
बनेपा, १६ फागुन ।
काभ्रेपलाञ्चोकमा मङ्गलबार हुने भनिएको नेपाल पत्रकार महासङ्घको अधिवेशन स्थगित भएको छ ।
जिल्ला अधिवेशन सम्पन्न गर्न आवश्यक तयारी पूरा हुँदा समेत पत्रकार महासङ्घ केन्द्रीय समितिको ढिलासुस्तीका कारण ६० जना नयाँ सदस्यको नामावली प्राप्त नभएकाले महासङ्घको जिल्ला अधिवेशन स्थगन भएको नेपाल पत्रकार महासङ्घ, काभ्रेपलाञ्चोकद्वारा जारी विज्ञप्ति जनाइएको छ ।
पत्रकार महासङ्घ, काभ्रेपलाञ्चोकका अध्यक्ष नारायण सापकोटाले गत १२ गते बसेको बैठकले सर्वसम्मतीमा नयाँ सदस्यको नामावली नआए अधिवेशन स्थगन हुने जानकारी गराउँदा पनि महासङ्घ केन्द्रबाट भएको बेवास्ता र ढिलासुस्तीका कारण अधिवेशन स्थगित भएको बताए ।
जिल्लामा लामो समयदेखि नयाँ सदस्यको विषयलाई लिएर विवाद भएको थियो ।

- बनेपा, १० पुस ।
काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्र मानिने महाभारत शृङ्खला डाँडापारिका अधिकांश गाविसमा स्थानीय बासिन्दा अझै पनि शौचालयको प्रयोग गर्दैनन् ।
भौगोलिक कठिनाइ तथा आर्थिक–यातायात र जनचेतनाको अभावका कारण डाँडापारिका गाविसमा शौचालय निर्माण हुन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, धुलिखेलका अधिकृत रामकाजी काफ्लेले जानकारी दिए ।
केही वर्षअघि मात्रै जिल्लामा २५ प्रतिशत शौचालय भएकामा अहिले धेरै शौचालय बनेको उनले बताए । डिभिजन कार्यालयका अनुसार जिल्लामा ८० हजार सात सय २० मध्ये आठ हजार चार सय ६४ घरधुरीले शौचालय बनाएका छैनन् ।
भूकम्पका कारण १७ हजार सात सय ४९ शौचालय पुनःनिर्माण हुँदैछन् । दुर्गम क्षेत्र गोकुले, घर्तीछाप, फोक्सिङटार, साल्मेचाकल, साल्धारा, सिसाखानी, महादेवस्थानका केही तथा बालुवापाटी देउपुरका केही घरधुरीले समेत शौचालय प्रयोग गर्दैनन् ।
काफ्लेले खुला दिसामुक्त घोषणा नभएका गाविसमा गाविसस्तरीय सम्मेलन गरेर कार्ययोजना बनाउने काम थालिएको जानकारी दिए ।
जिल्लामा अहिलेसम्म २७ गाविस खुला दिसामुक्त भएका छन् भने छ गाविसमा घोषणाको तयारी हुँदैछ ।

- काभ्रे, २८ मंसिर ।
स्थानीय शिक्षकको नेतृत्वमा स्कुलको खेलमैदानमा नाम्लोले बाँधेर मलमूत्र खुवाउँदै छातीमा लात्तीले हानेर घाइते बनाइएकी काभ्रे सानो वाङथलीकी लक्ष्मी परियारको मृत्यु भएपछि मानवअधिरकर्मी टोलीले सोमबार स्थलगत अध्ययन गरेको छ।
टोली लक्ष्मीको घरमा पुग्दा ताला लगाइएको थियो। कुटपिट गर्ने शिक्षकसहित मृतकका श्रीमानलाई पनि प्रहरीले हिरासतमा लिएकाले तीन बालक छिमेकीको घरमा शरणार्थी बनेका छन्।
आयोगका अधिकृत नितु गर्तौला, दीपकुमार यादव, मुक्तिनाथ श्रेष्ठ, काभ्रेका मानवअधिकारकर्मी भोजराज तिमल्सिना, राष्ट्रिय दलित आयोगका सदस्य रुपबहादुर परियार, मणित बि.क र कोपिला बि.क लगायतको टोली घटनास्थल पुगेको हो।
गत मंगलबार स्थानीय शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले बोक्सी भन्दै लक्ष्मीलाई मलमूत्र खुवाएर कुटपिट गरेका थिए । लक्ष्मीको शुक्रबार बिहान मृत्यु भएको थियो ।
उनीसँगको कुराकानीपछि प्रत्यक्ष रुपमा दिसा खुवाएर कुटपिट गरेको देख्ने ३० वर्षिय शान्ता परियार- मेरो जहिले पनि ढाड दुख्ने समस्या थियो । औषधी उपचार गर्दा पनि नहुने ।
चौटोलमा ढाड दुखेको भन्दै विद्यालय भन्दा माथिपट्टि म र आमासँग हुनुहुन्थ्यो । हिरा सर र उनकी आमा काइली मायाँ लामा मोटरसाइकलमा तलतिर झर्दै थियो । हामी पहेली तामाङको घरमा गफ गरी रहेका थियौं ।
सरले तल जाने होइन लक्ष्मीले गाली गलौज गरेर अपशक्द बोल्नु भएको छ महिला समूहले मिलाउन जाने होइन भने । म माइती पटिको आमासँगैँ थिए घरबाट आएको । तर उनीहरुको केही होला म एउटा कामले आएको किन जानु भनेर गएन ।
केही समयपछि बच्चाको चिच्याएको आवाज मेरो काममा पर्यो । म त्यहाँ पुग्दा पोलमा डोरीले बाँधेर प्लाष्टिकमा दिसा दिएर हिराको आमाले खुवाउने हिराले समात्ने छातीमा हिर्काउने गर्दै रहेछ।
शिक्षक भएर किन यस्तो गरेको भने । त्यसमा आमाले मुखमा खुवाउन र अनुहारभरि दलेको देखे । फेरि हिरासरले लक्ष्मीलाई छातीमा हिर्काउने, थिच्ने र कपालमा कुल्चीने गरेको देखेर मैले सहनै सकेन ।
रिसले खप्न सकेन मैले भने महिला माथि किन यसरी हात हालेको भन्दा हिराले मलाई तिमीले देखेको छ के छ तिमीसँग प्रमाण भनेर कुटला झै गरे।
मैले दोहोराएर फेरि भने तपाई जस्तो विद्यालयमा पढाउने शिक्षक अनि लेखापालजस्तो मान्छे भएर हातपात गर्ने र दिसा खुवाउने फेरि मैले भने तपाईको आमाको छातीमा यसरी पिटेको भए के हुन्थ्यो ? तपाईले डोरीले बाँधे र पिटने भन्दै मैले छुटाए।
पछि उनले विद्यालय नजिक रहेको छेडुब लामाको घरमा रहेको चिरपट लिएर गएको र भाग्दा भाग्दै खुट्टामा तिन चार पटक हानेको देखे पछि लक्ष्मीले पनि ढुंगाले हिँर्काउदा के भयो म मेरो घर लागे अरु मैले केही देखिएन अध्यारो थियो।
उनका छोरा १० वर्षिय सुमनले आमाको टाउँकोमा ठूलो घाउँ, घाँटीमा निलडाम देखिएको भने पछि मात्रै थाहा पाए । मैले लक्ष्मीलाई के भएको भनेर चोटपटक लाग्यो वा लागेन भन्ने हेरिएन छुटयाएको मात्रै थिय।
काभ्रे १६ मङ्सिर ।
काभ्रे जिल्लाका चन्देनी मन्डन, ज्याम्दी मन्डन र जैसीथोक मन्डनका १९ वटा सामुदायिक स्कुलका शिक्षक एवम् विद्यार्थीहरुलाई लक्षित गरी सञ्चालित विद्यालयमा आधारित मनोपरामर्श तालिम सम्पन्न भएको छ ।
१३ दिनसम्म सञ्चालित उक्त कार्यक्रममा एकसय भन्दा बढी शिक्षक तथा ६ सयभन्दा बढी विद्यार्थीहरुलाई १ दिने मनोपरामर्श तालिम तथा मनोविमर्श सेवा प्रदान गरिएको थियो । कार्यक्रम जिल्ला शिक्षा कार्यालय काभ्रेको समन्वयमा इको हिमाल नेपालको आयोजनामा सञ्चालन भएको हो ।
मनोविद् गोपाल ढकालले तालिमलाई सहजीकरण गर्नुका साथै मनोपरामर्श सेवा प्रदान गरेका थिए । विद्यार्थी तथा शिक्षक शिक्षिकामा तनावजन्य समस्या, डर, चिन्ताको समस्या, मानसिक आघात, पढाइजन्य, भावनात्मक एवम् व्यवहारिक समस्या पाइएको मनोविद् ढकालले बताए ।
काभ्रे भू–कम्पबाट बढी प्रभावित जिल्ला मध्येको एक हो । तालिम समापनको अवसरमा आयोजित विशेष कार्यक्रममा काभ्रे जिल्लाका जिल्ला शिक्षा अधिकारी डा.दीपेन्द्र गुरुङ, इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकाल, गा.वि.स. सचिव, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, पत्रकार लगायतका व्यक्तिहरुको ठूलो उपस्थिति रहेको थियो ।
तालिममा सहभागी शिक्षकहरुलाई प्रमाणपत्र वितरण गर्दै जिल्ला शिक्षा अधिकारी डा. गुरुङले तालिममा सिकेका कुराहरु व्यवहारिक रुपमा प्रयोग गर्न शिक्षकहरुलाई सुझाव दिए ।
साथै उनले यस कार्यक्रमले शिक्षक एवम् विद्यार्थीहरुको मनोसामाजिक सु–स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकोले यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुपर्ने बताए । र यसको लागि आफूले सक्दो पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका थिए ।
काठमाडौँ, २८ असोज ।
काठमाडौँबाट काँभ्रेपलाञ्चोकको पलाञ्चोकतर्फ जाँदै गरेको बा ४ ख १९१३ नम्बरको कीर्तिपुर यातायातको बस आज अपरान्ह पाँचखाल नगरपालिका–१६ भान्साघर भन्ने स्थानबाट खसेर दुर्घटना भएको छ ।
बस सडकबाट करिब १५० मिटर तल खसेको काभ्रे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १० जनाको उद्धार गरी धुलिखेल अस्पताल ल्याउँदै गरिएको र केही यात्रु अचेत रहेकाले मृत्यु भएको हो वा होइन भन्ने पुष्टि भएको छैन ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।
काठामाडौं, ३१ साउन ।
काभ्रेमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३३ पुगेको छ। बनेपाबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बा.३ ख. १०६ नम्बरको बस काभ्रेको देउरालीमा सोमबार दिउँसो दुर्घटना भएको थियो।
‘अहिलेसम्म ३३ वटा शव निकालियो, सेनाको हेलिकप्टरले घाइतेको उद्धार गरी काठमाडौं लगेको छ,’ घटनास्थलबाट दीपक पहारीले इमान्दार मिडियालाई जानकारी दिएका छन् ।
उनका अनुसार बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।
घटनास्थल बिर्ता देउराली गाविस वडा नम्बर ९ मा पर्छ। उनका अनुसार स्थानीय र कात्तिके देउरालीबाट गएको प्रहरी टोली उद्धारमा जुटेको छ।
पहरीका अनुसार बस नानपुरे खोलामा खसेको थियो। घाइतेलाई खोलाबाट उद्धार जारी छ। ३६ जना घाइतेलाई उद्धार गरी काठमाडौं पठाइसकेको पहरीले बताए।


