
म्याग्दी ११ मंसिर ।
सदरमुकाम बेनीबाट भकिम्ली जाँदै गरेको ग२च २००६ नंको जिप आज साँझ भकिम्ली गाविस–८ हल्लेगौँडामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।
मृत्यु हुनेमा भकिम्लीका ६० वर्षीय गङ्गामणि छन्त्याल र बागलुङ लेखानी गाविस– ६ की उरिना रोका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
छन्त्यालको घटनास्थल तथा रोकाको उपचारका लागि बेनी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । जिप सडकदेखि करिब ६० मिटर तल खसेको बताइएको छ ।

- म्याग्दी, १० मङ्सिर ।
म्याग्दीको दरवाङ– २ भूमेथानमा आज बिहान आगलागी हुँदा रु पन्ध्र लाख बराबरको धनमाल क्षति भएको छ । ललितमान पुनको दुईतले कच्ची घरमा आगलागी हुँदा सो मूल्य बराबरकोे धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घरमा रहेका अन्नपात, लत्ताकपडा, फर्निचर र पसलका सामान तथा सो घरमा डेरा गरी बस्ने व्यक्तिका सामानसमेत जलेर नष्ट भएको छ ।सो घरमा बिहान ३ बजेतिर अचानक आलागी भएको थियो ।
स्थानीयवासी र प्रहरीले करिब दुई घन्टापछि आगलागी नियन्त्रणमा लिएका थिए । आगलागीको कारण भने पत्ता लागिनसकेको प्रहरीले जनाएको छ ।
म्याग्दी, ५ कात्तिक ।
चोरी मुद्दामा अदालतवाट दोषि ठहर भई फरार रहेका एक जनालाई प्रहरीले नौ बर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शिख– ८ का ४२ वर्षीय कमलबहादुर खड्का रहेको छ । खड्कालाई बिहीबार म्याग्दी जिल्ला अदालतमा बुझाएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताएका छन् ।
पुनरावेदन अदालत बागलुङले २०६४ साउन २९ गते खड्कालाई पाँचवर्ष ९ महिना २८ दिन कैद सजाय र रु ३९ हजार नगद जरिवाना तिराउने फैसला गरेको थियो । अदालतबाट दोषी ठहर भएका खड्का प्रहरीको फरार सूचीमा थिए ।
यसैगरी सार्वजनिक अपराध मुद्दामा फरार रहेका कुइनेमङ्गले– ४ का २३ वर्षीय यामबहादुर गर्बुजालाई पनि प्रहरीले बिहीबार पक्राउ गरी अदालत बुझाएको प्रनाउ खड्काले जानकारी दिए ।
अदालतले गरेको फैसलाअनुसार गर्बुजाबाट रु पाँच हजार जरिवाना असुल उपर गर्न बाँकी थियो ।
अदालतले गरेका फैसला कार्यान्वयनका लागि प्रहरीले फरार रहेकाहरुको खोजी कार्यलाई तीव्रता दिएको छ । गत साउनयता अदालतवाट दोषी ठहर भएका दशजनालाई पक्राउ गरी अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
म्याग्दी जिल्ला अदालतबाट विभिन्न समयमा भएको फैसला अनुसार गत आर्थिक वर्षसम्ममा आठ सय पाँच वर्ष १० महिना २० दिन कैद र रु ६७ लाख ६५ हजार २७५ जरिवाना असुल उपर गर्न बाँकी रहेको थियो ।
गत आर्थिक वर्षमा १५ वर्ष छ महिना २२ दिन कैद र रु चार लाख ४१ हजार ४६७ जरिवाना असुल भएकोे म्याग्दी जिल्ला अदालतले जनाएको छ ।
म्याग्दी, २७ असोज ।
म्याग्दीको देवीस्थानका पहिरोपीडितलाई बुधबार विभिन्न सङ्घसंस्थाले करिब चार लाख रुपैयाँ सहयोग गरेका छन् ।
देवीस्थानमा क्रियाशील सूर्यमुखी युवा क्लबको संयोजनमा पहिरोपीडित दुई परिवारलाई तीन लाख ८५ हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको हो ।
देवीस्थान–युके समाजले रु तीन लाख ३५ हजार, मोना हङकङले रु २५ हजार र मिलन म्याग्दीले उपलब्ध गराएको १५ हजार रुपैयाँ पहिरोपीडित सुनमायाँ भट्टचन र कलिमा बुढालाई हस्तान्तरण गरिएको हो ।
देवीस्थान–युके समाजबाट प्राप्त रकम दुवै परिवारलाई बराबर वितरण गरिएको थियो । गत भदौ १७ गते बस्तीमाथिबाट खसेको पहिरोमा परी सुनमायाँका पति ओमप्रसाद भट्टचनको ज्यान गएको थियो भने कलिमाको घर बगाएको थियो ।
मोना हङकङले उपलब्ध गराएको रकममध्ये रु २० हजार र मिलन म्याग्दीको नौ हजार रुपैयाँ मृतकका परिवारलाई उपलब्ध गराइएको क्लबका अध्यक्ष तारकबहादुर घर्तीले बताए।
म्याग्दी, २६ असोज ।
म्याग्दीको पोखरेबगरदेखि चित्र जोड्ने सडक मर्मतका लागि रु ७२ लाख खर्च भएको छ ।
पर्यटकीय स्थल घोडेपानी जोड्ने उक्त सडक सुधारका लागि जिल्ला विकास समितिले गत आर्थिक वर्षमा सडक बोर्डअन्तर्गतको दुई, जिविस अनुदान र गाविसको संयुक्त लगानीबाट एक वटा योजना सञ्चालन भएको थियो ।
जिल्लाकै जोखिमयुक्त र कष्टकर मानिने १० किलोमिटर दूरीको उक्त सडक मर्मत पछि सुधार भएको हो ।
विभिन्न प्याकेजमा सडक फराकिलो पार्ने, नाली बनाउने, ग्रेड मिलाउने, सोलिङ गर्ने र ग्याबिन पर्खाल लगाउनलगायतका काम गरिएको जिविसका प्राविधिक कमल चोखालले बताए ।
म्याग्दी १७ भदौ ।
गएराति परेको वर्षाका कारण आएको बाढीले म्याग्दीको बेग–६ मा ११ वटा घर बगाएको छ। बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्तीमा खहरेखोलामा आएको बाढीले ११ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढीले बेगखोलामै रहेको बेनी–जोमसोम सडकमा बनाइएको बेलिब्रिज र झोलुङ्गेपुलसमेत बगाएको घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिङ गुरुङले जानकारी दिए।
राति एक्कासि आएको बाढीले बस्ती नै बगाए पनि स्थानीयवासीले भागदौड गरी ज्यान जोगाएका थिए । प्रहरीका अनुसार स्थानीयवासी प्रसाद सिञ्जाली सम्पर्कविहीन बनेका छन् ।
गएराति परेको वर्षाका कारण आएको बाढीले म्याग्दीको बेग–६ मा ११ वटा घर बगाएको छ। बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्तीमा खहरेखोलामा आएको बाढीले ११ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढीले बेगखोलामै रहेको बेनी–जोमसोम सडकमा बनाइएको बेलिब्रिज र झोलुङ्गेपुलसमेत बगाएको घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिङ गुरुङले जानकारी दिए।
राति एक्कासि आएको बाढीले बस्ती नै बगाए पनि स्थानीयवासीले भागदौड गरी ज्यान जोगाएका थिए । प्रहरीका अनुसार स्थानीयवासी प्रसाद सिञ्जाली सम्पर्कविहीन बनेका छन् ।
बस्तीमा बाढी पसेर पूरै बगरमा परिणत भएको छ। बाढीबाट जोखिममा रहेका अन्य चार घरका परिवारलाई पनि त्यहाँबाट अन्यत्र सार्ने काम भइरहेको प्रहरी निरीक्षक गुरुङले बताए। अहिले स्थानीयवासी र प्रहरीले घटनास्थलमा बेपत्ता भएका व्यक्तिको खोजी तथा सामान सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन् ।
यसैबीच नेपाल रेडक्रस सोसाइटीका सभापति लेखबहादुर हमालको नेतृत्वमा एक टोली बाढी प्रभावितको राहतका लागि राहत सामग्री लिएर त्यसतर्फ गएको छ । बाढीको विस्तृत क्षतिको विवरण सङ्कलन भइरहेको छ । रासस
यसैबीच नेपाल रेडक्रस सोसाइटीका सभापति लेखबहादुर हमालको नेतृत्वमा एक टोली बाढी प्रभावितको राहतका लागि राहत सामग्री लिएर त्यसतर्फ गएको छ । बाढीको विस्तृत क्षतिको विवरण सङ्कलन भइरहेको छ । रासस
म्याग्दी, ९ साउन ।
म्याग्दीको बेनी नगरपालिका–४ बगरफाँटमा पहिरोले खानेपानीको पाइप बगाएपछि खानेपानीको हाहाकार भएको छ ।
गाउँको सिरानमा रहेको भकिम्ली गाविसको तोराखेतको भिरबाट विगत छ दिनदेखि लगातार खसेको पहिरोका कारण बगरफाँटका बासिन्दा त्रसित बन्नुका साथै छ दिनदेखि खानेपानीको समस्याबाट समेत पीडित बनेका छन् ।
बगरफाँट र भकिम्लीको सिमानामा पर्ने दुधेखोलाको मुहानबाट पाइपमार्फत ल्याइएको पानी उपभोग गर्दै आएका वगरफाँटका बासिन्दा पहिरोले पाइप बगाइदिएपछि पानीको जोहो गर्न कुवा र खोलामा धाउन बाध्य भएको स्थानीयवासी टीकाकुमारी घिमिरेले बताए ।
बगरफाँट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत वितरण गरिएको पानी पहिरोले पाइप बगाएपछि अवरुद्ध भएको र गाउँलेलाई समस्या भएको समितिका उपाध्यक्ष चन्द्रबहादुर घिमिरेले जानकारी दिए ।





