काठमाडौं, ७ मंसिर ।
महोत्तरी जिल्लाको नापी कार्यालय जलेश्वरमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासले एक लाख घुससहित एक अमिनलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका घर भई विगत चारवर्षदेखि नापी कार्यालय जलेश्वरमा काम गर्दै आएका अमिन सन्तोषकुमार महासेठ रहेको अख्तियार कार्यालय, बर्दिवासले जनाएको छ।
सोमबार सेवाग्राहीसँग लिएको घुस रकम कार्यालयपछि लिएर जान लाग्दा अमिन महासेठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासका निमित्त प्रमुख नायब प्रहरी उपरीक्षक राजकुमार लम्सालको टोलीले उनलाई पैसासहित रङ्गेहात पक्राउ गरेका हुन्।
अमिन महासेठले सेवाग्राहीसँग अंशबन्डा गराइदिने भन्दै सोबापत घुस मागेकोमा सेवाग्राहीले अदुअआको कार्यालय बर्दिवासमा अमिन महासेठविरुद्ध लिखित उजुरी दिएको थियो भने सोही आधारमा आयोगको टोलीले सोमबार बिहानैदेखि उनको रेकी गर्दै बसेको र निज अमिनले पैसा लिनासाथ उनलाई पक्राउ गरेको थियो।
घुस रकमसहित पक्राउ परेका अमिन महासेठलाई आवश्यक अनुसन्धानका लागि बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा लगिएको छ भने उनी विरुद्ध आवश्यक अनुसन्धान सुरु भइसकेको नायब प्रहरी उपरीक्षक लम्सालले बताए।

गौशाला, १७ कात्तिक ।
महोत्तरी जिल्लाको बलवा गाविसस्थित मामाघरबाट हराएका एक बालक सरपल्लो गाविस भएर बग्ने अङ्कुशी र जङ्घा नदीको सङ्गमस्थलमा नदीमा मृत अवस्थामा भेटिएको छ ।
जिल्लाको भटौलिया गाविस–२ घर भई बलवा गाविस–२ मा माइतीमा बस्दै आएकी सुनिता महासेठको तीन वर्षीय छोरा कृष्ण महासेठ सरपल्लो गाविस–८ स्थित अङ्कुशी र जङ्घा नदीको सङ्गमस्थलमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सोमबार साँझ ७ बजेपछि मामाघरबाट हराएको बालक मङ्गलबार अबेर साँझ नदीमा डुबेर तैरिरहेको अवस्थामा सरपल्लो गाविस–८ मा फेला परेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
महोत्तरी, २६ असोज ।
नेकपा (माओवादी केन्द्र) का सचिव एवम् पूर्वमन्त्री गिरीराजमणि पोखरेलले एमालेलाई सहमतिमा ल्याएर तिहार अगाडि संविधान संशोधन प्रक्रिया सुरु हुने बताए ।
महोत्तरीको विजलपुरामा आयोजना गरिएको कार्यकर्ता भेटघाट एवम् दसैँ दीपावली तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
असन्तुष्टहरुको माग सम्बोधन गर्नका लागि सरकारले तिहार अगाडि नै संविधान संशोधन गर्ने गृहकार्य सुरु गर्ने उनको भनाइ छ ।
महोत्तरी २९ भदाै।
सेवाग्राहीसँग घूस लिँदै गर्दा पक्राउ परेका बथनाहा गाविस सचिव गुलाव चौधरीलाई निलम्बन गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले चौधरीलाई आइतबारदेखि लागू हुनेगरी तीन महिनाका लागि निलम्बन गरेको अख्तियार कार्यालय प्रमुख राजकुमार लम्सालले जानकारी दिएका छन् ।
सचिव चौधरीसँग अख्तियारले २० हजार रुपैयाँ धरौटीमा जिम्मा जमानीमा शनिबार छाडेको हो ।

सेवाग्राहीसँग घूस लिँदैगर्दा अख्तियारले बथनाहा गाविसका सचिव चौधरीलाई १० हजार रुपैयाँ नगदसहित बिहीबार जलेश्वर–५ बाट नियन्त्रणमा लिएको थियो ।
स्थानीय जागृति महिला सेवा बथनाहाकी अध्यक्ष रामसिकिल देवीसँग १० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको थियो ।

गौशाला, १६ भदौ ।
महोत्तरी जिल्लाको पिपरा गाविसमा गएराति एक बोर्डिङ स्कुलको पर्खाल भत्किदा किचिएर एक गर्भवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पिपरा–१ बस्ने विनोद धनकारकी पत्नी २५ वर्षीया रञ्जुदेवी धनकार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
महिला धनकार गएराति ८ बजेको समयमा घर नजिकै रहेको आश बोर्डिङ स्कुलको छेउमा रहेको धाराबाट पानी लिएर आउँदै गर्दा अचानक सो स्कुलको पर्खाल भत्किदा सोही पर्खालमा किचिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कुलको पर्खालमा किचिएर घाइते भएकी महिला धनकारलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बताईएको छ ।