- काठमाडौँ १२ चैत ।
एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनलाई आज चीनको बोआओमा सम्बोधन गर्दै उनले भने— “समृद्ध विश्व निर्माणका लागि एकांकीपन नभई सहभागिता, व्यवधान नभई सम्बन्ध सेतुको विस्तार, संरक्षणवादको साटो सहकार्य र निर्भयपूर्वक स्वतन्त्र व्यापार आवश्यक भएको छ ।”
‘भूमण्डलीकरण र स्वतन्त्र व्यापारः एसियाली दृष्टिकोण’ विषयक सो सम्मेलनमा प्रधानमन्त्री दाहालले समृद्धिको साझा एसियाली लक्ष्य प्राप्तिमा एसियाका नेतामा दूरदृष्टि, विशाल हृदय र साहस रहेकामा आफू विश्वस्त रहेको बताए ।
भूमण्डलीकरण र स्वतन्त्र व्यापार विकासको बाहक भएको तथा २१ औं शताब्दी एसियालीको शताब्दी भएको बताउँदै उनले भने, “भूमण्डलीकरणको एसियाली ढाँचालाई मूर्तरुप दिन हामीले सहयोग र सहकार्यको खाका तयार गर्नुपर्छ, जसले विचार तथा व्यापार सम्पर्कलाई निर्वाध प्रवाहमा टेवा दिने र सबै पक्षलाई समान लाभ हासिल हुनेछ ।”
प्रधानमन्त्री दाहालले एसियाका धेरै मुलुक आजसम्म पनि भूमण्डलीकरणबाट लाभान्वित हुन नसकेको तथा वस्तु र सेवाको निर्वाध प्रवाह पनि हुन नसकेकाले ती राष्ट्र विकासका दृष्टिले पछि परेको बताउँदै अवसरमा समानतासँगै भूमण्डलीकरणका अवसरबाट सबैमा लाभ सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
बितेका केही दशकमा भूमण्डलीकरण अन्तराष्ट्रिय व्यापारले विकासशील एवम् विकसित मुलुकका जनताको जीवनस्तरमा आधारभूत परिवर्तन ल्याएको उल्लेख गर्दै उनले सन् १९९० मा ४७ प्रतिशत रहेको चरम गरिबीलाई १४ प्रतिशतमा झारेको बताए ।
प्रधानमन्त्री दाहालले विकासको प्रमुख शक्ति र विश्व अर्थतन्त्रको मेरुदण्ड भूमण्डलीकरण भएको तथा त्यसले लाखौं लाख जनतालाई गरिबीबाट उठाएको भन्दै भूमण्डलीकरण मात्रै पूर्ण विकास नभएको धारणा व्यक्त गरे ।
प्रधानमन्त्रीले भने “हाम्रो विश्वलाई समृद्धशाली बनाउन स्वतन्त्र व्यापार र भूमण्डलीकरणको महत्व सर्वस्वीकार्य निर्विवाद छ तर धेरैले त्यस प्रक्रियामा आफूहरु समाहित हुन नसकेको अनुभूत गरेका छन्, भूमण्डलीकरणको परिणामस्वरुप धेरैले आफूहरु प्रभावहीन भएको गुनासो पनि गरेका छन्,”उनले भने— भूमण्डलीकरणको प्रतिफल समान ढङ्गले बाँडफाँट हुन सकेको छैन् ।”
त्यस्तै प्रचण्डले भने, “नेपालले धेरै राजनीतिक उपलब्धि हासिल गरी आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेको छ । द्रुत आर्थिक वृद्धि र विकास हाम्रो अहिलेको प्राथमिकता हो ।”
नेपालमा लगानीका प्रशस्त क्षेत्र र अवसर रहेका तथा तिनले पर्याप्त प्रतिफल दिने बताउँदै उनले जलविद्युत्, पूर्वाधार विकास र पर्यटनजस्ता लाभका क्षेत्रमा लगानी गर्न एसियाका उद्यमी व्यापारीलाई आग्रह गरे ।
बितेका केही दशकमा भूमण्डलीकरण अन्तराष्ट्रिय व्यापारले विकासशील एवम् विकसित मुलुकका जनताको जीवनस्तरमा आधारभूत परिवर्तन ल्याएको उल्लेख गर्दै उनले सन् १९९० मा ४७ प्रतिशत रहेको चरम गरिबीलाई १४ प्रतिशतमा झारेको बताए ।
प्रधानमन्त्री दाहालले विकासको प्रमुख शक्ति र विश्व अर्थतन्त्रको मेरुदण्ड भूमण्डलीकरण भएको तथा त्यसले लाखौं लाख जनतालाई गरिबीबाट उठाएको भन्दै भूमण्डलीकरण मात्रै पूर्ण विकास नभएको धारणा व्यक्त गरे ।
भिडियो

- काठमाडौँ २ माघ ।
‘दसौँ विश्व भविष्य ऊर्जा सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्स (युएई) पुगेका प्रधानमन्त्री दाहालले अबुधाबीस्थित नेपाली दूतावासमा अार्इतबार भएको अन्तक्रिया कार्यक्रममा विदेशमा नेपाली कामदारले बगाएको पसिनाको सदुपयोग होस् भन्नेमा सरकार सचेत रहेको बताए ।
प्रधानमन्त्री दाहालले राजनीतिक रुपमा राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड दिएको उनको निजी सचिवालयले जनाएको छ । उनले राष्ट्रिय सहमति बनाएर संविधान कार्यान्वयन गर्नेमा सरकार दृढ रहेको उल्लेख गरे ।
ऊर्जा सम्मेलनबारे प्रधानमन्त्रीले भने, ‘हामीले वैदेशिक रोजगारीबाट आएको पूँजिलाई विकास आयोजनामा केन्द्रित गर्न खोजेका छौ, म विकासका कामलाई केन्द्रमा राखेर विकासका आयोजनाको अनुगमन गरिरहेको छु ।’
ब्लड मनी (हत्या क्षतिपूर्ति), राहदानीको नवीकरण शुल्क घटाउने लगायत महत्वपूर्ण विषयमा सरकारले काम गरिरहेको जानकारी दिँदै प्रधानमन्त्रीले विदेशमा रहेको नेपालीका समस्या कूटनीतिक र राजनीतिक तवरले सम्बोधन गर्न सरकार लागिपरेको विश्वास दिलाएको सचिवालयले जनाएको छ ।
भेटमा ऊर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्र सचिव शङ्करदास वैरागी, युएइका लागि नेपाली कावा राजदूत नेत्रबहादुर टन्डन, शिष्टाचार महापाल दीपक अधिकारीलगायत सहभागी थिए ।
- काठमाडौँ, १२ मङ्सिर ।
साझा यातायातका नयाँ बस शुभारम्भ कार्यक्रममा महजोडीको भावनात्मक व्यङ्ग्य तर सन्देशमूलक प्रस्तुतिले उपस्थित प्रधानमन्त्रीसहित मन्त्री तथा नेतागणलाई निकै गम्भीर बनायो ।
कलाकार मदनकृष्ण श्रेष्ठले दश पैसाबाट सुरु गरेर रु दुई हुँदै रु १५ सम्म भाडा रहेको साझाको अनवरत यात्राको कहानी कोट्याउँदा कलाकार आचार्यले अब, यसभन्दा बढी भाडा नबढोस्, साझालाई सुरक्षित, भरपर्दो र समयमै गन्तव्यमा पुग्ने बनाइयोस् भनी कामना गरे ।
“साझा यातायात मेरो बच्चादेखिकै साथी हो, त्यतिबेला रु दुईको टिकटको गीत लेखेको थिएँ, अहिले रु १५ पुगेको छ, अब नबढोस्,” उनले भने। निकै व्यङ्ग्यात्मक शैलीमा आचार्यले पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रोबसबाट लडेको उदाहरण दिँदै अब नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताहरु पनि त्यसरी नै लड्नुपर्छ भनेपछि सभा कक्ष हाँसोले निकै गुञ्जायमान बनेको थियो ।
आचार्यले त्यति मात्र हैन, अब, देश खलासीले चलाउनुपर्छ भनेपछि सबैको ध्यान खिँच्यो । खलासीले जसरी बसमा सबै जातजाति, समुदायलाई मिलाएर व्यवस्थापन गर्र्छ, नेताहरुले पनि त्यसैगरी सहमतिबाट देशलाई अघि बढाउनुपर्छ ।
देशको वर्तमान परिस्थितिलाई इङ्गित गर्दै कलाकारको सो प्रस्तुतिबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि निकै प्रभावित भएपछि भने–“महजोडीले भन्यो ‘सरकार र राजनीतिक दललाई खलासी बन्न’, मैले के ठानेको छु भने म अहिले खलासी नै छु र मैले बल गरिरहेको छु सबै मिलेर बसौँ भनेर, तपार्इंहरुले पनि साथ दिनुस् ।”
प्रधानमन्त्री दाहालले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा देशभित्र यातायात व्यवस्थाको अराजकतालाई ध्यानमा राख्दै सुधारका नीति र योजनालाई कार्यान्वयनमा ल्याउन तथा ट्राफिक व्यवस्थापनमा लागिपरेको सन्दर्भमा साझाको काम सराहनीय रहेको बताए ।
चौडा सडक र ठूला बस सहरका लागि अपरिहार्य छ भन्दै प्रधानमन्त्री दाहालले सहरी व्यवस्थापन र यातायात व्यवस्थालाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई ऐन मार्फत व्यवस्थित गरी उपत्यकाका तीन वटै जिल्लाका सहरलाई एकीकृत र गोलबद्ध बनाएर लैजाने गृहकार्यमा सरकार लागिपरेको जानकारी दिए।
काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौँको यातायात व्यवस्थापन गर्न कामपाले साझासँग सहकार्य गरी नयाँ बस सेवा सुरु गरेको बताए। उनले अबको लक्ष्य काठमाडौँ बाहिरका मुख्य सरहमा सेवा पु¥याउने र त्यसका लागि रु पाँच करोड बजेट व्यवस्था गरिएको जानकारी दिए।
कामपाले यसअघि ३० बसमा रु १० करोड सेयर लगानी गरेको थियो । स्मार्ट कार्ड मार्फत यात्रुले सहजै शुल्क तिर्ने व्यवस्था गरिने साझाले जनाएको छ । साझा यातायात सहकारीका अध्यक्ष कनकमणि दीक्षितले ‘चौडा सडकमा ठूलो बस’ अवधारणाअनुरुप साझाले आफ्नो सेवा विस्तार गरेको बताउँदै सहरी यातायात व्यवस्थापनका लागि नयाँ नीति चाहिने औँल्याए ।
साझाले आजदेखि उपत्यकाका चार मार्गमा सुविधासम्पन्न ३० नयाँ बस शुभारम्भ गरेको हो । साझाका पुराना आठ सहित नयाँ गरी आजदेखि ३८ बस उपत्यकामा सञ्चालन भएका छन् । साझाबाटै सिंहदरबार साझा यातायातले सुरु गरेका नयाँ बसको उद्घाटनपछि प्रधानमन्त्री दाहाल बा४ख ५६५५ नंको साझाको बस चढेर सिंहदरबारस्थित आफ्नो कार्यालय पुगे।
उनका साथमा भौतिक पूर्वाधार तथा यातायात विकासमन्त्री रमेश लेखक, सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानी लगायत विशिष्ट व्यक्ति थिए । सहरी मापदण्डका अत्याधुनिक सुविधासम्पन्न साझाका बस सञ्चालनमा आएको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले बताए ।
आधुनिक सुविधासम्पन्न साझाको बस अपाङ्गमैत्री छ, त्यसका लागि पछाडिको ढोका ठूलो र ह्विलचेयर सहजै छिराउन मिल्ने सुविधा छ । बसभित्र दुई ह्विलचेयर अट्ने ठाउँ छ । नयाँ बसमा चार सिसिटिभी छन् । मनोरञ्जनका लागि एलइडी टिभी र मोबाइल चार्जरको व्यवस्था छ ।
काठमाडौँ, २५ असोज ।
आम नेपालीहरु विजयादशमीको रमझममा रमाइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने यसपटक पनि दशैंको टीका बहिष्कार गरेका छन् ।
कम्युनिष्टको कुनै धर्म नहुने भन्दै उनले दशैंमा टीका नलगाएका हुन् । सोहीकारण प्रधानमन्त्री प्रचण्डको सरकारी निवास बालुवाटारमा दशैंको जमरा पनि राखिएन ।
यसअघि प्रधानमन्त्री पदको सपथ खाँदा संविधानमै उल्लेख गरिएको ‘ईश्वर’ शब्द उच्चारण नगरी आफूलाई ‘क्रान्तिकारी’ साबित गरेका प्रचण्डले यस वर्षको दशैं टिका नलगाएरै मनाउने योजना बनाएका हुन् ।
प्रचण्डको निजी सचिवालयका अनुसार परिवारसँगै बसेर दशैँ मनाए पनि उनले टीका र जमरा भने लगाएनन् ।
दशैंको टीका बहिष्कार गरेका कारण प्रचण्डले राष्ट्रपति विद्या भण्डारीबाट पनि टिका ग्रहण गर्न गएनन् ।
राष्ट्रपतिले प्रधानमन्त्रीलाई टिका लगाइदिने चलन भएपनि प्रचण्डले भण्डारीको हातबाट टिका नलगाएका हुन् ।
यसैबीच, राष्ट्र प्रमुख भएर नेपालीहरुको सबैभन्दा ठूलो चाड उपेक्षा गरेको भन्दै प्रधानमन्त्री प्रचण्डको आलोचना पनि सुरु भएको छ । धेरैले उनलाई ‘हिन्दू धर्मविरोधी’को आरोप लगाएका छन् ।
यसअघि प्रधानमन्त्री पदको सपथ लिदा ‘ईश्वर’ शब्द उच्चारण नगरेपछि प्रचण्डको चर्को आलोचना भएको थियो ।
काठमाडौँ, ५ असोज ।
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निर्वाचनको अन्तिम तयारी भइरहेको बताएका छन् ।
शान्ति तथा पुनःनिर्माण मन्त्रालयद्वारा आयोजित अन्तर्राष्ट्रिय शान्ति दिवस कार्यक्रममा उनले सबै दलको सहमतिबाट टुङ्गो लगाउने प्रतिबद्धता व्यक्त गर्दै मुलुकको आन्तरिक राष्ट्रिय एकता बलियो बनाउन हिमाल, पहाड र तराईलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री दाहालले भने– “नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले सुरुवात गरियो । सेना समायोजन, हतियार व्यवस्थापनजस्ता महत्वपूर्ण काम सहज र मौलिक ढङ्गले निष्कर्षमा पु¥यायौँ । अब शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पु¥याउन ढिलाइ गर्नु हुँदैन ।”
दण्डहीनतालाई प्रोत्साहन दिने नहुनेमा जोड दिँदै प्रधानमन्त्री दाहालले गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई उन्मुक्ति नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सङ्क्रमणकालीन न्यायको विश्वव्यापी सिद्धान्तअनुसार समाजमा मेलमिलाप सिर्जना गर्ने गरी शान्ति र पुनःनिर्माणको काम अघि बढ्नेमा विश्वास व्यक्त गरे ।
शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएलगत्तै मुलुकमा शान्ति व्यवस्थापनका लागि पीडित पक्षलाई आर्थिक सहयोग तथा द्वन्द्व प्रभावितलाई पुनःस्थापनाको कार्य सञ्चालन गर्दै आएको बताए ।
सोही मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले मन्त्रालयले अहिलेसम्म गरेका गतिविधिका बारे जानकारी गराउँदै मुलुकको दिगो विकास र समृद्धिका लागि शान्ति स्थापना गर्न खाँचो रहेको औँल्याए।
सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र बेपत्ता पारिएको व्यक्तिको खोजबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले शान्ति प्रक्रियालाई सार्थक बनाउन द्वन्द्वपीडितलाई सामाजिक न्याय उपलब्ध गराउनुपर्नेमा जोड दिए।
यस वर्षको दिवसको नारा ‘दिगो शान्ति राष्ट्र विकासको आधार’ भन्ने रहेको छ ।
काठमाडौँ, ४ असोज ।
चारदिने भारत भ्रमणका बेला प्रधानमन्त्री पुष्पकमल दाहालको एक कार्यक्रममा कैलाली घटनाका मुख्य आरोपित रेशम चौधरी सहभागी भएर प्रचण्डसंग हात मिलाएको बिषयले सबै तिर चर्चा पाएको छ ।
देश बिदेशमा चर्चा परिचर्चा हुन थालेपछि प्रधानमन्त्रीको निजी सचिवालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भ्रमण अवधिमा प्रधानमन्त्रीको चौधरीसँग भेटघाट गर्ने कुनै कार्यक्रम नरहेको बताएका छन् ।
उनले भने– सार्वजनिक कार्यक्रममा को–को आए, के मनसायले आए भन्ने थाहा नहुने भएकाले यस्तो विषयलाई लिएर टीकाटिप्पणी गर्नु उपयुक्त हुँदैन ।
आचार्यका अनुसार प्रधानमन्त्री दाहालले हात मिलाएको भएपनि चौधरीसँग कुनै कुरा गरेका थिएनन्। भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा नचिनिने गरी उपस्थित भएर चौधरीले प्रधानमन्त्रीसँग हात मिलाएका थिए ।

काठमाडौं,२ असोज ।
यसैक्रममा उनले भारतसँगको सहकार्यले चीनलाई कुनै असर नगर्ने बताएका छन्।
त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भारत भ्रमणका बेला भएका सम्झौता र सहकार्यले अर्को छिमेकी मुलुक चीनलाई असर नगर्ने बताएका हुन्।
भारतमा दुई देशका प्रधानमन्त्रीले उपक्षेत्रीय सहकार्यका लागि सहमति जनाउँदै दुवै सरकारले यसको अनुसन्धान गर्ने र विशेषगरी व्यापार, पारवहन, कनेक्टिभिटी र ऊर्जाका विषयलाई प्राथमिकता दिएका थिए।
उनीहरुले सार्क र बिमेस्टेक परिधिमा रहेका र क्षेत्रीय सहकार्यलाई महत्वकासाथ अगाडि बढाउने विषयमा सहमत भएका थिए।
यस्तै संयुक्त राष्ट्र सङ्घका विषयमा अन्तर्राष्ट्रिय समान धारणा राख्न तथा विकासोन्मुख देशका लागि एकहुने उल्लेख गरिएको छ । त्यसैगरी नेपालले संयुक्त राष्ट्र सङ्घ ,सुरक्षा परिषद्मा नेपालले सहयोग गर्ने बताइएको थियो।
उनीहरु दुई देशबीचको प्रबुद्ध समूहको बैठक सन् २०१६ मै गर्ने र त्यस समूहले नेपाल र भारतबीचको सम्बन्धका विषयमा स्वतन्त्र तवरले बहुपक्षीय सम्बन्धको विकास गर्न थप सहयोग गर्न सुझाव दिने अपेक्षा गरिएको थियो।
प्रधानमन्त्री दाहालले भारत भ्रमण निकै सफल भएको भन्दै यसले दुई देशबीच रहेको पुरानो तिक्तता अन्त्य भएर सम्बन्ध नयाँ उचाइमा पुगेको दाबी गरे। बिमानस्थल ओर्लिएअगत्तै प्रधानमन्त्री प्रचण्डलाई नेकपा (माओवादी) ले कालो झण्डा देखाएर बिरोध गरेको छ ।