
- काठमाडौं ।
उपाधी जित्ने चारवटै टीमको समान सम्भावनाका विच साविक विजेता नेपालले १८ बर्षमुनिको साफ च्याम्पियनसिप फुटवलमा बुधबार भारतसँग खेल्दैछ । खेल बेलुकी सवा ६ बजे भुटानको चांलिमिथान रंगशालामा शुरु हुनेछ ।
नेपाल, भारत, बंगलादेश र भुटान समान ६ अंकसहित उपाधीको दावेदार छन् । तर गोल अन्तरका आधारमा भारत पहिलो, बंगलादे दोस्रो, नेपाल तेस्रो र भुटान चौथो स्थानमा छन् ।
लगातार दोस्रोपटक उपाधी नेपाल भित्राउन नेपालले बुधबार भारतलाई त हराउनैपर्छ भने बंगलादेश र भुटानको खेलको गोल अन्तरपनि नेपालको अनुकुल आउनुपर्छ ।
भुटानसँग पहिलो खेलमा हारेपछि नेपालाई उपाधी जोगाउन भारतलाई हराउनैपर्ने र अरु देशको नजितामा भर पर्नुपर्ने अवस्था आएको हो ।
पहिलो खेलमा भुटानसँग १–० ले पराजित भएको नेपालले माल्दिभ्सलाई २–० र बंगलादेशलाई २–१ ले हराएर उपाधी यात्रामा कायमै राखेको हो ।
पहिलो खेलमा भुटानसँग १–० ले पराजित भएको नेपालले माल्दिभ्सलाई २–० र बंगलादेशलाई २–१ ले हराएर उपाधी यात्रामा कायमै राखेको हो ।

लिभरपुललाई हराउँदै लेस्टर सिटी इएफएल कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई २–० ले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई २–० ले हराएको हो ।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा लेस्टर सिटीले दोस्रो हाफमा दुई गोल गर्यो । ६५ औं मिनेटमा शिन्जी ओकाजाकीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाए ।
७८ औं मिनेटमा सलाम स्लीमानीले गोल गरेपछि लेस्टर २–० ले विजयी भयो । राति नै भएको खेलमा बार्नस्लीलाई १–० ले हराउँदै टोटनह्याम पनि चौथो चरणमा प्रवेश गरेको छ । टोटनह्यामको जितमा ६५ औं मिनेटमा डेल अलीले गरेको गोल निर्णायक बन्यो ।
२०७४ असोज ४ मा प्रकाशित ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गतआइतबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ ।
अवे मैदानमा भएको खेलमा साबिक विजेता रियल मड्रिडले रियल सोसिडाडलाई ३–१ ले हराएको हो ।
रियलको जितमा बोर्जा मायोरल र ग्यारेथ बेलले गोल गरे । यस्तै रियल सोसिडाडका केविन रोड्रिग्वेजले एउटा आत्मघाती गोल गरे ।
रियल सोसिडाडका लागि रोड्रिग्वेजले नै गोल गरे । १९ औं मिनेटमा मायोरलको गोलबाट रियल मड्रिडले अग्रता लियो ।
२८ औं मिनेटमा रोड्रिग्वेजले रियल सोसिडाडका लागि बराबरी गोल फर्काए । तर ३६ औं मिनेटमा उनैले आत्मघाती गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए । पहिलो हाफमा २–१ ले अघि रहेको रियल मड्रिडका लागि ६१ औं मिनेटमा बेलले गोल गर्दै ३–१ को जित दिलाए ।
यो खेलमा रियल मड्रिड रोनाल्डो बिना खेलेको थियो । रियल मड्रिडको जितसँगै रियल सोसिडाडको लगातार तीन खेलको विजयी यात्रा टुंगिएको छ ।
यो खेलमा रियल मड्रिड रोनाल्डो बिना खेलेको थियो । रियल मड्रिडको जितसँगै रियल सोसिडाडको लगातार तीन खेलको विजयी यात्रा टुंगिएको छ ।
चार खेलबाट ८ अंक जोडेको रियल मड्रिड चौथो स्थानमा उक्लिएको छ । ९ अंकसहित रियल सोसिडाड तेस्रो स्थानमा छ । राति नै भएको खेलमा गिरोनालाई १–० ले हराएको सेभिल्ला चार खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ ।
राति नै भएका खेलमा भिल्लारियलले एलाभेसलाई ३–० तथ लास पालमसले एथ्लेटिको बिल्बाओलाई १–० ले हराएका छन् ।
२०७४ असोज २ मा प्रकाशित ।

चाँगुनारायण नगरपालिका–८ सुडालमा पहिलो पटक काठमाडौँ उपत्यकाव्यापी एवं काभ्रे व्यापी कराँते तथा किक बक्सिङ प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
‘संवाहक डट कम’ले आयोजना गर्ने प्रतियोगिता यही भदौ ३१ गते हुनेछ । बीसदेखि ६० केजीमाथि तौल समूहका पुरुष तथा २० केजीदेखि ५५ केजी तौलसम्मका महिला गरी १९ खेल हुने कार्यक्रमका संयोजक सञ्जीव दुलालले जानकारी दिए ।
किक बक्सिङमा पुरुष र महिलातर्फ ४५, ५० र ५५ केजी तौल समूहमा तथा काटातर्फ एक महिला एक पुरुषको इभेन्ट खेल खेलाइने छ । प्रतियोगिता डब्लु के एफको नियमनुसार खेलाइने रेफ्री संंयोजक रामशरण त्वतीले जानकारी दिए ।
२०७४ भदौ २७ मा प्रकाशित ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले आफ्नो विजयी यात्रा जोगाउन सकेन ।
म्यानचेस्टर युनाइटेड स्टोक सिटीसँग २–२ को बराबरीमा रोकियो । युनाइटेडका लागि मार्कस रासफोर्ड र रामेलु लुकाकुले गोल गरे । स्टोक सिटीका लागि दुवै गोल चोउपो मोटिङले गरे ।
४३ औं मिनेटमा मोटिङको गोलबाट स्टोक सिटीले अग्रता लियो । तर पहिलो हाफको इन्जुरी समयमा रासफोर्डले युनाइटेडका लागि बराबरी गोल फर्काए ।
५७ औं मिनेटमा लुकाकुले गोल गरेपछि युनाइटेडले अग्रता लियो तर ६३ औं मिनेटमा मोटिङले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । यसअिघका तीन खेल जितेको युनाइटेड यो खेलमा बराबरीमा रोकिएपछि उसको विजयी यात्रा टुंगियो ।
शनिबार रातिको खेलपछि चार खेलबाट १० अंक जोडेको म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा कायम छ भने १० अंक नै जोडेको म्यानचेस्टर सिटी दोस्रो उक्लिएको छ । सिटीले लिभरपुललाई ५–० ले हराएको हो । ९ अंकसहित चेल्सी तेस्रो स्थानमा छ ।
२०७४ भदौ २५ मा प्रकाशित ।

रुसमा आउँदो वर्ष हुने विश्वकप फुटबलको छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा वेल्स, सर्बिया, फिनल्याण्ड र आइसल्याण्डले जीत निकालेका छन्।
युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘डी’ को खेलमा माल्डोभालाई २–० ले हराउँदै वेल्स दोस्रो स्थानमा उक्लिएको छ । अवे मैदानमा भएको खेलमा वेल्सलाई जिताउन हाला रोब्सन–कानु र आरोन रामसीले गोल गरे ।
अन्तिमको १० मिनेटमा वेल्सले विजयी गोल गरेको हो । ७९ औं मिनेटसम्म गोल रहित बराबरी भएको खेलमा ८० औं मिनेटमा रोब्सन–कानुले गोल गर्दै वेल्सलाई अग्रता दिलाए । इन्जुरी समयमा रामसीले गोल गरेपछि वेल्स २–० ले विजयी भयो ।
यो जितले वेल्सको विश्वकपमा छनौट हुने सम्भावना कायम राखेको छ । राति नै भएको खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई १–० ले हराएको सर्बिया समूहको शीर्ष स्थानमा छ ।
सर्बियाको १८ तथा वेल्सको १४ अंक भएको छ । अर्को खेलमा अस्ट्रिया र जर्जियाले १–१ को बराबरी खेलेका छन् । समूह ‘आई’ अन्तर्गको खेलमा टर्कीले क्रोएसिया तथा फिनल्याण्डले कोसोभोलाई समान १–० तथा आइसल्याण्डले युक्रेनलाई २–० ले हरायो ।
२०७४ भदौ २१ मा प्रकाशित ।

- काठमाडौं ।
- विश्वकप फुटबल छनौट अन्तर्गत सोमबार राति भएका खेलमा जर्मनी, इंग्लण्ड, नर्दन आयरल्याण्ड, स्कटल्याण्ड र डेनमार्क विजयी भएका छन् ।
- समुह सी को खेलमा जर्मनीले नर्वेलाई ६-० ले हरायो भने नर्दन आयरल्याण्डले चेक गणतन्त्रलाई २-० ले हराउँदा अजरबैजानले सान मारिनोमाथि ५-१ को जित निकाल्यो ।
- यो समुहमा २ खेल बाँकी छँदा जर्मनी २४ अंकसहित शिर्ष स्थानमा छ भने १९ अंकका साथ नर्दन आयरल्याण्ड दोस्रो स्थानमा रहेको छ ।
- समुह एफ को खेलमा इंग्लण्डले स्लोभाकियालाई २-१ ले हरायो । यही समुहका अरु खेलमा स्कटल्याण्डले माल्टालाई २-० ले हराउँदा स्लोभेनियाले लिथुआनियालाई ४-० ले पाखा लगायो ।
- यो समुहमा पनि दुई खेल बाँकी छँदा २० अंकको साथ इंग्लण्ड शिर्ष स्थानमा रहँदा १५ अंक जोडेको स्लोभाकिया दोस्रो तथा १४/१४ अंकको साथ स्लोभेनिया र स्कटल्याण्ड क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।
- समुह ई का खेलहरुमा शिर्ष स्थानको पोल्याण्डले काजखस्थानलाई ३-० ले हराँउदा डेनमार्कले अर्मेनियालाई ४-१ ले तथा मोन्टेनेग्रोले रोमानियालाई १-० ले हराएका छन् । समुहको शिर्ष टोली सिधै विश्वकपमा छनौट हुँदा दोस्रो हुने टोलीले प्ले अफ्मा ठाउँ बनाउनेछ ।

शीर्ष बरियताका स्पेनिस खेलाडी राफायल नाडालले युएस ओपन टेनिसको चौथो चरणमा पुगेका छन् ।
आइतबाार विहान भएको खेलमा अर्जेण्टिनाका लियोनार्दो मायरलाई ३/१ को सेटमा हराउँदै नाडाल चौथो चरणमा पुगेका हुन् । पहिलो सेट ६/७ ले हारेपनि त्यसपछिका ३ सेट क्रमश ६/१, ६/१ र ६/४ को सेटमा जित्दै नाडालले उपाधि यात्रा कायमै राखेका हुन् ।
यस्तै छैटौं बरियताका डोमिनिक थिम पनि प्रतियोगिताको चौथो चरणमा पुगेका छन् । अष्ट्रियाका थिमले फ्रान्सेली एड्रिन मानारिनोलाई ३ शुन्यको सोझो सेटमा हराएका हुन् । उनले चौथो चरणमा जुआन मार्टिन डेल पोत्रोसंग खेल्नेछन् । अर्जेण्टिनाका डेल पोत्रो स्पेनका रोबर्टो बाटिस्टालाई हराउँदै युएस ओपन टेनिसको चौथो चरण पुगेका हुन् ।
यस्तै महिलातर्फ विश्व नम्बर १ कारोलिना प्लिसकोभा युएस ओपनको तेश्रो चरण प्रवेश गरेकी छन् । पाखुराको चोटका बाबजुत उनले चीनिया सावी झ्याङलाई २/१ को सेटमा हराएकी हुन् ।
२०९४ भदौ १८ मा प्रकाशित ।

जेनोआलाई ४–२ ले हराउदै इटालियन सिरी ए फुटबलमा च्याम्पियन युभेन्टसले लगातार दोस्रो जित दर्ता गरेको छ ।
लिग अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टसको जितमा पाउलो डिबालाले ह्याट्रिक गरे । यस्तै वान कोड्राडोल एक गोल गरे ।
जेनोआका लागि एन्ड्रयु गालाबिनोवले पेनाल्टी मार्फत गोल गरे । यस्तै युभेन्टसका मिरालेम विजानिकले आत्मघाती गोल गरे ।
अर्जेन्टिनी डिबालाले १३ औं मिनेट तथा पहिलो र दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । डिबालाले इटालियन सिरी ए मा गरेको यो पहिलो ह्याट्रिक हो । डिबालाले सिरी ए मा अहिलेसम्म ५० गोल गरेका छन् ।
डिबालालाई स्पेनिस क्लब बार्सिलोनाले अनुबन्ध गर्न चाहेको खबर पनि आउने गरेको छ । लगातार सातौं उपाधिको होडमा रहेको युभेन्टसको जितपछि दुई खेलबाट ६ अंक भएको छ । शनिबार राति नै भएको खेलमा इन्टर मिलानले रोमालाई ३–१ ले हराएको छ । यस्तै बोलोग्नाले बेनोभेन्टोलाई १–० ले पराजित गर्यो ।
२०७४ भदौ ११ मा प्रकाशित ।

फ्रेन्च लिग (लिग वान) अन्तरगत आइतबार राति भएको खेलमा पिएसजीले तुलुजमाथि ६–२ को शानदार जित हासिल गरेको छ ।
पिएसजीमा अनुबन्धित भएपछि पहिलो पटक होमग्राउण्डमा उत्रिएका नेइमारले उत्कृष्ट प्रदर्शन गरेपछि पिएसजी चम्किएको हो ।
खेलको १८ औँ मिनेटमा तुलुजका लागि म्याक्स गार्डेल गोल गर्दै अग्रता दिलाए पनि ३१ औँ मिनेटमा नेइमारले पिएसजीका लागि गोल गर्दै बराबरी बनाएका थिए । नेइमारले दोस्रो हाफको अतिरिक्त समयमा थप एक गोल गरेका थिए ।
यो सँगै उनले फ्रेन्च लिग (लिग वान) को यो सिजनमा ३ गोल पुर्याएका छन् । पिएसजीका लागि एड्रियन रेबिओटले ३५ औँ मिनेटमा, एडिन्सन काभानीले पेनाल्टीमार्फत ७५ औँ मिनेटमा, जेभियर पास्तोरले ८२ औँ मिनेटमा र कुर्जावाले ८४ औँ मिनेटमा एक एक गोल गरेका थिए ।
पिएसजीकै खेलाडी थिएगो सिल्भाले भने ७८ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । अहिलेसम्म तीन खेल नै जितेर पिएसजी ९ अंकका साथ गोलअन्तरले अंकतालिकाको शिर्षस्थानमा रहेको छ ।

काठमाडौं ।
साफ यु–१५ फुटबल च्याम्पियनसीप शुकबारबाट काठमाडौंमा शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा शुकबार बंगलादेशले श्रीलंकाको सामना गर्ने छ ।
प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी दक्षिण एसियाका ६ राष्ट्रका १५ बर्ष मुनिको फुटबल टोली सहभागी छन् ।
सहभागी राष्ट्रहरुलाई दुई समुहमा बिभाजन गरिएको प्रतियोगितामा भारत र माल्दिभ्ससँगै नेपाल समूह ‘बी’मा रहेको छ । यस्तै, समूह ‘ए’मा बंगलादेश, श्रीलंका र भुटान रहेका छन् । समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले घरेलु मैदानमा हुन लागेको प्रतियोगितामा आफ्नो टोली विजयी हुने विश्वास व्यक्त गरेका थिए । प्रशिक्षक श्रेष्ठले अरु टोलीभन्दा भारत बलियो भएको बताउँदै उनीहरुलाई हराएर सेमिफाइनल हुँदै फाइनलमा पुग्ने लक्ष्य रहेको बताए।
समूह ‘बी’मा रहेको नेपालले आफ्नो पहिलो खेल शनिबार माल्दिभ्ससँग खेल्नेछ ।
२०७४ भदौ २ मा प्रकाशित ।

काठमाडौँ ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।
अहिले १६९ स्थानमा उक्लिएको नेपाल यसअघि १७० औँ स्थानमा थियो । दक्षिण एसियाली राष्ट्रमा नेपाल भारत, माल्दिभ्स र भुटानभन्दा पछाडि छ ।
एक स्थान तल झरेको भारत दक्षिण एसियामा शीर्ष स्थानमा छ । भारत ९७ औँ स्थानमा छ । त्यसैगरी माल्दिभ्स १४३ औैँ स्थानमा यथावत् छ भने एक स्थान तल झरेको भुटान १६५औंँ स्थानमा छ ।
नेपालभन्दा पछाडि रहेको बंगलादेश १८९ औँ स्थान, श्रीलंका १९७ आँै तथा पाकिस्तान २०० औँ स्थानमा यथावत् छन् ।
ब्राजिल जर्मनीलाई पछि पार्दै विश्व वरियतामा पहिलो स्थानमा उक्लिएको छ । जर्मनी दोस्रोमा झरेको छ । त्यस्तै अर्जेन्टिना तेस्रो, स्वीट्जरल्याण्ड एक स्थान सुधार गर्दै चौथो तथा एक स्थान नै सुधार गर्दै पोल्याण्ड पाँचौँ स्थानमा उक्लेका छन् ।

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमुले नेइमारको आलोचना गरेका छन् ।
बार्टोमुले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने क्रममा देखाएको व्यवहारप्रति नेइमारको आलोचना गरेका हुन् । नेइमारले बार्सिलोना छोड्ने तयारी हुँदाहुँदै पनि सन् २०१६ मा क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेको हुन सक्ने अध्यक्ष बार्टोमुको भनाई छ ।
२५ वर्षका ब्राजिलियन फरवार्ड नेइमार गएको हप्ता २० करोड पाउण्डमा पिएसजी गएका हुन् । अध्यक्ष बार्टोमुले भने ‘उनले जसरी क्लब छोडे त्यो राम्रो थिएन, बार्सिलोनाको खेलाडीको व्यवहार भित्र यो पर्दैन ।’ गएको वर्षका अक्टोबरमा पाँच वर्षको नयाँ सम्झौता गर्ने बेलामा नै नेइमारले क्लब छोड्न सक्ने सम्भावना रहेकाले उनको बाइआउट क्लब धेरै राखेको बार्टोमुले बताए ।

क्लबको स्थिरताका लागि यस्तो निर्णय गरिएको भएपनि नेइमारले छोडेको उनको भनाई छ । नेइमारले महिनौंसम्म चलेका विभिन्न हल्लाहरुमा केही प्रतिक्रिया दिएका थिएनन् । तर उनी अन्ततः पिएसजी गए । नेइमार क्लबमा रहने विषयमा शंका लागेका बेलमा पनि उनी क्लबका लागि जस्तो अवस्थामा पनि राम्रो रहन सक्ने भएकाले आफूहरु शान्त बसेको बार्टोमुको भनाई छ ।

- काठमाडौं ।
राजधानीमा जारी अन्तरविद्यालय कोकाकोला कप फुटवल प्रतियोगितामा साहारा नेशनल स्कुल संखमुलले बिजयी सुरुवात गरेको छ ।
आइतबार भएको खेलमा ब्ल्युबर्ड स्कुल ललितपुरलाई ३ का बिरुद्ध ४ गोल अन्तरले पराजित गर्दै साहाराले आफ्नो बिजयी यात्राकाे सुरुवात गरेको हो ।
९० मिनेटको खेलमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउट चरणमा गएको थियो । साहाराका लागि सुजन मगर, कुशल श्रेष्ठ, अमित मगर र अनिश केसीले एक एक गोल गरेका थिए ।
बिपक्षी ब्ल्युबर्ड ३ गोलमै सिमित भएपछि साहारा बिजयी भएको हो । साउन ३ गतेबाट सानो गौचरण ज्ञानेश्वर फुटवल मैदानमा अन्तरविद्यालय कोकाकोला कप फुटवल प्रतियोगिता चलिरहेको छ ।
२०७४ साउन २२ गते प्रकाशित
२०७४ साउन २२ गते प्रकाशित

- काठमाडौं ।
नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको औपचारिक फुटसल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको छ ।
एसियाली फुटबल महासंघले आयोजना गर्ने ए.एफ.सी फुटसल च्याम्पियनसिप २०१८ को छनोट चरणमार्फत नेपालले अन्तर्राष्ट्रिय फुटसलसमा डेब्यु गर्न लागेको हो । प्रतियोगिताका लागि मलेसियाको क्वालालम्पुरमा निकालिएको खेल तालिकामा नेपाल समूह ‘ए’मा परेको छ ।
यो समूहमा नेपालसँगै उज्बेकिस्तान, किर्गिस्तान र तुर्कमेनिस्तान छन् । उज्बेकिस्तान प्रतियोगिताको साविक उपविजेता हो भने किर्गिस्तानले यसअघिको संस्करणमा अन्तिम चरणमा प्रवेश गरेको थियो ।
प्रतियोगिता यही असोज २७ गतेदेखि ईरानमा हुनेछ । प्रतियोगिताको समूह ‘बी’मा ईरानसँगै ताजकिस्तान र अफगानिस्तान रहेका छन् । छनौट चरण पार गर्न सके नेपालले माघ २३ गतेदेखि हुने अन्तिम चरणको प्रतियोगिता खेल्ने अवसर पाउनेछ ।
नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने निर्णय गरे पनि हालसम्म नेपालको राष्ट्रिय फुटसल टोली छैन । अखिल नेपाल फुटबल संघ एन्फाको फुटसल समितिले यही अगष्ट महिनामा फुटसल लिग गराएर राष्ट्रिय टोली छनौट गर्ने जनाएको छ ।
२०७४ असार २३ गते प्रकाशित

- लन्डन ।
शीर्ष खेलाडीहरु रोजर फेडेरर र नोभाक जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
बिहीबार भएको दोस्रो चरणको खेलमा सर्बियाका डुसान लाओभिचलाई ७/६, ६/३ र ६/२ ले हराउँदै फेडेरर तेस्रो चरणमा प्रवेश गरेका हुन् ।
कीर्तिमानी आठौं पटक विम्बल्डन जित्ने अभियानमा रहेका फेडेररले अब जर्मनीका मिसा भेरेभको सामना गर्नेछन् ।
विम्बल्डन टेनिसकै अर्को खेलमा सर्वियन खेलाडी नोभाक जोकोभिचले चेक गणतन्त्रका एडम पाभ्लासेकलाई ६/२, ६/२ र ६/१ को सोझो सेटमा पराजित गरे । जोकोभिचले अब तेस्रो चरणमा लात्भियाका अर्नेस्ट गुल्बीससँग खेल्नेछन् ।
विम्बल्डन टेनिसको महिलातर्फ जर्मनीकी एन्जेलिक केर्बर, डेनमार्ककी क्यारोलिन वोज्नियाकी, पोल्याण्डकी आग्नेस्का राड्वान्स्का र रुसकी स्वेतलाना कुज्नेत्सोभा पनि तेस्रो चरणमा पुगेका छन् ।

- लण्डन ।
भारतलाई १ सय ८० रनको विशाल अन्तरले हराउँदै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधिमा कब्जा जमाएको छ ।
आइसीसीको कुनै पनि प्रतियोगिताको फाइनलमा कुनै टोलीले हासिल गरेको सबैभन्दा ठूलो अन्तरको जीत हो ।
जीतका लागि ३ सय ३९ रनको विशाल लक्ष्य पाएको भारत मात्र ३०.३ ओभरमा १ सय ५८ रनमा सिमित भयो ।
भारतलाई सस्तोमा समेट्न मोहमद आमिर र हसन अलीले घातक बलिङ गर्दै ३–३ विकेट लिए ।
कुनै समय ५ विकेटको क्षतिमा ५४ रनको दयनीय स्थितिमा रहेको भारतका लागि हार्दिक पाण्डेयले ७६ रन बनाउँदै सम्मानजक स्कोरतर्फ डोर्याएका थिए । उनीबाहेक कसैले ठूलो स्कोर बनाउन सकेनन् ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानका लागि ओभर फकर जमानले शतकीय पारी खेलेपछि निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ३८ रन बनाएको थियो ।
उनलाई अर्को ओपनर अजहर अलीले ५९ रन बनाउँदै राम्रो साथ दिए । दुवैले मिलेर पहिलो विकेटका लागि १२८ रन जोडे । अली रन आउट भएपछि जमानले बाबर आजमसँग मिलेर पाकिस्तानको इनिङ सम्हाले ।
पाकिस्तानको स्कोर २ सय रन हुँदा हार्दिक पाण्डे बलमा आउट हुनअघि जमानले १०६ बलमा ११४ रन बनाए । उनले यस क्रममा ३ छक्का र १२ चौका हिर्काए । आजमले ४६ रनको योगदान दिए ।
खेलको अन्त्यतिर मोहमद हाफिजले तिव्र गतिमा ४ चौका र ३ छक्का हिर्काए ५७ रन बनाउँदै पाकिस्तानलाई ३ सयको स्कोर कटाउन मद्दत गरे । भारतका लागि १० ओभरमा मात्र ४४ रन खर्चेर भुवनेश्वर कुमारले २ विकेट लिएका थिए ।

- काठमाडौं ।
बर्मीङ्घममा भएको खेलमा पहिले व्याटिङ गरेको भारतले निर्धारित ४८ ओभरमा ३ विकेट गुमाएर ३ सय १९ रन बनायो । भारतका लागि रोहित शर्माले ९१ रन तथा कप्तान विराट कोहलीले अविजित ८१ रन जोडे । यसैगरी शिखर धवनले ६८ रन जोड्दा युवराज सिंहले ५३ रनको योगदान दिए ।
इंग्ल्याण्डमा जारी खेलालाई वर्षाले प्रभावित पारेपछि पाकिस्तानलाई ४१ ओभरमा २ सय ८९ रनको नयाँ लक्ष्य दिईयो । तर पाकिस्तानी टोली ३४ औं ओभरमा १ सय ६४ रनमै समेटियो ।
पाकिस्तानका लागि अजहर अलीले ५० रन जोडे भने मोहम्मद हाफिजले ३३ रन बनाए । बलिङतर्फ भारतका उमेश यादवले ३ विकेट लिए । त्यस्तै हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले दुई–दुई विकेट लिए । च्याम्पियन्स ट्रफी क्रिकेटमा आज अष्ट्रेलिया र बंगलादेश भिड्नेछन् ।

- काठमाडौं ।
इंग्लिस क्लब म्यानचेष्टर सिटीले पोर्चुगलका मिडफिल्डर बर्नार्डो सिल्भालाई अनुबन्धित गरेको छ । यो सिजन उनी फ्रेन्स क्लब मोनाकोबाट खेलेका थिए ।
२२ वर्षका सिल्भाले आफू विश्वकै उत्कृष्ट मध्येको टिममा अनुबन्धित हुन पाएकोमा खुशी लागेको बताएका छन् । मोनाकाकोबाट ५८ खेल खेलेका उनले ११ गोल गरेका छन् ।
साथै १२ गोलको अवसर सिर्जना गरेका छन् । उनले पोर्चुगलका लागि १२ खेल खेलेका छन् । जसमा एक गोल गरेका छन् । उनी ४३ मिलियन यूरोमा सिटीमा अनुबन्धित भएका हुन् ।
- काठमाडौं ।
प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आज सुरु हुँदैछ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लव र पूर्वाञ्चल टिम भिड्नेछन् ।
लिग कम नकआउटको आधारमा हुने पहिलो संस्करणको प्रधानमन्त्री कपमा पाँचवटा क्षेत्रीय टिमसहित विभागीय टोलीहरु नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ८ टिमले प्रतिस्पर्धा गर्दै छन् ।
प्रतियोगितामा सहभागी टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । प्रत्येक समूह विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् ।
प्रतियोगिताको विजेताले हालसम्मकै सर्वाधिक पुरस्कार राशी २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ हात पार्दा उत्कृष्ट ब्याट्स्म्यान र उत्कृष्ट बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।
नेपालमा करिव तीन वर्षपछि पहिलो पटक एक दिवसीय ढाँचाको क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा हुन लागेको प्रतियोगिताको व्यवस्थापन भने काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर केसीटीसीले गर्नेछ ।
यो प्रतियोगितालाई राखेपले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको आसन्न खेलको छनोट र तयारीको रुपमा समेत लिएको छ । नेपाल र हङकङबीचको खेल आगामी अक्टोबरमा हङकङमा हुनेछ ।

