मुस्ताङको कागवेनी नजिक आज भएको बस दुर्घटना ड्राइभरले लापरबाहीका कारण भएको देखिएको छ ।
मुक्तिनाथ दर्शन गरि जोमसोम तर्फ आउदै गरेको ना ५ ख ६०६७ नं. को बस कागवेनी नजिक दुर्घट्ना हुदाँ ५ जनाको मृत्यु भएको थियो ।
दुर्घट्नमा परि ३ जनाको घट्नास्थल मै ज्यान गएको हो भने २ जनाको उपचारको क्रममा जिल्ला अस्पता मुस्ताङमा ज्यान गएको थियो ।
घाइते ३० मध्ये १४ जनाको पोखराका विभन्न अस्पतालहरुमा उपचारका भइरहेको छ । तिनै घाइतेले बताए अनुसार ड्राइभरको लापरबाहीका कारण दुर्घटना भएको देखिन्छ ।
तिनै घाइतहरुले दिएको प्रतिकृया भिडियोमा हेर्नुहोस्
यो पनी पढ्नुहोस्

काठमाडौँ ३ पुस ।
उपल्लो मुस्ताङमा अचानक बाढी आएको छ । हिमपहिरोका कारण उपल्लो मुस्ताङमा बाढी आएको र घमी क्षेत्रमा ठूलो क्षति पुरयाएको त्यहाँको प्रशासनको अनुमान छ । बाढीका कारण पुलहरु बगाएको छ । बाढीले डाकमर गाउँमा बढी क्षति भएको हो।
बाढीले डाकमर खोलाका ८ वटा काठेपुल बगाएको छ। मानविय क्षति भएको खबर भने नआएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । खोला नजिकका घरमा बाढीले बगाएर हिलो पसेपनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

- काठमाडौं, १ पुस ।
पूर्वमुस्ताङी राजा जिग्मे परवल विष्टको ८६ वर्षको उमेरमा निधन भएको छ ।
उनको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको सल्लाहकार इन्द्रधारा विष्टले जानकारी दिए । उनी परिवारसहित बौद्धमा बस्दै आएका थिए ।
२०६२/०६३ को जनआन्दोलनसम्म मुस्ताङको शासन सत्तामा शक्तिशाली रहेका उनी त्यसयता भने निस्क्रिय थिए । विष्ट उपल्लो मुस्ताङमा निकै लोकप्रिय थिए ।
काठमाडौं, ८ मंसिर ।
सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने अन्तिम तयारी गरेको छ भने प्रमुख प्रतिपक्षी एमालेले सडक र सदनबाट प्रतिवाद गर्ने भएको छ ।
सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने अन्तिम तयारी गरेको छ भने प्रमुख प्रतिपक्षी एमालेले सडक र सदनबाट प्रतिवाद गर्ने भएको छ ।
एमालेले भ्रातृ संगठनहरूलाई सडक आन्दोलनका लागि तयार गरिसकेको छ ।
अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताले एमालेको सहमतिविना संविधान संशोधन अघि बढाइए प्रतिवाद गर्ने चेतावनी दिँदै आएका छन् । सोमबार राति सत्तारुढ कांग्रेस र माओवादीका नेताहरूसँगको भेटमा ओलीले संशोधन प्रस्ताव आए ‘प्रतिपक्षको भूमिका’ देखाउने बताइसकेका छन् ।
संशोधन प्रक्रिया अघि बढे सडकमा प्रदर्शन गर्ने तयारी अनेरास्ववियु र युवा संघले गरिसकेका छन् । त्यस्तै, लुम्बिनी क्षेत्रलाई विभाजित गर्ने गरी संशोधन प्रस्ताव आए आन्दोलन गर्न उपमहासचिव विष्णु पौडेल बुटवलमा खटिएका छन् ।

एमाले ५ नम्बर प्रदेशको केही दिनअघिको भेलाले सीमांकनमा सो प्रदेश हेरफेरको प्रस्ताव अमान्य हुने निर्णय गरेको थियो । सो प्रदेशका संयोजकसमेत रहेका पौडेलले सीमांकन हेरफेर गरिए ठूलो आन्दोलन हुने चेतावनी दिएका छन् ।
नागरिकता, भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्वजस्ता बुँदामा दलहरूबीच समझदारी भए पनि सीमांकनको बुँदामा एमाले र सत्तारुढ दलबीच विमति छ । मुख्य विवादित झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई आयोगबाट मिलाउने, नवलपरासीदेखि बर्दियासम्म तराई बाहुल्य क्षेत्रको मात्रै प्रदेश बनाउने विषयमा कांग्रेस र माओवादी सहमत भए पनि मधेसी दल र एमाले यसमा सहमत छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

मुस्ताङ, २९ असोज ।
मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा धार्मिक पर्यटकको भीड लागेको छ ।
मुक्तिनाथ मन्दिरको दर्शन र १०८ धारामा स्नान गर्न देशका विभिन्न भागबाट भक्तजन मुक्तिनाथ पुगेका हुन् । दसैँंको बिदा मनाउन मुस्ताङ घुम्न आउने अधिकांश आन्तरिक पर्यटक मुक्तिनाथ पुग्ने गरेका छन् ।
दशमीको भोलिपल्टबाट मुक्तिनाथमा दैनिक चार हजार भन्दा बढी धार्मिक पर्यटक आउने गरेको मन्दिरका मूख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए।
मुक्तिनाथमा हिन्दू र बौद्ध दुबै धर्मालम्बीका भक्तजन दर्शनका लागि आउने गरेको मुख्य पुजारी सुवेदीको भनाइ छ ।
“सोह्रश्राद्धको समय भन्दा अहिले भीड छ, बिहानैदेखि यहाँ पुजापाठ र स्नान गर्नेको भीड हुन्छ”, उनले भने, “बाटोकै कारण अझै मान्छेहरु आउनसकेका छैनन् ।”
सरकारले कागबेनी– मुक्तिनाथको १२ किलोमिटर सडकलाई कालोपत्रे बनाउने काम सुरु गरेपनि त्यसले पूर्णता पाउन सकेको छैन । “यहाँसम्म सडकको सहज पहुँचभयो भने धार्मिक पर्यटकको सङ्ख्या बढ्नेमा कुनै शंङ्का छैन”, उनले भने ।
खासगरी दसैँदेखि तिहारसम्म मुक्तिनाथमा धार्मिक पर्यटक ओइरिन थालेको हो । मुक्तिनाथमा दर्शन, पूजापाठ र स्नान गरेमा भित्री मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
मुक्तिनाथ आउने धार्मिक पर्यटकका कारण कागबेनी, मुक्तिनाथ र जोमसोमका होटल भरिभराउ भएको मुक्तिनाथका होटल व्यवसायी सुरज गुरुङले बताए ।
“हामीले सोचेको भन्दा बढी धार्मिक पर्यटक आएका छन्, होटलमा बास नपाएर मान्छे धर्मशालातिर बस्न बाध्य छन्”, उनले भने, “दैनिक चार हजार धार्मिक पर्यटक आउने गरेको अनुमान छ ।” अनुकूल मौसमका कारण पनि वातावरण पर्यटकका लागि सहज भएको उनको भनाइ छ ।
मुस्ताङ, २७ असोज ।
दसैँ बिदा मनाउन आन्तरिक पर्यटक मुस्ताङ भ्रमणमा आउन थालेपछि यहाँका होटल खचाखच भरिएका छन् । दशमीको भोलिपल्टदेखि नै मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।
माटोको सहरका रुपमा परिचित लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोरकुण्ड र फरक भू–बनोटका कारण दसैँ र तिहारको बिदा मनाउन यो मौसममा हजारौँ आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । बेनी–जोमसोम हुँदै मोटरसाइकलमार्फत जिल्ला भित्रिने पर्यटक बढी रहेको होटल व्यवसायीले बताएका छन् ।
दसैँलगत्तै जिल्लामा आन्तरिक पर्यटकको आवागमन बढेको मुस्ताङका पर्यटन व्यवसायी खगेन्द्र तुलाचनले जानकारी दिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले जिल्लामा भित्रिने आन्तरिक पर्यटकको तथ्याङ्क सङ्कलन नगरे पनि यो मौसममा बाह्य पर्यटकभन्दा दोब्बर आउने गरेको जनाएको छ ।
खासगरी पछिल्लो तीनवर्षयता नेपालीमा बिदा, चाडपर्व र विशेष अवसरमा घुम्ने संस्कृतिको विकास भएका कारण जिल्लाको पर्यटन क्षेत्र अहिले आन्तरिक पर्यटककै भरमा सञ्चालन हुँदै आएका छन् ।
दसैँ सुरु हुनुअगावै मुस्ताङका ५० प्रतिशत होटल अग्रिम बुकिङ भएका थिए । तिहारसम्म पर्यटकको चहलपहल यस्तै हुने व्यवसायीले बताएका छन् ।
“लेतेदेखि माथि लोमान्थाङसम्म करिब १५० होटल सञ्चालनमा छन्, अहिले सबै भरिभराउ छन्”, पर्यटन व्यवसायी तुलाचनले भने– “एकदमै राम्रो व्यापार भइरहेको छ ।” यो मौसममा विद्यार्थी, अभिभावक, विभिन्न सङ्घसंस्थामा कार्यरत कर्मचारी मुस्ताङ भ्रमणमा आउने गरेका छन् ।