विशेषता, क्रान्तिप्रतिको निष्ठा र प्रतिवद्धता अनि एकीकृत जनक्रान्तिको मर्मबारे आकारपरक तर्क पेश गरिरहनुभएको छ । उहाँहरूका कुरा ‘जङ्गल सम्झिँदा रुख बिर्सने र रुख सम्झिँदा जङ्गल बिर्सिने’ जस्ता छन् । नेपालको समकालीन राजनीतिको वस्तुगत परिस्थितिमा परिवर्तन आएको छ ।
साम्राज्यवाद समाजवादी वैसाखी टेकेर बल्लतल्ल उभिएको छ । मानिसहरूका मनोविज्ञान भत्कँदैछन् । विश्व कम्युनिस्ट आन्दोलनमा भएका महान् बहसहरू, तिनका निष्कर्षहरूमाथि पुनः महान् बहसका साथ वैज्ञानिक समाजवादलाई नेकपा (माओवादी) ले ८ औँ महाधिवेशनमार्पmत् नयाँ उचाइ दिन खोज्दैछ ।
त्यसकारण, आउनुहोस्– सबैखाले संशोधनवाद, सारसङ्ग्रहवाद तथा अकर्मण्यतावादका सबै दा¥हा–नङ्ग्रालाई भाँच्दै, तिनका सबैखाले षड्यन्त्रका पर्दालाई च्यातचुत पार्दै नेपाली धर्तीमा क्रान्ति सम्पन्न गर्न सर्वहारा स्फूर्ति, लगन र आत्मविश्वासका साथ नेकपा (माओवादी) को ८ औँ महाधिवेशनलाई ऐतिहासिकता, भव्यता र उच्चताका साथ सफल पारौँ ।
- खेम थपलिया ।
२६ डिसम्बर, सन् १८९३ मा विश्व मानचित्रको एउटा विशाल भूभाग ओगटेको पुँजीवादी तथा सामन्तवादी शक्तिद्वारा पिल्सिएको जर्जर रोग र भोकले छटपटाएको चीनको सानो गाउँमा एउटा रक्तिम किरणले जन्म लिएथ्यो । त्यही किरण महान् प्रतिभाशाली वीरयोद्धा आज संसारभर माओको नामले प्रसिद्ध छ । उनी शोषक लुटेराहरूको ज्यानीदुश्मन
र गरिब मिहिनेतकश जनताका आत्माको धड्कन बने । माओ नाम प्रत्येक राष्ट्रको स्वाधीन आन्दोलन र हरेक देशका जनताको मुक्ति आन्दोलनसँग गाँसिएको छ । उनी आज विश्वभरमा चलाइने ‘जनवादी क्रान्ति’ को पर्याय बनेका छन् । राष्ट्रलाई साम्राज्यवादी, सामाजिक साम्राज्यवादी र विस्तारवादी तथा एकाधिकार पुँजीवादी शक्तिहरूको प्रभावबाट मुक्त गर्न, उत्पीडित जनतालाई सामन्तवादी तथा अन्य विभिन्नखाले प्रतिक्रियावादी तत्वहरूको दमन र शोषणबाट मुक्त गर्न माओ हाम्रा प्रेरणा र रणनीतिक हतियार हुन् ।
क्रान्तिकारी सिद्धान्तलाई जसरी लेनिन र स्तालिनले रुसमा व्यावहारिक रूपमा लागू गरेका थिए, ठीक त्यसरी नै माओले तेस्रो विश्वको पिछडिएको मुलुक चीनमा लागू गरे । माक्र्सवाद–लेनिनवादलाई उनले सिर्जनात्मक रूपले विकास गरेर सर्वहारा अधिनायकत्वलाई बचाइराख्ने र सुदृढ बनाउने, पुँजीवादी पुनस्र्थापनालाई रोक्ने विधिको विकास गरे । तसर्थ, माक्र्सवाद–लेनिनवादको विकसित रूप नै आजको माओवाद हो ।
माओवाद नयाँ जनवादी क्रान्तिको मार्गदर्शक सिद्धान्त पनि हो । सेप्टेम्बर ९, सन् १९७६ मा विश्व सर्वहारावर्गका महान् नेता चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओको निधनपछि विश्वभरका शोषितपीडित जनता शोकमग्न भइरहेको बेलामा चीनभित्रका केही प्रतिक्रान्तिकारीहरूले भित्रभित्रै तिनका विषाक्त हतियारहरूलाई तिखारेर षड्यन्त्रको जालो बुन्न थाले ।
माक्र्सवाद–लेनिनवाद र माओवादका पक्का अनुयायीहरूलाई चयन गरेर चीनमा पुँजीवादी व्यवस्था लागू गर्नका लागि चिनियाँ संशोधनवादी गुटले माओको मृत्युको महिना दिन पनि नपुग्दै चियाङ चिङ, च्याङ चुङ चियाओ र अन्य क्रान्तिकारीहरूमाथि ‘कथित चार गुट’ भन्दै गिरफ्तार गरेर प्रतिक्रान्तिको बीजारोपण ग¥यो । त्यहीक्रममा चिनियाँ संशोधनवादी गुटले सर्वप्रथम माओ विचारप्रति अत्यन्तै बफादार, राजनीतिक रूपले परिपक्व तथा सिद्धान्तप्रति निष्ठावान चिनियाँ सेनालाई पुनर्गठन गरेर सेनाका सबै जवानहरूलाई पार्टी, सरकार र त्यसका नीतिहरूप्रति बफादारीको सपथ लिन लगाइयो ।
त्यसपछि माओको क्रान्तिलाई लगातार अघि बढाउँदै उत्पादन बढाउने भन्ने क्रान्तिकारी विचारलाई तोडेर कथित ‘आधुनिकीकरणको कार्यक्रम’ द्वारा ‘उत्पादन बढाउने’ नारा दिन थालियो । “उत्पादन बढाउने” नाउँमा संशोधनवादीहरूले क्रान्तिकारी सिद्धान्तलाई तिलाञ्जली दिएर पुँजीवादी पुनस्र्थापनालाई जोड दिए ।
त्यसपछि माओको क्रान्तिलाई लगातार अघि बढाउँदै उत्पादन बढाउने भन्ने क्रान्तिकारी विचारलाई तोडेर कथित ‘आधुनिकीकरणको कार्यक्रम’ द्वारा ‘उत्पादन बढाउने’ नारा दिन थालियो । “उत्पादन बढाउने” नाउँमा संशोधनवादीहरूले क्रान्तिकारी सिद्धान्तलाई तिलाञ्जली दिएर पुँजीवादी पुनस्र्थापनालाई जोड दिए ।
त्यसैअनुरूप वर्गसङ्घर्षलाई पूर्ण रूपले परित्याग, महान् सर्वहारा सांस्कृतिक क्रान्ति र त्यसभन्दा अगाडि पनि जफत गरिएका व्यक्तिगत सम्पत्ति ब्याजसहित फिर्ता, व्यक्तिगत स्वामित्वमा चल्ने उद्योगधन्दालाई छुट, ठूलो पैमानामा विदेशी पुँजीलाई चीनमा भित्र्याएर पर्याप्त नाफालाई विदेशमा रकम लैजान छुट, व्यक्तिगत रूपमा जमिनका प्लटहरूको वितरण, विदेशी अश्लील साहित्य नृत्य–फिल्मको प्रदर्शनद्वारा जनताको चेतनालाई विकृत र कुरूप बनाई क्रान्तिप्रति विमुख बनाउने तथा भौतिक प्रलोभनद्वारा जनतालाई भ्रष्ट पार्ने प्रयास आदि कार्यहरू गरेर चीनमा पुँजीवादी अधिनायकत्वलाई स्थापित गरियो ।
त्यहीक्रममा महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई “गलत”, “दुर्घटनापूर्ण” बताइयो । चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको विरोध गर्दै उत्पादनलाई जोड दिने चिन्तनलाई नेपालका क्रान्तिकारीहरूले चीनमा प्रतिक्रान्ति भएको ठोकुवा गर्न पुगे ।
वास्तवमा यसो भन्नु क्रान्तिप्रति अटल विश्वास र सिद्धान्तप्रति दृढ आस्थाको द्योतक थियो । यो ठोकुवा समाजवादी व्यवस्था–साम्यवादी विचारधारा “असफल” भनेर चिल्लाएका पुँजीवादी–संशोधनवादी तत्वहरूलाई दिइएको चुनौती पनि थियो ।
वास्तवमा यसो भन्नु क्रान्तिप्रति अटल विश्वास र सिद्धान्तप्रति दृढ आस्थाको द्योतक थियो । यो ठोकुवा समाजवादी व्यवस्था–साम्यवादी विचारधारा “असफल” भनेर चिल्लाएका पुँजीवादी–संशोधनवादी तत्वहरूलाई दिइएको चुनौती पनि थियो ।
यो समस्त शोषित पीडित जनतालाई समाजवादी व्यवस्था तथा साम्यवादी विचारधाराप्रति अटल विश्वास जगाई क्रान्तिको लालझन्डा सदैव उठाइरहन प्रेरित गर्ने दृढ अडान हो तथा यो कुनै पनि शक्तिको सामु घुँडा नटेक्ने, आत्मसमर्पण नगरी क्रान्तिकारी सही सिद्धान्त र राजनीतिक विचारधारालाई बलियो गरी समातेर क्रान्तिलाई निरन्तर अघि बढाउने साहसिक दूरदर्शी कदम पनि हो ।
सर्वहारावर्गले पुँजीपति वर्गबाट छिनेर सत्ता लिएपछि पनि निकै लामो अवधिसम्म समाजवादतर्फ सङ्क्रमणको कालभरि मात्र होइन, समाजवादको निर्माण र विकासको कालभरि वर्गसङ्घर्षलाई मुख्य कडीको रूपमा निरन्तर चलाएर पार्टी र सरकारभित्र तथा बाहिर रहेका पुँजीपन्थीहरूलाई कमजोर, तहस नहस र अन्तमा निर्मूल नपारेसम्म सर्वहारावर्गले राज्यसत्तामाथि प्रतिक्रान्तिकारी हमला हरदम भइरहने खतरा हुन्छ ।
सर्वहारावर्गले पुँजीपति वर्गबाट छिनेर सत्ता लिएपछि पनि निकै लामो अवधिसम्म समाजवादतर्फ सङ्क्रमणको कालभरि मात्र होइन, समाजवादको निर्माण र विकासको कालभरि वर्गसङ्घर्षलाई मुख्य कडीको रूपमा निरन्तर चलाएर पार्टी र सरकारभित्र तथा बाहिर रहेका पुँजीपन्थीहरूलाई कमजोर, तहस नहस र अन्तमा निर्मूल नपारेसम्म सर्वहारावर्गले राज्यसत्तामाथि प्रतिक्रान्तिकारी हमला हरदम भइरहने खतरा हुन्छ ।
यही वास्तविकतालाई दृष्टिगत गरेर माओ सुरुदेखि नै पार्टीलाई सर्वहाराकरण गर्ने प्रयासमा लागे । स्टालिनको निधनपछि पार्टीभित्र घुसेको नवसंशोधनवादी खुश्चोभ गुटले समाजवादी सोभियत रुसलाई पुँजीवादी रुसमा बदलेर माक्र्सवाद–लेनिनवाद र विश्व सर्वहारा वर्गप्रति नै गद्दारी ग¥यो । त्यसैअनुरूप पुँजीवादी बाटो लिएका सत्तासीन व्यक्तिहरूको विरुद्ध सङ्घर्ष गरेर सर्वहारा अधिनायकत्वको सुदृढीकरण र समाजवादी व्यवस्थाको विकासको लागि, समाजवादी ढाँचाअनुरूप नभएका शिक्षा, साहित्य, कला र संस्कृतिलाई सही रूप दिनको लागि माओले ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को सूत्रपात गरेर सामाजवादी व्यवस्थामा नयाँ आयाम थपे । तसर्थ, महान् सर्वहारा सांस्कृतिक क्रान्ति माओवादको सशक्त व्यावहारिक रूप हो ।
यो माक्र्सवाद–लेनिनवादको ज्ञानभण्डारमा थप योगदान र विश्व कम्युनिस्ट आन्दोलनको महान् उपलब्धि हो । आज माओवाद सामन्तवाद तथा साम्राज्यवादविरुद्ध लड्ने आधारभूत सिद्धान्त बनेको छ । माओवाद नै संशोधनवादसँग जुध्ने सशक्त हतियार हो । आज माओलाई आक्रमण गर्नेहरूले माओवादमाथि आक्रमण गरिरहेका छन् र साम्राज्यवादी–सामाजिक साम्राज्यवादी शक्तिलाई खुला सहयोग पु¥याइरहेका छन् । यसले एकातिर विश्वस्तरमा अन्तर्विरोधलाई झन् चर्काएको छ भने अर्कोतिर हरेक देशका शोषित पीडित जनताले चलाउने आन्दोलन र जनवादी क्रान्तिलाई दबाएर साना राष्ट्रलाई आफ्नो नियन्त्रणमा राख्ने साम्राज्यवादी तथा सामाजिक साम्राज्यवादी शक्तिबीचको
होडबाजी झन् बढेको छ । त्यसैले यतिखेर माओले “विश्वमा दुईवटा सम्भावनाहरू छन् कि त क्रान्तिले युद्धलाई रोक्नेछ कि युद्धले क्रान्तिलाई जन्माउनेछ” भन्ने भनाइ निकै मननीय प्रतीत हुन्छ ।
तसर्थ, आज हामी अन्तर्राष्ट्रिय सर्वहारा वर्गका महान् नेता तथा विचारक माओको १२४ औँ जन्मजयन्ती मनाइरहेका छौँ । हामी उहाँको जन्मदिनलाई उत्सवको रूपमा मनाइरहेका संसारभरका श्रमजीवी जनसमुदायमा न्यानो अभिवादन गर्न चाहन्छौँ । छिमेकी चीनको हुनान प्रान्तको साओसान गाउँमा एक मध्यम किसान परिवारमा जन्मनुभएका माओ
चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापकमध्ये एक हुनुहुन्थ्यो । उहाँ चीनको बहुचर्चित लामो अभियान, जापान विरोधी युद्ध (सन् १९३७–४५) र मुक्ति युद्ध (सन् १९४६–४९) का नेता एवम् नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक हुनुहुन्थ्यो । उहाँ क्रान्तिपछि चीनलाई समाजवादी बाटोमा लैजाने वा पुँजीवादी बाटोमा भन्ने प्रश्न टड्कारो बनिरहेको बेला सुरु भएको महान् सर्वहारा सांस्कृतिक क्रान्तिको वास्तविक नेता पनि हुनुहुन्थ्यो । उहाँ संसारभरिका राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजस्र स्रोतसमेत हुनुहुन्छ । आज माओ विश्व इतिहासकै महापुरुषहरूमध्ये एक बन्नपुग्नुभएको छ ।
होडबाजी झन् बढेको छ । त्यसैले यतिखेर माओले “विश्वमा दुईवटा सम्भावनाहरू छन् कि त क्रान्तिले युद्धलाई रोक्नेछ कि युद्धले क्रान्तिलाई जन्माउनेछ” भन्ने भनाइ निकै मननीय प्रतीत हुन्छ ।
तसर्थ, आज हामी अन्तर्राष्ट्रिय सर्वहारा वर्गका महान् नेता तथा विचारक माओको १२४ औँ जन्मजयन्ती मनाइरहेका छौँ । हामी उहाँको जन्मदिनलाई उत्सवको रूपमा मनाइरहेका संसारभरका श्रमजीवी जनसमुदायमा न्यानो अभिवादन गर्न चाहन्छौँ । छिमेकी चीनको हुनान प्रान्तको साओसान गाउँमा एक मध्यम किसान परिवारमा जन्मनुभएका माओ
चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापकमध्ये एक हुनुहुन्थ्यो । उहाँ चीनको बहुचर्चित लामो अभियान, जापान विरोधी युद्ध (सन् १९३७–४५) र मुक्ति युद्ध (सन् १९४६–४९) का नेता एवम् नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक हुनुहुन्थ्यो । उहाँ क्रान्तिपछि चीनलाई समाजवादी बाटोमा लैजाने वा पुँजीवादी बाटोमा भन्ने प्रश्न टड्कारो बनिरहेको बेला सुरु भएको महान् सर्वहारा सांस्कृतिक क्रान्तिको वास्तविक नेता पनि हुनुहुन्थ्यो । उहाँ संसारभरिका राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजस्र स्रोतसमेत हुनुहुन्छ । आज माओ विश्व इतिहासकै महापुरुषहरूमध्ये एक बन्नपुग्नुभएको छ ।
माओले दर्शनका क्षेत्रमा विकास गर्नुभएको ‘विपरीतहरूको एकता–सङ्घर्ष–रूपान्तरण’ को नियम, ‘दुई एकमा संयोजन होइन, एक दुईमा विभाजन हुन्छ’ भनी द्वन्द्ववादको उक्त नियमको विस्तार, राजनीतिक अर्थशास्त्रको क्षेत्रमा रुसी समाजवादी मोडेलका कतिपय नीतिको आलोचना एवम् ‘दुई खुट्टामा टेकेर हिँड्ने अर्थनीति’, ‘राजनीतिलाई पक्र, उत्पादन बढाऊ’ भन्ने मान्यता र वैज्ञानिक समाजवादको क्षेत्रमा दीर्घकालीन जनयुद्धको सैनिक रणनीति, नयाँ जनवादी राज्यव्यवस्थाको मोडेल र सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त आदि माक्र्सवाद–लेनिनवादको विकासमा सार्वभौम योगदानहरू थिए ।
पार्टी निर्माणको सवालमा ‘एउटा क्रान्तिकारी पार्टीबिना, माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी सिद्धान्तद्वारा निर्मित र माक्र्सवादी–लेनिनवादी पद्धतिमा आधारित पार्टीबिना श्रमजीवी वर्ग र जनसमुदायको व्यापक हिस्सालाई नेतृत्व प्रदान गर्न र साम्राज्यवाद र त्यसका पाल्तु कुकरहरूलाईपराजित गर्न सम्भव छैन’ भन्ने मान्यता अघि सार्नुभयो ।
साथै वैचारिक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सही कुराको निर्धारण गर्दछ भन्ने मान्यता अघि सार्दै नयाँ ढङ्गको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणका निम्ति माओले पुँजीवादी अड्डामाथि बम वर्षाऊ, विद्रोह गर्नु जनताको अधिकार हो, भन्ने नाराका साथ पार्टीको उच्च ओहोदामा पुग्न सफल भएका संशोधनवादी गद्दारहरूका विरुद्ध सन् १९६६ मा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सुरुआत गर्नुभयो । त्यस्तै, माओले माक्र्सवाद लागू गर संशोधनवाद होइन, खुला र स्पष्ट होऊ छलछाम र षड्यन्त्र नगर, एकताबद्ध होऊ नफुट’ अर्थात् ‘तीन गर, तीन नगर’ भन्ने साङ्गठानिक क्षेत्रमा एउटा महत्वपूर्ण प्रस्तावना अगाडि सार्नुभयो ।
त्यस्तै, पार्टीभित्र चल्ने अन्तर्विरोधलाई पार्टीको जीवन बनाउनुहुने माओले पार्टीमा उत्पन्न भएका दक्षिणपन्थी विसर्जनवाद र उग्रपन्थी दुस्साहसवादका विरुद्ध भीषण दुईलाइन सङ्घर्ष चलाउनुभयो भने विश्व कम्युनिस्ट आन्दोलनभित्र खु्रश्चोभी नवसंशोधनवादका विरुद्ध महान् बहस चलाउनुभयो र त्यो प्रक्रियामा माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको प्रतिपादन गर्नुभयो । त्यसैले त आज संसारभरका क्रान्तिकारीहरूले माक्र्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो मार्गनिर्देशक सिद्धान्तको रूपमा अपनाउँदै आएका छन् ।
हामी नेपालका क्रान्तिकारीहरूलाई क्रान्तिको नयाँ लहरको नेतृत्वका लागि तयार रहन आह्वान गर्नु आफ्नो कर्तव्य ठान्दछौँ । साहसका साथ अघि बढेमा साम्राज्यवादी– विस्तारवादीहरू शक्तिशाली हतियारको आडमा जतिसुकै बलमत्त भएर नेपाली शोषित पीडित जनताको विरुद्धमा जति जाइलागे पनि यो नेपाली मुलुक शोषित पीडित नेपाली जनताको नै हो । मालेमावादी मर्मलाई द¥हो गरी समातेको खण्डमा यस्ता प्रतिक्रान्तिकारी हमलाले जनताको क्रान्तिकारी वेगलाई रोक्न सक्नेछैन ।
त्यस्तै, पार्टीभित्र चल्ने अन्तर्विरोधलाई पार्टीको जीवन बनाउनुहुने माओले पार्टीमा उत्पन्न भएका दक्षिणपन्थी विसर्जनवाद र उग्रपन्थी दुस्साहसवादका विरुद्ध भीषण दुईलाइन सङ्घर्ष चलाउनुभयो भने विश्व कम्युनिस्ट आन्दोलनभित्र खु्रश्चोभी नवसंशोधनवादका विरुद्ध महान् बहस चलाउनुभयो र त्यो प्रक्रियामा माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको प्रतिपादन गर्नुभयो । त्यसैले त आज संसारभरका क्रान्तिकारीहरूले माक्र्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो मार्गनिर्देशक सिद्धान्तको रूपमा अपनाउँदै आएका छन् ।
हामी नेपालका क्रान्तिकारीहरूलाई क्रान्तिको नयाँ लहरको नेतृत्वका लागि तयार रहन आह्वान गर्नु आफ्नो कर्तव्य ठान्दछौँ । साहसका साथ अघि बढेमा साम्राज्यवादी– विस्तारवादीहरू शक्तिशाली हतियारको आडमा जतिसुकै बलमत्त भएर नेपाली शोषित पीडित जनताको विरुद्धमा जति जाइलागे पनि यो नेपाली मुलुक शोषित पीडित नेपाली जनताको नै हो । मालेमावादी मर्मलाई द¥हो गरी समातेको खण्डमा यस्ता प्रतिक्रान्तिकारी हमलाले जनताको क्रान्तिकारी वेगलाई रोक्न सक्नेछैन ।
त्यसैले, क्रान्तिकारी कार्यदिशाको अवलम्बन गर्दै देशीय सामन्तवाद, अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादविरुद्ध जोडदार सङ्घर्ष चर्काउँदै अधुरो रहेको नेपाली जनक्रान्तिलाई सफल पार्न एकजुट भएर क्रान्तिमार्गमा लाग्नु नै क्रान्तिकारीहरूको मूल दायित्व हो । दस वर्षको महान् जनयुद्धलाई इतिहासको कष्टकर कथाका रूपमा होइन, अग्रगामी र सुन्दर भविष्यको प्रेरणाका रूपमा लिनैपर्दछ । माओलाई सम्झनुको अर्थ एकीकृत जनक्रान्तिको कार्यदिशालाई पक्रँदै क्रान्तिको मार्गमा अघि बढ्नु हो ।
विश्व सर्वहारावर्गका महान् नेता कमरेड माओको संस्मरण र सम्मानमा विश्वभर १२४ औँ माओदिवस मनाइँदैछ । माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा रहेको चीनलाई दीर्घकालीन जनयुद्धमार्फत् नयाँ जनवादी क्रान्ति सम्पन्न गरी मुक्त तुल्याउनु भयो र समाजवादी क्रान्तिको प्रक्रियामा सर्वहारा अधिनायकत्वअन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्त प्रतिपादन गरी महान् सर्वहारा सांस्कृतिक क्रान्ति अगाडि बढाउनुभयो । माओले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विकासमा गर्नुभएको योगदान सार्वभौमिक छन् । माक्र्सवाद–लेनिनवाद–माओवादको त्यसैको परिणाम हो ।
विश्व सर्वहारावर्गका महान् नेता कमरेड माओको संस्मरण र सम्मानमा विश्वभर १२४ औँ माओदिवस मनाइँदैछ । माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा रहेको चीनलाई दीर्घकालीन जनयुद्धमार्फत् नयाँ जनवादी क्रान्ति सम्पन्न गरी मुक्त तुल्याउनु भयो र समाजवादी क्रान्तिको प्रक्रियामा सर्वहारा अधिनायकत्वअन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्त प्रतिपादन गरी महान् सर्वहारा सांस्कृतिक क्रान्ति अगाडि बढाउनुभयो । माओले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विकासमा गर्नुभएको योगदान सार्वभौमिक छन् । माक्र्सवाद–लेनिनवाद–माओवादको त्यसैको परिणाम हो ।
आज विश्व र नेपालमा पनि एकातिर साम्राज्यवाद र अर्कोतिर दक्षिणपन्थी संशोधनवादको हैकम बढ्दै गएको तथा विश्व र नेपालमा पनि क्रान्तिले गम्भीर धक्का खाएको अवस्था छ । आजको आवश्यकता क्रान्तिकारी पार्टी निर्माण तथा ध्रुवीकरणको प्रक्रियालाई अगाडि बढाउनु र एकीकृत जनक्रान्तिलाई समृद्ध तुल्याउँदै नयाँ जनवादी क्रान्तिको बाटोमा अघि बढ्नु हो ।
वास्तवमा माओलाई सम्झनुको अर्थ एकीकृत जनक्रान्तिको कार्यदिशालाई पक्रँदै क्रान्तिको मार्गमा अघि बढ्नु हो । कमरेड माओको १२४ औं दिवसको यो महान् अवसरमा हामी कमरेड माओप्रति विशेष स्मरण र सम्मानका साथ अभिवादन गर्न चाहन्छौँ । तसर्थ, माओलाई सम्झनुको अर्थ क्रान्ति पूरा गर्न प्रतिबद्ध हुनु हो ।
२०७३ पुस ११ गते प्रकाशित ।