काठमाडौँ १७ बैशाख ।
स्थानीय निर्वाचन नजिकै जादा विभिन्न राजनीतिक दलले आ-आफ्ना उम्मेदवारहरु तय गर्ने क्रम बढेको छ । यस्तै रामेछापको मन्थली नगरपालिकाको मेयरमा राम तामाङ्ले उम्मेदवारी दिने भएका छन् ।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालका केन्द्रीय परिसद सदस्य समेत रहेका तामाङ्लाई उपेन्द्र यादब नेतृत्वको संघिय समाजवादी फोरम नेपाल र बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको समेत समर्थन रहेको छ।
निर्वाचन क्षेत्रकै स्थानीयबासी रहेका राम तामाङ् राजनीतिका अलावा निर्माण सामाग्री सप्लायर्स गर्ने ब्यबसायी हुन् । स्थानीय स्तरमा विभिन्न समाजसेवाका काममा समेत अग्रसर रहेको हुनाले तामाङ्ले जित्ने अनुमान गरिएको छ ।
२०३९ जेठ १६ गते धन बहादुर तामाङ् र आमा हिरामाया तामाङ्को कोखबाट फुलासी ४ मा जन्मेका राम बहादुर तामाङ् हाल काठमाडौँमा निर्माण सामग्री सप्लाई गर्ने गर्छन ।
त्यस्तै तामाङ्ले ब्यापार फाइनान्स तथा निर्माण सम्बन्धी १० बर्षको अनुभब बटुलेका छन् । २०५७ सालमा तत्कालिन नेकपा (माओवादी)को पार्टी सदस्य भएका तामाङ्ले २०५९ देखी ह्याङ्ला थानापती कन्स्ट्रक्शन प्रा. लिकाे नाममा व्यवसायमा हात हालेर हाल सम्म सकृय रहेका छन् ।
२०६२/०६३ काे दाेश्राे जनअान्दाेलनबाट राजनीतिमा पुन; सक्रिय सहभागी रहेका तामाङ् ०६५ मा माओवादी पार्टीको भातृ संगठन तामाङ राष्ट्रिय मुक्ति माेर्चाकाे केन्द्रीय सदस्य हुँदै २०६९ देखि २०७२ सम्म रामेछाप काठमाडौ संघीय गणतन्त्रिक मञ्चकाे जिल्ला सदस्य, २०६९ देखि २०७२ सम्म रामेछाप-काठमाडौ संघीय गणतन्त्रिक मञ्चकाे जिल्ला सदस्य, २०७२ असाेज ९ गतेदेखि नयाँ शक्ति नेपालकाे अभियान्ताको रुपमा सकृय रहेका छन्।
२०७२ मंसीर २० गतेदेखि अाैपचारिक रुपमा नयाँ शक्ति नेपाल रामेछापकाे संगठन विभाग प्रमुख भएर २०७३ जेठ ३० गतेदेखि नयाँ शक्ति पार्टी निर्माणकाे संस्थापक सदस्य, हुँदै ०७३ माघ १९ गतेदेखि नयाँ शक्ति पार्टी नेपालकाे केन्द्रीय परियद सदस्य रहेका छन्।
रामेछाप, १९ साउन ।
रामेछापको नागदह–७ को पिपलदीपस्थित घयाङडाँडामा बुधबार बिहान भएको मिनीट्रक दुर्घटनामा १० जना घाइते भएका छन् ।
सदरमुकाम मन्थलीबाट नागदहको धोवीमा लाग्ने साप्ताहिक हाटमा सामान लिएर गइरहेको बा२ख ११६८ नम्बरको मिनीट्रक ‘ब्रेकफेल’ भइ करिब ३० मिटर तल खसेको थियो ।
घाइतेमध्ये सत्यनाराण ठाकुर, रविन्द्र ठाकुर र अलउद्धिन मियाको अवस्था गम्भीर भएकोले उनीहरुलाई प्राथमिक उपचारपछि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।
घटनापछि चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।