काठमाडौँ, २० भदौ ।
ललितपुर प्रहरीले बालकुमारी– ग्वार्को क्षेत्रमा बेस्यावृत्तिसम्बन्धी मोलमोलाई गर्ने कार्यमा संलग्न ११ युवायुवतीलाई आज ग्वार्कोबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोको विशेष टोलीले बालकुमारी– ग्वार्को क्षेत्रमा बेस्यावृत्तिसम्बन्धी मोलमोलाई गर्ने कार्यमा संलग्न रहेको अभियोगमा छ युवती र एक सञ्चालकसहित पाँचजनालाई पक्राउ गरेको हो ।
ग्वार्कोस्थित बिएण्डबी हस्पिटल नजिक ‘मनिषा खाजाघर’ बाट अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वृत्त प्रमुख प्रहरी नायव उपरीक्षक रामेश्वर यादवले जानकारी दिए । उक्त खाजाघरमा युवायुवती जम्मा भई यौनजन्य क्रियाकलापका लागि मोलमोलाई गरी अन्तै गएर बस्ने गरेको खुल्न आएको छ ।
पक्राउ परेकामध्ये सञ्चालक २६ वर्षीय सञ्जय पाण्डे र अन्य १५ देखि २० वर्ष उमेरका छन् । हाल सातदोबाटो प्रहरीमा रहेका उनीहरुलाई यौनजन्य क्रियाकलापसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ । नयाँ खबरबाट

ललितपुर, ४ भदौ ।
नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि शङ्खु गाविस निवासी कमल बम्जनको ७० वर्षका उमेरमा शुक्रबार निधन भएको छ ।
बम्जनले नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनप्रति काँग्रेस ललितपुरका सभापति एवम् सांसद मदनबहादुर अमात्यले दुःख व्यक्त गर्दै यसबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताए ।
बम्जन काँग्रेसको शुभेच्छुक संस्था आदिवासी जनजाति सङ्घ ललितपुरका अध्यक्ष तथा जिविस, जनजाति समन्वय समितिका उपाध्यक्ष समेत भइसकेका थिए ।

ललितपुर, २० साउन ।
अविरल वर्षाका कारण आएको पहिरोले १५ घरपरिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । भट्टेडाँडा–९, काल्चेमा गएको पहिरोले सो अवस्था ल्याएको स्थानीयवासी विष्णुप्रसाद तिमल्सिनाले बताए ।
लगनखेलबाट ३५ किलोमिटरको दूरीमा पर्ने सो स्थानका बासिन्दा यसबाट त्रसित बनेको बताइएको छ । सो स्थानमा बसोबास गर्ने विष्णुप्रसाद घिमिरे, अर्जुन घिमिरे, रामशरण सापकोटा लगायतका घर पहिरोका कारण जोखिममा परेको जनाइएको छ ।
पहिरोले व्यक्तिगतरुपमा रहेको सय रोपनी जग्गा खण्ड–खण्डमा परिणत गरेको छ । पहिरोले गर्दा त्यस क्षेत्रमा सवारीसाधन सञ्चालनमा समस्या भएको उनले बताए ।
दैनिक रुपमा उत्पादन भएको तरकारी, दूध, दुग्धजन्य पदार्थलगायत सामग्री बजारसम्म ल्याउन जटिल समस्या भइरहेको उनले बताए ।

काठमाडौं १४ साउन।
ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन गरिएको छ । राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीले भोटो नजर गरेकी छन् ।
भोटो जात्रामा सहभागी हुने भण्डारी नेपालकै पहिलो महिला राष्ट्रप्रमुख हुन् । रातो मच्छिन्द्रनाथको भोटो सयौं वर्षदेखि पुरुष राष्ट्रप्रमुखले हेर्दै आएको परम्परा यस वर्षदेखि तोडिएको छ ।
शुक्रबार जाउलाखेल चोकमा राष्ट्रपति भण्डारीसहितका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका छन् ।
भोटो देखाउने जात्रामा सहभागी हुन राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, न्यायाधीश लगायत विशिष्ट अतिथिहरु जावलाखेल पुगेका थिए । जात्रालाई ध्यानमा राख्दै ललितपुरको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा लिच्छवी कालदेखि सुरू भएको मानिन्छ । बहुमूल्य हिरामोती जडित भोटोलाई प्रदर्शन गरी सुरक्षित रुपमा राख्ने र हरेक वर्ष प्रदर्शन गर्ने परम्परा छ ।
भोटो देखाएसँगै नेपालकै सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रा समाप्त हुन्छ । मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।
हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन्।