- उदयपुर ९ कात्तिक ।
उद्योगबाट अवकाश पाएपछि पनि उद्योग प्रशासनलाई झुक्याइ दोहोरो सुविधा लिएर ठगी गरेको आरोपमा उदयपुर सिमेन्ट उद्योगका द्वितीय तहका एक पूर्व कर्मचारी पक्राउ परेका छन् ।
डेढ वर्षअघि नै सो उद्योगबाट १२ लाख उपदान लिएर अवकाश लिएका त्रियुगा नगरपालिका–११ जलजले बस्ने ६१ वर्षीय शमशेरबहादुर तामाङले उद्योग प्रशासनलाई झुक्याएर नागरिक हितकोषबाट पुनः १२ लाख लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले तामाङलाई पक्राउ गरेर ठगीसम्मन्धी दर्ता गरेकोे छ । सो उद्योगका प्रवन्धक सुरेन्द्र पौडेल भन्नुहुन्छ – “आफू नै प्रवन्धक भएको बेला यो कार्य यस्तो कार्य भएकामा छानबिन भइरहेको छ ।”
तामाङले अवकाशसँगै आफूले पाउन पर्ने सेवा सुविधा सबै लिएर पनि फेरि पाएको छैन भनेर पुनः १२ लाख लिएर ठगी गर्नुको पछाडि उद्योगकै कर्मचारीको मिलेमतो हुनसक्ने अन्य कर्मचारीको धारणा छ ।
तामाङकी श्रीमती राजकुमारी तामाङले आफूले १२ लाख फर्काउन तयार भएपनि प्रहरीले जबर्जस्ती कारबाही अगाडि बढाएको बताइन् ।
उदयपुर, २ कात्तिक ।
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१ बोक्से तथा बाबरी क्षेत्रमा एक हप्तायतादेखि बौलाहा कुकुरको बिगबिगी बढेको छ ।
स्थानीयवासी राजकुमार राईका अनुसार एक हप्ताभित्र बहुलाहा कुकुरको टोकाइबाट एक महिला र एउटा गाईको मृत्यु भएको छ भने एउटा बालिका सख्त घाइते भएकी छिन् ।
बाबरीका ७० वर्षीया मनसरी राईको बहुलाहा कुकुरको टोकाइबाट मृत्यु भएको र अर्का १० वर्षीया बालिका रेजिना राई घाइते भएको प्रहरीले जनाएको छ । बहुलाहा कुकुरकै टोकाइबाट स्थानीय राजकुमार राईका गाईको पनि मृत्यु भएको छ ।
छ दिन अगाडि नै कुकुरले टोकेपछि सोमबार एउटा गाईको मृत्यु भएको बताइएको छ ।
गाईलाई बहुलाहा कुकुरले टोकेको थाहा नहुँदा सो गाईको दूध पनि धेरैले खाएका कारण अहिले स्थानीयवासीमा रेबिज रोगको त्रास बढेको गाई पालक राईले बताए ।

हरिकुमार राई, उदयपुर, २७ असोज ।
उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टारबजार गएरातिदेखि तनावग्रस्त बन्न पुगेको छ भने भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याससमेत प्रयोग गरेको छ ।
बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको पाँच दिनअघि मोरङको सिजुवास्थित बेतौनाको जङ्गलमा हत्या भएको थियो ।
गएराति उनको शव ल्याउने क्रममा बेल्टारबजारमा हजारौँको सङ्ख्यामा स्थानीयवासी राजेन्द्रको विरुद्ध आन्दोलनमा उत्रेपछि बेल्टारबजार तनावग्रस्त बन्न पुगेको स्थानीयवासी शिवकुमार राईले बताए ।
भीमकुमारीको शव ल्याउने बित्तिकै माइती पक्षका र हजारौँ स्थानीयवासी, राजेन्द्र र उनका आफन्तविरुद्ध प्रत्यक्षरुपमा जाइलागेपछि झडप सुरु भएको कुरा इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ ।
उक्त झडप नियन्त्रण गर्न इलाका प्रहरी कार्यालयको सम्पूर्ण प्रहरी शक्ति प्रयोग गरेर दर्जनौँ राउन्ड अश्रुग्यास प्रयोग गर्नु परेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख भीमकान्त सिलवालले बताए ।
बजारक्षेत्र तनावग्रस्त बन्दै गएपछि प्रहरी शक्तिसमेत अन्य क्षेत्रबाट थप्ने कार्य सुरु भएको र सम्भावित घटनालाई नियन्त्रण गर्ने तयारी प्रहरीले गरेको इलाका प्रहरी कार्यालय बेल्टारले गरेको छ ।
भीमकुमारीको शव पनि इलाका प्रहरी कार्यालय बेल्टारमा नै प्रहरीको नियन्त्रणमा राखिएको प्रहरीले बताएको छ ।
पाँच दिनअघि भीमकुमारी कटुवालको मोरङको सिजुवामा बस्दै आएका आफ्नै देवर सुवास कटुवालले फोनबाट बोलाएर नजिकैको बेतौनाको जङ्गलमा लगेर बीभत्स तरिकाले हत्या गरी आफुले विष सेवन गरेका थिए ।
अहिले सुवासको अस्पतालमा उपचार भइरहेको छ भने भाउजूको हत्या आफूले नै गरेको स्वीकार गरेको पनि प्रहरीले बताएको छ ।
उदयपुर, ११ असोज ।
सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुर जिल्लाको हर्देनी–२ स्थित ठाँटीमा निरन्तर पहिरो झरेर अवरुद्ध बनेको सडकखण्ड अझैसम्म पनि खुल्न सकेको छैन ।
एक हप्तादेखि उक्त सडकखण्ड खुल्न नसक्दा मालबाहक सामान समेत ढुवानीमा अवरुद्ध हुँदा उदयपुरको घुर्मी, ओखलढुङ्गाको हर्कपुर र खोटाङलगायतका स्थानमा उपभोग्य वस्तुको अभाव हुन थालेको सम्बन्धित क्षेत्रका जनताले बताएका छन् ।
पेट्रोल, डिजेल तथा अन्य उपभोग्य वस्तुको अभाव हुँदा उदयपुरको घुर्मी बजारलगायत हर्कपुर क्षेत्रमा समस्या हुन थालेको घुर्मीका सरेन्द्र खड्काले बताए ।
सिद्धिचरण लोकमार्ग खुल्न नसकेपछि अहिले घुर्मी, हर्कपुरलगायत खोटाङको हलेसी क्षेत्रमा व्यापारीले व्यापकरुपमा वस्तुको अभाव देखाएर कालोबजारी गर्न थालेको हलेसी च्यास्मिटार–३ का दीपेन्द्र चामलिङले बताए।
खानेतेल, पेट्रोल, डिजेललगायतका उपभोग्य वस्तुको मूल्य व्यापारीले दोब्बरले वृद्धि गरेको समेत चामलिङको भनाइ रहेको छ ।

यता लोकमार्ग अवरुद्ध हुँदा दसैँमा टाढा–टाढाबाट सिद्धिचरण लोकमार्ग हुँदै पहाडी क्षेत्रको ओखलढुङ्गा, सोलु र खोटाङ हिँडेका यात्रु बाटैमा बिचल्लीमा परेको घुर्मीका यातायात व्यवसायी कुमार लुङ्गेलीले बताए ।
केही यात्रु भने दुईचार दिनसम्म पनि सडक नखुलेपछि पैदल हिँडेर नै कठिन यात्रा गर्दै पहाडी क्षेत्र लाग्न थालेको समेत यातायात व्यवसायीले बताएका छन् ।
केही यात्रु भने दुईचार दिनसम्म पनि सडक नखुलेपछि पैदल हिँडेर नै कठिन यात्रा गर्दै पहाडी क्षेत्र लाग्न थालेको समेत यातायात व्यवसायीले बताएका छन् ।
उदयपुर, ९ असोज ।
जिल्ला अस्पतालमा प्रसूति सेवा लिन आउने बिरामीको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएपछि यसको व्यवस्थापनमा निकै समस्या हुन थालेको छ ।
प्रसूति सेवाका लागि आउने बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएसँगै प्रसूति कोठामा राखिएका शय्याले समेत बिरामीलाई धान्न छाडिसकेको सम्बन्धित चिकित्सक बताउँछन् ।
अस्पतालका अनुसार विगतका वर्षमा सामान्य प्रसूति सेवा र प्रजनन सेवाको मात्र व्यवस्थापन हुँदै आएको थियो ।

पछिल्लो चरणमा जिल्ला अस्पतालमा शल्यक्रिया सहितको सेवा व्यवस्थापन भएपछि अहिले जिल्लाभित्र र बाहिरबाट समेत सेवा लिन आउने बिरामीको सङ्ख्या वृद्धि भएको अस्पतालका प्रमुख डा विष्णुबहादुर बस्नेत बताउछन ।
छ जनासम्म मात्रको शय्या र क्षमताको कोठामा सञ्चालन हुँदै आएको प्रसूति कक्षमा अहिले दैनिक १० देखि १५ जनासम्म प्रसूतिका बिरामी आउन थालेपछि कतिपय बिरामीलाई शय्याको अभावमा समेत अन्य कोठामा लगेर उपचार गर्न बाध्य हुनुपरेको सम्बन्धित चिकित्सक बताउँछन् ।
अहिले दैनिक १० जनासम्म प्रसूति सेवाका लागि आउने गरेकामध्ये दुईदेखि तीन जनासम्म शल्यक्रियाबाट तथा बाँकीको साधारण सेवाबाटै उपचार हुने गरेको अस्पताल प्रमुख डा बस्नेत बताउछन्।