
- म्याग्दी, २८ वैशाख ।
आइतबार हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीका सबै मतदान केन्द्रमा बुधबारदेखि कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन् ।
प्रत्येक मतदान केन्द्रमा पाँचजनाका दरले कर्मचारी, दुईजना स्वयम्सेवकका साथै सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र म्यादी प्रहरी परिचालन भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार ५१० जना निजामती कर्मचारी र शिक्षक मतदान गराउनका लागि खटिएका छन् ।
निर्वाचनसम्बन्धी सबै किसिमका सामग्रीसहित केन्द्रमा पुगेका कर्मचारी र सुरक्षाकर्मीले निर्वाचनको तयारी गरेका जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताए । उनका अनुसार बिहीबारदेखि मतदान केन्द्रबाट परिचयपत्र वितरण गर्ने कार्यक्रम छ ।
एक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी, एक सहयोगी र दुईजना स्वयम्सेवक परिचालन गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन विशेष सुरक्षा योजना लागू गरेर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेराको सुरक्षामा नेपाली सेना परिचालन हुने भएको छ ।
स्थानीय तह निर्वाचनलाई विप्लव नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीले खारेज गर्ने बताएको छ । कम्युनिष्ट पार्टीको अबरोधका कारण देशका अधिकांस मतदान केन्द्रमा प्रभाव पर्ने सुरक्षा निकाय, निर्वाचन आयोग र सरकारको ठहर छ ।
- म्याग्दी, २२ पुस ।
म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्तक्यान्सरबाट पीडित सीता (कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारको लागि सुरु गरिएको सहयोग सङ्कलन अभियानमा स्वदेश तथा विदेशमा रहेका म्याग्देलीबाट उत्साहजनक रुपमा सहयोग जुट्न थालेको छ ।
टिचिङ अस्पताल, काठमाडौँमा उपचाररत क्षेत्रीको उपचारमा लाखौँ रुपैयाँ लाग्ने भएपछि स्वदेश तथा विदेशमा रहेका राखुवासी र म्याग्देलीको पहलमा रु २५ लाखभन्दा बढी सहयोग जुटेको छ ।
अभियान सुरु भएको दुई सातामा उक्त सहयोग जुटेको सीता (कृष्णकुमारी) कटुवाल क्षेत्री बचाउ अभियानका संयोजक नन्दबहादुर खत्रीले जानकारी दिनुभयो ।
अभियानअन्तर्गत बुधबार बेनीस्थित जीवन सुनचाँदी दुकानका सञ्चालक एवम् म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवन विश्वकर्माले रु ५० हजार सहयोग गर्नुभएको छ । अभियान समितिका अनुसार कतारमा रहेका राखुवासी र म्याग्देलीले समेत सहयोग अभियान सुरु गरेका छन् ।
यसैबीच, अस्पतालमा उपचाररत क्षेत्रीको स्वास्थ्यमा समेत क्रमिक सुधार आएको र उहाँको उपचार सम्भव रहेको उपचारमा संलग्न डाक्टरले जानकारी गराएका छन् ।
क्षेत्रीको उपचारको लागि आर्थिक सहयोग गर्ने दाताले बेनीस्थित ग्लोबल आइएमई बैंकमा समितिका संयोजक नन्दबहादुर खत्री र सदस्यद्वय कमल खत्री र हरि भण्डारीको नाममा रहेको संयुक्त खाता नम्बर ४८०७०१०००२६७४ मा सहयोग रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

- बेनी, २ पुस ।
म्याग्दीको भकिम्ली– ५ राखुका महिलाले गाउँमा सडक पु¥याउनका लागि सुनका गहना धितो राखेर उपभोक्ता समितिलाई पैसा जुटाइदिएका छन् ।
भकिम्ली राखु आमा समूहकी अध्यक्षसमेत रहेकी मनकुमारी पुनसँगै स्थानीय भीमकुमारी घर्ती, शोभा रोका, लीला पुन, हरिमाया आलेलगायत १३ जना महिलाले आफूले लगाएकोे सुन सदरमुकाम बेनीस्थित गरिमा विकास बैकमा धितो राखेर सडक विस्तारमा सघाएका हुन ।
गाविसमा सडक पुगेको लामो समय बितिसक्दा पनि गाउँसम्म सडक विस्तारमा जिल्लाका जनप्रतिनिधि र जिविसले कुनै सहयोग नगरेपछि बाध्य भएर चन्दा सङ्कलन र सुन धितो राखेरसमेत गाउँसम्म सडक विस्तार गरिएको आमा समूहकी अध्यक्ष पुनले बताइन।
‘गाउँमै सडक नपुगेपछि शरीरमा सुन लगाएर केही हुदैन। सडक पुगेपछि गाउँमै फलेको सुनलाई बजारमा लैजान सक्छौ’ उनले भनीन । वार्षिक करिब रु २५ लाखसम्मको सुन्तला निर्यात हुने राखुमा सडकको अभावले ढुवानीमा निकै समस्या भइरहेको थियो ।
सडक निर्माणपछि अहिले सुन्तला ढुवानीमा सजिलो हुनुका साथै गाउँमै व्यापारी पुगेर सुन्तला खरिद गरेका छन् ।‘यो सडकमा महिलाको परिश्रम जोडिएको छ ।
हामीले लगाएको सुनभन्दा घरमै पुगेको सडकको महत्व धेरै छ’ स्थानीय चन्द्रोदय प्राविकी प्रधानध्यापक शान्ताकुमारी रानाले भनिन ।
आर्थिक अभावले सडक निर्माणकार्य अवरुद्ध भएपछि गाउँका अगुवा महिलाले आफ्नो शरीर र घरमा रहेको सुनलाई सडक उपभोक्ता समितिलाई जिम्मा लगाएपछि सडक विस्तारमा सहज भएको भकिम्ली– राखु– नयाँ पुल सडक निर्माण उपभोक्ता समितिका सचिव डेकबहादुर घर्तीमगरले बताए ।
गाविसले– पाँच लाख रुपैयाँ दिएको छ । गाउँकै जयन्ती मावी हुँदै विस्तार गरिएको सडकका लागि महिलाले करिब रु १२ लाख बराबरको सुन धितो राखिएको छ । नौ किलोमिटर सडक निर्माणमा करिब रु ५० लाखको हाराहारीमा खर्च भएको छ ।

म्याग्दी ११ मंसिर ।
सदरमुकाम बेनीबाट भकिम्ली जाँदै गरेको ग२च २००६ नंको जिप आज साँझ भकिम्ली गाविस–८ हल्लेगौँडामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।
मृत्यु हुनेमा भकिम्लीका ६० वर्षीय गङ्गामणि छन्त्याल र बागलुङ लेखानी गाविस– ६ की उरिना रोका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
छन्त्यालको घटनास्थल तथा रोकाको उपचारका लागि बेनी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । जिप सडकदेखि करिब ६० मिटर तल खसेको बताइएको छ ।

- म्याग्दी, १० मङ्सिर ।
म्याग्दीको दरवाङ– २ भूमेथानमा आज बिहान आगलागी हुँदा रु पन्ध्र लाख बराबरको धनमाल क्षति भएको छ । ललितमान पुनको दुईतले कच्ची घरमा आगलागी हुँदा सो मूल्य बराबरकोे धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घरमा रहेका अन्नपात, लत्ताकपडा, फर्निचर र पसलका सामान तथा सो घरमा डेरा गरी बस्ने व्यक्तिका सामानसमेत जलेर नष्ट भएको छ ।सो घरमा बिहान ३ बजेतिर अचानक आलागी भएको थियो ।
स्थानीयवासी र प्रहरीले करिब दुई घन्टापछि आगलागी नियन्त्रणमा लिएका थिए । आगलागीको कारण भने पत्ता लागिनसकेको प्रहरीले जनाएको छ ।
म्याग्दी, ५ कात्तिक ।
चोरी मुद्दामा अदालतवाट दोषि ठहर भई फरार रहेका एक जनालाई प्रहरीले नौ बर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शिख– ८ का ४२ वर्षीय कमलबहादुर खड्का रहेको छ । खड्कालाई बिहीबार म्याग्दी जिल्ला अदालतमा बुझाएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताएका छन् ।
पुनरावेदन अदालत बागलुङले २०६४ साउन २९ गते खड्कालाई पाँचवर्ष ९ महिना २८ दिन कैद सजाय र रु ३९ हजार नगद जरिवाना तिराउने फैसला गरेको थियो । अदालतबाट दोषी ठहर भएका खड्का प्रहरीको फरार सूचीमा थिए ।
यसैगरी सार्वजनिक अपराध मुद्दामा फरार रहेका कुइनेमङ्गले– ४ का २३ वर्षीय यामबहादुर गर्बुजालाई पनि प्रहरीले बिहीबार पक्राउ गरी अदालत बुझाएको प्रनाउ खड्काले जानकारी दिए ।
अदालतले गरेको फैसलाअनुसार गर्बुजाबाट रु पाँच हजार जरिवाना असुल उपर गर्न बाँकी थियो ।
अदालतले गरेका फैसला कार्यान्वयनका लागि प्रहरीले फरार रहेकाहरुको खोजी कार्यलाई तीव्रता दिएको छ । गत साउनयता अदालतवाट दोषी ठहर भएका दशजनालाई पक्राउ गरी अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
म्याग्दी जिल्ला अदालतबाट विभिन्न समयमा भएको फैसला अनुसार गत आर्थिक वर्षसम्ममा आठ सय पाँच वर्ष १० महिना २० दिन कैद र रु ६७ लाख ६५ हजार २७५ जरिवाना असुल उपर गर्न बाँकी रहेको थियो ।
गत आर्थिक वर्षमा १५ वर्ष छ महिना २२ दिन कैद र रु चार लाख ४१ हजार ४६७ जरिवाना असुल भएकोे म्याग्दी जिल्ला अदालतले जनाएको छ ।
म्याग्दी, २७ असोज ।
म्याग्दीको देवीस्थानका पहिरोपीडितलाई बुधबार विभिन्न सङ्घसंस्थाले करिब चार लाख रुपैयाँ सहयोग गरेका छन् ।
देवीस्थानमा क्रियाशील सूर्यमुखी युवा क्लबको संयोजनमा पहिरोपीडित दुई परिवारलाई तीन लाख ८५ हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको हो ।
देवीस्थान–युके समाजले रु तीन लाख ३५ हजार, मोना हङकङले रु २५ हजार र मिलन म्याग्दीले उपलब्ध गराएको १५ हजार रुपैयाँ पहिरोपीडित सुनमायाँ भट्टचन र कलिमा बुढालाई हस्तान्तरण गरिएको हो ।
देवीस्थान–युके समाजबाट प्राप्त रकम दुवै परिवारलाई बराबर वितरण गरिएको थियो । गत भदौ १७ गते बस्तीमाथिबाट खसेको पहिरोमा परी सुनमायाँका पति ओमप्रसाद भट्टचनको ज्यान गएको थियो भने कलिमाको घर बगाएको थियो ।
मोना हङकङले उपलब्ध गराएको रकममध्ये रु २० हजार र मिलन म्याग्दीको नौ हजार रुपैयाँ मृतकका परिवारलाई उपलब्ध गराइएको क्लबका अध्यक्ष तारकबहादुर घर्तीले बताए।
म्याग्दी, २६ असोज ।
म्याग्दीको पोखरेबगरदेखि चित्र जोड्ने सडक मर्मतका लागि रु ७२ लाख खर्च भएको छ ।
पर्यटकीय स्थल घोडेपानी जोड्ने उक्त सडक सुधारका लागि जिल्ला विकास समितिले गत आर्थिक वर्षमा सडक बोर्डअन्तर्गतको दुई, जिविस अनुदान र गाविसको संयुक्त लगानीबाट एक वटा योजना सञ्चालन भएको थियो ।
जिल्लाकै जोखिमयुक्त र कष्टकर मानिने १० किलोमिटर दूरीको उक्त सडक मर्मत पछि सुधार भएको हो ।
विभिन्न प्याकेजमा सडक फराकिलो पार्ने, नाली बनाउने, ग्रेड मिलाउने, सोलिङ गर्ने र ग्याबिन पर्खाल लगाउनलगायतका काम गरिएको जिविसका प्राविधिक कमल चोखालले बताए ।
म्याग्दी १७ भदौ ।
गएराति परेको वर्षाका कारण आएको बाढीले म्याग्दीको बेग–६ मा ११ वटा घर बगाएको छ। बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्तीमा खहरेखोलामा आएको बाढीले ११ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढीले बेगखोलामै रहेको बेनी–जोमसोम सडकमा बनाइएको बेलिब्रिज र झोलुङ्गेपुलसमेत बगाएको घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिङ गुरुङले जानकारी दिए।
राति एक्कासि आएको बाढीले बस्ती नै बगाए पनि स्थानीयवासीले भागदौड गरी ज्यान जोगाएका थिए । प्रहरीका अनुसार स्थानीयवासी प्रसाद सिञ्जाली सम्पर्कविहीन बनेका छन् ।
गएराति परेको वर्षाका कारण आएको बाढीले म्याग्दीको बेग–६ मा ११ वटा घर बगाएको छ। बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्तीमा खहरेखोलामा आएको बाढीले ११ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढीले बेगखोलामै रहेको बेनी–जोमसोम सडकमा बनाइएको बेलिब्रिज र झोलुङ्गेपुलसमेत बगाएको घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिङ गुरुङले जानकारी दिए।
राति एक्कासि आएको बाढीले बस्ती नै बगाए पनि स्थानीयवासीले भागदौड गरी ज्यान जोगाएका थिए । प्रहरीका अनुसार स्थानीयवासी प्रसाद सिञ्जाली सम्पर्कविहीन बनेका छन् ।
बस्तीमा बाढी पसेर पूरै बगरमा परिणत भएको छ। बाढीबाट जोखिममा रहेका अन्य चार घरका परिवारलाई पनि त्यहाँबाट अन्यत्र सार्ने काम भइरहेको प्रहरी निरीक्षक गुरुङले बताए। अहिले स्थानीयवासी र प्रहरीले घटनास्थलमा बेपत्ता भएका व्यक्तिको खोजी तथा सामान सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन् ।
यसैबीच नेपाल रेडक्रस सोसाइटीका सभापति लेखबहादुर हमालको नेतृत्वमा एक टोली बाढी प्रभावितको राहतका लागि राहत सामग्री लिएर त्यसतर्फ गएको छ । बाढीको विस्तृत क्षतिको विवरण सङ्कलन भइरहेको छ । रासस
यसैबीच नेपाल रेडक्रस सोसाइटीका सभापति लेखबहादुर हमालको नेतृत्वमा एक टोली बाढी प्रभावितको राहतका लागि राहत सामग्री लिएर त्यसतर्फ गएको छ । बाढीको विस्तृत क्षतिको विवरण सङ्कलन भइरहेको छ । रासस
म्याग्दी, २६ साउन ।
गत आवमा राम्चे गाविसबाट रु एक करोड २५ लाख बराबरको आलु निर्यात भएको छ ।
अनुकूल वातावरण, सहज बजार मूल्य, अनुदान, हित कोषसहितका कार्यक्रमबाट आकर्षित भएका राम्चेवासीले अन्य खेतीबालीलाई समेत छोडेर आलुखेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको हो ।
आलुखेतीको पकेटक्षेत्र मानिने राम्चेको नागीबाट २१५ मेट्रिक टनसहित जिल्लाभरबाट करिब ३२० मेट्रिक टनको हाराहारीमा आलु निर्यात भएको जिल्ला कृषि कार्यालयले जनाएको छ । गाउँमै प्रतिकिलो रु ४० को दरले आलु बिक्री गरिएको थियो । बर्सेनि व्यापारी आलु किन्न गाउँमै आउने गरेका छन् ।
इन्द्रणी आलु उत्पादक महिला किसान समूहकी अध्यक्ष जसमाया पुर्जा आलुका कारण महिला आर्थिक रुपमा आत्मनिर्भर भएका बताउनुहुन्छ । उहाँ आफैँले वार्षिक चार मेट्रिक टनसम्म आलु उत्पादन गर्दै आउनुभएको छ । विगतमा घरायसी प्रयोजनका लागि आलुखेती गर्नेले पछिल्लो समय बजारमा माग बढ्न थालेपछि व्यावसायिक रुपमा खेती गर्न थालेका छन् ।
गाउँमा उत्पादन भएको आलु सदरमुकाम बेनीसहित बागलुङ, पर्वत र पोखरामा निर्यात हुन्छ । यस वर्ष जिल्लामा रु ४५ करोड बराबरको आलु उत्पादन भएकोे कृषि कार्यालयकी योजना अधिकृत ज्योति क्षत्रीले बताउनुभयो । एक हजार ६१५ हेक्टर क्षेत्रफलमा लगाइएको आलुबाट १८ हजार सातसय ७६ मेट्रिक आलु उत्पादन थियो ।
म्याग्दी, ९ साउन ।
म्याग्दीको बेनी नगरपालिका–४ बगरफाँटमा पहिरोले खानेपानीको पाइप बगाएपछि खानेपानीको हाहाकार भएको छ ।
गाउँको सिरानमा रहेको भकिम्ली गाविसको तोराखेतको भिरबाट विगत छ दिनदेखि लगातार खसेको पहिरोका कारण बगरफाँटका बासिन्दा त्रसित बन्नुका साथै छ दिनदेखि खानेपानीको समस्याबाट समेत पीडित बनेका छन् ।
बगरफाँट र भकिम्लीको सिमानामा पर्ने दुधेखोलाको मुहानबाट पाइपमार्फत ल्याइएको पानी उपभोग गर्दै आएका वगरफाँटका बासिन्दा पहिरोले पाइप बगाइदिएपछि पानीको जोहो गर्न कुवा र खोलामा धाउन बाध्य भएको स्थानीयवासी टीकाकुमारी घिमिरेले बताए ।
बगरफाँट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत वितरण गरिएको पानी पहिरोले पाइप बगाएपछि अवरुद्ध भएको र गाउँलेलाई समस्या भएको समितिका उपाध्यक्ष चन्द्रबहादुर घिमिरेले जानकारी दिए ।






