- पर्वत ५ चैत ।
पर्वतको कुस्मादेखि बागलुङको बलेवा जोड्ने केबलकार मोडलको यान्त्रिक पुलको भाडा वृद्धि गरिएको विरोधमा स्थानीयले तालाबन्दी गरेपछि एक सातादेखि आवतजावत ठप्प बनेको छ ।
कम्पनीले स्थानीयवासीसँग समन्वय नै नगरी मनोमानी ढङ्गले भाडा वृद्धि गरेको भन्दै बलेवावासीले गत चैत १ गते तालाबन्दी गरेका हुन् ।
बलेवातर्फको भागमा रहेको कार्यालयमा तालाबन्दी गरेपछि सेवा ठप्प भएको यान्त्रिक पुल लिमिटेडले जनाएको छ ।
यान्त्रिक पुलको भाडादर अस्वभाविक र अवैज्ञानिक रुपले बढाएको भन्दै स्थानीय महिला समूहका सदस्यले तालाबन्दी गरेका हुन् । विगत पाँच वर्षदेखि सञ्चालित यान्त्रिक पुलले एकैपटक ३३ प्रतिशतभन्दा बढी भाडा बढाएको थियो ।
स्थानीयका लागि साविकका रु ७५ रहेको रु १०० र अन्यत्रका लागि रु १०० रहेकामा रु १२५ लिने गरी भाडावृद्धि गरेको थियो । व्यवस्थापन समितिले पुरानै भाडादर कायम गर्नुपर्ने महिला संजाल बलेवाका अध्यक्ष जमुना श्रेष्ठले बताइन ।
मूल्य समायोजन गरी पुरानै भाडादर कायम नगरेसम्म ताला नखोल्ने उनको भनाइ छ।
यसैगरी मासिक रुपमा आउने व्यक्तिका लागि रु दुई हजार भाडा रहेकामा अहिले बढाएर रु दुई हजार ५०० पु¥याइएको छ । भने रु एक हजार ८०० मासिक तिरेर यात्रा गर्ने विद्यार्थीहरुको भाडा बढाएर अहिले रु २ हजार पु¥याइएको यान्त्रिक पुलका कार्यालय प्रमुख चिरञ्जीवी शर्माले बताइन ।
पुल व्यवस्थापन समितिका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार सेयर सदस्यले १० प्रतिशतभन्दा लाभांश माग गरेपछि भाडा बढाइएको हो ।
कर्मचारीको तलब वृद्धि तथा समय समयमा गर्नुपर्ने मर्मतमा धेरै खर्च हुन थालेपछि भाडा बढाउनुपरेको श्रेष्ठले जानकारी दिए ।
यान्त्रिक पुल बन्द हुँदा दक्षिणी पर्वतका डेढ दर्जन गाविसका बासिन्दाहरु सास्ती खेप्न बाध्य भएका छन् ।

- पर्वत, १५ फागुन।
सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसायबाट मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् ।
खाडी मुलुक युएईमा पुगेर दुई वर्षसम्म पसिना बगाए पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि घरमै फर्केर सैलुन व्यवसाय सुरु गरेका बानपा–२ का २७ वर्षीय राजन पौडेलले अहिले घरमै बसेर मनग्य आम्दानी गर्न थालेका हुन् ।
विदेशबाट घर फर्किएपछि राजधानीमा बसेर ६ महिना हेयर डिजाइनर तालिम लिएर पुनः घर फर्केर सैलुन व्यवसाय सुरु गरेपछि जीवनमा सोचेभन्दा पनि राम्रो आम्दानी गर्न सफल भएको उनले बताए ।
अहिले बागलुङ बजारको पुरानो बसपार्क नजिकै रहेको आफ्नै घरमा ‘मार्क रविन्स सैलुन एयर एन्ड ब्युटी फर लेडिज एन्ड जेन्स’ पसल खोलेर पौडेलले व्यवसाय गर्दै आएका छन् । परिवारका कान्छा छोरा, बाबु नेपाल बैंकको पूर्व म्यानेजर ।
पैसाको त खासै कमी थिएन, विदेश जानुपर्ने बाध्यता पनि थिएन तर बालहठका कारण विदेश गएँ युएईमा पनि यस्तै पार्लरमा काम गर्ने अवसर पाएँ र त्यसैको प्रेरणाबाट नेपाल फर्केर सैलुन व्यवसाय सुरु गरेको उनले बताए ।
सुरुमा त घरपरिवार र समाजले समेत यस्तो व्यवसाय नगर्न सुझाव मात्र होइन दबाब पनि दिए ।
उनी भन्छन्–“काम भनेको सानो ठूलो हुँदैन भनेर आफूले रु ६ लाख लगानी गरेर व्यवसाय थालेको हुँ ।” हाम्रो समाजमा अझै पनि सैलुन व्यवसाय भनेको भारतीय मूलका नागरिकले नै गर्ने हो भन्ने प्रचलन रहेको छ ।
ठूला सहरबजारदेखि साना व्यापारिक केन्द्रसम्म उनीहरूकै वर्चस्व पनि छ । त्यसैले समाजको बुझाईसमेत नेपालीले गर्नुहुँदैन भन्ने हुँदाहुँदै पनि उनले सैलुन व्यवसाय सुरु गरेका हुन् ।
व्यवसाय सुरुवातका केही समय त आफ्नो सैलुनमा कोही पनि नआउने, यसले जान्दैन भन्ने गर्दथे तर विस्तारै आफ्नो मेहनत र कलाकौशलका कारण अहिले उहाँको पसल धौलागिरि अञ्चलकै नमुना बनेको छ ।
उनको पसलमा पुरुष मात्र होइन महिलाको पनि उत्तिकै आकर्षण रहेको छ । बढिजसो अफिसियल र टिनेजर्स मेरोमा आउने गर्छन्, उनले भने ।
दैनिक ४० देखि ५० जनासम्म पुरुष र महिला विभिन्न सेवा लिनका लागि आउने गरेको राजनले जानकारी दिए । उनी भन्छन् “मासिक रु एक हजार २०० देखि रु एक हजार ५०० सम्मले सेवा लिने गरेका छन् ।”
मबाट सेवा लिएकाहरू अर्को पटक अर्को स्थानमा जान मान्दैनन् उनले भने–“पोखरा, काठमाडौं जहाँ पुगे पनि फर्की फर्की सेवा लिन आउने गरेका छन् ।”
तालिम नै लिएर व्यवसाय सुरु गरेकाले ग्राहकको जस्तोसुकै रोजाइको सेवा दिन सक्ने उनको क्षमता रहेको छ । दैनिक रु पाँच हजार देखि रु सात हजारसम्म कमाइ हुने गरेको उनको भनाइ छ ।
व्यवसायमा गरेको लगानी पहिलो वर्षमा उठाएका राजनले अहिले भएको कमाइले आफ्ना छोराछोरी पढाउने र पैसा बैंकमा बचत गर्न थालेका छन् ।
उनले भने “यसबाट भएको कमाइको केही हिस्सा सामाजिक क्षेत्रमा लगानी गर्ने योजना छ ।”
उनको व्यवसायबाट आफूमात्र होइन दुईजना पुरुष र एक महिला गरी अन्य तीनजनालाई पनि रोजगारी पाएका छन् । उनीहरूले आफ्नो सहयोगीका रूपमा काम गर्ने गरेको राजन बताउँछन् ।

पर्वत, १६ माघ ।
दक्षिण पर्वतको रानीपानीमा सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञ तथा विहादी धार्मिक महोत्सव शनिबारदेखि सुरु भएको छ ।
स्थानीय नेपालतारा माविमा स्नातक तह र प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले आगामी माघ २२ गतेसम्म महायज्ञ सञ्चालन गरिएको हो ।
महायज्ञमा सांसद अर्जुनप्रसाद जोशीले २० लाख २५ हजार सहयोग गरेका छन् । विकट गाउँका विपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग मिलोस् भनेर आफूले उक्त रकम सहयोग गरेको महायज्ञ उद्घाटनपछि जोशीले बताए ।
महायज्ञको सांसद जोशी र क्षेत्र नं २ का सांसद विकास लम्सालले संयुक्त रुपमा गरेका थिए । त्यस्तै सांसद विकास लम्सालले पनि विद्यालयमा स्नातक तह र प्राविधिक शिक्षाका लागि आफूले सक्दो सहयोग उपलब्ध गराउने वचन दिए ।
उच्च शिक्षा अध्ययन गर्न गाउँभन्दा बाहिर जान बाध्य दक्षिण क्षेत्रका विद्यार्थीलाई उच्चस्तरको शिक्षा गाउँमै दिने उद्देश्यले विहादी क्याम्पसको सञ्चालन गर्ने र नेपाल तारा मावि रानीपानीमा सञ्चालित प्राविधिक शिक्षालाई देशकै उत्कृष्ट प्राविधिक शिक्षालयका रूपमा विकास गर्ने उद्देश्यले उक्त महायज्ञ सञ्चालन गरिएको हो ।
महायज्ञमा युवा पण्डित भागवत भाष्कर दिनबन्धु पोखरेलले प्रवचन दिएका छन् । उक्त महायज्ञबाट झन्डै रु पाँच करोड सङ्कलन गर्ने उद्देश्य रहेको प्रचारप्रसार संयोजक अनिल मास्केले जानकारी दिए ।

- पर्वत, ३ पुस ।
हराएको १२ दिनपछि हरिकला पाध्या मृत भेटिएकी छिन् । पर्वतको कुश्मा नगरपालिका दुर्लुङ्माकी ७७ वर्षे हरिकला पाध्या शनिबार दिउँसो मृत भेटिएकी हुन् ।
पाध्या हराएपछि उनका आफन्तले खोजी गर्न भन्दै प्रहरीमा उजुरी हालेका थिए । उनी हराएको १२ दिनपछि कुश्मा नगरपालिका खुर्कोटस्थित काउले खोल्सा भेटिएको मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
पाध्याको अनुहार र आँखामा गम्भीर चोट लागेकाले उनको लडेर ज्यान गएको हुनसक्ने प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शेखर खनालले जानकारी दिए।

पर्वत, ३ मङ्सिर ।
पर्वत उद्योग वाणिज्य सङ्घले आगामी माघ १३ देखि २२ गतेसम्म आयोजना गर्ने पाचौं पर्वत महोत्सवको तयारी सुरु गरेको छ । करिब साढे २ महिना बाँकी रहँदा महोत्सवका अन्य तयारी सुरु गरिएको हो ।
तयारीस्वरुप विभिन्न उपसमिति गठन गरिएका छन् । महोत्सवलाई भव्य र सभ्य रुपमा सञ्चालन गर्नका लागि १८ वटा उपसमिति गठन गरिएको हो ।
पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछाने मूल संयोजक रहेको महोत्सवमा आर्थिक उपसमितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष गोपी अधिकारी, स्टल निर्माण तथा व्यवस्थापन उपसमितिको संयोजकमा उद्योग उपाध्यक्ष शिव शर्मा पौडेल, कलाकार व्यवस्थापन उपसमितिको संयोजकमा वाणिज्य उपाध्यक्ष केदारनाथ शर्मा रहेका छन्।
यसैगरी प्रायोजन उपसमितिको संयोजकमा पूर्वप्रथम उपाध्यक्ष विषमकुमार श्रेष्ठ, झाँकी तथा ¥याली व्यवस्थापन उपसमितिमा पूर्वकेन्द्रीय सदस्य बलराम कर्माचार्य, भलिबल प्रतियोगिता उपसमितिमा पूर्वमहासचिव प्रकाश कर्माचार्य, साउन्ड सिस्टम उपसमितिमा सचिव कमल जिसी, आर्थिक परिचालन समन्वय उपसमितिमा मानसिंह कोषाध्यक्ष भण्डारी, बजार साजसज्जा उपसमितिमा सदस्य तिला गिरी रहेका छन् ।
यस्तै, मूल ब्यानर उपसमितिमा कार्यसमिति सदस्य राजकुमार श्रेष्ठ, फोटो प्रदर्शनी उपसमितिमा सदस्य राजन गुरुङ, रमाइलो मेला उपसमितिमा दीपेन्द्र गिरी, विद्युत् व्यवस्थापन उपसमितिमा सदस्य मधुसूदन उपाध्याय, ब्याच निर्माण उपसमितिमा राजु पौडेल, फूलमाला उपसमितिमा माया गिरी र प्राथमिक उपचार उपसमितिमा भरत गौतम रहेका छन्।
अन्य उपसमिति आवश्यकताअनुसार सचिवालयले निर्माण गर्ने महोत्सव आयोजक समितिका सदस्य सचिव तथा सङ्घका महासचिव ठाकुर बी पौडेलले जानकारी दिए ।
पर्वत उद्योग वाणिज्य सङ्घमा बुधबार बसेको कार्यसमिति, पूर्वअध्यक्ष, सल्लाहकारसहितको बैठकमा पश्चिमाञ्चल क्षेत्रीय औद्यागिक व्यापार मेला तथा पाँचौँ पर्वत महोत्सवलाई फरकपनका साथै ऐतिहासिक बनाउने निर्णयसमेत गरिएको छ ।
लक्ष्मी प्रसाद सापकोटा, पर्वत, ५ कात्तिक ।
चुनावका प्रचार सभा हुन् वा पार्टीका राजनैतिक कार्यक्रम नै किन नहुन्, रामभक्तले माइक समाएर गीत नगाई हुन्थेन । राजनीतिक सभा र चुनावी सभामा गीत गाउँदै हिँड्दा उनले डेढ दशक बिताए पनि ।
मीठो स्वरका धनी पर्वतको साबिक पिपलटारी–९ हालको कुस्मा नगरपालिका–१६ का ४० वर्षीय देवीबहादुर विक (रामभक्त)का अहिले दुवै मिर्गाैला काम नगर्ने अवस्थामा पुगेका छन् । तर खर्च अभावमा उपचार गर्न सकिरहेका छैनन् ।
चुनाव र पार्टीका कार्यक्रममा सबैले खोज्ने रामभक्त विक अहिले उपचारका लागि सहयोगको याचना गर्दैछन् तर उनलाई नेताले सहयोग गर्ने त परै जाओस् वास्तासमेत गरेका छैनन् ।
गाउँमा काठको काम गर्दै आएका रामभक्त विक भन्छन्, “जीवनको ठूलो हिस्सा राजनीतिक कार्यक्रममा गीत गाएर हिँड्दैमा, नेताको चुनाव प्रचारमा लाग्दैमा बित्यो, धन कमाइएन, अहिले उपचार गर्न खर्च छैन, कसैले दिँदैन”, उनको एउटा मिर्गाैलाले काम गर्दैन भने एउटा मिर्गाैलाले सामान्य काम गर्छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनलाई डाक्टरले मिर्गाैला प्रत्यारोपण गर्न सुझाएका छन् । एउटा मिर्गाैला प्रत्यारोपण गर्नका लागि आठ लाख रुपैयाँ लाग्छ तर उनीसँग अहिले आठ हजार पनि जुटाउन मुस्किल छ ।
आमा मनु विकले एउटा मिर्गाैला दिने भएकाले प्रत्यारोपणको खर्च जुटाउन उनी घरदैलो सहयोग माग्दैछन् । “अहिलेसम्म मैले अरूको जितका लागि गाएर हिँडे, अब मैले मृत्युलाई जित्नुछ, त्यसका लागि सबैले सहयोग गरिदिएहुन्थ्यो ।”
सुरुमा नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुमा सक्रिय रहेका रामभक्त विक त्यस समयमा अखिलका सभा सम्मेलनदेखि नेकपा (एमाले)का चुनावी कार्यक्रम र अधिवेशनमा गीत गाउँन हिँडे ।
पछिल्लो समयमा नेकपा (एमाले) छाडेर हिँडेका रामभक्त नेकपा (माओवादी केन्द्र)मा छन् । उनले एमालेका तर्फबाट तत्कालीन सांसद कृष्णप्रसाद भट्टराईदेखि याम गुरुङ, जुद्धबहादुर गुरुङ सम्मका चुनावी प्रचार सभामा गीत गाएर जनमत बटुल्ने काम गरेका थिए ।
तत्कालीन नेकपा (माओबादी) मा हुँदा मनरुपा सुवेदीको चुनावी प्रचारमा महिनादिनभन्दा बढी गाउँदै हिँडेका थिए । अहिले ती नेताले उनको उपचारमा सहयोग जुटाइदिऊन् भन्ने उनको आग्रह छ ।
“मेरो जीवन रहे फेरि जनताको गीत गाउने हो”, उनले भने, “उपचारका लागि सहयोग गरिदिए मेरो नयाँ जीवन हुनेछ, अनि जनताका गीत गाउँदै हिँड्नेछु ।” उनले आफ्नो जीवनरक्षाका लागि आर्थिक सहयोग गर्न सबै निकायसँग माग पनि गरेका छन् ।
पर्वत, २ कात्तिक ।
धौलागिरि अञ्चललाई जोड्ने पोखरा–बागलुङ राजमार्ग भत्केर कामै नलाग्ने भएको छ ।
चीनको सहयोगमा २०४८ सालमा निर्माण भएको उक्त राजमार्गअन्तर्गत कास्कीको काँडेदेखि पर्वतको मालढुङ्गासम्मको खण्डको अधिकांश ठाउँमा मर्मतसम्भार गरिए पनि एक वर्ष नपुग्दै भत्किएको छ ।
करिब ७२ किलोमिटर लामो सो सडक पार गर्न चार घन्टा बढी समय लाग्ने गरेको छ ।
सडकको भौगर्भिक अवस्था नाजुक भएका कारण भत्कने समस्या रहेको डिभिजन सडक कार्यालय पोखराका प्रमुख इन्जिनियर नरेन्द्र सुवेदीले बताए। “भूगोल नै कमजोर छ, सडक मर्मत गरेरमात्रै हुने अवस्था छैन, पूरै राजमार्ग पुनःस्थापना गर्नुपर्छ,” उनले भने ।
धौलागिरि अञ्चल यातायात बस व्यवसायी समितिका अध्यक्ष कुमार खड्का पानी परे नपरे पनि सडक सँधै भत्किने गरेको बताउछन् ।
पर्वत सदरमुकाम कुश्मा र म्याग्दी सदरमुकाम बेनी तथा मुस्ताङ जोड्ने राजमार्ग भएका कारण पछिल्ला दिनमा सो सडकखण्डमा सवारी साधनको चाप अत्यधिक बढेको बताइएको छ ।
पर्वत, २६ असोज ।
यातायात असुविधाका कारण छिमेकी जिल्ला बागलुङकी एक महिलालाई उपचारका लागि हेलिकप्टर प्रयोग गरी पोखरा लगिएको छ ।
दक्षिण बागलुङको जैदी गाविस–३ रोहटेकी जमुना चालिसेलाई आज श्वासप्रश्वासमा समस्या आएपछि हेलिकप्टर चार्टर गरी पोखरा लगिएको हो ।
सडक सुविधा नभएको उक्त गाउँमा प्रभु एयरलाइन्सको हेलिकप्टरमार्फत एक लाख खर्चिएर उनलाई उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा लगिएको हो ।
सडक सुविधा नभएका कारण उक्त गाविसका बासिन्दा अहिले पनि बिरामी हुँदा हेलिकप्टरमा लाखौँ खर्च गर्न बाध्य भएका छन् ।

चालिसेका परिवारले पनि ऋण काढेर हेलिकप्टर चार्टर गरेको स्थानीय बलभद्र चालिसेले जानकारी दिए ।
सडक यातायातको सुविधा लिन घन्टौँ हिँड्नुपर्ने बाध्यता रहेका गाउँलेले बिरामी पर्दा हैरानी व्यहोर्दै आएका छन् ।
केही दिन अगाडि छिमेकी गाविस छिस्तीका टीकानिधि उपाध्याय बिरामी परेपछि उपचारका लागि उनलाई पनि हेलिकप्टर चार्टर गरेर काठमाडौँ लगिएको थियो ।
पर्वत २४,असोज ।
दसैँको समयमा पर्वतका ग्रामीण सडक मर्मत नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ ।
धौलागिरी अञ्चल यातयात व्यवस्था कार्यालयले पर्वतका ८ वटा ग्रामीण सडक सञ्चालन गर्न योग्य भएको भन्दै इजाजत दिएपनि वर्षायाममा बिग्रिएको सडक मर्मत गर्न नसक्दा यात्रुहरुलाई जोखिम वढेको छ ।
गएका वर्षमा जिल्ला विकास समितिले दसैँमा सहज यात्राका लागि बजेट विनियोजन गरेर मर्मत गर्ने गरेपनि यसवर्ष बेवास्ता गरेपछि गाउँलेलाई असहज भएको हो ।
पर्वत यातयात व्यवसायी समितिका महासचिव सुवर्ण अर्यालले सम्बन्धित निकायले बेवास्ता गर्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताए ।
पर्वतमा इजाजत पाएका ८ सडकसहित ३२ सडक सञ्जालमा जीप तथा बस चल्ने गरेपनि अहिले सडक मर्मत नभएपछि दोबिल्ला–फलेबास, कुश्मा–बनौ, कुश्मा–दुर्लुङमा मात्रै सडक सञ्चालनमा आएका छन् ।
पर्वत०, ७ असोज ।
बाबुको हत्याको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका एक हत्यारालाई संविधान दिवसको अवसरमा १० वर्ष कैद मिनाहा गरेपछि परिवारमा त्रास छाएको छ ।
सजाय माफी दिने कार्यविधिअनुसार गृहमन्त्रालयले पाल्पा कारागारमा रहेका पर्वतका निर्मल पौडेले १० वर्ष कैद मिनाहा पाएर घर फर्केकाले पीडित परिवार र गाउँले नै त्रस्त भएका हुन् ।
मानसिक सन्तुलन बिग्रिएका निर्मल पौडेललाई माफी दिएकाले उनका आफ्नै परिवार डराएका हुन् । पौडेलले २०६३ सालमा पर्वत जिल्ला खुर्कोट–४ का आफ्ना बाबु चन्द्रप्रसाद पौडेललाई लट्ठी र ढुङ्गा प्रहार गरी हत्या गरेका थिए ।
पर्वत जिल्ला अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । जिल्ला अदालतको फैसलापछि पर्वत जिल्ला कारागारमा सजाय भुक्तान गर्दै आएका पौडेलले कारागारभित्रै पटक–पटक उद्दण्ड मच्चाएपछि कास्की कारागारमा सरुवा गरिएकोे थियो ।
त्यसपछि पाल्पा कारागार पुगेका पौडेललाई कारागार पाल्पाको सिफारिसमा गृहमन्त्रालयले आचरण सुध्रिएको भन्दै असोज २ गतेको निर्णयले बाँकी कैद सजाय मिनाहा गर्ने निर्णय गरेको हो ।
कैद मिनाहाका लागि पटक पटक माग गरेपछि आफूहरुले सम्पूर्ण विवरणसहित लेखेर कारागार व्यवस्थापन विभागमा सिफारिस गरेको कारागारकी प्रमुख सुजता खत्रीले जानकारी दिए ।
कैद मिनाहा भए पनि आफन्तको जिम्मा नलगाई छोड्न नमिल्ने भएकाले पटक–पटक परिवारलाई बोलाउँदा पनि जिम्मा लिन नआएकाले हिजो कारागारका कर्मचारीले पौडेललाई परिवारसमक्ष बुझाउन पर्वत ल्याएका थिए ।
पर्वतमा आफन्तलाई सोधखोज गरेर सम्पर्क गर्दा जिम्मा लिन कसैले नमानेपछि पौडेललाई पुनः फर्काएर पाल्पा कारागारमा नै पु¥याइएको थियो कारागार प्रमुख खत्रीका अनुसार पौडेललाई पुनः कारागारमा राख्न नमिल्ने भन्दै पाल्पामा क्रियाशील स्थानीय मानवअधिकारवादी सङ्घसंस्थाको रोहवरमा मुचुल्का गराएर छोड्ने तयारी गरिएको बताए ।
परिवारको माइला छोरा निर्मलले बुबाको हत्या गरेपछि आमा धनकुमारी पौडेल र अन्य दुई दाजुभाइ कुश्मा, बागलुङलगायतका सहरमा बस्दै आएका छन् ।

उसले फेरि अर्को घटना निम्त्याउँछ कि भनेर परिवार घर छाडेर बाहिर बस्दै आएको छिमेकी शेषराज रेग्मीले जानकारी दिए ।
पर्वत ३ असोज ।
जिल्लाको मुडिकुवा–५ मा जमिन भासिँदा झन्डै १५ घर जोखिममा परेका छन् । अविरल वर्षाका कारण जमिन भासिँदा मुडिकुवा गाविसको माटेदेबल मन्दिर नजिकका करिब १५ घर जोखिममा परेको स्थानीयवासीले बताएका हुन् ।
मन्दिरनजिक ठूल्ठूला खाल्डा परेका छन्, स्थानीय पुजारी शिव पुरीले भने–जमिनमा परेका खाल्डाका कारण मन्दिरसहित नजिकका करिब १५ वटा घर जोखिममा परेका छन् ।
जमिन भासिने क्रम नरोकिए मन्दिर नजिकका घर विस्थापित बन्ने अवस्था आउने स्थानीयवासी देवीप्रसाद विलासीले बताए । विलासीका अनुसार जमिन भासिँदा निकै ठूला खाल्डा परेका छन् ।
खाल्डामुनिबाट पानी बग्दै जाँदा जमिनको अन्य सतह पनि भासिन सक्ने अनुमान स्थानीयवासीले गरेका छन् । गाविसको ऐतिहासिक मन्दिरका रुपमा रहेको माटेदेबल मन्दिर परिसरमा मात्र दुईवटा ठूला खाल्डा परेका छन् ।
जमिन भासिनेक्रम रोकिएको छैन, पुरीले भन्नुभयो –खाल्डो निकै ठूलो भएका कारण त्यसले जमिनमुनि कतिसम्म असर गरेको छ यकिन गर्न कठिन छ । जमिन भासिँदै जाँदा कृषकले लगाइराखेको धान खेत पनि जमिनमुनि गड्न थालेको छ ।
ऐतिहासिक मन्दिर संरक्षणको प्रयास स्थानीयवासीबाट भइरहे पनि जमिन भासिने क्रम नरोकिएपछि संरक्षण अभियानसमेत समस्या परेको स्थानीयवासी विलासीले बताए ।
गाविसको इतिहाससँग जोडिएको मन्दिरको व्यवस्थापनमा जमिन भासिँदा समस्या परिरहेको छ, विलासी ले –भने यसले मन्दिरवरिपरि रहेका घर पनि जोखिममा परेका छन् ।
जमिनको भित्री सतहमा धेरै पानी भएका कारण जमिन गलेर भासिएको हुनसक्ने स्थानीयवासी विष्णुप्रसाद तिवारी बताए ।यसैबीच, पर्वतको भुकदेउरालीमा जमिन फाट्दा त्यहाँका पाँच परिवारसमेत विस्थापित भएका छन् ।

पर्वत, २५ भदौ ।
उत्तरी पर्वतको धाइरिङ गाविस– ३ धारापानीमा शनिबार दिउँसो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ७ जना घाइते भएका छन् ।
पर्वतकै शालिजा गाविसको ठोट्नेरीबाट धाइरिङ गाविसस्थित मिलनचोक आउँदै गरेको ग.१ ज ५१०२ नम्बरको जिप दुर्घटना हुँदा म्याग्दी जिल्ला ज्यामरुकोट गाविस– ३ घर भएकी ५० वर्षीया राममाया दमाइको घटनास्थलमै मृत्यु भएको हो।
त्यस्तै कास्की जिल्ला रिभान– ९ बस्ने ३० वर्षीया डिलकुमारी बुढाथोकी र सोही ठाउँ बस्ने ६० वर्षीया हरिमाया पुनको म्याग्दी जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पर्वतका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएकी कास्की रिभान– ९ की १४ वर्षीया अमृता पुनलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने अन्य सातजना घाइतेको म्याग्दी जिल्ला अस्पतालमा उपचार भइरहेको खनालले जानकारी दिएका छन् ।
सवारी चालक रिमबहादुर फगामीलाई नियन्त्रणमा लिइएको बताइएको छ । कच्ची सडकमा जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
यो पनी पढ्नुहोस
पर्वतको धाइरिङमा जीप दुर्घटना एकको मृत्यु, ४ घाइते

पर्वत, २६ साउन ।
निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण पर्वतका करिब ९९ घरपरिवार विस्थापित हुने खतरामा परेका छन् ।
असार पहिलो सातादेखि सुरु भएको मनसुन सक्रिय बनेसँगै जिल्लाको जनजीवन प्रभावित बनेको हो । हालसम्म वर्षासँगैको बाढीका कारण करिब एक दर्जन घरपरिवार विस्थापित बनिसकेका छन् भने करिब ९९ घरपरिवार विस्थापनको खतरामा परेका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए ।
उनका अनुसार वर्षासँगै बस्ती माथिबाट आएको पहिरोका कारण उत्तरी पर्वतको माझफाँट–९ का ६ घर पूर्णरुपमा विस्थापित बनिसकेका छन् । बाढीका कारण भूकम्पले हल्लिएको र चिरिएका ठाउँ कमजोर बनेका हुन् । जिल्लाको भँगरा–२ गैरीस्वाँराका २१ घरधुरी, देउराली–६ को जहेलेका २२ घर, कुश्मा नगरपालिका–१, मालढुङ्गाका नदी किनारमा बसेका झन्डै २५ घरपरिवार विस्थापनको खतरामा परेका छन् ।
त्यसैगरी, बाँसखर्क–९ का ७ घरपरिवार र माझफाँट–९ का २४ घरपरिवार पहिरोको उच्च जोखिममा रहेको भनी विभिन्न प्राविधिक टोलीबाट समेत प्रतिवेदन प्राप्त भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।
जोखिममा देखिएका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउने भन्ने निर्णय भएको समेत सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालले जानकारी दिए । बस्ती स्थानान्तरण गर्नुपर्ने ठाउँलाई सुरक्षित स्थानमा सार्नका लागि गृहकार्य भइरहेको ढकालले जानकारी दिए । कुश्मा नगरपालिका तथा सम्बन्धित गाविसले जोखिममा रहेका बस्तीका समुदाय एवम् स्थानीय राजनीतिक पार्टीका प्रतिनिधिसँग समन्वय एवम् छलफल गरी नजिकैको सुरक्षित स्थानको पहिचान गरी बस्ती स्थानान्तरण गर्ने तयारी गरेको बताइएको छ ।
पहिरोकै कारण साउन १२ गते राति धौलागिरि कपास उद्योग माझफाँटको भवन पुरिँदा १२ वर्षीया अंकिता तामाङको ज्यान गएको थियो भने आठजना घाइते भएका थिए । वर्षाले कालीगण्डकीको सतह बढ्दा र कटानका कारण पर्वत बेनीका तथा बगरफाँटका करिब २००, इमिचौरका १० र शालिग्राम गाविसस्थित सेतीवेणी बजारका झन्डै २५ परिवार जोखिममा रहेका छन् ।
जुनसुकै बेला पनि पहिरो आउने वा कालीगण्डकीको कटानका कारण दुर्घटना निम्तिने भयका कारण स्थानीयवासीलाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

पर्वत, २५ साउन ।
पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीखोलामा हाम फालेर बेपत्ता भएकी युवतीको अवस्था अझै अज्ञात रहेको छ।
तीनदिन अघि मोदीखोलामा हाम फालेकी सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया यशोदा थापाको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
उनी आइतबार बिहान हाम फालेकी थिइन्। दक्षिण बागलुङको जैदी गाविस घर भई कुश्मा नगरपालिका–९ मेलमिलापचोकमा डेरा गरी बस्ने थापाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। निरन्तरको वर्षाले मोदीखोलाको बहाव उच्च भएकाले पनि खोजीकार्यमा कठिनाइ भएको छ।
मोदीखोला माथि रहेको मुलुककै अग्लो कुश्मा–ज्ञादी झोलुङ्गे पुल नजिकैबाट उनी हाम फालेको देखेपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए।
उनी हामफालेको स्थानबाट रु तीन हजार ६०० नगदसहित उनले प्रयोग गर्दै आएको सामसुङ मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ। अहिले प्रहरीले खोला किनारमा खोजतलास जारी राखेको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
पर्वत, २० साउन । पछिल्ला केही वर्षयता पर्वतमा सम्बन्धविच्छेद गर्ने युगल जोडीको सङ्ख्या बढ्दै गएको छ । पारिवारिक रुपमा विभिन्न मतभेद र बेमेलका कारण सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको हो ।
जिल्लामा आर्थिक वर्ष २०७२÷७३ मा ७५ विवाहित जोडीले सम्बन्धविच्छेद गराएका छन् । आव २०७२÷७३को साउन महिनादेखि असार मसान्तसम्म ७५ जनाले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएको पर्वत जिल्ला अदालतले जानकारी दिएको छ ।
अघिल्लो आव २०७१÷७२ मा भन्दा आव २०७२÷७३मा ७५ प्रतिशत बढीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएको जिल्ला अदालतले जनाएको छ । आव २०७१÷७२ जम्मा ४८ जनाले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । तीमध्ये ४३ वटा मुद्दा फछ्र्योट भएका थिए । सम्बन्धविच्छेदका अधिकांश घटना फछ्र्योट भइसकेको जिल्ला अदालत पर्वतका मुख्य न्यायाधीश मोहनराज भट्टराईले जानकारी दिए ।
पुरुष सम्बन्धविच्छेदका लागि अदालतमा आउने धेरै खालका प्रक्रिया पु¥याउनुपर्ने भएकाले र पुरुषले सम्बन्धविच्छेद गर्न खोज्दा महिला तथा घरेलु हिंसालगायतका प्रश्न पनि उब्जिने भएकाले महिला नै बढी मात्रामा सम्बन्धविच्छेदका मुद्दा लिएर आउने गरेको कार्यालयले जानकारी दिएको छ ।
सूचना प्रविधिको विकाससँगै मोबाइल र फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पनि परिवारमा बेमेलको अवस्था सिर्जना गर्ने गरेको पाइएको कानुन व्यवसायीको भनाइ रहेको छ । अर्कोतिर दाइजो र बाबुआमाको दबाबमा विवाह गर्नुपर्नेलगायतका कारणले पनि सम्बन्धविच्छेदलाई बढावा दिएको छ ।

पर्वत, १९ साउन ।
लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण पर्वत जिल्लाका विभिन्न गाविसमा रहेका १४ वटा विद्यालयमा क्षति पुगेको छ ।
बाढी र पहिरोका कारण सातवटा विद्यालय भवन भत्किएका छन् भने हावाहुरीका कारण सातवटा विद्यालयको भौतिक संरचनामा क्षति पुगेको जिल्ला दैवी प्रकोप उद्धार समिति पर्वतले जनाएको छ ।
बाढीपहिरोका कारण जिल्लाको महेन्द्रोदय प्रावि कुर्घा, जनजागरण प्रावि फलामखानी, समाजकल्याण प्रावि माझफाँट, श्रमिक प्रावि मालढुङ्गा, शिवालय उच्च मावि अगुवा स्रोत केन्द्र कुश्मा र जिल्ला शिक्षा कार्यालय कुश्मा तथा कृष्णधर्म उच्च मावि धाइरिङको भौतिक संरचनामा क्षति पुगेको छ ।
बर्खे बिदा भएर पढाइ सुचारु हुने बेलामा बाढीका कारण कक्षाकोठा भत्किने र बगाएका कारण नियमित पठनपाठनमा असर पुगेको जिल्ला शिक्षा कार्यालय पर्वतमा जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिए ।
त्यसैगरी हावाहुरीका कारण लाङ्दी प्रावि देउराली, पञ्चकोसी उच्च मावि आर्थर, सरस्वती प्रावि आर्थर, जनजागृत प्रावि खौलालाकुरी, जननेत्र उच्च मावि देउपुर, सरस्वती प्रावि रानीपानी र नवजागृत बहुमुखी क्याम्पस तिलाहारमा क्षति पुगेको थियो ।
हावाहुरीले विद्यालयका छाना उडाउने, गाह्रो भत्किने भए पनि अहिलेसम्म पुनःनिर्माण हुन नसकेको विद्यालयले गुनासो गरेका छन् । जननेत्र उच्च मावि देउपुरमा हावाहुरीले छाना उडाउँदा दुई विद्यार्थी समेत घाइते भएका थिए ।
जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार शिक्षा कार्यालय पर्वतले अविरल वर्षा एवम् हावाहुरीका कारण १४ विद्यालय भवनमा क्षति पुगेको जनाएको छ ।
भौतिकरुपमा क्षति पुगेका विद्यालय भवन मर्मत एवम् पुनःनिर्माणको कार्य गर्न सम्बन्धित विद्यालयमा प्राविधिक खटाई लागत तयार गरी मर्मत सम्भार एवम् पुनःनिर्माणको आवश्यक व्यवस्था मिलाउन जिल्ला शिक्षा कार्यालय पर्वतलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए ।