
- सल्यान, २२ माघ ।
दुई वर्षदेखि केन्द्रबाट आपूर्ति गर्ने औषधि खरिद नभएपछि जिल्लाका स्वास्थ्य संस्थामा औषधि वितरणमा कठिनाइ भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्ला स्वास्थ्य कार्यालयले कुल मागको २० प्रतिशत मात्र औषधि खरिद गर्न पाउने भएकाले बाँकी औषधि आपूर्तिका लागि केन्द्र तथा क्षेत्रमा भर पर्नुपर्ने हुन्छ ।
“सरकारले निःशुल्क रुपमा वितरण गर्ने भनिएका ७० प्रकारका औषधिको कुल मागको ५० प्रतिशत केन्द्र, ३० प्रतिशत क्षेत्र र बाँकी २० प्रतिशत जिल्लाबाट खरिद गर्ने व्यवस्था छ, जिल्लाले मात्रै खरिद गरेर आपूर्ति गर्न सक्दैन ।
केन्द्र र क्षेत्रबाट आउने औषधि दुई वर्षदेखि अनियमित भएको छ” जिल्ला जनस्वास्थ्य प्रमुख डा मनिषा रावलले भने ।
केन्द्र तथा क्षेत्रबाट औषधि प्राप्त नभए पनि जिल्लामा औाषधिको अभाव हुन नदिने जनस्वाथ्य प्रमुख डा रावलले जानकारी दिए ।
“हाल जिल्लाका दुई प्राथमिक स्वास्थ्य केन्द्रसहित सबै स्वास्थ्य संस्थामा आगामी दुई महिनाका लागि पुग्ने औषधि हस्तान्तरण भइसकेको छ, मन्त्रालयबाट औषधि खरिदका लागि थप रु १० लाख प्राप्त भएकामा सोको टेन्डर पनि भइसकेको छ ।” रावलले भने ।
आगामी दुई महिनाका लागि पर्याप्त औषधि स्वास्थ्य संस्थामा उपलब्ध गराइएको बताइएको छ ।

- सल्यान, ३ पुस ।
ट्रयाक्टर दुर्घटना हुदाँ यहाँ मुसीकोटका दीपक परियारको मृत्यु भएको छ ।
राप्ती राजमार्गको दाङ– सल्यान सडक खण्डको धनवाङ १ अरिंगाले फेदीमा भे १ त ५२९२ नंको ट्रयाक्टर दुर्घटना हुँदा मुसीकोट नगरपालिका १, रातामाटा निवासी २० वर्षीय परियारको मृत्यु भएको हो ।
शनिबार राखित दुर्घटना भए पनि आइतबार बिहान मात्र च्यापिएको अवस्थामा शव निकालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ट्रयाक्टर दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रयाक्टर चालकलाई इलाका प्रहरी कार्र्यालय तुल्सीपुरले नियन्त्रणमा लिएको छ ।

- सल्यान, २६ मंसिर ।
दुर्गम क्षेत्रका विद्यालयमा अध्ययन गर्ने एक सय २० विद्यार्थीले शैक्षिक सामग्री पाएका छन् ।
उत्तरी क्षेत्रमा रहेका दार्माकोट ढाकाडाम, भल्चौर र जिमाली गाविसमा रहेका ४५ विद्यालयका बालबालिकाले प्रतिविद्यार्थी झन्डै रु चार हजार बराबरको छात्रवृत्ति बापतका सामग्री प्राप्त गरेका हुन् ।
सेभ द चिल्ड्रेनको सहयोगमा सामग्री प्राप्त गर्नेमा ढाकाडाम गाविसका १३ विद्यालयका ४४, भल्चौर गाविसका १२ विद्यालयका २६ , दार्माकोट गाविसका ११ विद्यालयका ३० र जिमाली गाविसका नौ विद्यालयका बालबालिका छन् ।
उनीहरुलाई प्रतिविद्यार्थी एक जोर विद्यालय पोसाक, एक जोर जुत्ता, झोला, एक वर्षलाई पुग्ने कापी, कलम, शब्दकोश, सामान्य ज्ञानका पुस्तक लगायत प्रदान गरिएको दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक दुर्गा पुनले जानकारी दिए ।
उनीहरुलाई जिल्लास्थित क्रियाशील पत्रकार, जिल्ला शिक्षा कार्यायलका स्रोत व्यक्ति, दलित विकास समाज सल्यान र सेभ द चिल्ड्रेनका प्रतिनिधि लगायतले गाविसमै पुगेर सामग्री प्रदान गरेका हुन ।
पछाडि परेका समुदाय, गरिब, जेहेन्दार, दलित, आमाबाबु गुमाएका तथा शैक्षिक सामग्री र पोसाकका अभावमा विद्यालय जान नपाएका बालबालिका छानेर विद्यालयको सिफारिसमा छात्रवृत्ति प्रदान गरिएको सेभ द चिल्ड्रेन, जिल्ला कार्यक्रम संयोजक विमला सुवेदीले बताए।
सल्यान, २१ असोज ।
छुट्टाछुट्टै दुर्घटनामा यहाँ एक जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् ।
श्रीनगरदेखि जाँदै गरेको लु १ ज २९३४ नंको जिप आज बिहान ५ बजे शारदा नगरपालिका ६ मदमकाँडामा दुर्घटना हुँदा जिप मालिक एवम चालक शारदा नगरपालिका १ निवासी ३२ वर्षीय घनश्याम थापाको घटनास्थलमै मृत्यु भएको हो ।
साँघुरो सडकको मोडमा पछाडि सर्दा जिप एक सय पाँच मिटर खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गाडीमा रहेका सहचालक यामबहादुर भण्डारी पहिले नै गाडीबाट ओर्लेका कारण सकुशल रहेको प्रहरीको भनाइ छ ।
यसैबीच धनवाङ–२, मूलपानी नजिक आगरखोला भन्ने स्थानमा बिहान तरकारी बोकेको मिनीट्रक दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
रिम–३, खारखोलाबाट तरकारी लिएर कपुरकोटतर्फ हिँडेको रा १ ख ११५१ नंको मिनीट्रक पल्टिएर सडकभन्दा २५ मि तल खसेको प्रहरीले जनाएको छ ।
चालकको अनिद्राले गर्दा गाडी दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घाइतेको कपुरकोटस्थित पोलिक्लिनिक र दाङ,तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कपुरकोटले जनाएको छ ।
कुनै जमाना थियो माओवादी जनमुक्ति सेनामा भर्ती भएर समाजमा पुरानो सामान्ती राज्य व्यवस्थाको अन्त्य गरि नयाँ नेपाल निर्माणमा योगदान गर्ने ।
त्यो सोच पलायो सल्यान दमाचौरका टेक बहादुर वलीलाई अनि जनुमक्ति सेनामा भर्ति भएर विभिन्न लडाइ लड्दै कम्पनी कमाण्डर सम्म बने उनि ।
उनले लडेको त्यहि लडाईका कारण नेपालका प्रथम राष्ट्रपति बनेका रामवरण यादवको उपचारको लागि लाखौं खर्च गरिरहेको क्रान्तिको नेतृत्वकर्ता प्रचण्ड सरकारले गणतन्त्रका निम्ती प्राणको वाजि लगाएका सल्यान दमाचौर ७ साउनेपानीका ३२ बर्षिय युवकलाई मृत्युसंग लडिरहदा सम्म कुनै वास्ता गरेको छैन । उनि अव मृत्युको दिन गन्दै परिवारलाई टुलुटुलु हेर्दै आँशु बगाउदै अस्पतालमा दिन काटिरहेका छन ।
अहिले उनिसंग पार्टीको चिनोको रुपमा पार्टीमा चिनाउन बनाएको नाम आजाद बाहेक केहि बाँकी छैन । माओवादी विभिन्न समयमा सरकारमा गयो अझ माओवादीकै नेतृत्वमा सरकार पनि बन्यो बरु सरकारले उनका लागि त के ध्यान दिन्थ्यो र झन शहिदका सपना पनि भुल्दै गयो । उनि यतिबेला विरक्त छन ।
उनि भन्छन–“पाटीले मेरालागि त केहि गरेन गरेन तर जो सपना देखाएर सहिद बन्न प्रेरित बनाइएको थियो उनैको सपना नभुलेको भए हुनेथियो ।”
गत फाल्गुणमा आफन्तको सहयोगमा भारतको लखनउ पुगेर मुटुको भल्वको अप्रेसन गरेका टेक बहादुर वली (आजाद) पहिलेको समस्या फेरी दोहोरिएपछि अस्पतालको बेडमा नै छटपटाएका छन । नेपालमा उनको उपचारको सम्भव नभएको डाक्टर बताइरहदा उनमा अव बाँच्ने आशा पनि मरेको छ ।
म्याग्दीको वेनीमा कार्वाही गर्दा घाइते बनेका उनको मुटुको भल्वमा चोट लागेकाले उपचारको खाँचो छ । फेरी लखनउ जाने मन छ, तर आफुसंग भएको पैसा र साथिभाई इष्टमित्रको सहयोगमा गत बर्ष मात्रै लखनउ पुगी ५ लाख ८२ हजार खर्च गरि उपचार गरेका टेक बहादुर वलीलाई त्यति नै रकम कसले दिन्छ र ? तर पनि आफु लडेर मात्रै देशमा यो परिवर्तन आएको मान्ने उनि जसको नेतृत्वमा लडिएको हो सरकारका प्रमुख कार्यकारी पनि उनै भएका बेला कतै सहयोग मिल्छ कि भन्ने सानो आशा पलाएको बताउछन ।
नेपालमा उनको उपचारको कुनैपनि सम्भावना नभएपछि उनि आफ्नो मृत्यु देखि त डराएका छैनन तर आफ्ना छोराछोरी को भविष्यमा चिन्ता लिन्छन । उनका १ छोरा र २ छोरी अनी श्रीमती त छन तर उनिहरुको कुनैपनि डेग चल्दैन उनको उपचारमा । उनको उपचारमा कसले सहयोग गर्ला । अनि आजाद भनेको मुक्ति वा स्वतन्त्रता नै हो आजादले मृत्युबाट कहिले आजादी पाउलान ।
हरी प्रकाश वलीको सहयोगमा डिल्लीराज रावतको प्रस्तुती
अरुण वली, सल्यान ९ असोज।
पोषणसँग सम्बन्धित रहेको सडक नाटक सल्यानका विभिन्न गाउँमा प्रदर्शन भइरहेको छ । आसमान नेपालको सहयोगमा उज्यालो संचार केन्द्रले सल्यानका ८ स्थानमा उक्त नाटक प्रदर्शन गरिरहेको छ ।
जिविको पार्जन तथा पोषण कार्यक्रम अन्तरगत परियोजना संचालनमा रहेका सल्यानका कालिमाटी रामपुर, कालिमाटी काल्चे, माझकाँडा, निगाल्चुला, कुपिण्डेदह, काभ्रा, लक्ष्मीपुर र काप्रेचौरमा नाटक देखाइरहेको संस्थाका अध्यक्ष डिल्लीराज रावतले जानकारी दिएका छन् ।
सल्यानमा आरआरएन, लिवर्ड र आसमानले संयुक्त रुपमा परियोजना संचालन गरिरहेका छन् । सडक नाटक भोली आइतबार १० बजेदेखि काभ्राको रामबजार, दिउँसो १ बजे लक्ष्मीपुरको पोखरा र ३ बजे कुपिण्डेको जयतपानीमा नाटक प्रदर्शन गरिने बताइएको छ ।
सल्यान खलंगाबाट रेडियो तहल्का संचालनमा ल्याएको उज्यालो संचार केन्द्रले संस्थाको उद्देश्य अनुसार सडक नाटक गरिरहेको छ ।
पोषणसँग सम्बन्धित रहेको सडक नाटक सल्यानका विभिन्न गाउँमा प्रदर्शन भइरहेको छ । आसमान नेपालको सहयोगमा उज्यालो संचार केन्द्रले सल्यानका ८ स्थानमा उक्त नाटक प्रदर्शन गरिरहेको छ ।
जिविको पार्जन तथा पोषण कार्यक्रम अन्तरगत परियोजना संचालनमा रहेका सल्यानका कालिमाटी रामपुर, कालिमाटी काल्चे, माझकाँडा, निगाल्चुला, कुपिण्डेदह, काभ्रा, लक्ष्मीपुर र काप्रेचौरमा नाटक देखाइरहेको संस्थाका अध्यक्ष डिल्लीराज रावतले जानकारी दिएका छन् ।
सल्यानमा आरआरएन, लिवर्ड र आसमानले संयुक्त रुपमा परियोजना संचालन गरिरहेका छन् । सडक नाटक भोली आइतबार १० बजेदेखि काभ्राको रामबजार, दिउँसो १ बजे लक्ष्मीपुरको पोखरा र ३ बजे कुपिण्डेको जयतपानीमा नाटक प्रदर्शन गरिने बताइएको छ ।
सल्यान खलंगाबाट रेडियो तहल्का संचालनमा ल्याएको उज्यालो संचार केन्द्रले संस्थाको उद्देश्य अनुसार सडक नाटक गरिरहेको छ ।
सल्यान, २२ साउन ।
सरकारी क्षेत्रको एक मात्र सूचना आदानप्रदान गर्ने माध्यमलाई सरकारले आधुनिकीकरण गर्न खोजेको भए पनि जिल्लामा सफल हुन नसकेको कर्मचारीको भनाइ छ ।
सरकारी काम कहिले जाला घाम भन्ने उखानलाई चरितार्थ गर्दै हुलाकका कर्मचारिहरुले दिन कटाउने गरेका छन् ।
कुनै बेला चिठ्ठीपत्र र पुलिन्दा घर घरमा पुर्यान भ्याई नभ्याई हुने हुलाकमा कार्यरत कर्मचारी अहिले भने फुर्सदिला बन्दै गएका छन् ।
खासमा उनीहरुलाई फुर्सदिलो बनाइदिएको हो इन्टरनेटले सबैको हात हातमा मोबाइल, इन्टरनेट जस्ता प्रविधिको विकास भएसँंगै हुलाक मार्फत चिठीपत्र आउन छाडेको हो।
देशपरदेशका चिठ्ठीपत्र आदानप्रदान गर्नाका लागि लोकप्रिय हुलाक अहिले भने सरकारी कामकाजमा मात्र सीमित हुन थालेको छ ।
सूचना प्रविधिका क्षेत्रमा भएको परिवर्तनसँगै हुलाकलाई परिवर्तन गर्न नसक्दा कर्मचारीको काम हुन छाडेको छ।
सरकारी क्षेत्रको एक मात्र सूचना आदानप्रदान गर्ने माध्यमलाई सरकारले आधुनिकीकरण गर्न खोजेको भए पनि जिल्लामा सफल हुन नसकेको कर्मचारीको भनाइ छ ।
जिल्लामा एउटा जिल्ला हुलाक, ३७ अतिरिक्त हुलाक र ११ इलाका हुलाक कार्यालय रहे पनि कर्मचारीको काम कार्यालय खोल्ने र बस्नेभन्दा बढी देखिँदैन ।




