- आलोक माबोहाङ् लिम्बू
- ताप्लेजुङ, २० मंसीर ।
ताप्लेजुङको फुङलिङ बजारमा किरात याक्थुङ चुम्लुङ ताप्लेजुङ शाखा र कंचनजंगा फुङ्लिङ क्लबको संयुक्त आयोजनामा लिम्बू समुदायको पर्व चासोक तङनाम कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।
भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा हुने चासोक तङनामे मंसीर २२ देखि २८ गतेसम्म मनाइने पर्वमा लिम्बू धान नाच (याःलाङ), च्याब्रुङ नाच (केलाङ), हाक्पारे, पङ्लुङ, धनुषकाँण हान्ने विविध खेलको आयोजना गरिने छ ।
चासोक तङनामको अबसरमा लिम्बू पहिरनको प्रदर्शनी र लिम्बू कलाकारहरूको सांगीतिक प्रस्तुति रहने, सिरिजंगा च्यालेन्ज रनिङ कप फुटबल प्रतियोगिता पनि हुने किरात याक्थुङ चुम्लुङ अध्यक्ष भद्र बोखिमले बताए ।
सिरिजंगा च्यालेन्ज रनिङ कप फुटबल प्रतियोगिता पुरुष तर्फको विजेताले एक लाख ११ हजार १११ र उपविजेताले ५५ हजार पाँच सय ५५ रूपैयाँ पाउनेछन् । त्यस्तै महिलातर्फको बिजेताले ५० हजार र उपबिजेताले २५ हजार पुरस्कार पाउने छन् ।

ताप्लेजुङ, २४ असोज ।
ताप्लेजुङको खेवाङ गाविसस्थित साँगादिन बजारमा भएको आगलागीले तीन घर जलेर नष्ट भएका छन् ।
गएराति करिब १ बजे अचानक भएको आगलागीले खेवाङ–४ का श्रीप्रसाद भट्टराई, ठाकुरप्रसाद दाहाल र कृष्णप्रसाद दाहालको घर पूर्णरुपमा जलेर नष्ट भएका हुन् ।
घरसँगै रहेको पसल, घरभित्र रहेका अन्य सम्पूर्ण सामान जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ ।
स्थानीयले बताएअनुसार कृष्णप्रसाद दाहालको भान्छाकोठा नजिकैको दाउराको हारबाट अचानक राति करिब १ बजे आगलागी सुरु भएको थियो तर प्रहरीले भने आगलागीको कारण यकिन नभएको बताएको छ ।
आगलागी भएको जानकारी पाउनासाथ स्थानीयवासी, प्रहरीले आगो नियन्त्रणको प्रयास गरेपनि रातको समय भएकाले समयमानै आगलागी नियन्त्रण हुन नसकेको खेवाङ प्रहरी चौकीले बताएको छ ।
अन्य नजिकै जोडिएर रहेका घर भने आगलागीबाट जोगाउन सफल भएको बताइएको छ । आगलागी अहिले बिहान मात्रै नियन्त्रणमा आएको बताइएको छ ।
आगलागीका कारण लाखौँ मूल्य बराबरको क्षति भएपनि क्षतिको विवरण सङ्कलन भइरहेकाले क्षतिको यकिन विवरण प्राप्त भएको छैन । आगलागीले मानवीय क्षति भने भएको छैन ।
ताप्लेजुङ, २७ भदौ ।
अविरल वर्षासँगै गएराति झरेको पहिरोका कारण मेची राजमार्गअन्तर्गत पाँचथर ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध बनेको छ ।
गत भदौ १७ गते गएको पहिरोले सडक अवरुद्ध भए पछि स्काइभेटर मेसिनको सहायताले सात दिन पछि नयाँ ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइए पनि पुनः त्यही ठाउँमा झरेको पहिरोले सडक अवरुद्ध भएको हो ।
पहिले गएको क्षेत्रबाट नै पुनः पहिरो झरेको बताइएको छ । पहिरो पाँचथर ताप्लेजुङ सडकखण्डको ल्याङ्वा, बहानन्दे क्षेत्रमा झरेको हो ।
पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो क्षेत्रको गोरेटो बाटो समेत बन्द भएको स्थानीय रुपनारायण भट्टराईले जानकारी दिएका छन् ।
पहिरोले सडक अवरुद्ध बने पछि पाँचथर, इलाम, झापालगायतका ठाउँमा जाने र जिल्लामा भित्र्ने दर्जनौँ सवारीका साधन बीच बाटोमै रोकिए पछि सयौँ यात्रु अलपत्र परेका छन् भने सवारीसाधनलाई सुरक्षित स्थानमा राखिएको छ ।
गएराति देखिनै परेको वर्षा अझै जारी रहेकाले र पहिरो समेत झरिरहेकाले तत्काल पहिरो पन्छाउन सकिने अवस्था नरहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।

आलोक माबोहाङ् लिम्बू फुङलिङ १९ भाद्र ।
ताप्लेजुङमा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । ताप्लेजुङ नगरपालिका ८ की दिलकुमारी पालुङवा (सुब्बा माईली), बिमला मगर, छोराहरु ९ वर्षका ललित र ७ वर्षका मनोज मगर को मृत्यु भएको हो ।
भिषण वर्षाका कारण घर माथिबाट खसेको पहिरोले घर बगाउँदा वेपत्ता भएकी ताप्लेजुङ नगरपालिका ८ कि स्थानीय दिलकुमारी पालुङवाको शब दिउँसो ३ बजे, स्थानीय, नेपाल प्रहरी, नेपाल आर्मी, शसस्त्र प्रहरीबलले पुरिएको घरबाट निकालेको छ ।
उनकी बहिनी कृष्णकुमारी पालुङ्वा गम्भिर घाइते भएकी छिन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ताप्लेजुङ नगरपालिकाको २, ६, ७, ८ र ९ वडाको अधिकांश ठाउँ (१०० स्थान) मा पहिरो गएको छ ।
पहिरोले घर पुर्दा पूर्ण र आंशिक गरी ५० घर बढीमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । ताप्लेजुङ नगरपालिका ८ मा पहिरोले सबैभन्दा धेरै घर र भूभागमा क्षति गरेको छ ।
मानबीय क्षति भने १ को मात्र भएको छ । वडा नम्बर २ मा ३२ घर पहिरोले बगाएको छ । सो परिवारका १ सय ५५ जना विस्थापित भएका छन् । विस्थापितलाई सुरक्षित स्थान मेची होराईजन अंग्रेजी विद्यालयमा राखिएको छ ।
त्यस्तै ताप्लेजुङ नगरपालिकाको वडा नम्बर ५,६ मा विभिन्न भाग र सडकमा धजा फाटेर चिराचिरा परेको छ । अझै पानी पर्ने हो भने नगरपालिकाको मुख्य बजार फुङलिङ बजार नै खतरामा पर्नेछ ।
भाद्र १८ गते बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्ममा १ सय ३७ मिलिमिटर पानी परेको थियो । यसबर्षको सबैभन्दा धेरै मापन गरिएको वर्षातले नगरपालिका धैरै स्थानलाई जोखिम बनाएको छ ।
२०७२ साल जेष्ठ २७ गते राती ताप्लेजुङको पश्चिमी विभिन्न गाविसमा ठूलो धनजनको क्षति हुने गरी पहिरो जाँदा १ सय २९ मिलिमिटर मात्र पानी परेको थियो ।
मेची राजमार्ग खुल्नेको टुङ्गो छैन सदरमुकाम केन्द्रिीत पहिरोको कारण मेची राजमार्ग अन्र्तगत काबेली ताप्लेजुङ सडक खण्डमा १ सय मीटर ल्याङबा (धुसेनी भीर) मा खसेको पहिरोले सडक बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको छ । माथिबाट खसेको पहिरोले ५० मीटर सडकमा पहरा निकाल्दा मेची राजमार्ग अबरुद्ध भएको हो ।
सडक खुलाउन हिज दिनभर प्रयास गरे पनि बाटो खुलाउन सकिएको छैन । सडकलाई अन्यत्र घुमाउँदा मात्र सडक खुल्ने सम्भावना छ । काबेली ताप्लेजुङ सडक खण्डको ल्याङबा (धुसेनी भीर) मा खसेको पहिरोले सडक बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको छ ।
बाटो खुलाउने काम भैरहेको र बाटो खुल्न हिज मध्यान्नसम्म लाग्ने प्रजिअ पाण्डेले बताए पनि अझै केहिदिन लाग्ने भएको छ ।