
- सुर्खेत१८ फागुन ।
प्रत्यक्षदर्शीका अनुशार उक्त ट्रकको ब्रेक र स्टेरिंग दुबै फेल भएपछि अनियन्त्रित भएर दुर्घटना भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरीले दुईवटा जेसीबी र स्थानीय युवाहरूको ३ घण्टाको लामो प्रयास पश्चात चालक र १ महिला लाई घाइते अवस्थामा उद्दार गरिएको छ ।
यसअघि उद्दार गरिएका सह-चालक र १ बच्चाको स्थानीय नर्सिङ्ग होममा उपचार भइरहेको स्थानीय बिनोद ढकालले जानकारी दिए ।
बौद्ध यातायात व्यसायी संघका प्रबन्धक बालकृष्ण श्रेष्ठका अनुसार चालक र सवारी महिलाको उपचारका लागी कोहपुर मेडिकल क्लेज बाँके पठाइएको छ । दुर्घटनामा अन्य ५ जनाको स्थानीय माया नसिङ्ग होममा उचार गराईरहेको छ ।

नरजन तामाङ, सुर्खेत १७ मंसिर।
अहिले रातको ८ बजेको छ । सबैतिर करिब करिब सुनसान भइसकेको छ । तर खुल्ला सडकमा एक बालक जाडोले काप्दैछन् । उनको शरीरमा हाफ पेन्ट र टिसर्ट मात्र छ । हाम्रो प्रश्नमा उनले आफ्नो नाम सुवास सुनार बताए ।
आफूलाई ७ वर्षको बताउने सुवासले घर सुर्खेतको चनाबारी भएको बताउँदै अामाबुबाले अात्महत्या गरेका कारण अाफू सडकमै बस्नु परेको बताए ।
अाफू ४ वर्षको हुँदा अामा झुण्डिएर मरेको र केही वर्षपछि बुबाले पनि विष सेवन गरेर मरेको गाउँलेले सुनाएको सुवासले अनलाइन डबलीसँग बताए ।
बुधबार राति सुर्खेतका सडकमा भेटिएका सुवासले अनलाइन डबलीसँग रुँदै भने, ‘मेरा आमा मर्दा म ४ वर्षको थिएँ रे । बुबाले पनि विष खाएर आत्मा हत्या गरे ।’
बुबाले आत्महत्यापछि मागेर खान सुरु गरेका हुन् । अाजभाेली कसैले दिएको दिन खाने नत्र भोकै घर, होटल,ढल र सडक पेटीमा रात बिताउने गरेका छन् । ‘माग्दै जाँदा कसैले थोरै भएपनि दिन्छन्, कसैले त लखेट्छन् ।
धेरै दिन त भोकै हुन्छु’ रुँदै सुवासले भने । पहिल पहिले राति एक्लै बस्दा डर लाग्ने गरेको तर आजभोली सबै हराएको उनले बताए ।
के कारणले अामाबुबाले अात्महत्या गरेका हुन् भन्ने अाफूलाई थाहा नपाएकाे सुवासले भने । अाफ्नाे पढ्ने इच्छा भएकाे तर सडकमा रात दिन काट्नु पर्ने भएकाले पूरा हुन नसकेकाे अनलाइन डबलीसँग बताए ।
सुवास र सयौँ सुवासहरुको बारेमा सम्बन्धीत पक्ष जिम्मेवार कहिले हुने होला ?
अनलाइन डबलीबाट

- सुर्खेत २४ कात्तिक ।
सुर्खेतको कपासे नजिकै बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ७ कपासे नजिकै बस दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका हुन् ।
दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको ना ४ ख ४३९९ नम्बरको बस दुर्घटना हुँदा ति यात्रु घाइते भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
घाइते दैलेख कालभैरवका नर बहादुर पाण्डेको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । अन्य ७ जनाको अवस्था भने समान्य रहेको छ ।
घाइतेकाे माया नर्सिङ्ग हाेम सुर्खेतमा उपचार भैरहेकाे छ । ब्रेक फेल हुँदा बस कपासे नजिकैको मोडको भित्तामा ठोक्किएको जानकारी दिएको प्रहरीले विस्तृत विवरण आउन बाँकी रहेको बतायो ।
पश्चिम नेपालबाट
