
- काठमाडौँ।
गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । अध्यक्षकी प्रत्यासी जमुना गुरुङलाई हराउँदै भट्ट विजयी भएका हुन् । नेपालको गोरखा जिल्लामा जन्मिएका भट्ट जापानका सफल व्यवसायी हुन् ।
मंगलबार बिहान सार्वजनिक मतपरिणाम अनुसार भट्ट ११९७ मतले विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी जमुना गुरुङ घलेको पक्षमा ५ सय ८४ मत खसेको थियो।
अध्यक्षमा पराजित गुरुङ निवर्तमान अध्यक्ष शेष घलेकी पत्नी हुन् । यसअघि एनआरएन आइसीसी सदस्य रहेकी उनी पनि अष्ट्रेलियाको धनी महिलाको सूचीमा पर्छिन् ।
उपाध्यक्ष खुल्लातर्फ जर्मनीका कुमार पन्त र यूकेका कुल आचार्य विजयी भएका छन् । पन्त यसअघि पनि उपाध्यक्ष थिए भने आचार्य युरोप संयोजकबाट सिधै उपाध्यक्ष बनेका हुन् । यसैगरी, महिला उपाध्यक्षमा रसिया निवासी शपिला राजभण्डारी विजयी भएकी छिन् ।
महासचिवमा रसियाका डा. बद्री केसी पुनः निर्वाचित भएका छन् । डा. केसीको महासचिवमा यो दोस्रो कार्यकाल हो ।
सचिवमा ओमनका डीबी क्षेत्री र बेल्जियमकी जानकी गुरुङ विजयी भए । यसैगरी, कोषाध्यक्षमा हिक्मत थापा पुनः विजयी भएका छन् । सहकोषाध्यक्षमा सोमनाथ सापकोटा विजयी भएका छन् ।
युवा संयोजकमा जापानका सुदन थापा विजयी भएका छन् । महिला संयोजकमा बेल्जियमकी रजनी प्रधान विजयी भएकी छिन् ।
यसैगरी, युरोप क्षेत्रीय संयोजकमा ६ जना उम्मेदवारमध्ये बेल्जियमका शिव बरुवाल विजयी भएका छन् । युरोप क्षेत्रीय उपसंयोजकमा गोविन्द गौतम र एकराज गिरी निर्वाचित भएका छन् । युरोप क्षेत्रीय महिला संयोजकमा बेलायतकी संगीता मरहठ्ठा विजयी भएकी छिन् ।
अमेरिका क्षेत्रीय संयोजकमा अमेरिकाका गौरीराज जोशी विजयी भएका छन् । अमेरिका क्षेत्रीय उपसंयोजकमा अमेरिकाकै नवीन शेरचन विजयी भएका छन् । यसैगरी, क्षेत्रीय महिला उपसंयोजकमा अमेरिकाकी संगीता लम्साल शिवाकोटी निर्विरोध निर्वाचित भएकी छिन् ।
ओशिनिया क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका धर्मराज अधिकारी विजयी भएका छन् । ओशिनिया क्षेत्रीय महिला उपसंयोजक प्रिती शर्मा विजयी भएकी छिन् ।
मध्यपूर्व क्षेत्रीय संयोजकमा कतारका आरके शर्मा विजयी भएका छन् । मध्यपूर्व उपक्षेत्रीय उपसंयोजकमा गोपाल कँडेल र प्रवीण गुरुङ विजयी भएका छन् । क्षेत्रीय उपसंयोजक युवा राजकुमार बस्नेत विजयी भएका छन् ।
एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा विजयी भएका छन् । एशिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा पारसमणि पोखरेल र विनोद कुँबर विजयी भएका छन् । यसैगरी, एशिया प्रशान्त क्षेत्रीय महिला उपसंयोजकमा दक्षिण कोरियाकी जुनु गुरुङ विजयी भएकी छिन् ।
अफ्रिकाको क्षेत्रीय संयोजकमा सुनिल कार्की निर्वाचित भएका छन् । उपसंयोजकमा डा भुवन ढकाल र शिव पौडेल निर्वाचित भएका छन् ।

- काठमाडौं ।
कतारमा रहेको युनाईटेड क्लिनिङ कम्पनी धराशायी भएका कारण करिब १३ सय नेपालीसहित २५ सय कामदारको रोजगारी गुमेको छ ।
कम्पनी धाराशायी भएपछि रोजगारी गुमाउनेमध्ये ३ सय नेपाली महिला छन् । युनाईटेड कम्पनीमा नेपालीसहित फिलिफिन्स, बंगलादेश, श्रीलंका, र अफ्रिकी देशमा नागरिक कार्यरत छन् ।
कम्पनीले कामदारको तीन महिनाको तलब भुक्तानी नगर्नुको साथै आवसीय अनुमतिपत्र भिसा नवीकरण गरेको छैन ।
पीडितहरुले तलवसहित स्वदेश पठाईदिनका लागि कतारको श्रम विभाग र अदालतमा उजुरी दिएका छन् ।, यो खबर आजको कान्तिपुरमा छ ।
२०७४ असोज ३० मा प्रकाशित ।

- अमेरिका ।
१ सय सातौँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एनआरएनए एनसिसि अमेरिकाको संयोजकत्वमा अमेरिकामा सक्रिय विभिन्न १० वटा संस्थाहरुले संयुक्तरुपमा न्यूयोर्कमा आयोजना गरेको कार्यक्रममा साहित्य, गायन, समाजसेवा, पत्रकारिता तथा खेलकुद क्षेत्रमा सक्रिय महिलाहरुलाइ अमेरिकाका लागी नेपाली राजदुत डा.अर्जुन कार्कीे र सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले सम्मान पत्र प्रदान गरेकी हुन् ।
सम्मानित हुनुहुनेमा साहित्यतर्फ सिता पाण्डे, निलम कार्की निहारिका, गायनतर्फ सपनाश्री, पत्रकारितातर्फ माम्पी घोष, खेलकुदतर्फ मिरा राई र सामाजसेवातर्फ केमिका भण्डारी र जोली अमात्य रहका छन् ।

कार्यक्रममा प्रमुख अतिथि कार्कीले अमेरिकाको व्यस्त दैनिकीका बावजुद आफ्नो क्षेत्रमा निरन्तर सक्रिय रहनसक्नु आफैँमा महत्पूर्ण कार्य हो भन्दै सम्मानित व्यत्तित्वहरुको प्रशंसा गरे ।
सर्वाेच्च अदालतका न्यायाधीश प्रधानले संविधानमा व्यवस्था भएको अधिकारको उपयोग गर्नका लागी आंफै सचेत हुनुपर्न बताइन । “नेपालको संविधानले महिला अधिकारको बारेमा अग्रगामी व्यवस्थाहरु पनि गरेको छ तर त्यसको उपयोगको लागी हामी आफैँ सचेत हुनु जरुरी छ,” वनले भनिन ।
कार्यक्रममा एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलले एनआरएनले नारि शशक्तिकरणको क्षेत्रमा उल्लेखनिय काम गरेको बताए ।
क्षेत्रीय उपाध्यक्ष बन्दना कोइरालाले निर्णायक तहमा महिलाको सहभागिता नभएसम्म महिला अधिकारको कार्यान्वयन नहुने वताए ।
एनआरएनए अमेरिका महिला समिति संयोजक राधा ज्ञावलीले महिला अधिकारको लागि महिला एकताको अवश्यकता भएको बताइन ।
कार्यक्रम एनआरएन अमेरिकाका क्षेत्रीय उपाध्यक्ष बन्दना कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो ।

- संजय पोखरेल, काठमाडौँ ।
नेपाली जनप्रगतिशील मोर्चा कतारको छैठौ अधिबेशन सम्पन्न भएको छ ।अधिवेशनले भक्तबहादुर शाहीको अध्यक्षतामा २७ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । त्यस्तै अधिवेशनले एक स्थान खालि राख्दै ७ सदसिय सल्लाहकार समिति पनि चयन गरेकोछ।
अधिवेशनमा नेपाली संघिय समाज कतार सहअध्यक्ष हिराधन राइ, प्रवासी नेपाली मंच कतारका महासचिव मुनाफ मिया, कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुन, नया शक्ति कतारका प्रवक्ता ध्रुव क्षेत्री, नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष गणेश बन्जाडे, सिमानामा काडेतार अभियान अभियन्ता शुशिल खड्का ठकुरी सहयोग संजालका सचिव सुलभ चन्द, रोल्पा जलजला सेवा समाजका अध्यक्ष शिव बुढाथोकी लगाएतको उपस्थिति थियो ।
उपस्थित अतिथिहरुले शुभकामना दिने क्रममा अबको देश भित्रको आशाको केन्द्र भनेको नेपाल कम्युनिस्ट पार्टी रहेको बतएका थिए । उनीहरुले अब नेपाल कम्युनिष्ट पार्टीले नै केहि गरेर देखाउन सक्छ भन्ने जनविश्वास बढेको बताए ।
त्यस्तै पार्टीका महासचिव कमरेड विप्लवले कार्यक्रम सफलताको सुभकामना पठाएका थिए । शुभकामना संदेशमा विप्लबले ध्रुविकरणको बारेमा व्याख्या गर्दै नीति र सिद्दान्त बिना भोट बटुल्ने गरि गरिएको ध्रुविकरण पानिको फोका सरि हुने बताएका थिए ।
मोर्चाका सल्लाहकार श्रीकृष्ण भट्टराइले देशको राजनीतिक ब्यबस्थामा मौलाएको दलाली र भ्रस्टाचारी करणले गर्दा नै युवाहरु बिदेसिनु परेको बताए ।
शुभकामना मन्तव्य दिंदै सिमानामा कांडेतार अभियानका केन्द्रिय प्रवक्ता तथा मध्यपूर्व संयोजक सुशील कुंवरले मेची देखी महाकाली सम्म ७१ विभिन्न ठाउंमा ५५ हजार हेक्टर भन्दा बढी भूभाग भारतले अतिक्रमण गरेको बताउंदै सो जमिन नेपाललाई फर्काउन र सिमानामा कांडेतार लगाई सिमा नियमन गर्न राज्यलाई दवाव दिने उद्धेश्यले सिमानामा कांडेतार अभियान सञ्चालन गरिरहेको बताए ।
मोर्चाको छैठौ अधिवेशनलाई संबोधन गर्दै प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी अन्तरास्ट्रिय ब्युरो कार्यालय सचिव खगेश्वर केसीले मुलुक निर्माण गर्ने युवा पुस्तालाई दलाल राज्यसत्ताले नियोजित रुपमा खाडीको घाममा सुक्न बाध्य पारेर देशलाई बर्वाद बनाएको बताए ।
दश वर्षे जनयुद्ध कालमा अस्तित्वमा आएका जनसत्ता र जनअदालतलाई पूनर्जीवीत गरिएको र मजदुरहरुको समस्या पुरानो राज्य संरचनाबाट समाधान नहुने चुडामणी शर्मा माथीको सर्बोच्चको पछिल्लो फैसलाले प्रमाणीत गरेको बताउंदै त्यसको समाधानार्थ जनअदालत खडा भएको उनको कथन थियो ।
संपूर्ण पिडित मजदुरहरुलाई दुतावासले तपाईंहरुका समस्या समाधान नगरे वा व्यवधान खडा गरे मोर्चा मार्फत वा सिधै जनअदालतमा मुद्धा दाएर गर्न उनले अनुरोध समेत गरे ।
त्यस्तो अवस्थामा राज्यको दायित्व पुरा नगरेकोमा राजदुत सहित दुतावासका कर्मचारीहरु र म्यानपावरका मानव तस्करहरुबाट असुल उपर गराइने वर्तमान पार्टी निती रहेको उनले बताए ।
उनले तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्की र श्रम विभागका महानिर्देशक भरत सुवेदी माथी कालो मोसो दलेर चेतावनीयुक्त कार्वाही गरिएको समरण गराउंदै मजदुरहरु माथीको शोषण कायमै रहे संबन्धित निकायहरु माथी थप शसक्त कार्वाही गर्ने चेतावनी दिए ।
मोर्चाका पुर्व महासचिव राम कुँवरले सञ्चालन गरेको उक्त अधिवेशन आयोजक समिती संयोजक रेशम पौडेलको सभापतित्वमा सम्पन्न भएको हो ।
केन्द्रीय सल्लाहकार समिति ।
१ रमेश गिरी
२ श्रीकृष्ण भट्टराई
३ रेशम पौडेल
४ राजेन्द्र लिम्बु
५ हेम कार्की
६ होमनाथ बास्कोटा
७ ————————
केन्द्रीय कार्यसमिति
१ अध्यक्ष भक्तबहादुर शाही
२ उपाध्यक्ष राम कुँवर
३ उपाध्यक्ष जयकिशोर पोद्दार
४ उपाध्यक्ष धनबहादुर भण्डारी
५ महासचिव राजेश ओली
६ सचिव विवेक मल्ल
७ कोषाध्यक्ष साजन गुरुङ
८ सदस्य सुरज कुमार धमला
९ सदस्य राजकुमार राना
१० सदस्य कृष्ण कुँवर
११ सदस्य रबिन पुन
१२ सदस्य मनसरी घर्ति
१३ सदस्य गणेश बिश्वकर्मा
१४ सदस्य अरुण आचार्य
१५ सदस्य विवश लिम्बु
१६ सदस्य विवश जिम्बा
१७ सदस्य नरेश तामांग
१८ सदस्य खडक धामी
१९ सदस्य प्रकाश बुढाथोकी
२० सदस्य मनोज अधिकारी
२१ सदस्य आकाश ओली
२२ सदस्य कमल मगर
२३ सदस्य कलाधर शर्मा
२४ सदस्य धर्मेन्द्र मुखिया
२५ सदस्य डेभिड डाँगी
२६ सदस्य तिलक बिश्वकर्मा
२७ सदस्य नरेश बिश्वकर्मा
२०७४ भदौ १८ गते प्रकाशित

- साउदी ।
नेपाली जनप्रगतिशिल मोर्चा साउदी अर्को तेस्रो अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले आगामी कार्यकालका लागी एक जना पछि थप्ने गरि अधिबेशनले भानु प्रदेशीको अध्यक्षमा १३ सदस्यीय कार्य समिति चयन गरेको छ ।
त्यस्तै अधिवेशनले ३ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ। अधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल आगामी २ वर्षसम्म रहने छ ।
"परिबर्तनको लागि बैज्ञानिक समाजबादको संसार, प्रबासी मजदुरहरु एकिकृत जनक्रान्तिको आधार" भन्ने मूल नारा सहित सम्पन्न उक्त अधिवेशनम दिल सुब्बा प्रमुख अथिति थिए भने बिशेष अतिथिमा राजदुतावासका स्थानीय कर्मचारी हरि घिमिरे रहेका थिए ।
त्यस्तै अधिवेशन सम्पन्न गर्न कार्यक्रमको सभाध्यक्षको भूमिका भानु प्रदेशीले निर्बाहा गरेका थिए। कार्यक्रमको सञ्चालन तेस्रो अधिबेशन मूल आयोजक समितिका संयोजक मानबहादुर सहकारीले गरेका थिए।
मोर्चाको आयोजनामा खुल्ला भलिबल आयोजना
यस्तै जनप्रगतिशिल मोर्चा साउदीको आयोजनामा पुरुष खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । खेलमा प्रहिलो हुने प्रतियोगिलाई ३ हजार, दोस्रो हुनेलाई २ हजार र तेश्रो हुनेलाई १ हजार रियल रियल पुरस्कार राखिएको थियो ।
उक्त खेलमा १५ वटा विभागीय समूहहरुले भाग लिएका थिए । तेस्रो अधिवेशन उद्घाटन समारोह पश्चात प्रमुख अतिथि र बिशेष अतिथिले बल सर्बिस गरी खुल्ला भलिबल प्रतियोगिताको शुभारम्भ गरिएको थियो।
निकै बाक्लो संख्यामा खेल प्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो। प्रतियोगिताको फाईनलमा धौलागिरी टिमले नेपाल मगर संघको टिमलाई निकै रोमान्चक खेलमा २८-२५ र २६-१८ स्कोरले पराजित गर्दै बिजेता बनेको थियो । यस्तै सम्रानी स्पोर्ट टिमले तेस्रो स्थान हासिल गरेको थियो।
खेल मैदान संगै रहेको सानो मन्चबाट ३१ अगस्त मध्य रात तिर उद्घाटन गरिएको अधिबेशन सोहि मन्चबाट २ सेप्टेम्बर बिहान १० बजे समापन गरिएको थियो।
आयोजक समितिका संयोजक भन्छन् हाम्रा कमरेडहरुले एउटा युद्द जिते
यस्तै अधिवेशन सम्पन्न गरिसकेपछि इमान्दार मिडियासंग प्रतिक्रिया दिदै अधिवेशन आयोजक समितिका संयोजक मान बहादुर सहकारीले आफ्ना संगठनका नेता कार्यकर्ताले एउटा युद्द नै जितेको प्रतिक्रिया दिएका छन्।
उनले भने-"साउदी अरबको प्रचण्ड गर्मि त्यसैमाथी खुल्ला ठाउँ, त्यो पनि करिब ४० घण्टासम्म अधिवेशन निरन्तर चलीरहयो । अधिबेश र भलिबल प्रतियोगिता स्मरणीय त रह्यो नै करिब ४ घण्टा लामो बन्द सत्र, त्यो पनि बिना एसीको बन्द कोठामा सम्पन्न भयो। त्यसैले हाम्रा कमरेडहरुले एउटा युद्द नै जिते ।"
उनले अगाडी थपे -"हाम्रा क्रान्तिकारी कमरेडहरुले भोक, तिर्खा, निन्द्रा केही नभनी यति बिघ्न गर्मि मौसमलाई चुनौती दिदै कार्यक्रम सफल गर्नुभयो जुन साच्चै नै चुनौतीपूर्ण थियो।"
यस्तो छ निर्वाचित कार्यसमिति
१, अध्यक्ष-भानु प्रदेशी
२, उपाध्यक्ष-युबराज कार्की,
३, महासचिब-मानबहादुर सहकारी,
४, सचिब-सुरेश ओली,
५, कोषाध्यक्ष-गोपी अछामी
६, सदस्य -बिष्णु परियार,
७, सदस्य-जयराम बि.क,
८, सदस्य-बिपिन शर्मा निरौला,
९, सदस्य-नन्द किशोर के.सी,
१०,सदस्य-कसम मगर,
११,सदस्य-श्याम गिरि,
१२,सदस्य-जितेन्द्र बर्देवा
१३, सदस्य- पछि चयन गरिने
त्यस्तै सल्लहाकार समितिमा -
१, दिल सुब्बा
२, बिपुल ढुंगाना
३, तिर्थ पाख्रिन
२०७४ भदौ १८ गते प्रकाशित

- भारत ।
भारतको केन्द्रीय अनुसन्धान ब्यूरोले एक नेपाली नागरिकको हिरासतभित्रै हत्या भएपछि हिमाञ्चल प्रदेशका प्रहरी महानिरीक्षक (आईजीपी) जहूर हैदरी जैदीसहित ८ प्रहरी अधिकृतलाई पक्राउ गरिएको छ ।
हिमाञ्चलका आईजीपीले बालिकाको बलात्कार र हत्या घटनामा संलग्न भारतीय धनाढ्यका छोरा बचाउन धन कमाउन सिमला पुगेका एक नेपाली मजदुर सुरज सिंहलाई हिरासतमा राखी फसाउने प्रयत्न गरेका थिए । उनलाई हिरासतमा लिँदा नेपालीहरुले प्रहरी कार्यालय घेराउसम्म गरेका थिए । त्यही बीचमा युवतीको बलात्कार र हत्या प्रकरणमा पक्राउ परेका ६ जनामध्ये मुख्य अभियुक्तले नेपाली मजदुरको जेलभित्रै हत्या गरिदिएका हुन् ।
जेलभित्रै नेपाली मजदुरको हत्या भएपछि सिमलामा तनाव थप बढेको थियो । हिमाञ्चलको अदालतले यो घटनाको जाँच गर्ने जिम्मेवारी सीबीआईलाई सुम्पियो । सीबीआईले घटनाको अनुसन्धानका क्रममा हिमाञ्चलका आईजीपी, एसपी र अन्य प्रहरी अधिकारीसँग धेरैपटक सोधपुछ गरी अन्तिममा गिरफ्तार गर्यो ।
भारतीय पत्रिका द वायरका अनुसार हिमाञ्चल प्रदेशको राजधानी शिमलाको कोटखाई इलाकामा ४ जुलाईमा एक नाबालिका युवतीको बलात्कारपछि निर्मम हत्या गरिएको थियो । यो घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाली मजदूर २९ वर्षीय सिंहको हिरासतमै मृत्यु भएपछि सीबीआईले मंगलवार हिमाञ्चल प्रदेश पुलिसका महानिरीक्षक (आईजीपी) जैदी, पुलिस उपाधीक्षक (एसपी) मनोज जोशी र ६ अन्य पुलिस अधिकृतलाई गिरफ्तार गरेको हो । युवती बलात्कार र हत्या घटनामा नेपाली मजदुर सह आरोपीका रुपमा पक्राउ परेका थिए ।
गत २० जुलाईका दिन बलात्कार र हत्याका प्रमुख आरोपी मानिएका राजीन्दर सिंहले आफूसँगै थुनिएका सुरजको टाउकोलाई भित्तामा बजारेका थिए । राजीन्दरले सुरजलाई बलात्कारको विषयमा पोल खोलेको र आफूलाई फसाएको आरोपमा आक्रमण गरेका हुन् ।
गत ४ जुलाईमा कक्षा १० मा पढ्ने एक १६ वर्षीया किशोरी स्कुलबाट घर र्फकने क्रममा बेपत्ता भएकी थिइन् । त्यसको दुई दिनपछि प्रहरीले कोटखाइस्थित हलैला जंगलमा उनको शव फेला पारेको थियो । उनको बलत्कारपछि हत्या भएको पुष्टि भएको थियो ।
प्रहरीका अनुसार आरोपीले किशोरीलाई लिफ्ट दिएर एकान्त ठाउँमा लगेका थिए र सामुहिक बलत्कारपछि हत्या गरेका थिए । किशोरीको शरीरमा देखिएका चोटहरुले उनलाई चरम यातना दिइएको अनुमान गरिएको छ ।
सो घटनामा राज्य सरकारले विशेष अनुसन्धान टोली गठन गरेलगत्तै ६ जना व्यक्तिहरु पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा आशिष चौहान, राजीन्दर सिंह, सुवाससिंह बिष्ट, लोक जान, सुरज सिंह र दिपक रहेका छन् ।
आईजीपीसहित घटना मिलाउनमा संलग्न ८ प्रहरी अधिकारीलाई आज (बुधबार) अदालतमा पेश गरिदैछ । जाँच एजेन्सीले युवतीको बलात्कार तथा हत्या र हिरासतभित्रै नेपाली मजदुरको मृत्यु घटनाको अलग अलग मुद्दा दर्ता गरिसकेको छ ।
२०७४ भदौ १४ मा प्रकाशित ।

- टोकियो ।
गत साता नेपालको तराई भूभागमा आएको भिषण बाढीका कारण पीडित भएकाहरुको सहयोगार्थ जापानमा वहुप्रतिक्षित नेपाली चलचित्र ‘छक्का पञ्जा २’ प्रदर्शन गरिने भएको छ ।
दशैको फूलपाती कै दिन २७ सेप्टेम्बर बुधबार नाकानो जिरो हलमा पहिलो प्रदर्शन हुने भएको छ भने ८ अक्टोबर आइतबार नाकानो जिरो हलमै दोस्रो प्रदर्शन हुने भएको छ ।
ओटु इभेन्ट्सले आयोजना गर्न लागेकोचलचित्र प्रदर्शनबाट उठेको रकम बाढी पीडितहरुको राहत र पुनर्स्थापनाका लागि खर्च गरिने आयोजकले जनाएको छ ।
बाढी र पहिरोमा परि हजारौं नेपालीहरुले संकट पूर्ण रुपमा जीवन यापन गरिरहेका बेला जापानमा रहेर सामाजिक काममा संलग्न युवाहरुको समूह ओटु इभेन्ट्सले चलचित्र प्रदर्शन गर्न लागेको हो । साँझ ६:३० बजे सो सुरु हुने आयोजकले जनाएको छ ।
नाकानो जिरो हल लगत्तै जापानका अन्य शहरहरुमा पनि चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । फुकुओका, नागोया, ओसाका लगायतका शहरहरुमा पनि प्रदर्शनको कार्य योजना बनिरहेको आयोजकले जनाएको छ ।
चलचित्र प्रदर्शनको इभेन्ट म्यानेजमेन्ट भने सनराईज प्रोडक्सनले गर्ने भएको छ । इभेन्ट्सले गर्न लागेको सकारात्मक कामका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले पनि चलचित्र प्रदर्शनका लागि सहयोग गर्ने प्रतिवद्वता जनाएको छ ।
इभेन्ट्सले आफूहरुले एनआरएनए मार्फत् नै सहयोग रकम नेपाल पठाउने जनाएको छ । इभेन्ट्स यति बेला आवश्यक सबै प्रकारका तयारीमा जुटेको छ । जापानमा क्रियाशील संघ संस्था र जापानमा रहेका नेपालीहरुलाई आफूहरुको पवित्र कार्यमा सहयोग गर्न पनि इभेन्ट्सले आग्रह गरेको छ ।
दिपाश्रीको निर्देशनमा बनेको चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, किरण केसी, प्रियंका कार्की, वर्षा राउतसँगै स्वस्तिमा खड्का र स्वरुप पुरुष ढकालको अभिनय रहेको छ ।
२०७४ भदौ २ गते प्रकाशित

- काठमाडौं ।
सुखी जीवन र परिवार बनाउने सपना बोकेर पन्ध्र महिना पहिले दक्षिण कोरियामा मजदुरी गर्न पुगेका पर्वत थापाथानाका केशब श्रेष्ठले सुसाइड गरेका छन् । सुसाइड गर्नुभन्दा पहिले उनले आफ्नी श्रीमतीसँग कारुणिक भावमा अनुमति मागेको भेटिएको छ ।
उनले सुसाइड गर्नुपहिले श्रीमती र बहिनीलाई सम्झिएका छन। कोरियाको छुन्जुस्थित आफनै कम्पनीको छतमा जाने भरयाङमा पासोमा झुण्डिएर श्रेष्ठले यही सोमबार आत्महत्या गरेका थिए । उक्त घटनाको पुष्टि उनकै रुम पार्टनर अमृत गिरी गरेका छन् । राति सँगै सुतेका केशबलाई काममा जाने बेलासम्म नदेखेपछि खोजी गर्दा भर्याङमा पासो लगाई झुण्डिएको अवस्था फेला पारिएको थियो ।
निद्रा नलाग्ने, तनावमा देखिँदै आएका केशबको मृत्यु आत्महत्याबाटै भएको पुष्टि उनले डायरीमा लेखेर छाडेका नोटले गरेको गिरीले बताए । केशबले झुण्डिनु भन्दा पहिले आफनो डायरीमा आफू मर्न गइरहेको र त्यसका लागि श्रीमतीसँग अनुमति मागेको निकै कारुणिक भावमा उल्लेख गरेका छन ।
उनले नमस्कार भनी लेख्न शुरु गरेका डायरीमा आत्महत्याको कारण भने निद्रा नलाग्ने, लामो समयदेखि कायम रहेको आन्तरिक स्वास्थ्य समस्या, जति उपचारका गर्दा पनि निको नभएकोले दिनहरु बिताउन साह्रै गाह्रो भएको, कम्पनीले घर जान बिदा नदिएकोजस्ता प्रष्टिकरण लेखेर छाडेका छन्, जसलाई इमेजमा देख्न सकिन्छ ।

‘आफ्नो स्वास्थ्यको आन्तरिक समस्याले निद्रा नलाग्ने, विगत केही समयदेखि उपचार गर्दा पनि निको नभएको र दिनहरु बिताउन साह्रै गाह्रो भएका कारण आजबाट बिदा हुने अनुमति माग्दछु’ उनले श्रीमतीलाई नोटमा लेखेका छन् ।
नोटमा स्वास्थ्य समस्याले काम गर्न गाह्रो हुँदा समेत कम्पनीले बिदा समेत नदिएकाले घर आउन नसकेको दुःख पोखिएको छ । यसबाट उनले बिरामी परेपछि धेरैपटक बिदा मागेको तर कम्पनीले बेवास्ता गरेर काममा लगाएको प्रष्ट हुन्छ । ‘कम्पनीले पनि ल्याङ ल्याङ गर्छ । पेपर दे घर जान्छु भन्दा पनि मान्दैन’ डायरीमा लेखिएको छ ।
उनले लेखेका छन् 'अन्तमा केशबले आफ्नो बैंक खातामा भएको पैसा श्रीमती र बहिनीलाई पुर्याइदिन समेत आग्रह गरेका छन् । ‘मेरो एकाउन्टमा ३२ लाख वन छ । त्यो बुढी र बहिनीलाई दिनु होला उही केशब श्रेष्ठ।’ उनले उक्त नोटमा हस्ताक्षर गर्दै आफ्नो जीवनको अन्त्य गरेका छन् ।
मजदुरी गर्न कोरिया पुगेका नेपालीहरुले एक वर्षमा मात्र २० जनाले आत्महत्या गरेको र १२० जनाको अन्य विभिन्न कारणले मृत्यु भएको घटना बाहिर आएको छ ।

- अमेरिका ।
संस्थाको नेतृत्वमा आउन धेरैजनाले कसरत गर्न थालेका छन् । अध्यक्ष हुने लालसाले धेरैलाई सताएको छ । आफ्नो धरातल विर्सिएर पदको गरिमालाईसमेत ख्याल गर्न नसक्ने ब्यक्ति पनि अध्यक्षका आकांँक्षी बनेका छन् ।
यस विषयले एनआरएन अमेरिकामा ठूलो हलचल उत्पन्न गरेको विष्लेशण हुन थालेको छ । चुनावी गतिविधि बढ्दै जाँदा यतिखेर धेरैमध्य आफ्नो पदको गरिमासमेत जोगाउन नसकेकी बर्तमान कार्यसमितिकी क्षेत्रिय उपाध्यक्ष रविना थापालाई पनि अध्यक्ष बन्ने लोभ पलाएको छ ।
पद के हो भन्ने नै थाहा नभएकी रविनालाई कसरी अध्यक्ष बन्ने मोह पालायो त ? उनलाई नजिकबाट चिन्ने एक एनआरएन भन्छन्– ‘रविना आफ्नै क्षमता र योग्यतामा अध्यक्षको उम्मेदवार बनेकी होइनन् । उनलाई कसैले आश्वासन दिएको छ र अरुको भरमा यात्रा तय गरेकी छन् । यसले उनलाई हातमा लाग्यो सून्य बाहेक केहि प्राप्त हुँदैन ।’
स्रोतका अनुसार २५ जनाको कार्यसमितिमा रविनालाई आफुबाहेक कसैको समर्थन छैन । उनलाई कुनै एक व्यक्तिले आफ्नो उदेश्य प्राप्तिको लागि स्वार्थ अनुकुल अध्यक्षको उम्मेदवार वनाएको हो । कसले वनायो त उनलाई उम्मेदवार भन्ने प्रश्नमा स्रोतले भन्यो– ‘रविनालाई आफ्नो अनुकुलतामा चलाउन सकिन्छ भन्ने हेतुले धनन्जय नर्सिङ केसीले अध्यक्षको उम्मेदवार बनाएका हुन् । रविनाले जितुन् वा हारुन् त्यसमा उनको कुनै सरोकार छैन मात्र उदेश्य पुरा गर्न मात्रै उम्मेदवार बनाएका हुन् ।’
केसी जनसम्पर्क समिति अमेरिकाको वरिष्ठ उपाध्यक्षसमेत हुन् । केसी यस्ता ब्यक्ति हुन् उनि जुन संस्थामा आवद्ध हुन्छन् त्यहाँ भाँडभैलो नभएको भन्ने कुरा अहिलेसम्म सुनेको छैन । अहिले पनि सम्पर्क समितिमा गुटउपगुट वनाएर केसीले संस्थालाई छिन्नभिन्नको अवस्थामा पुर्याएका छन् । तिनै केसीको आडभरोसमा अध्यक्षको उम्मेदवार वनेकी रविनासँग आम मतदाताले कस्तो अपेक्षा गर्न सक्लान् ? ठूलो प्रश्न खडा भएको एनआरएनविच चर्चा चल्ने गरेको छ ।
उम्मेदवार हुनु ठूलो कुरा होइन, किन र कसका लागि उम्मेदवारी दिएको हो त्यसले महत्वपूर्ण अर्थ राख्छ, एक एनआरएन भन्छन्– ‘रविनाको उम्मेदवारी एनआरएन अमेरीकाको हितविपरित छ । उनिबाट आश गर्न सक्ने ठाउँ नै छैन । जिम्मेवारी पाउँदासमेत बर्तमान कार्यसमितिमा रहेर कुनै काम गर्न नसक्नु उनको ठूलो कमजोरी हो । कार्यसमितिले दिएको जिम्मेवारीसमेत पुरा नगर्ने र उल्टै विरोध जनाउने उनको चरित्रले सवै वाक्कदिक्क भैसकेका छन् । वाल्टिमोरमा रेस्टुरेण्ट व्यवसाय गर्दै फुर्सद नहुने र सधैं आफ्नै काममा व्यस्त भैरहने उनि निर्वाचनको लागि कसरी हप्ता दिनदेखी समय निकालिरहेकी छन् बुझ्न सकिएको छैन ।’
कार्यसमितिको मिटिङमा उपस्थित नहुने, आफ्नै काममा मात्र ब्यस्त भैरहने र जिम्मेवारी वहन नगर्ने वानिले आलोचित भएपछि कार्यसमितिमा रविनालाई कारवाही गर्नुपर्ने सम्मको कुरा उठेको बताइन्छ । उनले केहि राम्रा काम गरेको देखाउन नेपालको देउघाटको वृद्धाश्रम वनाएको हल्ला चलाइरहेकी छन् । जवकी कार्यसमितिको निर्णयले संस्थाका अध्यक्ष डा. केशव पौडेलको नेतृत्वमा सो बृद्धाश्रम बनाएको सवैसामु छर्लङ छ । उनले अहिलेसम्म सामाजिक कार्यमा कुनै योगदान नदिएपनि संस्थाको नेतृत्व दावी गर्न पाउने नयाँ परिपाटीको विकास गरेकी छन् ।
रविनाको गैरजिम्मेवारीले गर्दा धेरै एनआरएन आजित भइसकेको बुझिन आएको छ । आफ्नो जिम्मेवारी विर्सने तर अरुलाई जिम्मेवारीको पाठ पढाउदै हिड्ने उनको व्यवहारले मेरिल्याण्ड च्याप्टरका सभापति जेदु पोखरेलसमेत पिडित भइसकेका छन् । उनले आफ्नो अनुकुलतामा पोखरेललाई निर्देशन दिने र अनुचित काम गर्न दवाव दिंदै आएकी छन् । पोखरेल यस्ता व्यक्ति हुन जसले मेरिल्याण्डमा डिएमभीका लागि नेपाली भाषामा परिक्षा दिन पाउने व्यवस्था लागु गर्न सफल भएका थिए ।
उनी नेपाली प्रवासीमाझ निकै लोकप्रिय मानिन्छन् । तर रविना कै कारण मेरिल्याण्डमा ठूलो समस्या उत्पन्न भएको छ । जहाँ १२ सय एनआरएनका सदस्य थिए, अहिले रविनाकै कारण सदस्य संख्या घटेर ६ सयमा आइपुगेको बताइएको छ । उनको गतिविधि कस्तो थियो भन्ने कुरा यसवाट पनि प्रष्ट हुने एनआरएनहरु बताउँछन् । अझ जटिल कुरा के छ भने प्रवासी नेपालीको हितमा कामगर्नुपर्ने जिम्मेवारी पाएकी र अध्यक्षको आकाँक्षी बनेकी रविना आफै ठगिको मुद्धामा फसेकी छन् । आफ्नै वरिपरिका साथीभाइलाई ठगी गरेपछि यतिखेर उनि ठगिको मुद्धा खेपिरहेकी छन् ।
यहि सोमवार मुद्धाको फैसला हुने जनाइएको छ । रविनाले रेष्टुरेण्ट संचालन गरिरहेको आसपासको क्षेत्रमा ब्युटिपार्लर संचालनको लागि कोठा भाडामा लिनेक्रममा आफ्नै एक महिला मित्रलाई झुक्याई सम्झौता विपरित १२÷१३ हजार डलर ठगी गरेपछि अदालतमा मुद्धा परेको स्रोतले जानकारी दियो । अदालतको फैसलाबाट उनि जेल जाने सम्भावना पनि उत्तिकै बलियो देखिएको बताइन्छ । उनको नियत नै ठगि गर्ने देखिएकाले अरुपनि ठगिएको हुनसक्ने अनुमान गरिएको छ ।
यस्तो परिस्थितिबाट ग्रसित हुँदासमेत सँधै कार्यसमितिको विरोध गरिरहने, दिएको जिम्मेवारी पुरा नगर्ने, आफ्नै कार्यक्षेत्रमा सदस्यहरुलाई उचित व्यवहार नगर्ने, सामाजिक कार्यका लागि कुनै मतलव नगर्ने, र आफ्नै अध्यक्ष विरुद्ध नानाथरी आरोप लागाउँदै हिड्ने रविनाको गतिविधिले गर्दा उनले सवैतिरबाट आलोचना खेप्नु परेको छ भने आफ्नै क्षेत्रबाट १५० भोट पनि नपाउने अवस्था सिर्जना भएको जानकारहरुले बताएका छन् । यस्तो परिस्थितिमा उनले निर्वाचनमा हार व्यहोर्ने निश्चित छदैछ त्यसमाथि जमानतसमेत जफत हुने अवस्था देखिएको स्रोतले जानकारी दिएको छ ।
२०७४ साउन २२ mआ प्रकाशित ।

काठमाडौं ।
एनआरएन अमेरिका निर्वाचन र गौरी जोशीको बखेडा अमेरिका । एनआरएन एनसिसि अमेरिकाको अध्यक्षमा उम्मेदवार दावी गरिरहेका गौरी जोशी निर्वाचन समितिद्वारा जारी गरेको अन्तिम लिष्टमासमेत आफ्नो नाम नआएपछि रुवाबासी गर्दै हिडेका छन् ।
विधि विधान र प्रक्रिया विपरित गइ एक्कासी संस्थाको अध्यक्षमा उम्मेदवारी दावी गरेपनि निर्वाचनमा भाग लिन नपाउने भएपछि उनलाई रुवाबासी गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।
उम्मेदवारी दिन नपाउने भएपछि जोशी यतिखेर अनेक बखेडा निकाल्ने र निहुँ खोज्ने काम गरिरहेका छन् । अझ चाख लाग्दो कुरा त के छ भने उनि आफुलाई एनआरएन एनसिसि मेरिकाको अध्यक्षमा स्वविजय भएको घोषणा गर्दै हिडेका छन् । त्यतिमात्रै होइन अवको ६ महिना भित्रमा संस्थाको लागि भन्दै १ लाख डलर इमरजेन्सी फण्ड कलेक्सन गर्ने , १ बर्ष भित्र टेक्सासमा एन आर एन अमेरीकाको ३ तल्ले भवन बनाउने हवादारी गफ दिंदै हिडेका छन् ।
निर्वाचनमा भाग लिन नपाएको झोक यसरी ओकल्दै हिडेपछि जोशी माथी अमेरिकी एनआरएनहरुले अनेक टिकाटिप्पणी गर्न थालेका छन् । जोशीको अमेरिका बसाईको कथा विस वर्ष भन्दापनि लामो रहेको दावी गरेपनि संस्थागतरुपमा अहिलेसम्म एनआरएन अमेरिकामा उनको उपस्थिती कतै नदेखिएको थुप्रै एनआरएनले बताउने गरेका छन् । जोशि संग निकट भएर काम गर्ने एक एनआरएन भन्छन्– ‘अमेरिका आएको २०/२२ बर्ष भयो रे १ म संस्था स्थापनादेखी आजको दिनसम्म निरन्तर लागीरहेको छु तर ति गौरी जोशी संस्थागतरुपमा कतै देखिएनन् अनि विधिविधान र प्रक्रिया नै नबुझी आज आएर कसैको बहकाउमा एक्कासी अध्यक्षको उम्मेदवार दावी गर्नु केटाकेटीपन हो ।’
एनआरएनए अमेरिका स्थापना भएको एकदशक सम्म जोशी कहाँ गएका थिए ? अहिले जताततै प्रश्न उब्जिएको छ । नजिकबाट चिन्नेहरु भन्छन्– 'उनि एक म्यानपावर व्यवसायी हुन् र वेरोजगार युवाहरुलाई रोजगारको सपना बेचेर डलर कमाउने चतुर ब्यक्ति हुन् । रोजगारको नाममा दलाली गरी युवाहरुको श्रम शोषण गरिहेका छन् । समाजसेवाको कुरा सवै नाटक मात्रै हुन् । उनलाई संस्थासँग कुनै सरोकार नै थिएन ।कसैले उचालेका कारण जोशीमा अध्यक्ष बन्ने मोह पलाएको हो । उनको समाजसेवा भनेको कुनै बेला नेपाली समाज टेक्सास (एनएसटी)को अध्यक्ष हुनु हो । त्यो भन्दा बाहेक अरु केहि देखिएको छैन ।'
उनि एनएसटीको अध्यक्ष हुँदा समाजसेवा भन्दापनि डलरखेतिमा बढी ब्यस्त थिए । अझ एनएसटीले गर्दै आएको परोपकारी सहयोग नै रोकिदिए । त्यतिखेरको एउटा घटना स्मरण गर्नु राम्रो हुने एक अर्का एनआरएन बताउछन्– सिन्धुलिका कांग्रेस नेता प्रकाश कोइरालाको (जो नेपालका सांसद पनि भएका थिए) स–परिवार नेपालबाट आएर टेक्सासमा बसोवास गरेका थिए । दुर्भाग्यबस कोइरालाको असामयीक निधन हुनपुग्यो । उनि नेपाली कांग्रेसका नेता भएका कारण शुभेच्छुकले पाटीको झण्डा ओडाएका थिए ।
सोहि विषलाई लिएर असन्तुष्टि जनाउँदै जोशीले एनएसटीले मृतकका परिवारलाई यसअघि दिंदै आएको आर्थिक सहयोग रोकिदिए । तर उनले समाजसेवाको नाममा कमाउन भने जानेका छन् । आमा फाउण्डेसन स्थापना गरी कमाइखाने भाँडो चलाइरहेकै छन् । नेपालमा भूकम्प जाँदा उठाएको सहयोग कतै वितरण गरेको भेटिएको छैन तर २, ३ ओटा फोटो चै छ रे । खोज्दै जाने हो भने यस्ता धेरै उदाहरण भेटिन्छन् । जसबाट गौरी जोशीको वास्तविकता उदाङ्गो हुन सक्छ ।
उनको चरित्र नै कुनैपनि ठाउँमा भााडभैलो सिर्जना गर्नु हो । एक एनआरएन भन्छन्– 'उनि जुन ठाउँमा जान्छन् त्यहाँ भाँडभैलो भएकै हुन्छ । जोशी एएनएमा (अमेरिकन नेपाली एसोसिएसन) हुँदापनि विभिन्न बखेडा निकाली भाँडभैलो मच्चाएका थिए । अहिले एनआएन– एनसिसि अमेरिकाको निर्वाचनमा पनि सोही चरित्र देखाएका छन् । उनले अधिकारसम्पन्न निर्वाचन समितिलाई चुनौति दिंदै निर्वाचन रोक्न अनेक हर्कत अपनाउने षडयन्त्र गरिरहेका छन् ।' यसका बावजुद पनि निर्वाचन सफलतापूर्व सम्पन्न हुनेमा सवै एनआरएन विश्वस्त रहेको स्रोतले जानकारी दिएको छ ।
२०७४ साउन १९ मा प्रकाशित ।

- कतार ।
शनिबार कतारको दोहास्थित ट्पफम रेस्टुरेन्ट सम्पन्न ठकुरी सहयोग सञ्जाल कतारको तेस्रो बार्षिक उत्सब तथा साधारणसभाले शाहको नेतृत्वमा १८ सदस्यीय कमिटी गठन गरेको छ ।
जसअन्तर्गत उपाध्यक्षमा सुमन चन्द, प्रथम उपाध्यक्षमा भरत मल्ल र महिला उपाध्यक्षमा अस्मिता मल्ल चयन भएका छन् । त्यस्तै सचिबमा सुलभ चन्द, सहसचिबमा सुरेन्द्र मल्ल, कोषाध्यक्षमा केशु मल्ल शाह र अर्को कोषाध्यक्ष-चन्द्र मल्ल रहेका छन् ।
त्यस्तै सद्स्यहरुमा कोमल शिंह, झमक शाही ,दिवस मल्ल,राम ब मल्ल, बिपिन सिंह,रेशम शाही रहेका छन् ।
श्रीराम मल्लको सभापतित्व र रेशम शाहीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा संस्थाका सल्लाहकार जनक सिंह ,अमृत शाही ,निर्मल सिंह लगाएतले आफ्नो मन्तब्य राखेका थिए । महासचिव मल्लले बार्षिक प्रतिबेदन पेश गरेका थिए ।
कार्यक्रममा उपस्थित अथितिहरुले ठकुरी सञ्जालको चर्चा गर्दै सम्पुर्ण ठकुरी सामुदायलाई एकबद्द गरी नेपाल र नेपालीको समृद्धिका लागि अग्रसर हुन पर्नेमा जोड दिएका थिए ।
२०७४ साउन १५ मा प्रकाशित ।

नेपाल कम्युनिष्ट पार्टीनिकट नेपाली जनप्रगतिशिल मोर्चा साउदी अरबले तेस्रो महाधिवेशनको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
"परिवर्तनको लागि बैज्ञानिक समाजवादको संसार, प्रवासी मजदुरहरू एकिकृत जनक्रान्तिको आधार ।" भन्ने मुल नाराका साथ मोर्चाले सेप्टेम्बर १ र २ मा तेस्रो महाधिवेशन गर्ने तयारी गरेको छ ।
सोहि अवसरमा सेप्टेम्बर १ र २ मा नै भलिबल प्रतियोगिता पनि आयोजना गरिएको मोर्चाका संयोजक मानबहादुर सहकारीले इमान्दार मिडियालाई बताए । संयोजक सहकारीकै अध्यक्षतामा २५ सदस्यीय महाधिवेशन मुल आयोजक समिति पनि चयन गरिएको छ।
महाधिवेशन उद्घाटन सत्र तथा खुल्ला भलिबल प्रतियोगितामा नेपाली दूतावासका राजदूत प्रा डा. महेन्द्र सिंह राजपुत, पुर्व कार्यबाहक राजदुत तथा उपनियोग प्रमुख आनन्द प्रसाद शर्मा, एनआरएनए प्रतिनिधिहरु,साउदी अरबमा कृयाशिल विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, उद्योगी,ब्यापरी, लेखक,कलाकार, बुद्धिजीवी,समाजसेवी तथा पत्रकार लगाएतको उपस्थिति रहने संयोजक सहकारीले जानकारी दिएका छन् ।
२०७४ साउन ९ मा प्रकाशित ।

- काठमाडौं ।
श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले कतारको कूटनीतिक समस्याले त्यहाँ कार्यरत नेपाली कामदारलाई तत्काल कुनै असर नगर्ने बताएका छन् ।
बिहीबार नयाँ पत्रिकासँगको कुराकानीमा उनले भने, ‘श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयबीच हरेक दिन कतारको पछिल्लो अवस्थाको अपडेट लिने र अब चाल्नुपर्ने कदमका विषयमा छलफल जारी छ । त्यहाँको अवस्था सामान्य छ, तत्काल कुनै निर्णय दिनुपर्ने अवस्था छैन ।’ नेपाल सरकारको सम्पूर्ण ध्यान अहिले कतारमै रहेकोसमेत उनले बताए ।
सबै निकाय तयारी अवस्थामा
मन्त्री मन्सुरका अनुसार अहिले कतारस्थित नेपाली दूतावास, त्यहाँ कार्यरत श्रमसहचारीलगायत निकायबाट हरेक अवस्थाको अपडेट लिने काम भइरहेको छ । मन्त्रालयमातहतका निकाय र नेपाल सरकारका अन्य सरोकारवाला निकायलाई कतारमा कामदारबारे आउन सक्ने सम्भावित समस्याबारे तयारी अवस्थामा रहन आग्रह गरेको उनले जानकारी दिए ।
जारी छ श्रम स्वीकृति
नेपालबाट कतारका लागि श्रम स्वीकृति लिने युवाको क्रम अहिले पनि जारी छ । वैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारीका अनुसार पछिल्लो समय श्रम स्वीकृति लिने युवाको संख्या सामान्य घटे पनि यसको ठोस कारण भने अहिल्यै भन्न सकिने अवस्था छैन । ‘रमजानको वेला अघिल्ला वर्षमा पनि श्रम स्वीकृति घट्ने भएकाले कतारको कूटनीतिक संकटकै असर हो भन्न सकिन्न,’ उनी भन्छन् । श्रम स्वीकृति लिने कति युवा विदेश गए भन्ने तथ्यांक श्रम तथा रोजगार मन्त्रालयमातहतका कुनै निकायसँग छैनन्, जसले गर्दा कतार जाने कामदार घटे या बढे भन्ने यकिन भन्न सकिँदैन ।
कतारमा कामदारको माग घटेको छैन : व्यवसायी
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार अहिले पनि कतारमा कामदारको माग घटेको छैन । ‘कतारमा कामदारको माग सामान्य अवस्थाकै बराबरी छ,’ संघका अध्यक्ष विनोदप्रसाद ढकाल भन्छन्, ‘हामी त्यहाँस्थित रोजगारदाता कम्पनीसँग सम्पर्कमा छौँ ।’
परिस्थिति सामान्य हुने आँकलन छ
फरमुल्लाह मन्सुर
मन्त्री, श्रम तथा रोजगार
नेपाल सरकारको ध्यान अहिले कतारतर्फ केन्द्रित छ । सम्भावित सबै परिस्थितिको सामना गर्न सबै निकाय तयारी अवस्थामा छन् । तर, हाम्रो आँकलनअनुसार कतार समस्या छिटो र शान्तिपूर्ण रूपमा समाधान हुन्छ । तत्काल कतारबारे कुनै निर्णय लिनुपर्ने अवस्था आइसकेको छैन ।
२०७४ असार २ मा प्रकाशित ।

पर्वत ।
हरेक जसो नेपालीहरु परदेशमा सुनदर सपना बोकेर जान्छन तर भाग्यमानी कमै हुन्छ जसले आफुले सोचेको सुन्दार सपना पुरा गर्न सक्ने हुन । त्यसमा अधिकांसका पिडाका कथा नै हुन्छन् ।
यस्तै सुनदर सपना बोकेर इपिएस परिक्षा पास गरि कोरीया पुगेका पर्वत जिल्ला कुश्मा नगरपालिका पकुवा निवासी राज कुमार बि.क भने ति सबै सपनाहरुलाई अन्त्य गरि रातो बाकसमा फर्कदैछन् ।
कोरीयाको राजधानी सोल स्थित नेपाली राजदुताबासका सहचारी रमेश गैरेका अनुसार बि.क फर्निचरको मेसिनमा नै काम गर्दा गर्दै दुर्घटनामा परेर ज्यान गएको हो । उनका अनुसार बि.कको अबस्था, क्षती पुर्ती र ईन्सुरेन्स बाट पाउने सुबिधाबारे कम्पनी तथा ईन्सुरेन्स कम्पनी सँग छलफल भएको र कम्पनी सकारात्मक भएकोले सब लाई नेपाल पठाउने तयारी भईरहेको बताए ।
तर के गर्नु सबै कुरा त पाईएला राजकुमारलाई कसरी पाउँने भन्दै उनका साथीहरु अहिले पनि निकै पिडाका साथ उनका बिगतका कुराहरु सुनाउँछन् । घरमा बाबा आमा श्रीमती र २ छोरा छन् । उनीहरुको अबस्था झनै पिडादायी छ । निकै मिलनसार उनी उनलाई ५ दिन अघी मात्रै कम्पनीको फरक डिपाटमा सारिएका थिए ।
अहिले कोरीयाबाट उनलाई नेपाल ल्याउने तयारी गरिदैछ । आजभोली कोरीयामा आत्माहत्यका घटनाहरु पनि निरन्तर बढ्न थालेका छन् । यस तर्फ सबैले बेलैमा सोच्न जरुरी छ । सुन्दर सपना बोकेर कोरीया पुगेका राज कुमार रातो बाकसमा घर आउने कुराले पकुवा र पुरै पर्वत जिल्ला यतिबेला शोकमा छ ।
२०७४ जेठ ३१ मा प्रकाशित ।

- मिनराज पाण्डे, दार्जिलिङ ।
भारतको पश्चिम बंगाल राज्य दार्जिलिङमा गोरखा आन्दोलन चर्किएको छ । नेपालभाषी गोरखा जनमुक्ति मोर्चाका समर्थकहरुले गोरखा आन्दोलन चर्काएका हुन् ।
आन्दोलन चर्किदै गएपछि प्रदर्शनका क्रममा मोर्चा कार्यकर्ता र भारतीय प्रहरीगरि दुवैतर्फबाट केही घाईते भएका छन् ।
मोर्चा समर्थकले ढुंगा तथा बोतलले प्रहरीलाई आक्रमण गरेका छन् । उता प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले टियर ग्यास प्रहार गरेको छ ।
नेपाली भाषीहरुको बसोबास रहेको दार्जिलिङमा मूख्यमन्त्री बेनर्जीले गतसाता १० कक्षासम्म बेंगाली भाषा अनिवार्य रुपमा पढाउनुपर्ने घोषणा गरेसँगै मोर्चा आन्दोलित भएको हो ।
आन्दोलन उग्र बनेपछि दार्जिलिङमा सेना परिचालन गरिएको छ । मोर्चाका हजारौं समर्थकहरूले प्रहरीका सवारी साधन र सरकारी बसमा आगजनी र तोडफोड गर्न थालेपछि पश्चिम बंगालकी मूख्य मन्त्री ममता बेनर्जी नेतृत्वको सरकारले सेना परिचालन गरेको हो ।
उनले सेना परिचालनको निर्णय गरेसँगै प्रदर्शनकारीले मूख्यमन्त्रीविरुद्व पुत्ला जलाउने प्रयास गरेका थिए । गोरखाल्याण्ड मागगर्दै दार्जिलिङमा लामो सयमदेखि आन्दोलन हुँदै आएको छ ।
हेर्नुहोस् केही भिडियोहरु
२०७४ जेठ २६ गते प्रकाशित

- काठमाडौँ ।
अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्था मध्यको कतारको सामाजिक संस्था कतार च्यारिटी र समाज कल्याण परिषद, नेपालविच पाँच बर्षे एकिकृत विकास परियोजना सम्झौतामा हस्ताक्षर भएको छ।
समाज कल्याण परिषद लैनचौरमा एक कार्यक्रमबीच भएको यस “एकिकृत विकास कार्यक्रम नेपाल” नामक परियोजना सम्झौतामा कतार च्यारिटीको तर्फबाट कन्ट्रि डाइरेक्टर, मुहम्मद तैमुर साकिब र समाज कल्याण परिषदका सदस्य सचिव डिल्ली प्रसाद भट्टले हस्ताक्षर गरेका छन।
पाँच बर्षिय परियोजनामा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, खानेपानी, जिविकोपार्जन, र उद्यमशिलताका कार्यक्रमहरु रहेको कतार च्यारिटीका कन्ट्रि डाइरेक्टर, मुहम्मद तैमुर साकिबले बताएका छन।
'परियोजनाले सिपमुलक व्यावसायिक तालिमबाट युवाहरु मा क्षमता विकास गर्दै स्वरोजगार र उद्यमशिलताका लागि साना तथा मझौला व्यवसाय स्थापनामा सहयोग गर्ने, साथै स्वास्थ्य, सरसफाई तथा खाने पानी परियोजनाले आवस्यकता बमोजिम संस्थागत तथा घरायसी खाने पानीका सुविधाहरुमा सहयोग गर्ने उद्देश्य लिएको छ ' कतार च्यारिटीका डाइरेक्टर साकिबले बताए।
कतारको सामाजिक संस्था,कतार च्यारिटी र समाज कल्याण परिषद, नेपालविच नेपालमा आगामी पाँचवर्षका लागि “एकिकृत विकास कार्यक्रम नेपाल”नामक परियोजनामा हस्ताक्षर गरिएको परिषदका सदस्य सचिव भट्टले बताए। अरब मुलुकको गैह्र सरकारी संस्था नेपाल बिधिवत रुपमा सरकार संग अनुमति लिएर काम गर्न लागेको यो पहिलो संस्था भएको परिषदले जनाएको छ ।
शैक्षिक संस्थामा सुरक्षित र स्वस्थ वातावरणका लागि यो परियोजना केन्द्रित रहेको कतार च्यारिटीका परियोजना व्यवस्थापक इर्शाद शेखले बिजपाटीलाई बताएका छन।'
कतार च्यारिटीको सामुदायिक पुर्वाधार विकासका कार्यक्रमहरुले शिक्षा तथा स्वास्थ्य क्षेत्रको सम्पन्नताका लागि बिशेष ध्यान दिने छ' च्यारिटीका व्यवस्थापक शेखले भने। यस परियोजनाले गुणस्तरिय शिक्षाको लागि गरिब तथा जेहेन्दार विद्यार्थी तथा अनाथ बालबालिका लागि छात्रवृति प्रदान गरि शैक्षिक क्षेत्रको विकासमा सहयोग समेत गर्ने उनले बताए।
अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्था मध्यको एक संस्था, कतार च्यारिटीले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको छ। यो संस्था स्थापनाकाल देखि नै विश्वव्यापी गरिबीसँग लड्नका लागि मानविय सहायता र दिगो विकास कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
२०७४ जेठ २४ गते प्रकाशित
२०७४ जेठ २४ गते प्रकाशित
- पूर्ण चलाउने ।
जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले नेपाल जापान सम्बन्धलाई थप उचाईमा पुर्याउन दुतावास र जापानको नेपाली समुदायबीच सहकार्य गरिने बताएकी छन् ।
शुक्रवार दूतावासमा नेपाल पत्रकार महासंघ जापानका पदाधिकारीहरु संगको भेटघाटमा राजदुत राणाले नेपाल जापान सम्बन्ध निकै पुरानो रहेको उल्लेख गर्दै यसलाई अझ मजबुत बनाउनुपर्ने धारणा राखिन् ।
जापान नेपालप्रति कुनै स्वार्थ नराखी नेपालको हित चाहने सहयोगी मुलुक भएको बताउदै राणाले नेपालीहरु बाट जापानमा हुने गरेका गलत प्रबृतिहरुको समाधानमा जोड दिइन ।' नेपालीहरु सकभर जापानमा गलत क्रियाकलाप नगरुन हाम्रो पुरानो सम्बन्ध नबिग्रियोस् भन्ने जापानको इच्छा छ ।' उनले भनिन्- 'जापानीहरुको भावानाको कदर हामीले गर्नुपर्छ ।' जापानमा हुनेगरेका गलत प्रबृतिको समाधानको लागि दुतावासले नेपाली समुदाय संग सहकार्य गरी जनचेतनाका कार्यक्रममा जोडदिने राजदुत राणाले बताइन ।
जापान सबै नेपालीहरुको लागि अवसरको देश भएको उल्लेख गर्दै धेरै नेपालीहरुले जापानमा प्रगति गरेकोप्रति उनले खुसि ब्यक्त गरिन् ।
नेपालको पर्यटन प्रवर्धनका लागि जापान एक भरपर्दो मुलुक भएको उल्लेख गर्दै जापानका सामाजिक संघ संस्थाहरुले नेपालको पर्यटन प्रबर्धनका लागि प्रचार प्रसारमा जोडदिनुपर्ने सुझाव उनको थियो ।
कार्यक्रममा पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेले जापानको नेपाली समाजबारे जानकारी गराउदै समाजमा भइरहेका केही गलत क्रियाकलापको समाधानका लागि दुतावासको ध्यानाकर्षण गराएका थिए ।
उक्त भेटघाट कार्यक्रममा दुतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, दुतावासका सचिबद्वय रेवन्त केसी, टोपनारायण गिरी, पत्रकार महासंघकी केन्द्रिय सदस्य पवन वर्षा शाह लगायतका संचारकर्मीको सहभागिता रहेको थियो ।
२०७४ जेठ १३ गते प्रकाशित

भारतको जम्मु कास्मिरमा भारतीय सेनामा कार्यरत तीनजना गोर्खा सैनिकको मृत्यु भएको छ ।
पाकिस्तानी विद्रोहीको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतीय सेनाले जनाएको छ । मृत्यु हुनेमा हवल्दार गिरीश गुरुङ, डम्बर बहादुर र राइफलम्यान रविन शर्मा छन् ।
उनीहरुको अन्त्येष्टिमा सयौं नागरिक उपस्थित थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
उनीहरुमा सबैभन्दा कान्छा रविन थिए । पाँच बर्षअघि मात्र भारतीय सेनामा प्रवेश गरेका उनको गत माघमा बिहे भएको थियो ।
मृतक डम्बरका १५ र १३ बर्षका मोनिका र मिलन दुई सन्तान छन् । उनी १९९६ मा सेनामा प्रवेश गरेका थिए ।

- कतार ।
नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतार ( नयाँ शक्ति कतार ) को जनजाती विभागको अधिबेशन यहि जुन २७ मा गर्ने हुने भएको छ ।
मे १९ मा २०१७ दोहाको नेपाली भान्सा घरको रेस्टुरेन्टमा बसेको बैठकले अधिवेशनको मिती तय गरेको
जनजाती विभाग संयोजक दिलिप लोप्चनले बताए ।
विभागको बैठक नयाँ शक्ति कतारका सम्योजक बि बि खरालको प्रमुख अतिथ्यमा बसेको हो । बैठकले १५ सदस्य अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।
अधिवेशनलाई भब्यरुपमा सम्पन्न गर्न प्रमुख अतिथिमा जनजाती विभागले नयाँ शक्ति पार्टी नेपालका संघीय मामिला सम्यन्त्रका संयोजक नेता पर्शुराम तामाङ र बिशेष अतिथिमा बेलायत स्थित नेता कर्म पहाडीलाई बोलाउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले सम्पुर्ण जनजाती नेताहरुलाइ अधिवेशन सम्पन्न गर्न आ-आफ्नो ठाउँबाट खट्न आग्रह गर्दै कतार पार्टी पदाधिकारीले सचिबमा राम सेन्जेल र नबिराज खानलाई जिम्मेवारी दिने निर्णय गरेकोमा स्वागत गरेको छ।
यस्तै पार्टी भित्रको अराजकता बिरुद्ध जनजाति विभाग मौन नबस्ने बताउदै नयाँ शक्ति कतारलाई अझ शशक्त सुदृढ र मजबुत गराउने निर्णय गरेको छ ।

- विजय थापा,वाशिंगटन डिसी ।
गत मे १४ तारिख बाल्टिमोरमा दि एसोसिएसन अफ नेप्लिज इन दि अमेरिका (एएनए )ले एएनए युनिटी गाला (एकता समारोह) सम्पन्न गरेको छ ।
उत्सवको मुख्य उद्देश्य वर्तमान अवस्थामा संस्थाको लक्ष्य तथा दृष्टिलाई पुनर्जीवन दिने, बाल्टिमोर सम्मेलनलाई कसरी प्रभावकारी बनाउने तथा विशेष कार्यक्रम तथा रोमान्चक कार्यक्रमको घोषणा गरिने पूर्व जानकारी गराए अनुसार एएनए का पदाधिकारीले बिशेष जानकारी गराए ।
यसको साथै कोष वृद्धि गर्ने अभिप्रायले आयोजना गरिएको उक्त भेलामा डिसी महानगर क्षेत्रका बिभिन्न व्यक्तित्वहरु ,संघ संस्थाका प्रतिनिधि तथा आमन्त्रित अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आयोजक तथा पदाधिकारीहरुले आफ्नो मन्तब्यको साथै उपस्थित बिभिन्न व्यक्तिहरुले शुभकामनाको साथै सुझाव दिएका थिए ।
कार्यक्रममा एएनएका अन्तरिम अध्यक्ष मेदिनी अधिकारीले अब युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्नु पर्ने अवस्था आएकोले युवाहरुलाई तयार हुन् आग्रह गर्दै अमेरिकामा जन्मेका दोश्रा पुस्ता लाई लक्षित विशेष कार्यक्रम ल्याएर उनीहरुलाई नेपालको सेवा गराउने समेत गर्ने बताए । अधिकारीले अगाडी भने एएनए संग म्यापिङ्ग दि रुट्स (मार्ग को नक्शा बनाउने) भन्ने कार्यक्रम को सोचमा रहेको बताए ।
महावाणिज्य दूत प्रेम राजा महतले झन्डै १० बर्ष पछि बाल्टिमोरमा हुन् लागेको सम्मेलनलाई शुभकामना दिंदै सबै जना एक जुट हुन् आग्रह गरे । बाल्टिमोर एएनए सम्मेलनका सम्मेलन संयोजक विजय श्रेष्ठले सबै एक जुट हुनु पर्ने भन्दै सबैले होस्टेमा हैसे गर्न आग्रह गरे ।
यसै गरि एएनए का वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले डिसी महानगर क्षेत्रका सबै वर्ग तथा नेपाली समुदायलाई एएनए युनिटी गाला (एकता समारोह)लाई सहयोग गर्ने र सद्भाव देखाउने सबैलाई कृतज्ञता ज्ञापन गरे ।
यसको साथै सन् १९८३ मा स्थापित एएनएले निर्वाचन आगामी जुन महिना भित्र समेत गर्ने भएको छ भने एएनए निर्वाचन समितिमा प्रमुख निर्वाचन आयुक्तमा महेन्द्र कार्की (बिद्या वारिधि )को नेतृत्वमा ३ समिति समेत गठन गरिएको छ । कार्यक्रम नेपाल हाउस चमेना गृहमा भएको थियो ।
