
सन्जिता देवकोटा
दुई वर्ष कुवेतमा काम गरेर शिला (नाम परिवर्तन) फर्किएकी थिइन् । एक दिन सोल्टीसित भेट भयो । ती सोल्टी शिलाको भाउजुको भाइ पर्ने थिए । अर्थात भाउजूको फुपूका छोरा । घरमा आएका सोल्टीसित त्यस अघि चिनापर्ची थिएन ।
सोल्टी फर्केको केही दिन पछि भाउजुले शिलालाई सोल्टीसित विहेको प्रस्ताव ल्याइन् । तिमीहरुका धेरै कुरा मिल्छन्, विहे गर भनेर प्रस्ताव राख्दा शिला छक्क परिन । धेरै सोचिन् । तर अन्तिममा भाउजुको जीत भयो । भाउजुको प्रस्ताव शिलाले नाईं भन्न सकिनन । घर सल्लाह मै शिलाले साेल्टीसित विहे गरिन् ।
बेहुली बनेर भित्रिँदै दुई सन्तानकाे अामा
तेश्री श्रीमती भएर शिला नयाँ घरमा भित्रिएकी थिइन् । शिलाले आफू तेश्री श्रीमती रहेछु भन्ने बेहुली भएर श्रीमानको घर पुगको धेरै दिन पछि मात्रै थाहा पाइन् । उनी भन्दा अगाडी नै उनका श्रीमानको दुई जनासँग विहे भैसकेको रहेछ ।
अरु पट्टिका दुई वटा बच्चा पनि थिए । तर ती बच्चाका आमा कहाँ छन् भन्ने कुरा शिलालाई पत्तो थिएन् । शिलाले श्रीमानलाई कहिले सोधिनन पनि ।
दुई जना छोरालाई आमाको माया दिन पाउँदा उनी निकै खुसी थिइन् । छोराहरु सँगै उनका पनि सपना बढ्दै थिए । अभावमै पनि शिलाले सपनाको ठूलो घर बनाएकी थिइन् ।
तर शिलाका खुसी धेरै दिन टिकेनन् । उनले नयाँ घरलाई सिङ्गार्न नपाउँदै भत्कियो । जोडिएका सम्बन्ध टुटिसकेका थिए । सम्बन्ध जोड्नलाई उनले धेरै प्रयास पनि गरिन । तर दुनियाँलाई साँचि राखेर जोडिएको सम्बन्ध कति बेला तोडियो उनले पनि पत्तो पाइनन् ।
एजेन्टलाई दिएको पासपोर्ट फिर्ता गरेर ससुरालाई
घरको आर्थिक अवस्था राम्रो थिएन् । श्रीमानको कमाईले ६ जनाको परिवार चलाउन गाह्रो थियो । त्यसैले उनले श्रीमानकै सल्लाहमा विदेश जाने निधो गरिन । विदेश पठाउने एजेन्ट आफ्नै ससुरा थिए ।
शिला विदेशमा कम्पनीकाे काम गर्न चाहन्थिन् । अर्कै एजेन्टबाट साउदीको कम्पनीमा काम गर्न जानका लागि पासपोर्ट समेत बुझएकी थिइन् । तर उनका श्रीमानले आफ्नो बुवा मार्फत नगए सम्बन्ध तोड्ने धम्कि दिएपछि अर्कैलाई दिएको पासपोर्ट फिर्ता ल्याएर ससुरालाई दिइन् ।
पासपोर्ट बुझाएको १० दिनमा उनका ससुराले घरेलु कामका लागि भनेर दुवई उडाए । दुवईको विमानस्थलमा ओर्लिएपछि शिला छाँगाबाट खसे झैं भइन् । किनभने श्रीमान, सासु र ससुरा मिलेर बेचेको कुरा उनले त्यहाँ पुगेर थाहा पाइन् ।
पैसाको लोभमा आफन्तले बेचे
दुवई विमानस्थलबाट उनलाई अरु नेपाली महिला राखेको ठाउँमा लगियो । त्यहाँ भेटिएका साथीहरुले भने पछि उनले आफू बेचिएको पत्तो पाइन् । शिलाले घरका दुई जना छोराका आमालाई सम्झिइन् । उनलाई लाग्यो पक्कै ती छोराका आमाहरु पनि यस्तै विपतमा छन् ।
‘मलाई श्रीमान, सासु र ससुराले बेचे । पैसाको लोभमा आफ्नैले बेचे,’ उनले भनिन् । उनले १० दिनमै कसरी जान मिल्यो भनेर सोध्दा महिलाका लागि विदेश जान बन्द हुन लाग्यो भनेका थिए ससुराले ।
पशुको झैं मान्छेको मोलमोलाई
दुवईमा धेरै जना दिदीबहीनीलाई थुनेर राखिएको थियो । उनलाई पनि त्यही लगेर थुनियो । भोलिपल्ट बिहान सबैलाई कालो कपडाले मुख छोपेर लाइनमा राखियो । किन्न आउने मालिकले उनीहरुलाई छान्न थाले । शिलालाई अच्चम लाग्यो । गाउँमा पशु बेच्दा यस्ताे मोलमाेलाई हुन्थ्याे । उसरी नै मानिस किन्न आएका साहु उनको मोल गर्दै थिए ।
शरीर छाम्ने देखि उचाल्ने गरेपछि मोलमाेलाई गरेर एक जना साहुले उनलाई किने । ती साहु ओमनका थिए । उनलाई दुवईबाट ओमनमा लगियो ।
काम गर्ने ठाउँमा कामको दुःख सँगै साहुले दुर्व्यवहार गर्थे । ‘श्रीमती नभएको बेला उनलाई साहुले शरीर भरी छाम्थे । ‘ओके बाबा जेन’ भन्दै एकान्तमा लगेर शरीर भरी छाम्यो, नमाने मारिदिने धम्की दिन्थ्यो । ‘मैले ज्यान जोगाउन ओके बाबा जेन नै भन्थें’ यसको अर्थ तिमी साह्रै राम्री भनेको हो, साहुले कसरी दुर्व्यवहार गर्थे भन्ने सुनाइन् ।
बिरामी हुँदा पनि काम
काम पनि सजिलो थिएन । दिनमा एकपटक मात्र खान दिन्थे । दिनभरी घर सफा गर्ने, आइरन लगाउने, घर पुछ्ने देखि लुगा धुने सबै काम शिलाले नै गर्न पर्थ्याे । काम गरेको भएन भन्दै उनलाई साहु र साहुनी दुवैले पिट्थे ।
खान नपाएपछि शिला बिरामी परिन् । घरको तलमाथि गर्न उनलाई गाह्रो पर्ने । त्यतिबेला पनि काम गरिनस् भनेर साहुनीले घिसार्दै पिटिन् । शिलाले काम गर्न नसक्ने भएपछि एजेन्टकोमा पुर्याइदिन साहुलाई आग्रह गरिन । तर साहुले सुनेको नसुनेको झैं गर्थे ।
उनलाई मारिदिन्छु भन्दै साहुले बन्दुक तेर्स्याउँथे । साहुले मारिदिन्छु भनेर बन्दुक देखाउँदा उनले बाँचेर फर्कने आशै मारेकी थिइन् ।
शिला धेरथोर अरबी भाषा जान्दथिन् । काम गर्न सकिन भनेर साहु साहुनीले मार्ने योजना बनाएको उनले आफ्नै कानले सुनेकी थिइन् । कुन दिन मार्ने हुन भन्ने डरले शिलाले काम गर्नै सकिनन् ।
नेपाली एजेन्टले पनि कुट्न छाडेनन्
धेरै बिरामी परेपछि उनलाई साहुले नेपाली एजेन्टकोमा पुर्याइ दिए । घरमा काम गर्न नसकेको भन्दै नेपाली एजेन्टकोमा झनै पिडा दिइयो । ‘छातीमा मिनरल वाटरको बोतलले पिट्थे, जति रोएपनि पिट्न छाडेनन्, नेपालीले नै पिटे’ शिलाले भनिन् ।
नेपाली एजेन्टको बस्दा पनि सुख थिएन । साहु परिवर्तन गर्दै काम गर्न पठाउँथे । फेरि दुई चार दिनमा साहुले त्यही एजेन्टकोमा फर्काइ दिन्थे । यो क्रम चलिरह्यो ।
धामीलाई फुक्न लगाउने बहानामा उद्दार गर्न आग्रह
शिलाले साहुलाई आफू बिरामी भएकाले नेपालबाट धामीले फुकेपछि निको हुने भन्दै नेपालमा फोन गरिदिन आग्रह गरिन । साहुले फोन लगाइदिए । फुक्ने बहानामा उनले बहिनीलाई फोन गरेर आफूलाई बचाउन भनिन् ।
यसअघि उहाँले श्रीमानलाई पनि आफ्नो अवस्थाको बारेमा बताएकी थिइन् । ‘बेच्नेले के फर्काउँथ्यो । अझ एजेन्टलाई पो कुरा लगाइ दिएछ । त्यही भन्दै एजेन्टले मलाई कति कुटे कुटे’ उनले भनिन् । दुःख बाहेक उनले विदेशमा एक रुपैयाँ पनि तलव पाईनन् ।
अहिले शिला बहिनीको सहयोगमा नेपाल फर्किएकी छिन् । फर्किंदा उनी श्रीमानको घर नै गइन् । तर श्रीमान् र सासुससुराले उनलाई स्वीकार गरेनन् । सासुले आफ्नो छोरासँग बस्न नदिने भन्दै धम्क्याइन् । ससुरा एक शब्द बोलेनन् ।
त्यसपछि आफ्नै दाइ भाउजूलाई गुहारिन् । तर कसैले उनलाई साथ दिएनन् । उनी फर्कंदा श्रीमानले अर्कै केटीसँग विहे गरिसकेका थिए ।
सपनाको घर भत्किए पनि शिला अरुकै घर बनाउने ठाउँमा हिजोआज ज्यामीका रुपमा काम गर्छिन् । काठमाडौंमा कोठा लिएर एक्लै बसेकी छिन् ।
(उज्यालोबाट साभार यो कथा एक जना नेपाली चेलीले वैदेशिक राेजगारीका क्रममा भोगेको वास्तविक भोगाइमा आधारित छ । व्यक्तिगत गोपनियताका लागि नाम परिवर्तन गरिएको छ । ठेगाना उल्लेख गरिएको छैन् ।)

काठमाडौं ।
नयाँवर्षको पहिलो दिन । सबैले आ–आफ्नै किसीमले नयाँवर्षको स्वागत गरिरहेका थिए । त्यसैपनि नयाँवर्ष रमाइलो नै हुन्छ सबैका लागि । बसन्तऋतुको आगमन । बैशाख महिनामै धेरै जोडीहरुको आत्म साटिने साइत पनि हो ।
मेरा पनि धेरै सपनाहरु थिए २०७३ मा । कति सपना पूरा भए, कति सपना बाँकी रहेँ, कति सोचेका कुराहरु पूरा भए कति पूरा भएनन् । खैर छोडौ यी कुराहरु ।
मेरो लागि गइसकेको नयाँवर्ष केही सुखद पनि रह्यो । नयाँवर्षमा एउटा भरपर्दो साथी भेटेको थिए । हराएको साथी । उसले जीवनभरी मलाई साथ र सहयोग गर्छु भनेको थियो साथीको रुपमा । पहिले त उसको कुरा वाहियात हो भन्ने लाग्यो । एक्लै बाँच्ने मेरो दृढ सपनामाथि कसैले घात गर्न लागेको भान हुन्थ्यो । समाजका लागि नै जीवन अर्पण गर्ने मेरो दृढ संकल्पमाथि उँ बाधा हाल्न आएजस्तो लागेथ्यो । तर, मन एक्लो पनि त थियो । कोही साथी पनि खोजेको थियो ।
यहि प्रकृतिको नियम भएर होला । हरेक क्षण कोहि साथीको आवस्यकता हुन्छ मानिसलाई । मानिस एक्लो बस्नै सक्तैन । बसि हाल्यो र कोशिष गर्यो भनेपनि उसको आयु छोटो हुने विज्ञानले पनि फ्रुफ गरेको छ । त्यसैले जति सक्छौ साथीसँगै बस । मनको कुरा सेयर गर । दुःखमा साथ देउ । सुखमा सँगै हाँसिदेउ । सायद यहि नै प्रकृतिको नियम होला । कहीलेकाँही मलाई त्यस्तै महसुस हुन्थ्यो । के मैले कसैको साथ लिन हुँदैन् ? कसैको माया पाउँनु पाप हो ? कसैको साथ लिनु समाजको लागि घात हो ? मेरो जीवन त मैले पो बाँच्ने हो, अरुले बाँचिदिने हो र ? मन यहि सोचिरहन्थ्यो । त्यसैले त मैले उसलाई दुःख सुखका कुराहरु बाड्ने साथी बनाउँने सोँचे ।
हो, उ मेरो पुरानो साथी पनि थियो । कहिले काँही कामगर्ने क्रममा फिल्डमा सँगै पनि थियौं । तर, समय र परिस्थिति अनुसार उ धेरै वर्ष हराएको थियो । मनको कुना–कुनामा कहि कतै उ नभएको होइन्, उसको सम्झना पनि नआएको होइन्, तर, जीवन जीउने क्रममा उसलाई साथी बाहेक अरु केही सोँचेकी थिइन् ।
धर्तिमा मानव भएर जन्म लिइसकेपछि समय र परिस्थिति अनुसार चल्दै जानु पर्दोरहेछ । समय र परिस्थिले दिएको सबै चोटहरुमा सम्हालिनु पर्दोरहेछ । अनि खुसीहरु पनि अंगाल्नु पर्दोरहेछ । हो, प्रकृतिको त्यहि मान्यतालाई अंगाल्दै सुखमा नमात्तिइ अनि दुःखमा नआत्तिइ जीवन अगाडि बढाइरहेकी थिए ।
प्रेम विवाह गरेकी थिए मैले । परिवारको साथ, सहयोग अनि उपस्थिति विना अंगालेकी थिए मैले उनलाई । कसम खाएकी थिए, जस्तै दुःखमा पनि साथ दिनेछु । अनि उसले पनि त कसम खाएको थियो । जग्गेको फेरोमा सिन्दुरको धर्को हालिदिदैँ जीवनभरी तिमीलाइ माया गर्छु भनेको थियो ।
हातमा स्वयंबरको औठी लगाइदिदैँ भनेको थियो, ‘जसरी सुन खिइदै गएपनि उसको अस्तित्व हराउँदैन, हो त्यसरी नै जीवनको अन्तिमसम्म साहारा दिन्छु तिमीलाई’, उसले गलामा पोते लगाइदिँदै भनेको थियो ‘नेपाली परम्परा अनुसार जसरी यो पोते मेरो मृत्युको दिनसम्म तिम्रो गलामा बसिरहनेछ, हो त्यसरी नै म तिमीलाई अंगालोमा बेरेर धेरै प्यार दिनेछु प्रिय ! भाग्यले साथ दिएमा अर्को जुनी पनि ।’ अनि उसले दुवोको माला लगाइदिने क्रममा आँखा जुधाउँदै आँखाभरी आँसु र मनभरी उमंग लिएर भनेको थियो, ‘जबसम्म यी दुईजोडी आँखाले संसार देख्न पाउँछु तिमीलाई एकपल पनि यी आँखाबाट दूर जान दिनेछैन ।’
अनि सुहागरातको रातमा उसले रातभरी अंगालोमा राखेर भनेको थियो, ‘ प्रिय मलाई एकछिन पनि छोडेर टाढा नजाउँ है, है म तिमी बिना बाँच्न सक्तिन् ।’ हो, त्यतिबेला मेरो पनि आँखा भरिएका थिए । लागेथ्यो मेरो अंग अंगहरु खुसीमा रसाइरहेका छन् । मेरो अंग–अंगमा उसले दिएको यतिधेरै मायाको नशा जीवनभरी नउत्रने गरी लागिरहेको थियो ।
एउटा पल थियो त्यो । कल्पनाको सिंगो युग बाचेकी थिए म उसँग । भावनामा अनि मायामा । तर, केही समयपछि यी सबै बाचाहरु तोडिए, उँ मबाट टाढा गयो । मैले त्यसैलाई जिन्दगी माने । अनि सोँचे, सम्झे जस्तो र सोँचेजस्तो हुन्न जीवन, भावनामा त जहाँ पनि पुगिदो रहेछ । जस्तो बाचा पनि बाँधिदोरहेछ ।
धेरै भएको थियो । उँ, म अनि मेरो सन्तानबाट टाढिएको । मलाई जस्तै कसम र बाचा बन्धन गराउँदै, मलाई जस्तै तिमी विना बाँच्न सक्तिन भन्दै, उसले अरु कसैसँग घर गृहस्थी बसाइ सकेको थियो ।
जीवनको यात्रा एक्लै चलिरहेको थियो । कही पहाड थिए त कतै समथर अनि कतै फूल थिए त कतै काँडा । सायद जीवनको परिभाषा यहि रहेछ । त्यसैले त भन्छन मानिसहरु ‘जीवन कहिले घाम कहिले छायाँ ।’ आखिर मेरो लागि पनि त प्रकृतिको त्यहि नियम लागु हुन्छ नी !’
धेरै पछि पवनसँग भेट भएको थियो, मेरो । मेरो अफिसको कामले पुगेकी थिए त्यहाँ । पर पट्टि पवन थियो । कोट पाइन्ट, कालो जुत्ता, आकासी रंङको शर्टमाथि प्याजी कलरको टाइ लगाएको थियो उसले । खुव सुहाएको थियो । फ्रोफेसनल मान्छे देखिएको थियो पवन । त्यहाँ सहभागी जो कोहीको पनि आँखा उ माथि परेको हुन्थ्यो । उ मुसुक्क मुस्कुराउथ्यो ।
म कता–कता भ्रममा रहेजस्तो लाग्यो । के त्यो साँच्चै त्यहि पवन हो त ? त्यतिबेला लिखुरे थियो पवन । कुनैदिन पनि उसले कोट पाइन्ट लगाएको या चिटिक्क परेको देखेकी थिइन् । साच्चै राम्रो देखिएको थियो पवन ।
उ मेरो नजिक आयो । म सँग कुरा गर्न अनकनाइरहेको थियो । मेरो बिहे भएपछि मेरो शरीर उसले देखेको बेला जस्तो थिएन । म केही मोटाएकी थिए । उसले म नजदिक आएर भन्यो ‘हेलो, तपाइ समिरा होइन ?’ मैले पनि मजाक गरिदिए, होइन नी, तपाइलाई त्यस्तो लाग्यो ?’ आनन्द आइरहेको थियो विगत सम्झदै उसलाई झुक्याउँदै गर्न । उ अलि नर्भस बन्यो । ‘अब कति झुट बोलौं’ भन्ने लाग्यो अनि मैले भने ‘हो नी म त्यहि समिरा हो, चिनेनौ ?’ उ एक्कासी आत्तिएर भन्यो ‘कहाँ थियौं यत्तिका समय ?’
हामी नजिकैको चिया पसलमा गयौं । यसले चिया अर्डर गरेर मलाई बस्न आग्रह गर्यो । मैले मेरो विगतका सबै कुरा सुनाए । कसरी कहाँबाट कहाँ आए भन्ने कुरा । उसले पनि ती दिनहरु सम्झदै आफ्ना अहिलेसम्मका प्रगति र उन्नती अनि आरोह–अबरोहका बारेमा सुनायो ।
उसको र मेरो काम गर्ने पेसा एउटै थियो । हामी नेपाली किसानको उन्नती र अवनति गर्ने अभियानमा थियौं । पवन यसमा व्यवसायकि बनिसकेको थियो भने म समाजिकरुपम नै अगाडि बढ्ने जोड दिएकी थिए । यसमा मेरो कमाइ सन्तानको पढाइका लागि खर्च जोहो गर्नु मात्र थियो । त्यो दिन हामी फोन नम्बर अनि फेसबुकको आइडी आदान–प्रदान गरेर छुटियौं । उसले त्यहि रात फेरि फोन गर्यो । मलाई त्यतिबेलै मन पराएको कुरा सुनायो । तर, परिस्थितिबस टाढिनु परेको कुरा पनि सुनायो । त्यहि रात नै उसले मलाई ‘तिमी कसैको श्रीमती भइसकेको र म पनि कसैको श्रीमान भइसकेकोले साथी बनेर अगाडि बढौ भनेर प्रस्ताव गर्यो ।’ मैले ‘हुन्छ’ भनिदिए । उसले ‘तिम्रो हरेक सुख दुःखमा साथ दिन्छु तर टाढै रहेर’ भनेर मेरो मन पनि जित्यो ।
यसरी नै दिन वित्दै गए । एकले अर्काको दुःख पीडाहरु सेयर गर्दै आगाडि बढ्यौं । काम एउटै भएकोले पनि धेरैपटक भेट भयो ।
२०७३ लाई विदाइ गरेर ०७४ को स्वागतमा थियौं सबै । दुःख पिडा अभाव त सबैतिर थियो । तर, पीडाहरु पर सारेर, दुःखहरु भुलाएर अरु जस्तै म पनि नयाँवर्षको स्वागतमा थिए । नयाँवर्षको पहिलो दिन पवनले फोन गरेर भन्यो ‘छोरीलाई लिएर चितवन आउन ।’ उसको बाबाले छोडेपछि हामी आमाछोरी मात्र थियौं । सामाजिक काममा कहिले कहाँ कहिले कहाँ हिड्नु पर्दा उसलाई राम्रोसँग टाइम दिन सकिरहेकी थिइन् । उसलाई घुमाउने, हात्ति चढाउने र कुनै होटलमा रात विताउने सोच लिएर भरतपुरसम्म बुद्ध एयरको प्लेनमा जाने निर्णय गरे । दुइजनाको लागि बुद्ध एयरको टिकट काटेर आमाछोरी हिड्यौं । छोरी पनि खुसी थिइ ।
जब चितवन पुगे, पवन पनि आएको थियो । उसले मलाई पहिले भनेको थिएन, परिवार पनि लिएर आउँछु भनेर । एक्कासी श्रीमतीसँग परिचय गरायो, ‘उनी मेरी श्रीमती शीखा’ । छोराछोरीसँग परिचय गरायो । मनमनै सोचेँ कति राम्रो रहेछ पवनको परिवार । कति माया गर्दोरहेछ परिवालाई । अरुका श्रीमानले जस्तो केटी साथिहरु लिएर गएजस्तै एक्लै आएको रहेनछ । परिवारलाई ढाटेनछ । असल पति बनेको रहेछ पवन ।
उसकी श्रीमती सरल थिइन् । सोझी थिइन् । बोली बोलीमा तपाई हजुर गरेर बोल्थिन् । मेरो छोरीलाई पनि माया गरेर बोलाउँथिन् । मानविय गुण सबै थियो उनमा । कतै खोट लगाउने मिल्ने थिएन । उनका छोराछोरी पनि त्यत्तिकै राम्रा । शील स्वभावका । उनीहरु पनि अत्यन्तै नम्र थिए । सोचे, सायद उनीहरुलाई पवनले एउटै क्षेत्रमा कामगर्ने भनेर मेरो बारेमा भनेको छ होला । संघर्षशील नारी भनेर चिनाएको छ होला ! आफ्नै खुट्टामा उभिएर पनि छोरीलाई पढाएकी छन् भनेको छ होला । त्यो मात्रै होइन, आफूले जाने बुझेसम्म यो समाजको लागि केही गरेकी छन्, पनि भनेको छ होला । हरेक नारीले समाजमा एक्लो जीवन विताउँदा पनि हरेस नखाइ बाच्नुपर्छ समिराले जस्तै गरेर भन्ने उदाहरण दिएको छ होला मेरो बारेमा । त्यहि भनेको छ होला श्रीमतीसँग । म मनमनै मुस्कुराए उँ मेरो असल साथी । असल व्यक्तिले अरुको बारेमा सधै असल कुरा नै गर्छन अनि व्यवहार पनि ।
चितवन पुग्दा रात परिसकेको र उनीहरु पनि थाकिसकेकोले त्यो रात हामी केही भलाकुसारी गरेर छुट्टियौं । राति उसले म्यासेज गर्यो ‘कस्तो लाग्यो मेरी बुढी ?’ मैले भेटमा जे सोँचेको थिए त्यहि भने । उसले स्माइली साइन पठायो । छोरी सुतेकी थिइ । म पनि एकछिन टोलाए, ‘साच्चै मैले कति राम्रो साथी पाए ।’
अर्को दिन बिहानको नित्यकर्म सकेर म बाहिर निस्कीए । उनीहरु पनि होटलको लविमा थिए । हाम्रो कार्यक्रम हात्तिमा चढेर घुम्नु थियो । केटाकेटी र पवनलाई छोडेर केही बेर हामी दुइटी एक्लै भयौं । उनी अलि निराश थिइन् । प्रत्येक पटक आमने–सामने हुँदा केही भन्न खोजेको भान हुन्थ्यो मलाइ । मलाई महसुस भइसकेको थियो उनी केही अप्ठेरोमा थिइन् ।
विहानको मौसम हुस्सु लागेको थियो । घाम लाग्छ की लाग्दैन भन्ने थाहा थिएन । लाग्दैथ्यो केहीक्षणमा मुसलधारे पानी पर्दैछ । शीखाले एक्कासी मेरो हात समातिन्, अनि भनिन् ‘ समिरा एउटा कुरा भन्छु तपाइ पवनलाई नभन्नोस् ल !’ मेरो मुटु ढक्क फुल्यो । के भन्न लागेकी हुन उनले भनेर । उनेल फेरि नर्भस हुँदै भनिन् ‘मेरो श्रीमानले तपाइलाई मन पराउनुहुन्छ रे ! त्यति भनिसक्दा उनको आँखाभरी आँसु भएिको थियो । उनलाई मात्र होइन, मलाइ नै सम्हालिन गार्यो भइसकेको थियो । साथीको रुपमा साथ दिन्छु भनेको मान्छेले कसरी मलाई मन पराउँछु भनेर भन्न सक्यो ?, कसरी आँट गर्यो मन मुटु दिएर, परिवार नै छोडेर उसलाई सर्वस्व ठानेर साथ लागेर आएकी श्रीमतीलाई ! कसरी भन्न सक्यो म अर्को स्त्रीलाई मन पराउँछु भनेर ? के सबै मान्छेहरु यस्तै हुन्छन, के सबैले यसरी नै आफ्नो जीवनसंगीनीको मन तोड्छन् ? के यसरी नै सबैले आफ्नी जीवनसंगीनीलाई यसरी नै झुक्याउँछन् ।
मैले सीखाको हात समाए । आँखाभरी आँसु बनायौं दुवैले । शीखा पवन र मेरो काम एउटै भएकोले हामी सँगै हिड्यौं, सँगै काम गर्यो, कहिलेकाँही दुःख सुख सेयर पनि गर्यो तर पवनको सोचाइ अर्कै रहेछ । मलाई माफ गरिदेउ साथी । म तिमीलाई रुवाएर तिम्रो श्रीमानको मन पराउने मान्छे बन्न सक्तिन् । तिमी ढुक्क बन म कहिल्यै पनि तिमीलाई एक्लो बनाउँदिन साथी । मलाई थाहाँ छ माया गर्ने मान्छेले साथ छाड्दाको पीडा । तर, एउटा कुरा तिमीले पनि साथ दिनु पर्छ । म पवनको अगाडि जे भनेर घर फर्कन्छु, तिमीले त्यो रहस्य पवनका सामु कहिल्यै खोल्ने छैनौं । तिमी सुखी र खुसी रहनु प्रिय साथी तिमीले बेलैमा जे ग¥यौं राम्रो गर्यौ अव म कहिल्यै पनि पवनको नजदिक हुने छैन
।
पवनप्रति बढेको साथित्वको भाव र सम्मान टुट्यो । टाउँको फनफनी घुमायो । अनि सीखाको हात च्याप्प समाएर पवन भए ठाउँ आए । मुहारमा बनावटी मुस्कान ल्याए । अनि उसको अगाडि सम्हालिएर सीखालाई अप्ठ्यारो नहुने गरी आत्तिदै भने, ‘पवन मेरा श्रीमान फर्केर आएका छन । उनले मलाई तुरुन्तै काठमाडौं बोलाएका छन् । पवन उनले आफ्नो भुल स्विकारेका छन् । अनि ‘माफ देउ’ समीरा, तिमीसँगै बस्न चाहान्छु भनेर भनेका छन् । पवन म जान्छु ।
पवन तिम्रो साथ अनि यो सबै हस्पिटालिटीलाई धन्यवाद ! अनि तिमी र तिम्रो परिवारलाई नयाावर्षको धेरै–धेरै शुभकामना छ ।
मनमनै पवनसँग अब कहिल्यै नभेट्ने बाचा गरेर एउटा हातमा व्याग र एउटा हातले छोरीको हात समाएर काठमाडौं फर्किए ।
संसारन्युजबाट

प्रेम र यौन बिल्कुलै भिन्न लाग्छन्, उस्ता उस्तै कहिल्यै लागेनन् मलाई । हो, प्रेम र यौन दुवै मानवजीवनमा अपरिहार्य छन् । यी दुवै बिना संसार चल्दैन ।
यौन बिनाको प्रेममा मानिसहरु कतिको सन्तुष्ट हुन्छन् कुन्नी, तर प्रेम बिनाको यौन भने निकै पीडादायक हुने । प्रेम बिनाको यौन त एक किसिमको बलात्कार नै हो जस्तो लाग्छ । तैपनि कतिपयले यौनलाई नै प्रेम भन्ने गर्छन् ।
विवाहले यौनलाई वैधानिक बनाइदिने गर्छ, चाहे त्यहाँ प्रेम होस् या नहोस् ।
त्यसैले त अधिकांश महिलाहरु विवाह पश्चात वैधानिकरुपमै बलात्कृत हुन्छन् आफ्नै श्रीमानबाट । श्रीमान नै किन नहोस्, श्रीमतीको चाहना विपरित यौन सम्बन्ध राख्दा कानुनले पनि त्यस यौन सम्बन्धलार्ई बलात्कार मानेको छ । तर यति हुदाहुदै पनि कुनचाहिँ श्रीमतीले आफ्नै श्रीमान विरुद्ध श्रीमानले बलात्कार गर्यो भनि उजुरी दिने हिम्मत गर्छिन् रु तर म दाबाका साथ भन्छु कैयौं श्रीमतीहरु श्रीमानबाटै बलात्कृत हुन्छन्, तर बोल्ने साहस जुटाउन सक्दैनन् ।
मलाई पनि बलात्कार गरियो । वैधानिकरुपमै मेरा श्रीमानले वैधानिक श्रीमती हुनुको नाताले यौन सम्बन्ध राखे, मेरो चाहना विपरित । मलाई बलात्कार गरियो यसकारणले भन्दैछु किन भने त्यो यौनमा प्रेम कहीँ कतै थिएन । हो उनीसंग मेरो विवाह भयो, उनी मेरा वैधानिक श्रीमान भए । विवाह हुँदैमा त्यहाँ प्रेम हुन्छ भन्ने नै कहां छ र । विवाह र प्रेम फरक विषय हुन् । जसलाई प्रेम गरिन्छ उसैसँग विवाह होस् भन्ने चाहना राखिन्छ, तर चाहना सधैं पूरा नभइदिन सक्छ ।
कतिपय अवस्थामा जसलाई प्रेम गरिँदैन उसैसँग विवाह भइ दिन्छ । मेरो अवस्थामा पनि त्यस्तै भयो । जसलाई मैले प्रेम गरिन उसैसँग विवाह भयो । अनि विवाहको पहिलो रात त्यो पुरुष मेरो श्रीमान हो भनेर सम्झौता गर्न त सकौला तर प्रेम रु सम्झौता प्रेम होइन र हुन पनि सक्दैन ।
समाजको अगाडि मेरो निधारमा लगाइदिएको रातो टीका ९सिन्दुर० र गलामा झुन्ड्याइदिएको माला ९मंगलसुत्र०को आडमा श्रीमान नामको पुरुषले विवाहको पहिलो रात नै मलाई बलात्कार गर्यो । सिन्दुर र मंगलसुत्रको आडमा श्रीमानले श्रीमतीमाथि मनपरि गर्न पाउने रहेछन् ।
म दुलहीको भेषमा नयाँ घरको नयाँ कोठामा चुपचाप बस्न बाध्य हुन्छु । या भनु कुन बेला श्रीमान नामको पुरुष आउला र मलाई क्षतविक्षत पार्ला भनि पर्खेर बसेको हुन्छु । खासमा मलाई त्यहाँबाट भाग्न मन हुन्छ तर थोरै पनि हलचल गर्न सक्दिन ।
साँच्चै सिन्दुर र पोतेमा धेरै तागत पो हुने रैछ । मलाई चारैतिरबाट बाँधिएको महसुस हुन्छ । मेरो प्रतिक्षाको घडी पनि समाप्त हुन्छ, श्रीमानको आगमन हुन्छ कोठामा र उनको रवैया र व्यवहार देखेर उनी मलाई आफ्नो श्रीमान् जस्तो फिटिक्कै लाग्दैन, उनीमात्र पुरुष जस्तो लाग्छ ।
प्रेम मिश्रित यौनमा म धेरै पटक हराएको छु, आफ्नो प्रेमीसँग । उसको स्पर्श कति जेन्टल र सफ्ट । उसको एउटा स्पर्शले मलाई भित्रैदेखि तरंगित बनाउँथ्यो । अनि नजानिदो पाराले म आफैँ उसको नजिक सर्न बाध्य हुन्थे । उसको मायालु अंगालोमा म पूरै हराउँथे, संसार भुल्थे, सबै दुःख पीडा बिर्सन्थे । पुरुषका यी दुई भिन्न रुप, भिन्न भिन्न व्यवहारदेखि म चकित पर्छु । एउटा पुरुष जो प्रेमी हुन्छ, संसारका सबै दुःखपीडा बिर्साउँछ । अर्को पुरुष जो श्रीमानको नाममा केवल पुरुष हुन्छ ।
उनको प्रेम विहिन स्पर्श एउटा अजंगको पहाड ममाथि खसे जस्तै हुन्छ । त्यो पहाड खस्ने बित्तिकै मेरो सास रोकिए पनि हुन्थ्योझैं लाग्छ, त्यस्तो सोच्दैमा सास किन पो रोकिन्थ्यो र रु असाध्यै पीडा हुन्छ मलाई ।
त्यो पुरुषले किन पो बुझ्थ्यो र, श्रीमान् भए बुझ्थ्यो कि रु घरी घरी पिँजडाभित्र कैद शिकारलाई बाघले झम्टिएको सम्झेँ । तर संसारमा कुनै यस्तो बाघ होला र जसले आफ्नो शिकारलाई प्रत्येक दिन र रात घाइते बनाउनलाई जीवितै राख्ने गर्छ रु लाग्यो बरु साँच्चैको बाघले झम्टिए हुने, कमसे कम सास रहुन्जेल प्रत्येक रात मैले घाइते हुन पर्दैनथ्यो ।
त्यो अजंगको मानवरुपी पहाड आफ्नो आवश्यकता पूरा गरिसके पछि उठ्छ र म फेरि खस्छु भन्ने भावमा मेरो छेउमा स्वास्वा गर्दै निदाउँछ । म चुपचाप बसिरहन्छु, आँशु झार्दै । कसलाई सुनाउ यो पीडा रु मेरा आफ्ना भन्नेहरुले नै यही बिस्तरामा श्रीमानले प्रेम गरोस् भनेर बिस्तरा दाइजो दिए, होइन भने दाइजो दिनु नै थियो भने दुइटा बिस्तरा किन दिएनन् । दिनेहरुलाई के थाहा प्रेम विस्तरामा गरिने विषय होइन ।
यौन सधैं यति पीडादयी हुँदैन । यौनमा कतै प्राप्त गर्न नसकिने आनन्द पाउन सकिन्छ, यदि त्यहाँ प्रेम छ भने । प्रेम मिश्रित यौन बलात्कार हुँदैन, बरु चमात्कार बन्न जान्छ, चरमसुख प्राप्त गर्ने, यो शृष्टि निरन्तरता गर्ने अनि नयाँलाई जन्म दिने । प्रेम मिश्रित यौनमा म धेरै पटक हराएको छु, आफ्नो प्रेमीसँग ।
उसको स्पर्श कति जेन्टल र सफ्ट । उसको एउटा स्पर्शले मलाई भित्रैदेखि तरंगित बनाउँथ्यो । अनि नजानिदो पाराले म आफैँ उसको नजिक सर्न बाध्य हुन्थे । उसको मायालु अंगालोमा म पूरै हराउँथे, संसार भुल्थे, सबै दुःख पीडा बिर्सन्थे ।
पुरुषका यी दुई भिन्न रुप, भिन्न भिन्न व्यवहारदेखि म चकित पर्छु । एउटा पुरुष जो प्रेमी हुन्छ, संसारका सबै दुःखपीडा बिर्साउँछ । अर्को पुरुष जो श्रीमानको नाममा केवल पुरुष हुन्छ, विवाहको पहिलो रात नै श्रीमतीलाई बलात्कार गर्छ ।
खोइ कता सुरक्षित छन् महिलाहरु रु आफ्नै घरमा, आफ्नै गाँउटोलमा, आफ्नै हजुरबुबाबाट बलात्कृत हुन्छन् , कहिले आफ्नै दाइ, काका र आफ्नै बाबुबाट बलात्कृत हुन्छन् । अनि आफ्नै श्रीमानबाट वैधानिकरुपमै सिन्दुर पोतेको आडमा बलात्कृत हुन्छन् । एउटी बोल्न नसक्ने लाटी केटीलाई देशका राष्ट्रसेवक कहलिने पुलिस जवानहरुले सामूहिक बलात्कार गर्छन् । एउटी लाटी केटी जो प्राकृतिक अपांगताका कारण आपत परेको बेला गुहार माग्न सक्दिनन् र सुरक्षाकर्मीबाटै बलात्कृत हुन्छिन् । अनि यो समाजमा कुनै पनि महिलाले आफू सुरक्षित भएको अनुभूति गर्ने ठाँउ कहाँ छ रु म पनि त लाटी केटी नै हुँ नि ।
फरक यत्ति हो ती सामूहिक बलात्कारमा पर्ने केटी प्राकृतिक अपांगताका कारण बोल्न सक्दिनन्, अनि म समाजले अपांग बनाइदिएका कारण लाटी भएकी छु । मलाई लगाइदिएको सिन्दुर पोतेले इच्छा नभए पनि श्रीमानसँग सुत भन्छ र श्रीमानलाई खुसी राख भन्ने भाव दिइरहेको हुन्छ । मलाई सिन्दुर पोते लगाइदिएर मेरो जीवनको सुरक्षाकर्मी बनेको श्रीमानबाटै पनि म बलात्कृत हुन्छु । ती लाटी केटीलाई पटक पटक मैले सम्झे ।
उनको पीडा आफ्नो पीडासँग मिलाउन खोजे । हाम्रो पिडा बिचको समानता खोज्न चांहे । अहँ, सकिनँ । म एउटा पुरुषबाट सभ्य तरिकाले बलात्कृत हुँदा मलाई सही नसक्नुको पीडा भैरहेको हुन्छ भने सामूहिक बलात्कार गर्दा ती लाटी केटीलाई कस्तो पीडा भयो होला, मेरो कल्पना भन्दा निकै बाहिरको कुरा हो त्यो ।
यौन सधैं यति पीडादयी हुँदैन । यौनमा कतै प्राप्त गर्न नसकिने आनन्द पाउन सकिन्छ, यदि त्यहाँ प्रेम छ भने । प्रेम मिश्रित यौन बलात्कार हुँदैन, बरु चमात्कार बन्न जान्छ, चरमसुख प्राप्त गर्ने, यो शृष्टि निरन्तरता गर्ने अनि नयाँलाई जन्म दिने ।
मानिसको स्वभाव हो, अरुको भन्दा सधैं आफ्नो पीडा भारी लाग्ने । मलाई पनि लाग्छ, म त ती लाटी केटीभन्दा पनि बढी निरीह छु । आफ्नै श्रीमानबाट बलात्कृत हुँदा कहीँकतै उजुरी दिने ठाउँ देख्दिन, आफ्नो पीडा कसैलाई सुनाउन सक्दिन । एउटी लाटी केटीले पाए बराबरको सहानुभूति पनि मैले पाउन सक्दिन । किनभने श्रीमान नाता पर्ने पुरुषले आफ्नी श्रीमतीलाई मनपरी गर्न पाउने छुट रैछ । फेरि सहानुभूतिले हुने नै के हो र रु कतिपय सहानुभूति देखाउनेहरु नै निकै स्वाद लिएर सुन्न र पढ्न रुचाउँछन् बलात्कारका घटना ।
ती लाटी केटीलाई भेट्न मन लाग्छ, अंगालो हालेर निकैबेर रुन मन लाग्छ अनि भन्न मन लाग्छ , लाटी केटी तिमी एक्लै लाटी छैनौ, म पनि एक किसिमको लाटी नै हुँ । फरक यत्ति हो, तिमी प्राकृतिक अनि मचाहिँ समाजले बनाइदिएको लाटी ।
हामी दुईजना मात्रै पनि लाटी छैनौं, मलाईजस्तै समाजले बनाइएका अनगिन्ती लाटीहरु छन् हाम्रै वरिपरी । तिमीलाई यो देशका सुरक्षाककर्मीले सामूहिक बलात्कार गरे, मलाई मेरो सुरक्षाकर्मीले बलात्कार गर्यो श्रीमानको नाममा । चाहे श्रीमान् होस् चाहे सुरक्षाकर्मी, यी पुरुष साह्रै निर्दयी हुन्छन् । यो धर्ती हामी बाँच्न लाएकको छैन लाटी केटी, त्यसै पनि हामीलाई आधा आकाश ढाक्ने भन्छन् । आउ जाउँ हामी आकाशतिरै, हाम्रो छुट्टै दुनिया आकाशमै बनाउँ, जहाँ स्वतन्त्रतापूर्वक स्वासप्रस्वास गर्न सकौं ।
यति सोच्दै गर्दा फेरि ठूलो अजंगको पहाड ममाथि खस्छ र माथिबाट दबाब दिन थाल्छ । बाँच्न पर्ने त यही दुनियामा रहेछ, पीडा चाहे जति नै असह्य होस् ।
कोसेली न्युजबाट

उमेरले ४८ वर्षकी भएँ। मेरो सक्कली नाम तपाईंहरूलाई किन बताऊँ? त्यसैले अहिलेलाई मेरो परिवर्तित नाम ‘पार्वती’ भनेर चिन्नोस्।
जिन्दगीमा अनेक दु:खकष्ट सहेर यहाँसम्म आइपुगेको छु। दु:खले अहिले पनि छाडेको छैन तर दु:खी भएर हिँड्न भने छाडेकी छु। आखिर दुई दिनको जिन्दगीमा के दु:खी भएर हिँड्नु?
त्यो धोकेबाज पतिलाई के सम्झनु र? दुईवटा बिहे बेहोरेँ। दुवै पति धोकेबाज परे। दुवै पतिका तर्फबाट ६ जना सन्तान भए। ती सबैलाई दु:खले हुर्काएँ। अहिले उनीहरू आआफ्नो ठाउँमा गरिखाने भएका छन्। मचाहिँ एक्लै बस्छु। उनै छोराछोरीलाई पाल्न र हुर्काउन मैले यौनकर्म रोजेँ। त्यसो त मैले प्रशस्तै ज्यामी काम पनि गरेँ। ज्यामी काम गर्दा पैसा थोरै हुने, बालबच्चा पाल्नै नपुग्ने। त्यसैले ज्यामी काम गर्दै गर्दा ग्राहक पाएको बेला यौनकर्म पनि गरेँ। बाध्यता भएपछि नराम्रो मानिएको काम पनि गर्नुपर्ने रहेछ।
अहिले यो उमेरमा आइपुग्दा मेरो त्यति धेरै ग्राहक छैनन्। दुईजना नियमित ग्राहक छन्, एकजना मभन्दा बढी उमेरको र एकजना कम उमेरको। आवश्यक परे उनीहरू नै फोन गर्छन्। उनीहरूलाई महिनामा दुईपटक सन्तुष्ट पार्नुपर्छ। एकपटकको भेटमा उनीहरूले पैसा भएको बेला दुई हजार दिन्छन्, कहिलेकाहीँ सित्तैमा सेवा गर्नुपर्छ। कहिलेकाहीँ अरू ग्राहक फाट्टफुट्ट भेटिन्छन्। तर, सडकमै चिनिने गरी म यौनकर्मीका रूपमा प्रस्तुत हुन चाहन्नँ। छोराछोरी, नातागोताले देखे के भन्लान्? त्यसैले मेरो आफ्नै ग्राहक मिलाइदिने व्यक्ति छन्, तिनैमार्फत काम हुन्छ।
…
म काठमाडौं बाहिरकी परेँ, गरिबकी छोरी। नातागोताले अलि धेरै खेतबारी भएका एउटा काठमाडौंको केटो खोजिदिएछन्, धनी भन्ठानेर। धनीका छोरासँग बिहे गरे मेरो भविष्य सुखद होला भन्ठानेर रे। त्यतिखेर म ११ वर्षकी थिएँ, दुलाहा २७ वर्षका। ती भारत बसेर आएका रहेछन्, उता पनि श्रीमती रहिछन्। बिहेअघि गरिएको सर्तअनुसार मेरो बिहे भएको पाँच वर्षपछि मात्रै केटाको घर जानुपर्ने थियो, तर तीन वर्षपछि नै मैले केटाको घर जानुपर्ने भयो। १४ वर्षको उमेरमा म केटाको घरमा गएँ। केटाले विस्तारै मेरा गहनाहरू माग्न थाले, मैले आज एक जोर भोलि अर्को जोर गर्दै सबै दिएँ। कोठामा के खान्थ्यो कुन्नि गन्हाएर खपिनसक्नु। अहिले बुझ्दा ऊ दुर्व्यसनी रहेछ। मेरा गहना त्यसैमा सकेछ।
मेरो पहिलो यौनसम्बन्धको कुरा गर्दा अहिले पनि कहाली लागेर आउँछ। मलाई आफ्नै पतिले बलात्कार गरे। त्यो १४ वर्षको उमेर यौनसम्बन्ध गर्ने उमेर हो? म त बेहोश भएछु। होश आउँदा म शान्तभवन (हालको पाटन अस्पतालको पुरानो नाम) मा थिएँ। २२ दिन अस्पताल बस्न पर्यो। मेरो क्षतविक्षत भएको यौनांगमा सिलाइ गर्न पर्यो। त्यसपछि मलाई मेरा नातेदारले माइती पुर्याए। त्यहाँ पुग्दा वाकवाकी लाग्न थाल्यो। रजस्वलाको अनुभव पनि राम्ररी हुन नपाई मेरो पेटमा बच्चा बसिसकेको रहेछ। माइतीलाई पर्यो आपत्ति, उनीहरूले केटाको घरमा पुर्याइहाले।
त्यहाँ मेरो पति भनाउँदो त के भन्छ भने मेरो पेटमा रहेको बच्चा उसको होइन रे। अनेक आक्षेप खेप्दै त्यो घरमा बसेँ। बच्चा जन्मियो। बच्चालाई त बाँसघारीतिर फ्याँकिदिन्छु पो भन्छ हौ, बच्चाको बाउ त। सुत्केरीलाई न राम्रो खान दिनु छ, उल्टै अनेक लाञ्छना। बच्चा जन्मिएको तीन सातापछि बच्चा च्यापेर माइती हिँडे। बच्चा पाउने बेलामा पेट पाल्न मैले इँटा भट्टामा ज्यामी काम गर्न पर्यो।
छोरा तीन वर्षको थियो। एक्लै डेरामा बस्न थालेकी थिएँ। फेरि बुवाआमासँग कुरा गरेर एउटा केटा ठिक्क पारिदिएछन्। काठमाडौंबाहिरको पहाडी गाउँको त्यो मान्छेसँग बिहे गरिदिए नातेदारहरूले। मेरो भाग्य खोटो रहेछ। ज्यामी काम गरेर महिनाको चार सय आम्दानी हुन्थ्यो। मलाई पाल्न त कता हो कता, उल्टै पैसा पो माग्छ त्यो पति भनाउँदो। पहिले छोरोमात्रै पाल्नपर्थ्यो , अर्को बेकामे पतिलाई पनि पाल्नुपर्ने भयो। त्यहीबीचमा पेटमा अर्को बच्चा पनि आइहाल्यो। बिहे गरेको एक वर्षपछि यता छोरी जन्मिई, उता छोरीको बाउचाहिँ बेपत्ता। कहिले ६ महिनापछि आउने, कहिले वर्ष दिनमा। आयो, पेटमा बच्चा राख्यो, पैसा माग्यो अनि बेपत्ता भयो। यसै क्रममा पाँच छोराछोरी भए।
…
त्यसै क्रममा एकजना गाडीवाल साहूसँग भेट भयो, नातामा टाढाको भिनाजु पर्ने। मलाई बच्चा पाल्न गाह्रो भइरहेको थियो। उनैले मेरो हेरविचार गर्ने, गाह्रोसाह्रो पर्दा माया पनि गर्ने। बिहे गरौं पनि भन्थे। मचाहिँ बिहे भनेपछि वाक्क भइसकेको थिएँ। मेरा तीनवटा बच्चा थिए, उनलाई भेट्दा। विस्तारै हामी अलि निकट भयौं। बाहिर घुम्न जान थाल्यौं। उनी आफैं गाडी लिएर आउँथे। उनीसँग म पोखरा घुम्न गएँ। पहिलोपटक उनीसँग पोखरा घुम्न गएको बेला सम्बन्ध भयो। परपुरुषसँग यौनसम्बन्ध भएको त्यो पहिलोपटक थियो। सम्बन्ध निरन्तर रह्यो। जसले मलाई सहयोग गरे, उनीप्रति म समर्पित हुने नै भएँ। यता आफ्नो पतिचाहिँ बेलाबेलामा आउने। पछि दुईवटा बच्चा भए तर ती दुवै अरू कसैको नभएर मेरो आफ्नै पतिका हुन्। पछि ती पार्टनरको जवान छोरा बितेपछि उनीहरूले काठमाडौं छाडे। हामी टाढियौं। मैले अपनाएको पेसाको पहिलो ग्राहक उनै हुन् भन्न पर्यो।
पछि एउटा ड्राइभर आइलाग्यो। एक वर्षसम्म सम्बन्ध भयो। तर, ती परे अलि स्वार्थी। म आफैं टाढिएँ। आफ्नो पतिसँग त छुटिसकेको थिएँ।
…
स्वाभाविक हो, एउटा जवान महिलामा शारीरिक आवश्यकता हुन्छ। तर, मचाहिँ आर्थिक अभावकै कारण यसतर्फ लागेँ। आफैं खोजीखोजी हिँड्नेभन्दा पनि कसैले प्रस्ताव गरे तयार हुन्थेँ।
त्यस बेला म एउटा घरमा लुगा धुने काम गर्थें। त्यो धनी परिवार थियो। सायद ती घरधनी आफ्नी श्रीमतीसँग सन्तुष्ट थिएनन् कि ! एक दिन ती घरधनी साहूले भने, ‘म तिमीलाई आवश्यक सहयोग गर्छु। के कसो छ हेर्छु।’
मैले उनको आशय बुझिहालेँ। आखिर म एक ढंगले यौनपेसामा फसिसकेको थिएँ, अप्ठ्यारो मान्ने कुरै भएन। आफूलाई आवश्यक परेको बेला आर्थिक सहयोग गरेकै थिए। आफूलाई सहयोग गर्नेलाई सन्तुष्ट पार्न केको अप्ठ्यारो?
साहुनी बिहानै पसल जाने। उनको घरमा कोही नभएको बेला सुटुक्क हामीबीच सम्बन्ध हुन्थ्यो। पहिलोपटक पुरुषले कन्डम प्रयोग गरेर यौनसम्पर्क गरेको थाहा पाएँ। उनी भन्थे, ‘कन्डम प्रयोग गरियो भने रोग लाग्दैन, पेटमा बच्चा बस्दैन।’ उनलाई महिनामा दुईपटक सन्तुष्ट पार्नुपर्थ्यो।
अब म एकप्रकारले पूर्ण रूपले यौन पेसामा आइसकेको थिएँ। बोलाइएको अवस्थामा म होल नाइट पनि जान थालेँ। यता घरमा चाहिँ बच्चाहरूलाई अनेक बहाना बनाउँथे। कहिले अस्पताल जाने भन्नुपर्ने, कहिले नातेदार भेट्न जान्छु भन्नुपर्ने। वास्तवमा म ती बच्चाहरू पाल्नैका लागि पुरुषलाई शारीरिक सन्तुष्टि दिन गइरहेकी थिएँ।
पहिलो दिनको होल नाइट सेवा अझै बिर्सेकी छैन मैले। एउटा लजमा बिताएकी थिएँ, मैले त्यो रात। पार्टनरलाई चारपटक सन्तुष्ट पारेकी थिएँ। त्यो सेवाबापत मैले एक जोर कपडा र एक हजार दुई सय रुपैयाँ पाएको थिएँ। त्यो राम्रै पारिश्रमिक हो।
होल नाइट सेवाको कुरा गर्दा एउटा बिर्सिनसक्नुको रातको घटना छ। एउटा लजमा दुई हजार रुपैयाँ दिने भनेर बोलाएका थिए। सम्पर्कअघि मलाई केही पिउन दिए। सुन्तलाको जुस भन्थे, जे होस् मैले पिएँ। सम्पर्कअघि बिजुली निभाइयो। म केही मातेकी थिएँ, पूरै होशमा थिइनँ।यौनसम्पर्क गर्ने एउटा पुरुषको आफ्नै शैली हुन्छ। बेलाबेलामा सम्पर्क हुँदै थियो।
तर, पछिल्लो शैली अलि फरक हुँदै गयो। मेरो अनुभवले भन्यो, शैली फरक हुँदै गइरहेको छ। पक्कै पनि एउटा मात्रै पुरुषले मसँग सम्पर्क गरिरहेको छैन। उज्यालोपछि मैले पत्ता लगाएँ, मसँग तीनजनाले पालैपालो सम्पर्क गरेका रहेछन्। मलाई एउटा कोठामा राखेर थप दुईजना पल्लो कोठामा बसेका रहेछन्, अँध्यारोमा पालैपालो आउँदा रहेछन्। उनीहरूले सातपटक मसँग सम्पर्क गरे।
उनीहरूको कर्तुत थाहा भइसकेपछि यसको बदला लिने विचार आयो। ए बाबा, म गरिबीका कारण बाध्य भएर यो पेसामा आएको छु। हेप्न त भएन नि ! त्यसपछि मैले मलाई ‘एकजना मात्रै छु’ भनेर बोलाउनेको सर्ट र प्यान्ट कब्जा गरेँ। र, भनेँ, ‘अहिले तिमीहरूलाई पुलिस लगाएर पक्राउँछु। एकजना मात्रै छु भनेर बोलाउने, अनि तीनतीनजनाले मोज गर्ने? तिमीहरूलाई ठीक लगाउन मैले जानेको छु’
उनीहरू डराए। दुई हजारको ठाउँमा ६ हजार रुपैयाँ दिएपछि उनीहरूलाई छाडेँ। मोराहरूले के पिलाएका थिए कुन्नि, भोलिपल्ट पनि कोठामा जान सकिनँ र त्यही लजमा सुतेँ।
…
हेर्नोस्, हामीहरू यस पेसामा रहरले आएका होइनौं। मैले १२ वर्षदेखि ७० वर्षसम्मका महिला यो पेसामा लागेका देखेकी छु। कठै, १४/१५ वर्षकाहरू पेटमा बच्चा बोकेर हिँडिरहेका पनि देखेकी छु। साह्रै ठूलो पीडा छ, यस क्षेत्रमा।
कलेज पढ्ने विद्यार्थीदेखि वृद्धसम्मले मसँग सम्पर्क गर्ने गरेका छन्। ठिटाहरू हामीजस्ता अलि उमेर ढल्केकाको भावना बुझ्दै माया गरेर सन्तुष्टि लिन्छन्, लामो समय पनि लगाउँदैनन्। तर, बूढाहरू लामो समय लगाउँछन्, उमेरले पनि त्यस्तो भएको होला। कतिपय त थकाइ मारीमारी सक्रिय हुन्छन्। यस्तो बेला हामीलाई पनि दिक्क लाग्छ।
तर, पैसाको मामिलामा बूढाहरू इमानदार हुन्छन्। पहिले भनेजति नै दिन्छन्। बरु कहिलेकाहीँ त थपी पनि दिन्छन्। यस्तै छ यौनकर्मीको संसार। म फेरि पनि भन्छु, हामीहरू कुनै रहरले यो पेसामा आएका होइनौं। यसको विकल्पमा अरू इज्जतदार पेसा पाइए हामी तुरुन्तै यो पेसा छाड्छौं।

तिमीहरु काेरा चुनावकाे रटान लगाउछाै
म उपलब्धीसहितकाे जनमत जुटाउ भन्छु
त्यसैले त तिम्राे र मेराे डुङ्गा फरक छ ।
जनमत जस्ताे महान कार्यलाई ठगिखाने
लाइसेन्स नबनाउ भन्छु
तिमी त ठग्ने मेराे अधिकार हाे चुप लाग भन्छाै
त्यसैले त तिम्राे र मेराे बिचार फरक छ ।
तिमीहरु झुपडीलाई सिहंदरबार बनाउने भन्छाै तर,
अाफ्नै सिंहदरबार बनाउन तल्लिन हुन्छाै मैले त भनिसकें,
झुपडी सिहंदरबार भन्दा माथि छ त्यसैले त
तिम्राे र मेराे दृष्टिकाेण फरक छ ।
म भन्छु संसदबाद नेपालका लागि असफल व्यवस्था हाे तर,
तिमी त्यही थाेत्राे संसदलाई साम्यवादकाे भ-याङ देख्छाै,
किनकि तिमीले र मैले देखेकाे सपना फरक छ ।

भेटिंदैनन् गाउँमा अचेल जाँतो पनि ढिकीपनि
देखिंदैनन् गाउँमा अचेल ठिटा पनि ठिटीपनि ।
बृद्ध बाबा आमा छाडी हिडे सबै मुग्लान तिर
पाल्नलाई लाज लाग्छ रे गाई पनि भैंसीपनि ।
नेपालीको भोको भुँडी भर्देकै छ रेमिट्यान्सले
प्याकेटकै किनि खान्छन् दुध पनि दहीपनि ।
कृषि प्रधान देश तर छैनौं हामी आत्मनिर्भर
बिदेशबाटै आयात हुन्छ नुन पनि चिनीपनि ।

हरेक दिनजस्तै मिर्मिरे बिहानिमै टेबुलमा राखेको घडीले अलार्म बजाउँछ र आँखाले अँधेरीको साङ्लो चुडालिदिन्छन् ।
अनायासै मेरा हातहरु चार्जमा राखेको मोबाइलतिर लम्किन्छन् । स्विच अफ भएको मोबाइल अन गर्छु र अन गर्नेबित्तिकै छुटेका कलहरुको नोटिफिकेसन आउँछ ।
रिसितको १४ वटा कलहरु छुटेछन् अनि घरपरिवारका २, ४ वटा कलहरु । धन्य नेपाल टेलिकम छुटेका कलहरुको यसरी नोटिफिकेसन दिने सिस्टम बनाएर केही महत्वपूर्ण काम तथा व्यक्तिसग तुरुन्तै कल ब्याक गर्न सजिलो भयो । तर रिसितले त हस्पिटल या ड्युटीसँग सम्बन्धित केही काम भएर त्यति धेरै कल गरेको होला । त्यो त हिजो नै मिस गरिसके अब के गरुँ ।
कल ब्याक गरुँ कि नगरुँ म अल्मल्लमा परेँ । हिजो ड्युटीबाट अलिकति चाँडो निस्केको थिएँ । त्यसैले गाली खाइन्छ कि भन्ने डर पनि लाग्यो । जेसुकै होस् गाली नै भए नि सुन्नु पारिहाल्यो नि प्रोफेसनल जीवनमा भन्ने सोचेर नम्बर डायल गरेँ । हेल्लो डा रिसित गुडमर्निङ । हेर न हिजो तिम्रो धेरै कल आएछ, म अलि चाँडै निस्केथेँ । तिमीलाई भनेरै निस्केको थिएँ हैन र कुनै काम थियो र ?
ए गुड्मर्निङ भर्खर फुर्सद भयो तिमीलाई ? खासै काम त थिएन । केही कुरा गर्नु थियो एकदमै जरुरी । अलि छोटो छोटो सासमा उसले भन्यो ।
के हो त्यस्तो जरुरी काम, मिल्छ भने अहिले भन न ?
हैन म तिमीलाई भेटेरै भन्छु । बाहिर निस्क त चिया खान, हतारिँदै उसले भन्यो ।
अहिले नै किन ? भरे ड्युटी सकाएर भेटौँला नि त चिया पिउँला । अहिले ढिलो हुन्छ ।
मेरो कुरा सकिन नपाउँदै उस्ले थप्यो, हैन केही हुन्न मैले सिस्टरलाई भनेर आएको छु । तिमी र म दुवै केही मिनेट ढिलो भयो, वार्डका बिरामीलाई हाम्रो आवश्यकता भयो भने तुरुन्त कल गर्नु भएर आएको छु । त्यसैले तिमी अहिले नै निस्क ।
मैले मनमनै सोचेँ आखिर अहिले नै जरुरी त्यस्तो कुरा के होला आफ्नो काम र ड्युटीलाई सबैभन्दा धेरै माया गर्ने मान्छे हामी दुवै । जे होस् गएपछि थाहा होला भनेर म रेडी भएर निस्किएँ र चिया पिउन नजिकैको क्याफेमा पुगेँ ऊ पहिला नै आइपुगिसकेछ र टेबुलमा बसेँ ।
भन के भयो अहिले नै एमर्जेन्सी भेट्नुपर्ने ?
हिजो कहाँ थियौ मैले फोन गर्दा ? अलि खस्रो तरिकाले उसले प्रश्न गर्यो ।
हिजो मेरो छोरीको बर्थडे थियो । उसलाई नभेटेको पनि धेरै भएको थियो । धेरै न्यास्रिएकी थिई । त्यसैले त्यता गएको भनेको थिएँ त मैले जाने बेलामा । फेरि किन प्रश्न ? धेरैपछि भेटेको, त्यसैले मोबाइल साइलेन्ट थियो होला । कल आको नि थाहा भएन । पछि ब्याट्री सकिएर अफ भएछ । बेलुका कोठामा पुगेँ । अलि थाकेकोले मोबाइल जोडेर म सुतैँ।
हो म त्यही सुन्न चाहन्थेँ र आज मलाई यो क्लियर बुझ्नु छ । त्यो नानी तिम्रो छोरी कसरी ? तिमी कसरी आमा ? उसको बाबा र तिम्रो सम्बन्ध के ? तिमी किन मलाई भन्दा धेरै समय उस्लाई दिन्छौ ?”
उसका प्रश्नले एकछिन् मस्तब्ध भएँ । छाँगाबाट खसे जस्तो भएँ । मेरो जीवनको प्रोफाइल केलाउन के जरुरी उसलाई ?
तिमी यो सब किन सोधिरहेका छौ रिसित केको लागि ?
पहिला मेरो जवाफ देऊ अनि भन्छु । उसले थप्यो ।
ल सुन तर आज क्लियर भनिसकेपछि अर्को चोटि सोध्ने कोसिस नगर्नू । उसले हस् भनेर मुन्टो हल्लायो र मैले सुरु गरँे ५ वर्षअघिको इतिहास ।
“त्यो नानी अर्थात खुशी उनीसँग मेरो रगतको नाता केही छैन न उसको परिवार र बाबासँग नै कुनै नाता छ मेरो । २ वर्षको कलिलो उमेरमा बाबा र आमा दुवै गुमाएकी एउटी अनाथ बालिकालाई मैले आमा नै बनेर सहारा दिएकी हुँ । किनभने त्यति बेलादेखि नै आमाको भूमिका मैले निभाए धेरै ठाउँमा र आजसम्म पनि उसलाई थाहा छैन । म उसको वास्तविक आमा होइन भनेर । किनकि एउटा आमाको अभावमा उनी सुस्त मनस्थिति बनिसकेकी थिइन् । उनलाई त्यस्तो स्थितिबाट माथि उठाउने कोसिस गरेँ, बस त्यति नै हो ।
अनि उसकी ममी बाबा ? तिमीले कसरी चिन्यौ ? फेरि अर्को प्रश्न तेर्सियो । उसको बाबा मेरो स्कुलको शिक्षक हुनुहुन्थ्यो । मेरो विद्यार्थी जीवनको एउटा आदर्श गुरु, शुभचिन्तक र एक अभिभावक पनि । मेरो पढाइ अनि अरु क्रियाकलापबाट धेरै प्रभावित हुनुहुन्थ्यो ।
त्यसैले यस्तो एक्स्ट्रा अर्डिनरी विद्यार्थीको घर परिवार र ब्याक्ग्राउन्ड कस्तो होला भनेर बुझ्न मेरो घरमा जानुभएको थियो । सबै अवलोकनपछि झनै धेरै गर्व गर्नुहुन्थ्यो मप्रति जब उहाँले बुझ्नुभयो । मेरो त्यो सफलताको पछाडि धेरै सङ्घ्रर्षका खुड्किलाहरु छन् । धेरै अप्ठ्यारो बाटो भएर अभावहरू झेल्दै त्यहाँ पुगेकी छु । त्यही कारण उहाँको १० वर्षको शिक्षण पेसामै भेटेको सबैभन्दा उत्कृष्ट विद्यार्थी भनेर सम्बोधन गर्नुहुन्थ्यो र हरेक ठाउँमा मेरो उदाहरण दिनुहुन्थ्यो । तर दुर्भाग्यबस सडक दुर्घटनामा परेर उहाँको मृत्यु भयो ।
मैले जीवनको एक सच्चा गुरु शुभचिन्तक र एक अभिभावक सधैंका लागि गुमाएँ, धेरै दुःख लाग्यो । जीवनमा सधैँ स्कुल कालेज बिदा हुँदा धेरै खुशी हुने मान्छे म त्यो दिन जुन दिन उहाँको नाममा बिदा भएको थियो त्यो दिनको २४ घण्टाको समयले मलाई कता कता पोलेजस्तो भयो । तैपनी अब दुःख मानेर बस्नुभन्दा उहाँले दिनुभएका हरेक हौसला र प्रेरणालाई आत्मसात गर्दै अघी बढ्ने प्रण गरेँ ।
उहाँले मबाट गर्नु भएका केही अपेक्षा पूरा गरी सुन्दर भविष्यका लागि पाइला चाहिरहने निर्णय गरेँ । उहाँको मिसेसलाई पनि उहाँले एउटा कार्यक्रममा चिनाउनुभएको थियो । त्यसैले त्यो दुःखद् घडीमा एकचोटी म उहाकँो घरमा पुगेँ र त्यहाँको माहोल देखेर आफूलाई सम्हाल्नै गाह्रो भयो । सरका बूढा बा आमा भर्खर २५ वर्षको उमेरमा सेतो पहिरहनमा म्याडम अनि काखमा १ वर्षकी कलिली छोरी । एउटै सन्तान पनि त्यसरी गुमाउनु पर्दाको बाआमाको पीडा अनि त्यो परिवार माथि परेको बज्रपात ।
१३ दिनको काम सकिएपछि म्याडम्ले फेरि घरमा बोलाउनुभयो र उहाँ विदेश जान लागेको कुरा बताउनुभयो । त्यो सुन्नेबित्तैकै मैले ठाडै अस्वीकर गरेँ । हजुर गएपछि नानीको हालत के हुन्छ ? सासूससुराको हालत के हुन्छ ? कसले सम्हाल्छ ? त्यसपछि उहाँको लामो कहानीपछि बुझेँ अभाव नै रहेछ सबकुराको पछाडि । अब मैले बोल्ने ठाउँ भएन उहाँहरुको विवशताको अगाडि र उहाँले जाँदाजाँदै उहाँ नआइपुगुन्जेल बुबाआमा र छोरीको कहिलेकाहीँ गएर हेर विचार गरिदिन आग्रह गर्नुभयो र त्यो अवस्थामा मैले नाइँ भन्न सक्ने स्थिति भएन ।
समय र परिस्थितिको अर्को विडम्बना भन्नुपर्छ विदेश जाने तयारी पूरा भएपछि मेडिकल चेक अपमा उहाको शरीरमा ब्लड क्यान्सर भेटियो र अब ३ महिना मात्र बाँच्ने कन्फर्म भयो त्यस्पछि झनै ठूलो ठेस लाग्यो त्यही परिवारमा जहाँ गहिरो त्यही पहिरो गयो छोरी र बुहारी दुवैको भूमिका निभाएकी नारी जवानीमै भगवानको प्रिय भन्नुभयो बूढा बाआमालाई बेसहार र डेढ वर्षकी छोरीलाई अनाथ बनाएर ।
त्यसपछि म त्यो परिवारमा अलि धेरै घुलमिल भएँ । कुन दिनदेखि नानीले मामु भन्न थाली थाहा नै भएन । मेरो उपस्थितिले उसलाई अभिभावकत्व दिलायो । बुबाआमालाई छोरीजस्तै झझल्को दियो । त्यसपछि मैले आफ्नो घरपरिवारमा पनि सबैलाई पारिचित गराएँ । समयले दिएको घाउ दुखेर पनि बाँच्न सहज बनाइदियो र आजसम्म पनि त्यो आत्मीयता कायम छ र सधैँ रहिरह्नेछ ।
यति भन्दैगर्दा कुन बेला मेरा आँखा रसाइसकेछन् । थाहा नै भएन र रिसितको अनुहार पनि मलिन देखेँ र उसलाई सोधेँ, “अब भन यो सब जस्टिफिकेसन चाहनुको कारण ?
उसले आँखा टिलपिल पार्दै भन्यो– “म २ वर्षदेखि तिमीलाई प्रेम गर्थें र अझै गर्छु तर तिमीलाई भन्न यसकारण मात्रै डराए कि तिमी कसैकी आमा हौ कुमारी आमा ! मैले तिमीलाई आफ्नो बनाउँदा मेरो परिवार र समाजले भोली कुमारी आमा भनेर नस्वीकार्न सक्छ । तिम्रो बारेमा यति भनिरहँदा मलाई धेरैले भनिसके ‘भाइ तँलाई त चाउचाउमा जस्तै बम्पर उपहार पर्नेभयो’ । त्यसैले आज म अन्तिम चोटि सुन्न चाहन्थेँ एकएक वास्तविकता । जे भए पनि जस्तो भए पनि तिमी कुमारी आमा हौ । मैले अब तिमी त्यो छोरीलाई त्याग्न सक्दैनौँ भने मैले तिमीप्रतिको प्रेम अब यही अन्त्य गर्नै पर्छ ।”
उसको कुराले म छाँगाबाट खसे र शिर ठाडो गरेर जवाफ दिएँ– “मलाई यो कुरा आजसम्म थाहा थिएन र मैले त्यस्तो सोचिन पनि । तिमीले मलाई त्यस्तै सोचेर माया गरेछौ, त्यो तिम्रो पनि गल्ती हैन । मैले पहिला पनि भनेथेँ– माया, प्रेम, विवाह मेरो जीवनका केन्द्रीय विषय हैनन् ।
अझै धेरै लामो छ मेरो यात्रा अनि मैले गर्नुपर्ने कामहरू । करिअर, परिवार, समाज र मानवता नै हुन् मेरो जीवनका अहिलेका प्राथमिकता । त्यसैले म खुशी छु, तिमी जान सक्छौ । कुनै अर्की युवतीलाई प्रेम गर्न सक्छौ । यु आर टोटल्ली फ्री । तर बिनकारण मेरा जीवनका प्रोफाइल केलाउनु र कुनै कुराको जस्टिफिकेसन मागिरहनु जरुरी छैन र थिएन पनि ।”
यति भनेर म टेबलबाट उठेँ र सरासर ड्युटीतिर लागेँ । दिनभरि माइन्डमा एउटै शब्द ठोक्किइरह्यो ‘कुमारी आमा’ ।
आज अझ धेरै हिम्मत र साहस बढेजस्तो लाग्यो । ऐना हेरेर आफैसग भनेँ आफ्नै प्रतिविम्बलाई– “हो म कुमारी आमा नै हुँ । तर बिना कुनै सामाजिक बन्धन परिधि र बिना कसैको सिन्दूर पोते । तिमीलाई के थाहा एउटा पवित्र तरिकाले एउटा नारीले मातृत्व बहन गर्न पाउँदा कति खुशी मिल्छ भन्ने कुरा । त्यसैले उसलाई त्याग्नै सक्दिनँ । मेरो जीवनको अर्को लक्ष्य उसलाई राम्रो संस्कार दिएर यो देशको अमूल्य गहना बनाएर बाहिर ल्याउनेछु । त्यति बेला पनि म यही सुन्न चाहन्छु– कुमारी आमाको छोरी !
राताेपाटीबाट
राताेपाटीबाट

आज आफुलाई जन्म दिने महान ब्यक्ति ममताकि खानी स्नेहकी देवी आमाको मुख हेर्ने दिन। आज हरेक सन्तानले आफ्ना आमाको मुख हर्ने दिन विभिन्न मिठाई खुवाई तथा राम्रा लुगा कपडा दिई हर्षउल्लासका साथ मनाउदै छन् । हिन्दु धर्मालम्वी हरुले मातातिर्थ औंषीलाई आमाको मुख हेर्ने दिनको रुपमा लिइन्छ ।
आमाको ऋणको एक किस्ता भुक्तानी गर्ने यो पवित्र दिनमा परम्परागत औपचारिकताको साङ्लो चुँडेर, त्यस्तो केही नौलो प्रारम्भ गरौँ जसबाट आमा शब्दको मर्यादा सुनिश्चित होस्। कुनै मिठाईको प्याकेट र पैसामा आमाको ममता नतौलौँ। के आमाको ममता एक पोका फलफूलसँग जोखिएला ? यो पवित्र दिन आमाले हामीलाई जन्म दिँदा जुन सपना देखेकी छन्, त्यो सपनाको परिपूर्तिका लागि खर्च गरौँ। वर्षमा एकदिन होइन, आमाको महिमा र उत्सर्गलाई दिनहुँ सम्झना गरौँ, यसले आमाको उत्सर्ग र त्यागको सम्मान हुनेछ।
डेविड तलमेजले भनेका छन्— ‘आमा भनेको त्यस्तो बैँक हो जहाँ हामी हाम्रो दुःख र पीडा डिपोजिट गर्छौं।’ त्यसैगरी जर्ज हबर्टले भनेका छन्— ‘विद्यालयका हजार शिक्षकभन्दा एक असल आमा मूल्यवान् छिन्।’
आमाको महानताका सम्बन्धमा हजारौं कथा र कथन प्रचलित छ। आमाको उत्सर्ग र महानताका बारेमा एउटा कथा यहाँ उल्लेख गर्नु उचित होला। एकपटक राक्षसकुलकी एक युवतीको कुनै युवकसँग प्रेम हुन्छ। ती युवतीले ती युवकसँग प्रेम उपहारस्वरूप उसको आमाको मुटु माग्छिन्। आफ्नी प्रेमिकाको वचनमा बाँधिएको त्यो प्रेमीले आफ्नै आमाको हत्या गरी मुटु लिएर ती युवतीतर्फ दौडन्छ। बाटोमा एउटा ढुंगामा ठोक्किएर उनले बोकेको मुटु भुइँमा खस्छ, जसबाट एउटा आवाज निस्कन्छ- बाबु ! तिमीलाई चोट त लागेन ?
आमाले आफ्नो दुख र पीडालाई बेवास्ता गरी हामीलाई हुर्काएकी हुन्छिन्। आमाको काखमा सुरक्षाको जुन प्रत्याभूति हुन्छ, त्यो संसारको कुनै पनि वस्तुमा हुँदैन। यसैकारण रामायणमा ‘जननी जन्मभूमि स्वर्गादपी गरियसी’ भनिएको हो। संसारमा त्यस्ता महान् र दार्शनिक व्यक्ति छँदै छैनन्, जसले आमाको महिमा गाएनन्। कवि सिद्धिचरण श्रेष्ठको ‘आमा’ होस्, गोपालप्रसाद रिमालको ‘आमाको सपना’ वा मेक्सिम गोर्कीको ‘आमा’ नै, हरेक सर्जकले आमाका बारेमा साहित्य रचना गरेको पाइन्छ र उनको महानतालाई शब्दमा अभिव्यक्त गर्न खोजेको देखिन्छ। क्रूर शासक अशोकलाई तरबारबाट शान्तिको पुजारी बनाउनमा उनकी आमाको उपदेश र सल्लाहको ठूलो भूमिका थियो। त्यसैगरी महात्मा गान्धीले भनेका छन्— ‘मैले जे बोलेको छु, त्यो सबै मेरी आमाको देन हो।’
आमाको काखप्रति कुनै पनि शिशुलाई यति अगाध आस्था हुन्छ कि उनले स्तनपान पनि आँखा चिम्लेर गर्छ। किनभने त्यो शिशुभित्र यस्तो ईश्वरीय विश्वास हुन्छ कि जुन तरल चीजले उसको अधर रसियो, त्यो अमृत नै हो, विष हुनै सक्दैन। कुनै पनि शिशुले स्तनपानमा जति अरू कुरामा विश्वास गरेको पाइँदैन। किनभने जुन काख टेकेर उसले स्तनपान गर्छ, त्यो आमाको काख हो। महाभारतको एक प्रसंगमा भगवान् श्रीकृष्णलाई यशोदाले केरा ख्वाउँदा, कृष्णले आमाको ममतामा चुर्लम्म डुबेर केरालाई यसरी भोजन गर्छन् कि उनी केराको समाप्तिपछि पनि केराको बोक्रामा केराकै स्वाद लिइरहेका हुन्छन्।
जब यशोदाले चाल पाउँछिन् केरा सकिएको छ, तैपनि उनी कृष्णलाई केराको बोक्रा ख्वाइरहेकी छिन् तब उनी आफै लज्जित हुन्छिन् तर भगवान् श्रीकृष्ण त्यो बोक्रामै तृप्त हुन्छन्। यो एउटा सन्तानको आमाको ममताप्रतिको अगाध आस्था थियो, जसले केराको बोक्रामा पनि केराकै स्वाद पायो।
हरेक प्राणीका आमा पूजनीय छिन्, चाहे त्यो मानिस होस् वा यो धर्तीको सानो कीरा नै किन नहोस् ? प्रकृतिलाई हेर्ने, अवलोकन गर्ने हो भने पनि हरेक प्राणी आफ्ना आमाप्रति निर्भर छन्। कंगारुलाई नै हेरौ, उनीहरू आफ्नो पेटमा आफ्नो शिशुलाई राखेर मरुभूमिको लामो यात्रा गर्छन्। कंगारुहरू मरुभूमिको प्रचण्ड गर्मी आफ्नो शरीरमा थाप्छन् तर त्यो प्रचण्ड घामबाट आफ्ना सन्तानलाई बचाउँछन्। गँगटोको प्रसवपीडामा उसको मृत्यु छ, तर पनि आफ्नो सन्तानको जन्ममा समर्पित छ ऊ। संसारभरिका आमाले उत्सर्ग नै गरेका छन्, संसारमा विवेकशील गनिने प्राणी मानिसदेखि लिएर माटोभित्र टाउको गाडेर बस्ने गँड्यौलाजस्ता साना कीरा पनि।
यसकारण आमा जति पवित्र शब्द यो संसारमा अर्को छँदै छैन। माँ, आमा, जननी र महतारी भनी जुन सम्बोधनले गरे पनि त्यो जन्म दिने आमाप्रतिको सम्मान हो।
जिउँदो हुन्जेल नै आमाको पूजा गरौँ र उनलाई तृप्त गरौँ। बाँचुन्जेल आमालाई बेवास्ता गरी मृत्युपछि आमाको प्रतिविम्ब खोज्नु मूर्खता मात्र हो।
बिभिन्न अनलाइनहरुबाट

- मन्दिरा मञ्जुश्री ।
“नानी एक्लै जाँदैछेस्…! बाटोमा अलिख चनाखो हुनु…। आइमाई भएको सिट मिलाएर बस्नु है, लामो बाटो छ…।” म हिँड्ने बेलामा आमाले नारी हुनुको कमजोरी अथवा भनौ आमा हुनुको स्वाभविक गुण देखाउदैँ मलाई ममत्व पस्कनु भयो । उहाँका आँखाबाट पुर्लुक्क आँशु झरे । मलाई यो नारीको कमजोरीपना त्यति उचित लागेन । त्यसैले मैले पनि नारी गुण देखाएर आमाको सार मिलाउनुको सट्टा नदेखेजस्तो गरेर टारेँ ।
काम विशेषले म काठमाडौँबाट विराटनगर जानुपर्ने थियो । घरमा बूढा भईसक्नुभएका आमा-बुबामात्र हुनुहुन्थ्यो । दाजुभाइहरू सबै परदेशमै थिए । त्यसैले मेरो सहयोगी कोही पनि थिएनन् । अर्कोतिर मैले आˆनो सक्षमताको परिचय दिनु पनि थियो । त्यसकारण मैले मेरो यात्रा एक्लै नै गर्नुपर्ने थियो । आमा-बुबाको दृष्टिमा त म कमजोर नारीकै रूपमा गनिन्थेँ । त्यसैले पनि सुरक्षा र सजिलोको दृष्टिले मलाई दिउँसोको बसमा जाने सल्लाह दिनुभयो ।
म आफ्नो सामान बोकेर हिडेँ । बस स्टेण्डमा पुगेर टिकट काटेँ । विद्यार्थी सहुलियत भाडा दिएपछि मलाई चौध नं.को सिट देखाइदियो । सहुलियत दर भाडा वा रोजिएको अगाडिको सिट दुबैमा मैले एकलाई चुन्नु थियो । मैले सोचेँ- “आखिर गाडि एउटै त हो नि…अगाडि बसे पनि पछाडि बसे पनि के को फिक्री ?”
गाडीमा चढेँ । दाहिनेपट्ट िझ्यालको सिट चौध नंको रहेछ । आˆनो सामान त्यही सिटमुनिहालेँ, केही माथी छज्जीमा राखेँ । मनमा कौतूहल जाग्यो- “अर्कौ खाली सीट कसको होला ? आइमाई होला कि लोग्नेमान्छे ? तरुनी वा तन्नेरी नै होलान कि बुढाबुढी ? तल्लो स्तरका भुत्रे झामे्र काम गर्ने ढाक्रे खालका होलान कि उच्च स्तरका स्मार्ट…? म सोच्दै बसेँ …।
यो सीटमा कुनै आकर्षक युवक परे पनि लामो र पट्यारलाग्दो यात्रा सजिलै कट्थ्यो” भन्ने मिठो कल्पना गर्न थालँे । अनि हिँड्ने बेलामा आमाले “आइमाई भएको सिट मिलाएर बस्नु है” भन्ने सम्झिएँ । अनि आमाको त्यस वाक्यप्रति उपेक्षित हाँसो हाँसे । किनकि कुनै तन्नेरी युवकसँगको सामिप्यतामा गरिने यात्राको मज्जा बिचरा मेरी बूढी आमालाई के थाहा र.. ।
गाडीमा चढने प्रत्येक व्यक्तिलाई म कौतूहलपूर्ण रूपले हेर्ने गर्थेँ । कतै यही त हैन मेरो सिटपार्टनर…। हमसफर…। सहयात्री…।
अरू सिट एकाएक गर्दै भरिन लाग्यो, तर धेरै समयसम्म पनि मेरो सिटमा दाबी गर्न कोही पनि आएनन् । केही क्षणपछि एउटा झुत्रे..काम गरेर खाने जस्तो..सोझो..झुस्स दाह्री जुँगा भएको व्यक्ति नजिकै आएर “पन्द्र नंको सिट यही हैन” भन्यो ? मैले उसको हुलिया र स्थितिप्रति उपेक्षित भावले नाक खुम्चाउँदै आफू सभ्य हुनुको परिचय दिँदै “हो” भन्ने जवाफ दिएँ । मेरो भित्री आकाङ्क्षा र चाहना सबै चकनाचुर भयो । कहाँ स्मार्ट युवकको प्रतिक्षा गरिरहेकी म त्यस्तो झुत्रे झ्याउरेसँग यति लामो यात्रा गनुपर्ने…। कसरी दिनभरीको यात्रा यस्तो व्यक्तिसँग बसेर काटौं… । क्या बोर…। म छट्पट्टएि…। निस्सासिएँ…। बस्न नदिउँ भने ऊ उसको सिट दाबी गर्न आइरहेको छ…। दिउँ भने…उफ…!!
मैले अगाडि पछाडि सबैतिर हेरेँ । सायद कसैले पनि मेरो छटपंटिलाई बुझिरहेको थिएनन् । ठीक मेरो अगाडिको दुवै सिट खाली थियो । अैलेसम्म पनि त्यो सिटमा बस्ने कोही आएका थिएनन् । सायद यो खाली नै होला भन्ने ठानेँ र जुरुक्क उठेँ अनि “तपाई बस्नु है” भनेर अघिल्लो सिटमा गएर बसेँ । त्यो बाह्र नंको सिट रहेछ । मैले झसङ्ग आमाले भनेको संझिए । “भरसक झ्याल र आठ बाह्र नंको सिट नपार्नु है । फाप्दैन…।” तर म त घुमीफिरी बाह्र नंको सिटमा नै पो परेछु…।
हुनत मजस्तो पढेलेखेको मान्छेले र आज एक्काइसौँ शताब्दीमा आएर पनि यस्तो अन्धविश्वास गर्न नचाहे पनि परम्परागत संस्कारमा हुर्किएको मेरो मनले सोच्यो- “कतै बाह्र नं. सिट साँच्चै नै नफाप्ने पो हो कि…? अब फापे नफापेको प्रमाण त मेरो सिट पार्टनरको रूपमा आउने यात्रीले गर्छ । यदि मेरो भित्री चाहना अनुरूपको यात्री पर्यो भने फापेको मान्नुपर्ला…। नत्र नफापेको…।” मलाई अर्को डरपनि थियो कतै यो सिट दाबी गर्ने कोही त आउँदैन ? यो सिट खाली नै छ भन्ने निश्चित पनि त थिएन ।
म झयालबाट बाहिर देखिने क्रियाकलापहरू हेरिहरेकी थिएँ । ड्राइभर, खलासी, कण्डक्टरहरू नजिकैको पसलमा चिया खाइरहेका थिए । कुल्लीहरू/भरियाहरू गाडीमा सामान लोड गरिरहेका थिए । बाहिर चोकमा कतिपय मान्छेहरू आफन्तलाई गाडी चढाउन आएका र बिदाईका हात हल्लाउँदै गाडी हिँड्ने प्रतीक्षामा उभिइरहेका थिए । साना केटाहरू पत्रिका बेच्न कराइरहेका थिए । सडकमा राजधानीबाट बाहिर जाने गाडीहरू ध्र्यार-ध्र्यार गरिरहेका थिए । खलासी र टिकट दलालहरू सम्बन्धित ठाउँको नाम लिएर यात्रुहरू डाकिरहेका थिए । धरान-धरान, विराटनगार-विराटनगर, काँकडभिट्टा-काँकडभिट्टा आदि ।
“एक्सक्युज मी” बाह्र नं. सिट त मेरो थियो । एउटा पुरुष स्वरले मेरो छेउमा पुकार्यो । म झसङ्ग भए । किन कि बाह्र नं सिटमा त म बसिसकी थिएँ र कोही यो सिटको हकदाबी गर्न आइरहेको थियो ।
मलाई के गरौँ कसो गरौँ भयो । हुन त एघार नं.को सीट पनि खाली नै थियो । तर म त्यता बस्न चाहन्नथेँ । किनकि उभिएका मान्छे वा लोकल यात्रीहरू अथवा कन्डक्टरहरू आˆनो जीउ दराल्दै हिँडेको अनि उभिने बहानामा बस्नेसँग त्यसमा पनि केटीसँग ढेसिएको मलाई पटक्कै मन पर्दैनथ्यो । त्यसैले झ्यालपट्ट िबस्न मलाई मनपर्थ्यो र आफूलाई सुरक्षित ठान्थेँ । मैले खाली भएको सिटपट्टी इशारा गर्दै भने- “म झ्यालतिर बस्छु…। तपाई यता बस्नुस् न हुँदैन र ?” यति भन्दै मैले उसको अनुहार हेरेँ । अहँ ऊ मेरो चहानानुरूपको आकर्षक रूप रङको स्मार्ट पटक्कै थिएन ।
मलाई झनक्क रिस उठयो ऊप्रति…। किन र के कारणले रिस उठयो त्यो मलाई थाहा थिएन । तर रिस उठनुपर्ने वास्तविक कारण त्यही मान्छे, जुन मेरो चहानानुरूपको नहुनु नै थियो सायद…। उसको कुनै प्रतक्ष दोष थिएन । थियो केवल मेरो कल्पना र मनले सोचेजस्तो सुन्दर नहुनु मात्र ।
हुन त मेरो भित्री इच्छा पनि सिट पार्टनर कुनै पुरुषको नै अपेक्षा थियो र ऊ पनि पुरुष नै थियो । एकप्रकारले त मेरो आकाँक्षा पूरा नै भएको थियो । तर यहाँ त समस्या झन खडा भयो पुरुष त पर्यो तर चाहनानुरुपको आकर्षक र राम्रो परेन ।
“कस्तो अनुहारपनि नपरेको मान्छे…। त्यसमा पनि कालो चस्मा लगाएको…। हेर्दा गुण्डाजस्तो…। हैन, अनुहार पनि हुनुपर्छ नि गगल्स लगाउनलाई त…। सुहाओस नसुहाओस् । केटीलाई चिहाई चिहाई हेर्न लगाएको होला नि…।” एक्कासी मनमनै आक्रोस पोखेँ ।
“अब यति राम्री, जवान केटीसँग ढेसिएर, एकै सिटमा यात्रा गर्न पाउँदा त मख्ख पर्यो होला नि ! फेरी कहाँको पात्ले घारीमा जुका टिप्दै भेडा हेर्नेको छ जस्तो रूपरङ र हुलिया पनि । खुबै कति न शिक्षित र पढेलेखेको भएजस्तो गरेर अँगे्रजी बोल्छ- “एक्स्क्युज मी” त्यसको अर्थ त थाहा छैन होला त्यसलाई…।” अझै रिस मरेन मेरो । मैले मनमनै त्यो मान्छेलाई थुप्रै गाली गरेँ…।
ममा रूपको घमण्ड थियो । सायद त्यसैले होला म नराम्रो मान्छेलाई घृणा गर्दथेँ । आफूजस्तै राम्रो मान्छेसँगमात्र बिहे गर्छु भन्ने भित्री आकाङ्क्षा थियो । त्यसैले त अहिले पच्चिस कट्दा पनि बिहे गरेकी थिइनँ । आफूले खोजेजस्तो सुन्दर नभेटेकोले…। अनि अर्कोकुरा, म नराम्रा मान्छे सबैलाई फटाहा नै ठान्थेँ र उसलाई पनि मैले त्यस्तै ठानेँ ।
गाडीका सिट लगभग पुरै भरिए । म त्यो मान्छेपट्टी फर्किंदापनि नफर्की, त्यसलाई मजाले हेर्दापनि नहेरी, अर्कोपट्टी फर्केर झ्यालबाट देखिने दृष्यहरूमा भुलिन थालेँ । ऊभने कति न शिक्षित र सभ्य भएजस्तो भएर पत्रिका पढन थाल्यो । अनि सायद मसँग बोल्ने निहुँले होला ‘पढ्ने हो , भनेर मतिर बढायो । मैले समाएँ तर पढने मुढ नै थिएन । शीर्षक पढदै पाना पल्टाउँदै गएँ ।
गाडी कलंकीबाट गुड्यो र क्रमशः काठमाडौँलाई बाई-बाई गर्दै फुत्त ओरालो लाग्यो । पहाडी क्षेत्रको नागबेली परेको घुमाउरो बाटोहँुदै । म आँखाभरि पारी गाउँका रमाइला र मनोरम दृष्यहरूलाई सँगाल्दै त्यो मान्छेप्रतिको वितृष्णा वा आक्रोश शान्त पार्ने प्रयास गर्दै थिएँ ।
धार्केमा चियानास्ता खानकोलागि गाडी रोकियो । सबै यात्रुहरू उत्रिए । मेरो सहयात्री पनि तल उत्रियो ।
मेरो बराबरीको अर्को सिटमा एउटी महिला थिइन् । उनीपनि सायद एक्लै थिइन् । त्यसैले मेरो साथी तल उत्रिएको बेला मैले आफ्नो सँगैको सिटमा तिनै महिलालाई राख्ने विचार गरेँ । म आफ्नो सिट पार्टनरलाई हटाउन चाहन्थेँ । यस्तो मनले नरुचाएको व्यक्तिसँग यात्रा गर्नु भन्दा त बुढी आइमाईसँग बस्नु नै राम्रो…। त्यसैले मैले उनलाई बोलाएँ, “ए दिदी तपाई यहाँ आउनुस न । केटी केटी मान्छे मिलेर बसौँ । यहाँको मान्छेलाई बरु त्यता पठाइदिउँ हुन्न ?”
उनले पनि सजिलै भनिन्- “अहँ नाइँ ! म त आउँदिन ..। तपाईं बरु यता आउनुस न…।”
उल्टै उनले पो मलाई बोलाइन् । मेरो कुरा उनले सजिलै अस्विकार गरिदिइन् । मलाई ती आइमाईप्रति पनि रिस उठ्यो किनकि मैले सोचे बिपरित उनले नै मलाई पो बोलाइन् । मेरो कुरा त सजिलैसँग इन्कार भएकोमा मैले मनमनै गाली गरेँ …”हेरन ! कस्ती मै हुँ भन्ने रहिछे…। हेर्दा भने कस्ती काँठे छे…। यता आइज न भन्छु, उल्टै म पो उता जानु अरे…। हैन, त्यसले मलाई के सम्झिएकी छ…हँ ? म जान्छु कि केहो ऊ पट्टि…?? त्यससँग निहुरिन जानुभन्दा त बरु यही पाखेसँग बस्नु नै जाति ।” मैले आफूलाई नै जिताउने अठोट गरेँ…।
मैले आफैंले प्रर्याप्त खानेकुरा बोकेकी थिएँ । झिकेर खाएँ । बोटलको पानी पिएँ । पुनः यात्रीहरू आ-आफनो ठाँउमा आएर बसे…।
मेरो सहयात्री भनाउँदो पनि आएर बस्यो । मैले उसलाई यसो ध्यान दिएँ लगभग ऊ र म सँग सँगैका जस्ता लाग्यो, म पनि बच्ची थिइनँ । छब्बीस टेकिसकेकी थिएँ । सामान्य स्तरको रफ लगाइ र आँखामा कालो चस्मा र नपरेको अनुहार त्यसमा पनि कालो वर्णको । उसको हुलिया देखेर मैले सोचेँ, दिनभरीको जवान केटीसँगको यात्राको फाइदाचाहीँ यसले पक्कै पनि उठाउने नै छ । बरु म उसलाई भाइ भन्ने सम्बोधन गरिदिन्छु । सायद यसो गर्दा त ऊ दिदी माथि केही गर्न सक्दैन वा दिदीप्रति को मर्यादाले मप्रति कुभावना राख्न पनि अलिक आँट आउँदैन कि । कुनै अभद्र व्यवहार गर्दैन कि ।
म यता यस्तै सोचेर टोल्हाउदै थिएँ । “बहिनी कहाँ जाने ?” उसको एक्कासीको प्रश्नले र त्यसमा पनि बहिनी सम्बोधनले म झसङ्गै भए । म उसलाई “भाइ” बनाउन खोज्दैछु तर उल्टै उसैले पो मलाई बहिनी भनेर सम्बोधन गर्यो ।
सायद उसले आफ्नो पौरुषत्व देखाएको होला । बहिनी भनेपछि त जे गर्न पनि सकिन्छ भनेर अधिकार देखाउन खोजेको होला नि ! मसँग ढेसिएर बसौँला.., छिल्लिएर जिस्कौं ला, गाडी गुड्दा हल्लिएको बहाना गर्दै बेलाबेलामा मेरो शरीर छुन पाउँला अनि निदाएको बहानामा मेरो काँधमाथि झुलौँला…। म निदाएको बेला सुम्सुम्याउँला…भन्ने सोचेको त होला नि त्यस मोराले…।
मेरो मनमा चिसो पस्यो…। मुटु ढक्क भएर फूल्यो…। सम्भावित घटना घटन सक्ने परिकल्पनामा अनेकाँै शङ्का-उपशङ्काहरू रुमल्लिन थाले मष्तिस्कमा । म अब आफू असुरक्षित हुन सक्छु भन्ने शङ्काले झन् सर्तक हुन थालेँ…। वास्तवमा बाह्र नंको सिट फाप्दो रहेनछ त । अपसकुन नै हुदोँरहेछ…। यस्तै यस्तै तर्कना गर्नथालेँ म…।
धेरै लोग्ने मान्छेहरू गाडीमा वा अन्य ठाँउमा भएको भीडको फाइदा लिइहाल्छन् । सिटमै बसेको छ भने पनि विभिन्न बहानाले छुन खोज्छन् । हात बाँधेर बस्ने बहानामा केटीका संवेदनशील अंगमा छुन खोज्छन् कोही भने निदाएर र थाहा नपाएको (बहाना) अभिनय गर्दै आफ्नो शरीरलाई लथालिङ्ग छोडिदिन्छन् अनि केटीको काँधमा टाउको बोकाउन पनि पछि पर्दैनन् । उभिएको छ भने पनि जहाँ केटी छ, त्यहीँ नजिक आइपुग्छन् । अनि गाडीको असन्तुलनसँगै आˆनो शरीर पनि असन्तुलन भएको बहाना गर्दै केटीसँग ठोकिन्छन् । यो त उनीहरूको सामान्य प्रयासमात्र हो ।
लोग्नेमान्छेका यस्ता सस्ता कुप्रवृतिबाट परिचित मपनि उसलाई त्यही प्रवृत्तिकै सोच्न थालेँ । समय दिउँसो भए पनि सिटमा ऊ र म मात्र त थियौँ । लामो दुरीको यात्रामा ऊ पनि निदाएको बहानामा शरीर मलाई बोकाउन सक्छ । अथवा म निदाएको बेलामा उसले मौकाको फाइदा उठाउन सक्छ । हातहरू मेरो शरीरमा ल्याइपुर्याउन सक्छ । जे पनि त हुन सक्छ ।
यदि यस्तै नै भयो भने..? त्यसले त्यसै गर्यो भने ? अहँ म त कसैगरी पनि निदाउँदिन । म त सिधै कराउँछु । हकार्छु । अनि पछाडि गएर बस्ने धम्की दिन्छु । म भित्रभित्रै निकट भविष्यमा घट्नसक्ने संभावित घटनाकोलागि पूर्व तयारी गर्नथालेँ । अनि अझ खुम्चिएर सानो भएर बसेँ…।
म यस्तै यस्तै सोचिरहेकी थिएँ । उसले फेरी सोध्यो- “बैनी ! कहाँ जाने हो ?”
“विराटनगर” मैले सटिक उत्तर दिएँ सकभर उसलाई आˆनो सहि परिचय नदिने उद्देश्यले आˆनो ठेगाना भनिन् ।
“नास्ता खान किन नगएको त ?” उसले सायद मप्रति अपनत्व देखाउँदै सोध्यो ।
“हैन खानेकुरा मसँगै थियो, यहीँ खाएँ” मैले नचाही नचाही पनि उत्तर दिएँ ।
“म पनि जनकपुर जान भनेर हिडेको थेँ, फेरि जान मन लागेन…। काँकडभिट्टासम्म जानुपर्ने काम थियो, उतै जान्छु भनेर लागेको…” मैले नसोधिकन नै उसले आˆनो गन्तव्य बतायो ।
“पुरै यात्राभरि साथ पाउने भइस मोरो ! त्यसैले त निहुँ पारी-पारी बोल्न खोज्दैछस् ।” मैले मनमनै त्यसलाई गाली गरेँ ।
मैले उसप्रति गहिरो चाख नदेखाएकोले होला सायद, ऊ चुपचापसँग हात बाँधेर बस्यो । मलाई कतै छुइन्छ कि भन्ने सतर्कता अपनाउदैँ । म झयालबाट देखिने बाहिरी दृष्यमा अलमल्लि रहेँ । ऊ चुपचाप भएकोमा मलाई पनि ढुक्क लाग्यो ।
धादिङ पुगेपछि आˆनै गतिमा गुडिरहेको गाडि घचक्क रोकियो । सबै यात्रुहरूले उत्सुकताबस बाहिर हेरे । खालासीले भन्यो “ल गाडी जाममा परेजस्तो छ ।” मैले पनि झ्यालबाट हेरेँ अगाडीको सडक पुरै गाडी नै गाडी । हल्लखल्ला भयो, “कृष्ण भीरमा पहिरो गएको छ अरे । गाडी जानै सक्दैन…। अब के गर्ने…?” सबैको मुहारमा प्रश्न झल्कियो ।
मेरो सहयात्रि पनि निकैबेर पछि ब्युँझियो वा त ब्युँझिएको अभिनय गर्यो । “के भयो ?” भन्दै चनाखो भयो । मलाई बोल्न करै लाग्यो- “गाडी जाममा पर्यो अरे ।”
अरू यात्रुहरूसँगै ऊपनि तल उत्रियो बस्तुस्थिति बुझ्न । एकछिनपछि तल उत्रिएकाहरूले खबर सुनाउन थाले । ऊ पनि अरूलाई भन्दा खासगरी मलाई खबर सुनाउन आयो । “बाटो नै छैन अरे… गाडी जाने त चान्स नै छैन…। पुरै जाम छ …।” उसले सुनाएको यस कुरालाई चाहिँ मैले राम्रै ध्यान दिएर सुनेँ । किनभने यो त मेरो पनि चासोको विषय थियो ।
ऊ पुनः उत्रियो…। वातावरण उराठलाग्दो थियो । तल धमिलो त्रिशुली बटारिएर आˆनै गतिमा बगिरहेको थियो । माथि त्रिशुलीको भीरमा कुनै महान व्यक्तिको स्वागतमा पंक्तिबद्ध उभिरहेका स्वागतार्थी जस्ता रंगिचंगि गाडीहरू दोहोरो लाइनमा खडा थिए । मध्यान्हको घाम । त्रिशुलीको खोँच । घामले तात्तिएर चौपट्टै उष्ण गर्मी थियो ।
गाडीका यात्रुहरूले बोकेको पानी सकिइसकेको थियो । त्रिशुलीको वेगलाई हेरेर तिर्खाएको जिब्रोले ओठ चाट्नुपर्ने अवस्था थियो । किनभने नजिकै बाटामा कतै घरहरू थिएनन । तल हेर्दा कहालीलाग्दो उर्लिएको त्रिशुली । माथी हेर्दा आक्कासिँदो भीर र त्यही भीरको बीचमा भएको बाटोभरि गाडी नै गाडी र मान्छेहरू ।
खानेकुरा बोकेका यात्रुहरूले आफूसँग भएका खानेकुराहरूले भोक मार्न थाले । नहुनेहरू सन्तोष मानेर निन्द्रासँग भोक साट्ने प्रयास गरिरहेका थिए । सधैँ नौ बजे खाना खाने बानी । आज त बाह्र बजिसकेको थियो । त्यसैले मैले पनि आˆनो सिट पार्टनर नभएको मौका पारेर कुपुकुपु खाएँ आफूले बोकेका खानेकुरा । एकक्षण पछि त ऊ पनि आइपुग्यो ।
“कस्तो भोक लागिसक्यो…कतै घर पनि छैन…होटलपनि छैन । दोकान भए त चाउचाउ बिस्कुट किनेर खानुहुन्थो नि…केही पनि छैन” भन्दै सिटमा आएर बस्यो ।
अहिले मैले बाह्र नंको सिटको अपसकुनलाई सम्झिएँ । एक त मनले नरुचाएको साथी पर्नु, अर्को यस्तो जाममा पर्नु, खान नपाउनु…। सबै सम्झिँदा आठ बाह्र नंले पिर्छ भन्ने आमाको मान्यतालाई मैले नचाहँदा नचाहँदै पनि सप्रमाण स्विकार्न पुगेँ ।
मौकाको फाइदा उठाउन गाडी रोकिएको ठाँउबाट एक दुई कोश वरपरका टुकुरे दोकानका व्यापारीहरू चाउचाउ र बिस्कुटको प्याकेट लिँदै आइपुगे । दशको पन्ध्र भन्दापनि सजिलै बिक्यो उनीहरूको सामान । किनकि काठमाडौँबाट पूर्व लाग्ने सबै गाडी त्यहिँ थुपि्रएका थिए । यात्रुको अनुपातमा त्यो सामान थोरै थियो । फेरि दिउँसो एक बजिसकेको थियो । भोकको अगाडि पन्ध्र रुपियाँ सामान्य नै थियो ।
एउटा फुच्चेले कार्टुन बोकेर चाउचाउ भन्दै आयो ।झ्यालबाट उसले त्यस केटालाई भित्र आउने इशारा गर्यो तर ऊ आइपुग्दा नपुग्दै अगाडीको यात्रुहरूले कार्टुन रित्याइहाले । मेरो सहयात्री हेरेको हेर्यै भयो । अनि बाध्य भएर धैर्य हुन खोज्यो र कुनै उपाय नभएपछि पुनः सिटमा नै चुपचाप लागेर बस्यो । ठिक्क पर्याे भन्यो मेरो मनले ।
बाटो यति भीड थियो कि श्वास पनि नछिर्ला जस्तो । तै पनि अलिकति ठाँउ भेट्टायो कि डाइभरले गाडी सुलुत्त निकाली हाल्थो । त्यस्तो सानो बाटो । दुवैपटि गाडी तैपनि प्रतिस्पर्धामा गाडी निकाल्यो अनुभवि डाइभरले । तर आफ्नो भने जिउ नै सिरिङ्ग हुन्यो ।
अलिकति अगाडी बढेर रोकियो गाडी । त्यहाँ बाटामा दुई चारवटा घर र खुद्रा पसल देखिए । त्यो सबैको आशाको त्यान्द्रो थियो फेरि सबै यात्रुहरूसँग ऊ पनि उत्सुकतावश बाहिर देखिएका घरहरू चियाउन थाल्यो । अनि यसो मपटि ढल्केर उसले आफ्नो पाइन्टको भित्री गोजीबाट एउटा पैसाको बन्डल निकाल्यो र “खुद्रा पैसा पनि बाहिर रहेनछ” भन्दै चार पाँचवटा हजारका र चार पाँचवटा नोट फटाफट निकाल्यो । मैले ध्यान दिएँ, ऊसँग कम्तिमा पनि लाख जति पैसा थियो । बाँकी पैसा पुनः यथास्थानमा राखेर तल उत्रियो ।
म छक्क परेँ । हेर्दा त्यस्तो खाते जस्तो छ । पाँच रूपैयाँ पनि मागेर पाउला जस्तो छ तर यत्रो पैसा…? मलाई आश्चर्य साथै डर पनि लाग्यो । जनकपुर हिँडेको भन्दै काँकडभिट्टा जान्छु भन्छ । सामान पनि खास केही भएजस्तो लाग्दैन । फेरी गगल्स लगाएर काग जस्तो देखिन्छ । पक्का पनि यो मान्छे गुण्डा हो यता दुइनम्बरी काम गर्ने हो । कि त केटी बेच्ने दलाल पो हो कि…? नत्र किन यसले यत्रो पैसा बोकेको छ ? कहाँबाट ल्याएको होला यत्रो पैसा ? यस्तो खाते जस्तो मान्छेले ??
मलाई त ऊ देखि झन डर लाग्यो । कतै यसले बिभिन्न उपायले, तरिकाले मलाई पनि बेच्न लग्यो भने ? भयंकर शङ्कालु प्रश्न म आफैभित्र उब्जियो । “गाडीमा अपरिचितले दिएको कुनै पनि खानेकुरा नखानु” भन्ने कुरा सम्झेँ । उसले पनि मलाई बाध्यतावश कुनै कुरा झुक्याएर खुवाउन सक्छ । बेहोशीमा ललाएर, फकाएर लैजान र बेच्न पनि त सक्छ ।
मेरो मुटु झन फूल्यो । ऊ पुनः खिन्न हुँदै आयो र मलाई आफै सुनायो- “पसलमा केही पनि छैन अगाडिका यात्रुहरूले सबै खानेकुरा सकिसकेछन् । मरिने भइयो भोकले ।”
उसले भनेको कुरालाई मैले खासै ध्यान दिइनँ । मलाई डर लागेको कुरा वा उसको सत्य पत्ता लगाउने उत्सुकता जागिरहेको थियो । त्यसैले मैले पत्ता लगाउने उद्धेश्यले डराउँदै सोधेँ- “तपाई के काम गर्नु हुन्छ ?”
“म एउटा व्यावसायिक संस्थामा काम गर्छु ।” उसले भन्यो । “म त्यसको व्यवस्थापक हुँ । संस्थाको कामले नै काठमाडौँ आएको थिएँ । एउटा मान्छेलाई नभेटी नहुने थियो । अब काँकडभिट्टा जाँदैछु ।”
“उफ व्यवस्थापक रे हेर्दापनि त्यस्तै लाग्छ….” मैले मनमनै उपेक्षा गरे उसलाई ।
एउटा यात्रु गाडीमा चढ्यो र भन्यो “कोही भात खान चाहन्छ भने यहाँ एउटा (होटलमा) घरमा गुन्द्रुक र भात रु चालीसमा पाइन्छ अरे ।”
उसलाई सायद ज्यादै भोक लागेको थियो । म त गुन्द्रुकसँग भए पनि भात खाने भनेर हत्त न पत्त उत्रियो । तर उ उत्रिएको केही बेरमा नै सडकका गाडी अलिकति चल्मलाए । हाम्रो ड्राइभरले पनि गाडी ध्यार्र…टिं…पारिहाल्यो । खलासीले सबै यात्रीलाई बोलायो सबै यात्रु आए । गाडी हिँडयो । ऊ पनि सिटमा आएर बस्दै भन्यो, भात त पाकिसकेको रहेछ तर खानै भ्याइएन…।
म खुच्चिङ मार्दै मनभरि हाँसिरहेँ…। उसले खान नपाएकोमा ।
दिन क्रमशः ढल्कन लागेको थियो । समय दिउँसोको दुई वा तीन बजिसकेको थियो । अरू दिन यसबेला ढल्केबर वा लाहानतिर पुग्ने गाडी त्यसदिन त्रिशुलीलाई छोड्न सकेको थिएन । सबै यात्रुहरू अब भोकबाट लखतरान भएर सिटमा चुपचाप निदाउने अभिनय गर्न थाले । भोको पेटमा साँच्चीकै निदाउने चाहिँ सायद एक दुई जनामात्र थिए होला…।
अरु यात्रीको जस्तै मेरो सहयात्रीको अवस्था पनि दयनीय नै थियो । उसले धेरै प्रयास गरेको थियो भोक लाग्दा एकपेट खानलाई…। तैपनि केही पनि खान पाएको थिएन ।
ऊ भित्री रूपमा जे जस्तो भए पनि, जो भए पनि र मैले उसलाई जे जस्तो सोचे पनि मानवताको नाताले मलाई उसप्रति टीठ लाग्यो । मसँग खानेकुरा प्रशस्त थियो । फलफुल पनि थियो । मेरो मानवताले मलाई उसलाई केही दिन अह्रायो । बिचरा जे जस्तो व्यवसाय गरेर कमाएको भए तापनि त्यत्रो बिधि पैसा गोजीमा छ तर मुखमा एक गाँस पनि खान पाएको छैन ।
मान्छेहरू पैसालाई नै ठुलो ठान्छन् तर समय र परिवेश अनुसारमात्र पैसा ठूलो हुँदोरहेछ । खै त त्यत्रो पैसा उसको गोजीमा भएर पनि उसले भोक मेट्न सकेन त…। आखिर भोक मार्न त खानेकुरा नै त चाहिँदो रहेछ…जे जस्तो भए पनि…। पाँचतारे होटलको भए पनि मागेर खाएको एकमुठी भात भए पनि । आखिर जीवन धान्नु नै त मुख्य उद्देश्य हो रहेछ । मैले पैसा र खानेकुराको तुलना गरेँ र पैसाको मूल्यको पनि गणना गरेँ ।
मैले मसँग भएको खानेकुरा झिकेर उसलाई खान दिएँ । उसले लिन मानेन । मैले “लिनु न भोक लाग्यो होला” भनेर पुनः अनुरोध गरेँ ।
“बिहान मैले त नास्ता खाएको छु नि…बरु तपाईलाई पो भोक लाग्यो होला त…नास्ता पनि खानु भएन…।” उसले उल्टै पो मलाई सहानुभुति दर्शायो । नखाए नखा न त मोरा मनमनै भनेँ र क्वाम क्वाम पारेँ उसलाई दिन ठीक पारेको खानकुरा ।
मैले थाहा नपाएजस्तो गरेर उसलाई ध्यान दिएँ । भोकले उसको मन पनि उसको बसमा थिएन । बेला बेला उसका नजर चोरी चोरी मैले खाएको खानेकुरामा नै पर्ने गथ्र्यो । मलाई अझै दया लाग्यो उसप्रति । मैले पुनःअनुरोध गरेपछि उसले अप्ठ्यारो मान्दै लियो । मैले पनि अरू खाएँ । त्यसपछि उसको भोक केही शान्त भयो सायद, ऊ पुनः आरामले हात टाउकोमाथि राखेर बस्यो ।
हाम्रो अन्य बोलचाल भएन । ऊ निदाएको जस्तो लाग्यो । मैले ध्यान दिएँ, अभिनय नभएर ऊ साँच्चै नै निदाएको रहेछ ।
मैले उसलाई सर्सर्ती हेरेँ ।
उसको बसाई हेरेँ । अनि आफूले उप्रति लगाएका सम्भावित लान्क्षनाहरू दोहोर्याएँ । अहिलेसम्म लगभग नौ घण्टा सँगसँगै बसेको बेलाका क्रियाकलापको मूल्यांकन गरेँ । तर अहँ, मैले सोचेजस्तो शङ्का गरेजस्तो उसको क्रियाकलाप थिएन । ऊ सिधा र सर्तक भएर बसेको थियो । मपटि ढेसिएको पनि थिएन । उसको र मेरो बीचमा खाली ठाँउ थियो । म भन्दा पनि ऊ पो सतर्क भएर बसेको थियो । उसले न त मसँग अनावश्यक प्रश्न सोधेको थियो, न त फाल्तु गफ नै । कुनै पनि क्रियाकलाप गरेर मलाई छोएको पनि थिएन ।
मैले ऊ निदाएको मौका पारेर उसलाई नियालेर हेरेँ । थोरै कालो वर्णको…दाह्री जुँगा काटेको छोटो छोटो कपाल राखेको । मान्छे खासै नराम्रोचाहिँ हैन रहेछ । उचाई, शरीरको बान्की, अनुहारको बनौट पनि ठीकै रैछ नियालेर हेर्दा त । लुगा पनि साधारण । सेतो रङको कोठा कोठा भएको हाफसर्ट र खैरो रङको पाइन्ट लगाएको ।
अहिलेसम्मको उसको गतिविधि र पहिरन, बनावट, बोलाई, सबैको मुल्यांकन गर्दा ऊ मैले सोचेजस्तो फटाहा हैन रहेछ जस्तो लाग्यो मलाई । कता कता ढुक्क भएँ । त्यसैले मपनि अब निदाउने बहाना गर्नथालेँ । त्रिशुलीको लेदो पानी र पारी देखिने जंगलको दृष्यले मेरो आँखा पनि पोलिरहेको थियो ।
बामे सरेर पाँचबजे बल्ल नारायणगढ आइपुग्यो र रोकियो गाडी थचक्क । सबै यात्रुहरू चल्मलाउन थाले र उत्सुकतावश झयालबाहिर हेर्नथाले । ऊ पनि ब्युँझियो र गगल्स निकाल्यो आँखा (पुच्छ्यो) मिच्यो । मैले त्यसबेला देखेँ, उसको एउटा आँखा त पुरै सेतो पो रहेछ । सायद फूलो परेर बिग्रेको होला । त्यसैले पो उसले गगल्स लगाएको रहेछ । बल्ल मलाई थाहा भयो उसले गगल्स लगाएको वास्तविकता…। यसबेला मलाई मेरो शङ्का र उसप्रतिको उपेक्षाप्रति झिनो पश्चाताप लाग्यो…।
नारायणघाट सुरुसँगै मूसालधारे पानी पर्यो । असिना झर्यो त्यसैले एकाध घण्टा गाडी रोकियो । असिना र्झन छोडेपछि पुनः गाडी अगाडि बढ्यो । सबैको इच्छा केही खाने थियो । दिनभरिको गाडीको बसाई र भोकले यात्रुहरूको बोल्न सक्ने शक्ति क्षीण भइसकेको थियो । ड्राइभरले पनि सानैदेखि ठूलोसम्म सबै होटलमा गाडी लग्यो तर मुसलधारे पानी र कुबेला भएकोले यात्री सबैलाई पुग्ने खाजा/नास्ता समेत कतै पाइएन । पुनः लाचार भएर ड्राइभरले गाडी अघि बढायो ।
सधैँ यसबेला आˆनो गन्तव्यमा पुग्ने गाडी आज त्यो समयमा लगभग आधा बाटोको दुरीमात्र पार गरेको थियो । यसपछि गाडीले तीव्र बेग लियो । चन्द्रनिगाहपुर पुग्दा रातको दश बजेको थियो । त्यहाँपनि खाना पाइएन । एउटामा मात्र अघिल्लो बसका यात्रुले खाएर बाँकी रहेको खाना भेटियो । नपाउनु भन्दा जेजस्तो भए पनि त्यहि खाने भनेर सबैले खाना खाए । मेरो सहयात्री पनि गयो र मलाई पनि आग्रह गर्यो खान जान । मैले नखाने भनेँ । मैले आफूसँगै भएको खानेकुरा खाएँ ।
ऊ खाना खाइसकेर आयो र सहयात्री हुनुको कर्तव्य निभाउँदै मलाई पनि एउटा फ्रुटी र चटपटे ल्याएर दियो । म झसङ्ग भएँ “अपरिचितले गाडीमा खान दिएको नखानु” भनेको सम्झेँ । फेरि मेरो मनले अघि नै उसलाई केटी बेच्ने दलालसम्म सम्भिmसकेको छ । कतै ऊ त्यही त हैन ? फेरि खानेकुरामा बेहोस पार्ने औषधि मिसाएको त छैन ? अब त झन् रातको समय छ मैले थुप्रै कुराहरू सोचेँ र खान्न भनेँ ? उसले अनुरोध गर्दापनि मैले खाएको भनेर लिँदै लिइनँ । उसले त्यो आफै खायो । मेरो डर अलिक कम भयो । उसले आफै खाएकोमा ढुक्क भएँ ।
हाम्रो यात्रा पुनः सुरु भयो । रातको समय थियो । अब त गाडीमा बत्ती पनि निभेको थियो । दिनभरिको भोकै र अहिलेको खानेकुरा अनि गाडीको थकाई । सबै यात्रु ओइलाए । यात्रुहरू गफ गर्न छोडे । बस भित्र शान्ति छायो । कति जना त निदाएर घुर्न थाले । ऊ पनि पुनः अघिकै जस्तो गरेर आरामसाथ ढल्कियो । अघिकै जस्तो गरेर निदायो ।
गाडी तीव्र बेगमा हुइंकिरहेको थियो । म भने तनमन देखि नै जागै थिएँ । निन्द्रा मदेखि धेरै टाढा थियो । मैले चुपचाप ब्यागको गोजीबाट एउटा साडीपिन निकालेर हातमा लिएँ । जब ऊ बहाना गरेर मप्रति ढल्केर टाँसिन खोज्छ तब म त्यही पीनले र्वाम्म पारिदिन्छु अनि मजा चाख्छ यस मोराले….। मनमनै म दंग परेर ऊतिर हेरेँ र कुटिल हाँसो हासेँ ।
धेरै वेर सम्म म मौका खोजिरहेँ । उसले केही गर्ला र म जाइलागुँला वा आक्रामक हुँला भनेर । तर ऊ त केही गर्नु त कता हो कता सुइँ सुँइ निदाइ पो रह्यो । मेरो पूर्वतयारी बेकार भयो । हातमा झिकेर राखेको सेप्टि पीन पुनः व्यागको फीतामा खिलेँ ।
पुनः मेरो ध्यान ऊप्रति केन्दि्रत भयो । ऊ एकदम सर्तक मुद्रामा थियो । सायद निदाएको बेलामा अनजानवश मलाई छोइन्छ कि भनेर छेउमा र सर्तक भएर बसेको थियो ।उसको हरेक पक्षबाट मूल्यांकन गर्दा मेरो सोचाइभन्दा एकदम भिन्दै निस्कियो ऊ त । मेरा मनका अघिका ऊ प्रतिका भावहरू पुरै परिवर्तन भइसकेको थियो अब । । उसले जसरी मलाई ‘बहिनी’ भेनेर सम्बोधन गरेको थियो, त्यो सम्बोधनको र सम्बन्धको मर्यादा पनि त्यसैगरी राखेको थियो ।
मैले सोचेभन्दा बिपरित उसलाई पाउँदा म झन् छक्क परेँ ।उसको त्यो व्यवहार वा कर्तव्यपरायण वा भलादमीपन प्रति कताकता रिस पो उठ्यो मलाई त । उसले मलाई हराएको थियो । किनकि उसका भावना, सोच, व्यवहार त उच्च र पवित्र रहेछ तर सङ्कुचित र पाप त म मा नै पो रहेछ कि क्या हो ।
मेरो ऊ प्रतिका भावनाले अर्कै मोड लिए । अघि मलाई उसले मप्रति कुभावना राख्छ, गलत व्यवहार गर्नसक्छ भनेर रिस उठेको थियो । अब मलाई “उसले किन त्यस्तो व्यवहार गरेन ? पुरुष भएर पनि किन उसले आˆनो पौरुषत्व देखाउने प्रयास गरेन…।” भनेर पो रिस उठन थाल्यो ।
मैले उसलाई हेर्दै मनमनै गाली गरेँ- “यो कस्तो खालको लाटो वा हुस्सु पो रहेछ…। काँतर अनि डरछेरुवा…। पुरुष भएर पनि लाछी…। कि यो कतै नपुंशक पो हो कि…? नत्र यत्रो लामो यात्रा…सँगै एउटी नौजवान सुन्दरी केटी…। त्यसमा पनि एक्लै…। कस्तो समयको सदुपयोग गर्न, मौकाको फाइदा उठाउन नजानेको होला…। गाडीमा न त उसको परिचित कोही थिए, न त मेरो नै…। फेरि, ऊ र म पूर्णपरिचित पनि त थिएनौँ…कस्तो उल्लु …।
उसले चाहेका भए हाम्रो यतिलामो यात्रा रङ्गिन र रमाइलो पनि त हुनसक्थ्यो नि…। उसले मीठो-मीठो गफ गरेको भए हुन्थ्यो…। हाँसे हँसाएको भए हुनेथियो । मेरो सुन्दरताको बयान गर्दै मलाई फुरुक्क पारेको भए हुन्थ्यो…। जिस्किएकोे, चलेको भए हुन्थ्यो…। गाडीको कुदाई वा उप|mाइसँगै हल्लिएको बहानामा घरिघरि मसँग ठोकिएको भए हुन्थ्यो । अनजानमा भएको अभिनय गर्दै जानाजान ठोकिएको भए हुन्थ्यो…।
एउटा वस्यक केटा र केटी बीचको सामिप्यता वा अन्जानमै भए पनि स्पर्शको मीठो अनुभुति सायद यसलाई थाहै पो रहेनछ कि…? थुइक्क नपुशंक । रातको मौसम…। सुनसान समय…। साथमा जवान केटी…। ऊ भने आनन्दसगँ निदाई पो रहेको छ । कसरी सकेको होला…। कुनै पुरुषको स्पर्शको सुक्ष्म तृष्णा जाग्यो ममा । पुरुषको गन्धले रोमान्चित बनायो मलाई ।
ममा अर्कै किसिमको भाव पैदा भयो । अनि उल्टै उसलाई परीक्षण गर्न चाहेँ । घुँडा निरको भाग अलिअलि गर्दै टसाएँ । बिस्तारै ऊ भएतिर सरेँ । अनि निदाएको अभिनय गरेँ । निद्रावस्थामा गाडीको उफ्राइसँगै अनजानवश ऊसँग ठोक्किएको बहानामा घरिघरि जानाजान ठोक्किनँ थालेँ । अनि निदाएको बहानामा ऊपट्टी ढल्किएँ र उसको काँधमा टाउको अड्याउन खोजेँ…। तर ऊ निदाएकै थिएन या त निन्द्रामै भए पनि आफ्नो कर्तव्यप्रति सचेत थियो, ऊ अलिक पर सर्यो । मैले झन मस्त निन्द्रामा भएको अभिनय गर्दैरहेँ । जानाजान उसमाथि जिउ नै छोडिदएँ लत्रङग पारेर ।
“सरी है” भन्दै उसले आफ्नो हातमा भएको ब्यागले मलाई घचेटेर उठाउने कोशिस गर्यो । मैले झसङ्ग भएर ब्युँझिएको अभिनय गर्दै सचेत भएझैँ गरेँ ।
थुइक्क मोरा ! कमसेकम हातले छोएको भए त हुने । कति रमाइलो हुन्थ्यो होला । मनमनै कुडिएँ म । मलाई उप्रति एकातिर झन् रिस उठिरहेको थियो भने अर्कोतिर एकदम श्रद्धापनि लागिरहेको थियो ।
अनायास खलासीले “इटहरी झर्ने कोही छ” भन्यो । उ “छ है” भन्दै उठ्यो । आˆनो झोला टिप्यो र ‘गएँ ल’ भनेर उत्रियो ।
मैले घडि हेरेँ रातको दुई बजेको रहेछ । ऊ गएको हेरिरहेँ । मसँग करिब बीस घण्टा सँगै बसेर गयो ऊ । मेरो दृष्टिमा ऊ एउटा खाते थियो । पाखे थियो । गुण्डा थियो । काँतर थियो । केटी बेच्ने दलाल थियो । बलात्कारी थियो । डरछेरुवा थियो । नपुंसक थियो, अनि नाता र रगतको सम्बन्ध बाहेकको एउटा संरक्षक वा ‘दाइ’ थियो । तर ऊ वास्तवमा को थियो ? के नाम थियो ? त्यो मलाई थाहा थिएन । न त मैले नै सोधेँ न त उसले नै बतायो ।
ऊ गइसकेपछि सिट हेरेँ। मलाई मेरै आत्मीय जनसँगको बिछोडको अनुभुति भयो । बिचरा ! रातको दुईबजे सुनसान सडकमा कहाँ जान्छ होला ? उज्यालो हुन्जेल कहाँ बस्छ होला ? उसँग यत्रो पैसा छ कतै कसैले केही गरे भने…?? मलाई उप्रति सहानुभुति भयो । मैले अनुभव गरेँ…। वास्तवमा नै बाह्र नं.को सिट नै नफाप्दो रहेछ ।
गन्तब्यमा पुगेर गाडी रोकियो मैले आˆनो प्यारो बाह्र नं.को सिटलाई त्यसैगरी मन नलागी नलागी छोडेँ, जसरी मैले काठमाडौँ, थानकोट, कृष्णभिर, त्रिशुली…नारायणघाट, हेटौडा लगायत बाइस घण्टाको सहयात्रीलाई छोडेकी थिएँ ।
पाठककाे मनाेरञ्जनका लागि यो रोचक कथा हामीले अनलाइन खबरबाट साभार गरेका हौ ।

एक पटक एउटा अनौंठो घटना भयो । सायद कोठीहरुमा अपवादका रुपमा हुने घटना । एकपटक हाम्रो बंगलामा मोजमस्तीका लागि कलेजका केही केटाहरु आएका थिए ।
ती केटाहरु आ आफुले मन पराएका केटीहरु बोकेर कोठामा गए । ती मध्येकै एउटा केटाले मलाई राज्यो र मेरो कोठामा आयो । त्यती बेला म कलिलै थिएँ ।
भर्खर बच्चा जन्मिएकाले मेरो स्तनबाट दुधका धारा चुहिरहेको थियो । निपल अलिकति निचोर्दा नै दुध चुहिन्थ्यो । कलेजको त्यो भर्खरको केटाले छातीमा त्यसरी दुध बगेको देखेछ । उ निकै आश्चर्य चकित भयो ।
उसल्यो भन्यो, ‘मलाई तिमिसंग अरु केही गर्नु छैन । बस मलाई यो दुध खान देऊ ।’ ‘के नचाहिदो कुरार गर्छौ ! ?’बरबराउँदै भनें, ‘क्या ! खुस्केटहरु आउँछन् ।’ “होईन ! मैले तिमिसंग मजाक गरेको होइन ! मलाई दुध खान देऊ !” उस्ले भन्यो । ‘किन त्यसो भनेको ?’ मैले जिज्ञासा राखेँ । ‘मैले आजसम्म आमाको दुध खाएको छैन । अबदेखि तिमी मेरा लागि आमा समान् हौ । म तिमीलाई एउटी आमा सहर सम्मान गर्छु ।
प्लीज, मलाई दुध खान देउ’, उसले भन्यो । मेरो लागि त्यो बडा अनौठो प्रस्ताव थियो । सुरुमा त मलाई ‘कस्तो दिमाग खराव भएको ग्राहक आयो’ भन्ने लागेको थियो । सुरुमा एकदम रिस पनि उठ्यो । ‘तिमीलाई मैले दुध चुसाउनै पर्छ भन्ने छ र ? जे कामको लागि आएको हो त्यही गर’, मैले रिसाउँदै भनें ।
‘मलाई यहाँ यस्तो काम हुन्छ भन्ने पहिला थाहा थिएन । म त केटाहरुको लहलहैमा लागेर आएको । यहाँ आएपछि तपाईलाई भेट्दा मैले आमालाई भेटेजस्तो लाग्यो ।
मैले आजसम्म आमाको दुध खान पाएको थिइन, त्यसैले तपाईलाई आमा बनाउन चाहेको हुँ, उसले भावुक हुँदै भन्यो । उसको कुरा सुनिसकेपछि म पनि अलि भावुक भएँ । यदि कसैले मलाई ‘आमा’ सम्वोधन गरेर स्तनपानको याचना गरिरहेको छ भने त्यस्तो बेला के गर्ने ? म केही पल अलमलमा परेकी थिएँ ।
आखिर मलाई लाग्यो, जव उसले मलाई आमा नै भनिसकेको छ भने उसलाई छोरा मानेर स्तनपान गराउन केको आपत्ति ? खै कुन अन्र्तप्रेरणाले हो, मैले सरलाई स्तनपान गराएँ । कुनै पनि स्त्री र पुरुषबीच सम्वन्धका विविध आयाम हुन्छन् ।
त्यो केटाले हाम्रो सम्वन्धलाई यौनकर्मी र ग्राहकको सम्वन्धबाट माथी उठाएर एकैचोटी आमा र छोराको सम्वन्धमा पुर्याएको थियो । ‘काम वासना’ बाट एकैचोटी माथी उठेर त्यो केटोले मबाट ‘मातृ वात्सल्य’को चाहना प्रकट गरिरहेको थियो ।
स्तनपान पछि उसले मलाई तिन चार पटक धन्यवाद दियो । उसले के पनि भन्यो भने उसको बाल्यकाल डिव्बाकै भरमा बितेको रहेछ र उसले पहिलो पटक कुनै आमाको दुध चुस्न पाएको रहेछ ।
उसका कुरा सुनेर एकाएक मेरा आँखा रसाए । दुध चुसेर ‘छोरा’ गइहाल्यो, तर त्यो अनौठो घटनाले यता ‘आमा’लाई पछिसम्म पिरोली रह्यो, भावुक बनाइरह्यो ।
आखिर त्यस्ता उच्च चेतना भएका मानिसहरु पनि कहिलेकाँही बरालिएर कोठीसम्म आईपुग्दारहेछन् र आफ्नो विवेक, करुणा र प्रेम प्रकट गरेर जाँदा रहेछन् ।
मैले नजन्माएको त्यो ‘छोरो’ आज कहाँ होला, मलाई थाहा छैन । तर जँहा भए पनि त्यो छोरालाई यो आमाको सदा आर्शिवाद रहने छ ।
सुनिता दनुवारको कृति आँसुको शक्तिबाट

प्रज्वल प्रसाई ।
फेरि विस्तारवादले दशगजामा सिमा मिचिरहेको छ।
केके रमिता हुदैछ भन्दै सरकार केबल हेरिरहेका छ।
कति सम्म साघुरिदै जाने हो त ए नेपाली जनमानस ?
बर्दिया, टिकापुरमा केके भयो सबैले देखिरहेका छ।
अर्काे मुक्तक
उठाउनु छ अब मेची काली उठाउनु छ।
अस्तित्व बचाउन नेपाली जुटाउन छ।
सधै सिमा मिच्दै जाने बिस्तारवादको
बिरुद्धमा आदि तुफान बनी सुसाउनु छ
२०७३ चैत्र १२ गते प्रकाशित ।
