- काठमाडौँ ८ चैत ।
क्रान्तिकारी पत्रकार संगठन नेपालका महासचिब कृष्ण कुमार श्रेष्ठ 'प्रज्वल' ले नेपाल कम्युनिष्ट पार्टी सुनसरी जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् ।
हालै सम्पन्न पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकको भावअनुसार श्रेष्ठलाइ सुनसरी जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको हो ।
जनयुद्धका बेला जनमुक्तिसेनामा काम गरेका श्रेष्ठले २०६० सालपछि माओवादीले सञ्चालन गरेको रेडियो जनगणतन्त्रलगायत संचार क्षेत्रमा महत्वपूर्ण भूमिका कुशलता पुर्बक पुरा गरेका थिए ।
माओवादी शान्ति प्रक्रियामा आएपछि काठमाडौँको अनामनगरबाट सञ्चालित रेडियो मिर्मिरे ८९.४ को प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका श्रेष्ठले सुनसरी जिल्ला इन्चार्जको जिम्मेवारी पाएका हुन् ।
श्रेष्ठलाई मंगलबार रेडियो मिर्मिरेका नवनियुक्त प्रबन्ध निर्देशक पुष्पराज न्यौपानेलगायत स्टाफहरुले कार्य सफलताको शुभकामनासहित बिदाई गरेका छन् ।
हालै थवाङमा सम्पन्न कम्युनिष्ट पार्टीको आठौ महाधिबेशनले जिल्लामा इन्चार्ज र सेक्रेटरी प्रणालीको व्यवस्था गर्ने निर्णय गरेको थियो ।
श्रेष्ठ पार्टी जिल्ला इन्चार्ज सुनसरीको जिम्मेवारी लिएर गएपनि तत्कालका लागी क्रान्तिकारी पत्रकार संगठनको महासचिव भने यथावत रहने छन् ।

- इटहरी, २२ फागुन ।
सुनसरीमा मुस्लिम र यादव समुदायबीच दोहोरो भिडन्त भएको छ । भिडन्तमा परी २ दर्जन बढी घाइते भएका छन्। घाइते मध्य १ दर्जन बढीको अबस्था गम्भीर छ ।
सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँगै जोडिएको नरसिंह ४ को सुनसरी खोला किनार स्थित ऐलानी जमिनको मशानघाट प्रयोग गर्ने विषयमा बढेको विवाद दोहोरो झडपमा परिणत हुँदा दुई दर्जनभन्दा बढी मानिस घाइते भएका हुन् ।
शनिबार भएको उक्त झडप पछि घटनास्थलमा अरु सम्भावित अप्रिय घटना हुन नदिनका लागि सशस्त्र र जनपद प्रहरीको ठूलो सङ्ख्याका सुरक्षाकर्मी परिचालित भएका छन् ।
गम्भीर घाइतेमध्ये एक दर्जनलाई विराटनगरस्थित न्यूरो अस्पताल पुर्याइएको प्रहरीले जानकारी दिएको छ ।
अन्य केही घाइतेलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र केहीको जिल्ला अस्पताल इनरुवा र आसपासका स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।
घटनामा परि नरसिंह–४ का ३० वर्षीय बेचन यादव, १६ वर्षीय दिपेश यादव, ३० वर्षीय सञ्जय यादव, २२ वर्षीय धीरेन यादव, रीतु यादव, १७ वर्षीय याकुव अन्सारी, ६३ वर्षीय भोला मियाँ, ३९ बर्षीय इस्लाम मियाँ, ५० वर्षीय रोजित खातुन, ३८ बर्षीय जाहारुन खातुनलगायत घाइते भएका छन् ।
स्मशानघाट प्रयोग गर्ने विषयमा स्थानीय चिया पसलमा कुराकानी एवम् संवाद चलिरहेका बेला एक्कासि ढुङ्गा प्रहार भएपछि मुस्लिम समुदाय र यादव समुदायबीच घमासान दोहोरो झडप उत्पन्न भएपछि तत्कालै सुरक्षाका लागि त्यहाँ पुगेको सशस्त्र र जनपथ प्रहरीको टोलीले स्थितिलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक दलबहादुर श्रेष्ठले जानकारी दिए ।
दुईपक्षीय झडपमा कम्तीमा एकहजार पुरुष महिला युवा–युवतीलगायतको सहभागिता रहेको तथा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी नपुगेको भए सो स्थानमा निकै ठूलो मानवीय नोक्सानी हुने अवस्था रहेको पनि उनले जानकारी दिए ।
स्मशानघाटको विषयमा उत्पन्न समस्यालाई समाधान निकाल्नका लागि दुवै पक्षलाई बार्ताका लागि आहवान गरिसकेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
घट्ना भएपछि इनरुवा अस्पतालमा उपचारार्थ रहेका घाईते मुस्लिम तथा यादव समुदायका मानिसहरुलाई धैर्यता अपनाउन आग्रह गर्दै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सिताराम मेहताले कुनै पनि हालतमा स्मशानघाटको विषयलाई जातीय वा धार्मिक मुद्दा नबनाउन सवै घाईतेहरु समक्ष आग्रह गरेका छन् ।
घटनापछि विभिन्न राजनीतिक दलका नेताहरुसमेत घटनास्थल र अस्पतालमा पुगी घाइतेको अवस्था जानकारी लिने कार्य भइरहेको तथा उनीहरुले घटनालाई केवल जमिन प्रयोगको विवाद रहेको विषयमा केन्द्रित राख्न आग्रह गरिएको छ ।

- सुनसरी, १८ माघ ।
उनलाई आइतबार उनकै २२ वर्षीय छोरा साईमन कार्कीले सामान्य बादबिबादमा पेटको बायाँ साईट र छातीमा छुरा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि धरान घोपा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
छुरा प्रहार गर्ने फरार साईमनको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- सुनसरी, २० पुस।
सुनसरी पश्चिम कुशाहा गाविस–४ का योगेन्द्र उराव रातिको समयमा चयनले सुत्न पाएनन् । दिनभरि काममा थाकेर आराम गर्नका लागि घर आउने योगेन्द्रको आराम गर्ने सपना करिब चार महिनादेखि पूरा भएको छैन ।
कारण एउटै हो, जङ्गली हात्तीको आतङ्क । कोसी टप्पु वन्यजन्तु आरक्षबाट दैनिकरुपमा राति र दिउँसोको समयमा निस्कने हात्तीको आतङ्कले उनी मात्रै होइनन्, यहााका धेरै नागरिक आतंकीत छन् ।
हात्तीले आएर घरमा तोडफोड गर्नुका साथै स्थानीयवासीको बाली र मौका परेको बेला मानवीय क्षतिसमेत गर्ने भएका कारण आफूहरु रातभर जाग्राम बस्न बाध्य भएको पश्चिम कुशाहा–४ का रामनारायण सिंहको गुनासो छ ।
आरक्षबाट प्रत्येक दिन रातको समयमा तीन/चार वटाको समूहमा निस्कने जङ्गली जनावरका कारण स्थानीयवासी जङ्गली जनावर धपाउन र वन्यजन्तुको आक्रमणबाट जोगिन रातभर जाग्राम बस्न बाध्य भएका छन् ।
आरक्ष क्षेत्रमा सोलार फेन्सीङको केही क्षेत्रमा व्यवस्था गरेको भएपनि कमजोर तारबारका कारण जङ्गली जनावर निर्बाधरुपमा निस्केर गाउँ पस्ने गरेको र गाउँमा आतङ्क मच्चाउने गरेको श्रीपुरका धर्मेन्द्र मेहताको भनाइ छ ।
स्थानीयवासी मात्र नभई आरक्षबाट दैनिकरुपमा आउने जङ्गली हात्तीका कारण आफूहरु समेत समस्यामा परेको आरक्षका कर्मचारीको गुनासो छ । रातिको समयमा हात्तीले सुतेको कोठाअगाडि आएर बितण्डा मच्चाउने गरेका कारण रातिको समयमा ज्यान जोगाउन समस्या भएको आरक्षका सहायक संरक्षण अधिकृत झोलाइ चौधरीले बताए ।
स्थानीयवासीलाई काठ दाउरा र चरीचरनबाट रोक लगाउने गरेको भएपनि आरक्षले जङ्गली जनावर रोक्न नसकेकोमा स्थानीयवासीले आक्रोश पोखेका छन् । आरक्षमा रहेको समस्या समाधान गर्न आरक्ष प्रशासन उदासीन रहेको स्थानीयवासीले बताएका छन् ।
आरक्षले आफ्नो क्षेत्रमा जनतालाई प्रवेश गर्न नदिने तर जङ्गली जनावर गाउँ पसेर बाली खाने, कुल्चिदिने, नष्ट गरीदिने गरेको भएपनि त्यसलाई रोक्न ध्यान नदिएको आरक्ष क्षेत्रका सर्वसाधारणको गुनासो छ ।
इटहरी, १७ असोज ।
सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ मा गोप्य र अवैध रुपमा मेनपावर कम्पनी चलाउँदै आएको छ भन्ने सुराकीका आधारमा घर खानतलासी गर्दा विभिन्न व्यक्तिको १७ थान राहदानी फेला परेपछि तत्काल त्यहाँ रहेका चारजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय, इटहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा ३१ वर्षीय प्रमोद साह, २२ वर्षीया सिर्जना मगर, २८ वर्षीय कृष्ण चौधरी र ४५ वर्षीय मानबहादुर रिजाल रहेको पनि प्रहरीले जानकारी दिँदै सबैलाई इप्रका, इटहरीको हिरासतमा लिई आवश्यक थप अनुसन्धान भइरहेको बताइएको छ ।
बरामद भएका राहदानी बाहकलाई बोलाएर उनीसँग सोधपुछ र मेनपावर कम्पनी सञ्चालकबीच भएका कुराकानीलगायतका विषयमा पनि अनुसन्धान गर्ने कार्य भइरहेको बताइएको छ ।

सुनसरी, १९ भदौ ।
सिमरिया–५ स्थित ईनरुवा दुहबि सडकखण्डमा स.१ च ८९४ नम्बरको एम्बुलेन्स र को.२ त १७९ नम्बरको ट्याक्टर शनिबार एक–आपसमा ठोक्किएको छ ।
ठक्करबाट एम्बुलेन्स पल्टँदा एम्बुलेन्समा सवार सिराहा गोलबजार–१ बस्ने २६ बर्षीय आनन्द खड्गी (चालक) सहित ६ जना घाइते भएका थिए ।
न्युरो अस्पताल बिराटनगर लगिएकोमा आनन्द खड्गी र २० बर्षीय सरोज यादबको उपचारको क्रममा मृत्यु भएको छ ।
अन्यको घाइतेको अवस्था सामान्य रहेको बताइएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
दिया चन्द, काठमाडौँ, १३ भदौ ।
शनिवार साझ इटहरीमा एकाएक पत्रकार जिबन फुयाल कुटिएकाे हल्ला फैलियो, उनिमाथी माओवादीले भौतिक हमला गरेको हल्लाका पछाडी लाग्दै विभिन्न संघसंस्थाले फुयालको पक्षमा बक्तब्य पनी जारी पनी गरे तर त्यो घटनाको बास्तबिकता के हो त्यस बारेमा कसैले खोजि गरेनन् ।
उनि माथी कुटपिट गर्नु नेकपा( माअाेवादी) को उदस्य के थियो ? खोजी गर्दै जादा विप्लव माओवादी निकट राष्ट्रिय युवा जनस्वयमसेवक कोशी ब्युरोको जिम्मा लिएका एक नेताले नाम नबताउने सर्तमा हामीसंग फुयालबारे गम्भीर खुलासा गरेका छन्।
किन गरियो त फुयालमाथी भौतिक कारबाही ?
माओवादी नेताका अनुसार फुयालले इटहरीका केहि ब्यापारीहरूलार्इ बिभिन्न प्रलाेभन देखार्इ ठगि गरेकाे, हाेटलमा काम गर्ने युवतिहरूलार्इ माेडल बनाइदिन्छु भन्ने प्रलोभन देखाई ठगि गरेको गुनासाे बढेपछि फुयाललाई भौतिक कार्वाहि गरिएकाे हो ।
उनले हामीसंग भनेका छन् 'फुयाल पत्रकार हाे या हैन हामीलाइ त्यसबारे चासो भन्दा पनी फुयालले बदमासी गर्दै हिडेकाे पाइएपछि पिडितको उजुरीका आधारमा अनुसन्धान गर्दा दोसी देखिएकोले पार्टीको निर्देशनमा कार्वाही गरिएकाे हो।'
त्यस्तै बिभिन्न समयमा अाफ्नाे पार्टीबिरूद्ध प्रहरीकहाँ सिआइडी गरेर आफ्ना कार्यकर्ता पक्राउ गराएकाे प्रमाण फेला पर्नुकाे साथै युवतिहरूलार्इ माेडल बनाइदिन्छु भन्ने प्रलाेभन देखाएउदै ठगि गरेको युवतीहरूले आफूकहाँ उजुरी गरेपछि उनलार्इ कार्वाही गरिएकाे माओवादीले बताएको छ ।
विप्लव माओवादीको भौतिक कारबाहीमा परेका फुयाल हालै मात्र सुनसरीमा गठन भएको मिडिया नेपाल सुनसरीका अध्यक्ष रहेको बताइएको छ ।
विप्लव माओवादी निकट राष्ट्रिय युवा जनस्वयमसेवकले एक बिज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएको छ ।
हेर्नुहोस बिज्ञप्ति

जिबन फुयाल, तस्बिर पुर्बेली न्युजबाट