इमान्दार मिडिया संवाददाता ।
पोखरा, ३० फागुन ।
गण्डकी धौलागिरी टायर रिसोलिङ एसोसिएसनको अध्यक्षमा बामदेव बस्ताकोटी निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न व्यवसायीहरुको भेलाले एसोसिएसनको नयाँ कार्यसमिति चयन गरेको हो ।
एसोसिएसनको उपाध्यक्षमा मोहनबाबु खड्का, महासचिवमा अर्जुन केसी, उपमहासचिवमा चन्द्रेश्वर बस्ताकोटी, कोषाध्यक्षमा झम्कनाथ देबकोटा निर्वाचित भएका छन् । सदस्यहरुमा केदारमान श्रेष्ठ, खेमराज लामिछाने, प्रभात खैँजू, टीकाराम तिवारी, देविरमण पौडेल निर्वाचित भएका छन् ।
एसोसिएसनको सल्लाहकारमा दामु अधिकारी, सुदिपमोहन भट्टराई, हिमलाल बस्ताकोटी, परमेश्वर बस्ताकोटीलाई चयन गरिएको महासचिव अर्जुन केसीले जानकारी दिए । यस अगाडिका अध्यक्ष रामेश्वर पोखरेलको सभापतित्वमा कार्यक्रम भएको हो ।
व्यवसायीहरु एक आपसमा मिलेर व्यवसाय प्रवद्र्धन गर्ने लक्ष्यसहित एसोसिएसन गठन गरिएको अध्यक्ष बस्ताकोटीले जानकारी दिए । ‘सबै व्यवसायीलाई समेटेर संस्थाको नेतृत्व गर्नेछु,’ उनले भने ।

रेम बिक
पोखरा, ३० फागुन ।
सातौँ सँस्करणको बिग आइकन ‘ग्राण्ड फिनाले’को करिब नजिक आईपुगेको छ । उत्कृष्ट पाँच प्रतिस्पर्धीमध्ये सोमबार निलिमा ए साङ्मा बाहिरिएपछि प्रतियोगितामा चार जना प्रतिस्पर्धी बचेका हुन् ।
सोमबार चारजना प्रतिस्पर्धीबीच ‘ग्राण्ड फिनाले’ राउण्डका लागि प्रतिस्पर्धा भएको छ । आगामी सोमबार सातौँ बिग आइकनमा उत्कउष्ट ३ प्रतिस्पर्धी छनौट हुनेछन् । र, यसरी छानिएका ३ जना प्रतिस्पर्धीले ‘ग्राण्ड फिनाले’का लागि भिड्नेछन् । ‘ग्राण्ड फिनाले’ चैत १८ गते पोखरा सभागृहमा भव्य समारोहका बीच हुने एफएमले जनाएको छ ।
‘ग्राण्ड फिनाले’को करिब नजिकै आएर बाहिरिँदा सोमबार निलिमा ए साङ्मा अलिक भावुक बनिन् । सिलोंगे बुवा र नेपाली आमाकी छोरी निलिमा बिग आइकनमा पहिलोपटक सहभागी भएकी थिईन् ।
आफ्नो गायन कलाको जाँच गर्न बिग आइकनको मञ्चमा उनी आईपुगेकी थिईन् । यद्यपी जित नजिकै आएर बाहिरिएपनि आफुले यो मञ्चमा आएर संगीत सम्बन्धि थुप्रै कुरा सिक्ने मौका पाएको उनले बताईन् । र, उनले बाँकी ४ जना प्रतिस्पर्धीलाई सफलताको शुभकामना दिईन् ।
हाल लामाचौरमा बस्दै आएकी निलिमा कालिका बहुमुखी कलेजमा अध्ययन गरिरहेकी छन् । केहि समय अगाडि एउटा विद्यालयमा अध्यापन समेत गर्दै आएकी निलिमाले बिग आइकनकै लागि जागिर छाडेकी थिईन् ।
सोमाबारको राउण्डमा कार्यक्रममा पोखरा महानगरपालिकाका कार्यकारी प्रमुख नवराज ढुंगाना, ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, सामसुङ मोबाइलको गण्डकी धौलागिरी वितरक कम्पनी वल्र्डवाइड कनेक्शनका संचालक सुशिल गुरुङ, अभिनेता प्रकाश घिमिरे लगाएतले बिग आइकनका सहभागी भएर प्रतिस्पर्धीहरुलाई सफलताको शुभकामना दिएका थिए । साथै उनीहरुले नेपालकै सबैभन्दा वृहत साँगीतिक प्रतियोगिताको रुपमा स्थापित बिग आइकनप्रति गर्व गर्दै आयोजक बिग एफएमलाई धन्यवादन ज्ञापन गरे ।
‘ग्राण्ड फिनाले छनौट राउण्ड’ सम्म पुगेका प्रतिस्पर्धीहरुलाई फाइनल प्रवेशका लागि निर्णायकको मतसँगै स्रोताको एसएमएस भोट पनि आवश्यक पर्ने एफएमले जनाएको छ । जसअनुसार सौजन्या तामाङलाई भोट गर्न द्यक्ष्न् कउबअभ क्त्, सागर आलेलाई भोट गर्न द्यक्ष्न् कउबअभ क्ब्, सुबास गुरुङलाई भोट गर्न द्यक्ष्न् कउबअभ क्न् र प्रिया गुरुङलाई भोट गर्न द्यक्ष्न् कउबअभ एन् टाइप गरि ३४३२१ मा सेन्ड गर्नुपर्ने एफएमले जनाएको छ ।
यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ । बिग आइकनको ईन एशोसियसन विथ टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।
प्रथम पुरस्कार ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालिले गरेको हो । त्यस्तै कार्यक्रमको स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि रहेका छन् ।
त्यस्तै आइटी पार्टनरमा कम्यूनिकेट टेक्नोलोजिस, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी र फेवा टेलिभिजन, हस्पिटालिटि पार्टनरमा होटल बाराही, भेन्यू पार्टनरमा रोयल पोखरा रेस्ट्रो एण्ड लाउन्ज बार, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाइनखबर डटकम र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरेका छन् ।
पोखरा, १ कात्तिक ।
पोखरामा जारी सफाइ अभियान बृहत् पोखरा सफाइ अभियानमा रुपान्तरित भएको छ ।
अभियानअन्तर्गत १८औँ हप्ताको फिर्के–बुलौंदीखोला बृहत् सफाइ अभियान ड्यामसाइडस्थित फेवाताल किनारमा सम्पन्न भएलगत्तै पोखराका २९ वटै वडादेखि लेखनाथसम्म सफाइ कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो ।
सफाइ अभियानको १९औँ हप्ताबाट पोखरा उपत्यका बृहत् सफाइ अभियानमा रुपान्तरण गर्ने महत्वपूर्ण निर्णय गर्दै अघि बढाइएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।
१९ औँ हप्ताको सफाइ अभियान पोखरा–१ स्थित सांस्कृतिक सम्पदाको रुपमा परिचित गाईघाटबाट सुरु गरी झन्डै चार टन फोहरमैला सङ्कलन गरिएको सामाजिक अभियन्ता एवम् टोल विकास संस्था वडा समन्वय समिति पोखरा–१ का अध्यक्ष चन्द्रबहादुर गुरुङले बताए ।
त्यस्तै २० औँ हप्ताको सफाइ अभियान वडा नं १ स्थित हरिचोकदेखि बागबजार चोक, ट्याक्सी चोक, भीमकाली पाटन हुँदै टुँडिखेलसम्म गरिएको थियो ।
उक्त सफाइ अभियानमा झन्डै सात टन फोहर सङ्कलन गर्दै वडावासीलाई सार्वजनिक स्थलमा फोहरमैला नफाल्न अनुरोध गरिएको नमुना आमा समूहका अध्यक्ष कल्पना बाँस्तोलाले जानकारी दिए ।

हरि बास्तोला, पोखरा, २९ असोज ।
पर्यटकीय नगरी पोखरास्थित फेवातालको बीचभागमा अवस्थित तालबाराही मन्दिरका दर्शनार्थीको भिड बढ्नाले उनीहरुको सुविधाका लागि ३५ वटा डुङ्गा परिचालन गरिएको छ ।
परापूर्वकालदेखि दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन तालबाराही मन्दिरको दर्शनका लागि आउने श्रद्धालु भक्तजनको सुविधाका लागि डबल डुङ्गासहित ७० जना चालकको व्यवस्था गरिएको हो ।
बाराहीघाटदेखि मन्दिरसम्म ओहोरदोहोर गरेको रु ६० र लाइफ ज्याकेटको छुट्टै प्रतिव्यक्ति रु १० लिने गरेको फेवाताल डुङ्गा व्यवसायी समितिका उपाध्यक्ष बलिप्रसाद गुरुङ बताउछन् ।
उनका अनुसार आज बिहान मिर्मिरेदेखि भक्तजनको अत्यधिक भीड लागेको र पाँच हजारजनाभन्दा बढी दर्शकले बाराही मन्दिरको दर्शनका लागि टिकट काटेर डुङ्गा चढेका छन् ।
अन्य शक्तिपीठमा नवदुर्गा दर्शन गर्ने गरिएपनि दसैँको अन्तिम दिन फेवातालमा डुङ्गा चढेर तालबाराहीको दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ भक्तजन आउने गरेको उपाध्यक्ष गुरुङ बताउछन् ।
अघिल्लो वर्षको तुलनामा यसवर्ष पूर्णिमाका दिन भक्तजनको सङ्ख्यामा वृद्धि भएपनि दसैँका नौ दिनसम्म तालबाराही दर्शन गर्ने दर्शनार्थी भने घटेको समितिकी सदस्य तारा विक बताउछन् ।
उनका अनुसार एउटा डबल डुङ्गामा ११ देखि १२ जना राख्ने गरेको र सुरक्षाका लागि तालबाराही मन्दिरको दर्शन तथा डुङ्गा सयर गर्ने सम्पूर्णका लागि लाइफ ज्याकेट अनिवार्य गरिएको छ ।
फेवातालका विभिन्न आठवटा घाटमार्फत सिङ्गल, डबल र पेडल गरी कुल ७२४ वटा डुङ्गाले धार्मिक एवम् अन्य पर्यटकलाई सुविधा पुगेको छ भने दर्शनार्थीको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको मोटर बोटले समेत गस्ती गर्दै आएको सदस्य विक बताउछन् ।
प्राचीनकालदेखि पारिवारिकरुपमा मन्दिर दर्शन गरेर निधारमा रातो टीका र शिरमा जमरा लगाएर तालको छेउमा बसेर भोज खाने गरेको भएपनि पछिल्लो समयमा मन्दिर दर्शनबाहेक अन्य प्रचलनमा कमी आएको तालबाराही मन्दिर संरक्षण समितिका सदस्य महेन्द्र श्रेष्ठ बताउछन् ।
उनका अनुसार पोखरा आसपासलगायत स्याङ्जा, पर्वत, बागलुङ, तनहुँ, गोर्खा, लमजुङ, काठमाडौँ, चितवनलगायत विभिन्न जिल्लाबाट बाराही मन्दिरको दर्शन गर्न भक्तजन आउने गरेका छन् ।
मन्दिर पछिल्लो समय आन्तरिक एवम् बाह्य पर्यटकको समेत गन्तव्य बन्दै गएको छ ।
दसैँलाई नै लक्ष्यित गरी बाराहीघाटस्थित फेवाताल किनारामा राखिएको काठको चौडाले र बाँसको लिङ्गे पिङ खेलेर मनोरञ्जन लिनेहरुको पनि आज बिहानैदेखि भीड लागेको थियो ।
पोखरा, २६ असोज।
बेनीबाट पोखरा आउदै गरेको यात्रुबाहक बस कास्कीको नौ डाँडामा दुर्घटना भएको छ ।
बेनीबाट पोखरा आउदै गरको बस नौ डाँडा जाने घुम्तीमा अर्को सवारीलाई साइड दिदा नालामा खसेको हो ।
ग १ ख ३८५२ नम्बरको बस नालामा खस्दा यात्रुहरु सामान्य घाइते भएका छन् ।
भरिभराउ बस नालामा खसे पछि यात्रुहरु एकले अर्कोलाई अठ्याएका थिए । यात्रुहरुलाई बसको सिसा फोडेर बाहिर निकालिएको स्थानीयले जानकारी दिए ।
गन्थनबाट
पोखरा २५ असोज ।
कास्कीको ढिकुरपोखरी गाविसमा १० बर्षीया वालिकाको हत्या भएको छ । ढिकुरपोखरी १ की १० बर्षीया कञ्चन विकको बलात्कारपछि हत्या भएको हो ।
दशैको फुलतापतीको दिन शनिवार अपरान्ह घरबाट हराएकी विकको आईतवार अष्टमीको दिन विहान घर नजिकै खेतमा मृत अबस्थामा शब भेटिएको हो ।
शबको प्रकृति हेर्दा वलात्कारपछि हत्या भएको आशंका गरिएको भएपछि यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
वलात्कारपछि हत्या वा हत्या मात्रै भन्ने बारे पोष्टमार्टम रिपोर्टपछि मात्रै यकिन गर्न सकिने प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।
वालिकाको यौनाङ्ग रत्ताम्मे भेटिएकाले पनि बलात्कार भएको हुन सक्ने आशंका गरिएको छ ।
घटनामा संलग्नताको आशंकामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ब्यक्तिहरुमाथि थप अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ । बालिकाका बाबु राजकुमार विक रोजगारीको लागि विदेशमा छन् ।
पोखरा, ११ असोज ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्न ढोका खुलेको बताएका छन् ।
नेपाली काँग्रेस कास्कीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य लेखकले प्रमुख तीन दलको सम्पन्न बैठकले जिविस अन्तर्गतका इलाकालाई मानेर नौ सयदेखि एक हजारको हाराहारीमा गाउँ र नगरपालिका बनाउने सहमति भएपछि अब स्थानीय तहको निर्वाचनका कार्यक्रम अघि बढ्ने धारणा राखे ।
नयाँ संविधानमा मधेसी जनताको असन्तुष्टिलाई सम्बोधन गर्न काँग्रेस तयार रहेको जानकारी गराउँदै उनले चित्त नबुझेका कुरामा संशोधन गरी संविधानलाई सबै जनताको साझा सम्पत्ति बनाउने दलको कार्यसूची नै रहेको बताए ।
पूर्वपार्टी सभापति एवम् सांसद यज्ञबहादुर थापाले देश चुनावको राजनीतिमा प्रवेश गरिसकेकाले अब कत्ति पनि अलमलिने बेला नरहेको धारणा राखे ।
पार्टीका जिल्ला सभापति कृष्ण केसीका अध्यक्षतामा भएको सो कार्यक्रममा सांसदद्वय शारदा पौडेल र वृन्दादेवी राना, पार्टी पूर्वसभापति सोभियतबहादुर अधिकारीले पार्टीका गतिविधिमाथि प्रकाश पारेका थिए ।