सल्यान, २१ असोज ।
छुट्टाछुट्टै दुर्घटनामा यहाँ एक जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् ।
श्रीनगरदेखि जाँदै गरेको लु १ ज २९३४ नंको जिप आज बिहान ५ बजे शारदा नगरपालिका ६ मदमकाँडामा दुर्घटना हुँदा जिप मालिक एवम चालक शारदा नगरपालिका १ निवासी ३२ वर्षीय घनश्याम थापाको घटनास्थलमै मृत्यु भएको हो ।
साँघुरो सडकको मोडमा पछाडि सर्दा जिप एक सय पाँच मिटर खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गाडीमा रहेका सहचालक यामबहादुर भण्डारी पहिले नै गाडीबाट ओर्लेका कारण सकुशल रहेको प्रहरीको भनाइ छ ।
यसैबीच धनवाङ–२, मूलपानी नजिक आगरखोला भन्ने स्थानमा बिहान तरकारी बोकेको मिनीट्रक दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
रिम–३, खारखोलाबाट तरकारी लिएर कपुरकोटतर्फ हिँडेको रा १ ख ११५१ नंको मिनीट्रक पल्टिएर सडकभन्दा २५ मि तल खसेको प्रहरीले जनाएको छ ।
चालकको अनिद्राले गर्दा गाडी दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घाइतेको कपुरकोटस्थित पोलिक्लिनिक र दाङ,तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कपुरकोटले जनाएको छ ।
कुनै जमाना थियो माओवादी जनमुक्ति सेनामा भर्ती भएर समाजमा पुरानो सामान्ती राज्य व्यवस्थाको अन्त्य गरि नयाँ नेपाल निर्माणमा योगदान गर्ने ।
त्यो सोच पलायो सल्यान दमाचौरका टेक बहादुर वलीलाई अनि जनुमक्ति सेनामा भर्ति भएर विभिन्न लडाइ लड्दै कम्पनी कमाण्डर सम्म बने उनि ।
उनले लडेको त्यहि लडाईका कारण नेपालका प्रथम राष्ट्रपति बनेका रामवरण यादवको उपचारको लागि लाखौं खर्च गरिरहेको क्रान्तिको नेतृत्वकर्ता प्रचण्ड सरकारले गणतन्त्रका निम्ती प्राणको वाजि लगाएका सल्यान दमाचौर ७ साउनेपानीका ३२ बर्षिय युवकलाई मृत्युसंग लडिरहदा सम्म कुनै वास्ता गरेको छैन । उनि अव मृत्युको दिन गन्दै परिवारलाई टुलुटुलु हेर्दै आँशु बगाउदै अस्पतालमा दिन काटिरहेका छन ।
अहिले उनिसंग पार्टीको चिनोको रुपमा पार्टीमा चिनाउन बनाएको नाम आजाद बाहेक केहि बाँकी छैन । माओवादी विभिन्न समयमा सरकारमा गयो अझ माओवादीकै नेतृत्वमा सरकार पनि बन्यो बरु सरकारले उनका लागि त के ध्यान दिन्थ्यो र झन शहिदका सपना पनि भुल्दै गयो । उनि यतिबेला विरक्त छन ।
उनि भन्छन–“पाटीले मेरालागि त केहि गरेन गरेन तर जो सपना देखाएर सहिद बन्न प्रेरित बनाइएको थियो उनैको सपना नभुलेको भए हुनेथियो ।”
गत फाल्गुणमा आफन्तको सहयोगमा भारतको लखनउ पुगेर मुटुको भल्वको अप्रेसन गरेका टेक बहादुर वली (आजाद) पहिलेको समस्या फेरी दोहोरिएपछि अस्पतालको बेडमा नै छटपटाएका छन । नेपालमा उनको उपचारको सम्भव नभएको डाक्टर बताइरहदा उनमा अव बाँच्ने आशा पनि मरेको छ ।
म्याग्दीको वेनीमा कार्वाही गर्दा घाइते बनेका उनको मुटुको भल्वमा चोट लागेकाले उपचारको खाँचो छ । फेरी लखनउ जाने मन छ, तर आफुसंग भएको पैसा र साथिभाई इष्टमित्रको सहयोगमा गत बर्ष मात्रै लखनउ पुगी ५ लाख ८२ हजार खर्च गरि उपचार गरेका टेक बहादुर वलीलाई त्यति नै रकम कसले दिन्छ र ? तर पनि आफु लडेर मात्रै देशमा यो परिवर्तन आएको मान्ने उनि जसको नेतृत्वमा लडिएको हो सरकारका प्रमुख कार्यकारी पनि उनै भएका बेला कतै सहयोग मिल्छ कि भन्ने सानो आशा पलाएको बताउछन ।
नेपालमा उनको उपचारको कुनैपनि सम्भावना नभएपछि उनि आफ्नो मृत्यु देखि त डराएका छैनन तर आफ्ना छोराछोरी को भविष्यमा चिन्ता लिन्छन । उनका १ छोरा र २ छोरी अनी श्रीमती त छन तर उनिहरुको कुनैपनि डेग चल्दैन उनको उपचारमा । उनको उपचारमा कसले सहयोग गर्ला । अनि आजाद भनेको मुक्ति वा स्वतन्त्रता नै हो आजादले मृत्युबाट कहिले आजादी पाउलान ।
हरी प्रकाश वलीको सहयोगमा डिल्लीराज रावतको प्रस्तुती
अरुण वली, सल्यान ९ असोज।
पोषणसँग सम्बन्धित रहेको सडक नाटक सल्यानका विभिन्न गाउँमा प्रदर्शन भइरहेको छ । आसमान नेपालको सहयोगमा उज्यालो संचार केन्द्रले सल्यानका ८ स्थानमा उक्त नाटक प्रदर्शन गरिरहेको छ ।
जिविको पार्जन तथा पोषण कार्यक्रम अन्तरगत परियोजना संचालनमा रहेका सल्यानका कालिमाटी रामपुर, कालिमाटी काल्चे, माझकाँडा, निगाल्चुला, कुपिण्डेदह, काभ्रा, लक्ष्मीपुर र काप्रेचौरमा नाटक देखाइरहेको संस्थाका अध्यक्ष डिल्लीराज रावतले जानकारी दिएका छन् ।
सल्यानमा आरआरएन, लिवर्ड र आसमानले संयुक्त रुपमा परियोजना संचालन गरिरहेका छन् । सडक नाटक भोली आइतबार १० बजेदेखि काभ्राको रामबजार, दिउँसो १ बजे लक्ष्मीपुरको पोखरा र ३ बजे कुपिण्डेको जयतपानीमा नाटक प्रदर्शन गरिने बताइएको छ ।
सल्यान खलंगाबाट रेडियो तहल्का संचालनमा ल्याएको उज्यालो संचार केन्द्रले संस्थाको उद्देश्य अनुसार सडक नाटक गरिरहेको छ ।