
स्पेनिस ला लिगाको बाजी रियल म्याड्रिड र बार्सिलोनामध्ये कसले मार्ने हो? यसको निर्णय आज राती हुने भिन्दा भिन्दै भिड्न्तपछि टुँगो लाग्नेछ।
स्पेनिस ला लिगाको निर्णायक खेलअन्तर्गत रियलले आज राती ११ बजेर ४५ मिनेटमा मालागा क्लबको घरेलु मैदान ला रोसालेडामा खेल्दैछ। रियल ३७ खेलमा ९० अंक जोडेर शीर्ष स्थानमा छ।
रियललाई अंक तालिकामा पछ्याइरहेको बार्सिलोनाको ३७ खेलबाट ८७ अंक छ। ऊ ३ अंकले मात्र आफ्नो प्रतिद्वन्दीभन्दा पछाडि छ। आज राती सोही समयमा बार्सिलोना आफ्नो घरेलु मैदान क्याम्प नोउमा एइबारविरुद्ध खेल्दैछ।
रियल म्याड्रिड लिगको मध्यमा रहेको मालागासँग पराजित भए र बार्सिलोनाले लिगको आठौं स्थानमा रहेको एइबारलाई पराजित गरेको खण्डमा मात्र बार्सिलोनालगातार तेस्रो पल्ट उपाधि जित्न सफल हुनेछ।
रियल आज बराबरीमा खेल राखे मात्र उपाधि जित्न सफल हुनेछ। जोसे माउरिन्होको प्रशिक्षणमा रियलले पछिल्लो पल्ट २०१२ मा घरेलु उपाधि जितेको थियो। यतिबेला जिनेदिन जिदानको प्रशिक्षणमा रियल ५ वर्षपछि उपाधि जितको नजिक छ।
बार्सिलोना भने २०१५ देखि ला लिगा विजेता हो। उसलाई यसपालि एक खेल बाँकी रहेको अवस्थामा रियलले अंक तालिकामा उछिनेको छ। आज बार्सिलोनाका प्रशिक्षक लुइस एनरिकको क्याम्प नोउमा अन्तिम खेल पनि हो। उनले यसअघि नै सिजनको अन्त्यमा सन्यासको घोषणा गरिसकेका छन्।
३ वर्षअघि बार्सिलोनाको प्रशिक्षक नियुक्त भएका एनरिकले यस अवधिमा क्याटलान क्लबलाई २ वटा घरेलु उपाधि र एउटा च्याम्पियन्स लिगको उपाधि जिताएका थिए। तर, अन्तिम वर्ष उनी उपाधि बिहिन बन्ने सम्भावना बलियो छ। आज बार्सिलोनाले उपाधि जितेको खण्डमा उनको लागि ठूलो उपहार हुनेछ।

काठमाडौं, ४ फागुन ।
थाइल्यान्डकी पुन्निन् कोभापितुक्टेड नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट– २ को महिला सिंगल्समा मंगलबार दोश्रो चरणमा प्रवेश गरेकी छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा पुन्निन्ले जापानकी मिओ कोजाकीलाई ६–० र ६–१ को सोझो सेटमा सहजै पराजित गरिन् ।
सोही स्पर्धाको अन्य खेलमा भारतकी किरण कलकलले नेपालकी अभिलाषा विष्टलाई ६–१ र ६–१, भारतकी गौरी भग्ताले नेपालकी इरा रावतलाई ६–१ र ७–६ (१) तथा चीनकी मिङक्यु याङले भारतकी यशस्वनी पन्वारलाई ६–२ र ६–२ को सेटमा हराउदै दोश्रो चरणमा पुगे ।
अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा चीनका ग्वाङलिन वेनले भारतका आदित्य सत्पाथीलाई ५–७, ६–३ र ६–३, भारतका दीपिन वाध्वाले युकेका कायल स्टोकरलाई ७–६ (२) र ६–४, भारतका इशान सेठीले नेपालका सम्यकभूषण वज्राचार्यलाई ६–० र ६–० तथा भारतका आदित्य ऐयरले भारतकै अर्णव पठाङ्गेलाई ६–३ र ६–३ को सेटमा पाखा लगाए ।
महिला डबल्समा भारतका अन्निका कनान र जान्भी पटेल, चीनका झोङयु र जिङ याङ, भारतका गौरी भग्ता र माल्भिका शुक्ला, थाइल्यान्डकी पुन्निन् कोभापितुक्टेड र जापानकी मिओ कोजाकी, चीनकी युजिआओ र जिङयी वाङ, भारतका रिचा दादासाहेब छौगुले र किरण कलकल तथा चीनकी झुन्छी गुओ र भारतकी मिशा सुदको जोडी क्वाटरफाइनलमा पुगे ।
पुरुष डबल्समा भारतका तीर्थ मार्चेला र कविर मनराय, भारतका अर्णव पठाङ्गे र आर्यन पठाङ्गे, भारतका गुन्जन जाधव र अथर्व शर्मा, चीनका पेनग्यु लु र ग्वाङसेन वेन, अमेरिकाका अर्जुन मारियाप्पा र थाइल्यान्डका माइकल माथायोम्चन्द, भारतका आदित्य ऐयर र पीयूश सुरेन्द्र सलेकर, जापानका रियु लिजुमी र चीनका ग्वाङलिन वेन तथा युकेका कायल स्टोकर र पोल्यान्डका मिचल वोज्नियकको जोडीले क्वाटरफाइनल यात्रा तय गरे ।

- काठमाडौं, ५ माघ ।
अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले अमेरिकाको पोर्टल्यान्डमा भएको ११ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपमा भिसाका कारण सहभागिता जनाउन नपाएका ५ खेलाडीलाई मंगलबार नगद पुरस्कार प्रदान गरेको छ ।
पोर्टल्यान्डमा गत अक्टोबर १४ देखि १५ तारिखसम्म भएको उक्त प्रतियोगिताका लागि छनोट भएर पनि भिसाका कारण सहभागिता जनाउन असमर्थ खेलाडीलाई आईओएफटीसीले पूर्व घोषणा गरे अनुसारको नगद पुरस्कार प्रदान गरेको हो ।
२०७२ सालको मंसिर ५ गते लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको प्रथम राष्ट्रिय मैत्री तेक्वान्दो प्रतियोगितामा पहिलो भएका ३ पुरुष र २ महिला गरी ५ खेलाडी छनोट भएका थिए ।
पुरुषको ६८ केजीमुनि प्रेमबहादुर नेपाली, ८० केजीमुनि रजिन सिंह र ५८ केजीमुनि माधव तिमल्सिना छानिएका थिए । महिलाको ४७ केजीमुनि पार्वती पाण्डे र ५३ केजीमुनि रञ्जना थापा छनोट भएका थिए ।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले खेलाडीलाई जनही १ लाख रुपैयाँ र प्रशंसा पत्र प्रदान गरे । पार्वती भने परीक्षाका कारण कार्यक्रममा उपस्थित भइनन् ।
सोही अवसरमा रियो ओलम्पिक– २०१६ मा सहभागी भइ उत्कृष्ट प्रदर्शन गरेको भन्दै तेक्वान्दो खेलाडी निशा रावललाई पनि नगदसहित सम्मान गरिएको थियो । आईओएफटीसीका टुर्नामेन्ट डाइरेक्टर दिवाकर महर्जनले उपलब्ध गराएको ५० हजार नगद उपाध्यक्ष शेर्पाले निशालाई हस्तान्तरण गरे ।
त्यस्तै पोर्टल्यान्डको प्रतियोगितामा भिसाकै कारण सहभागिता नजनाएका टिम प्रशिक्षक अष्टबहादुर महर्जन र व्यवस्थापक अर्जुनभक्त राई पनि प्रशंसा पत्रबाट सम्मानित भए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष शेर्पाले विदेशमा रहेर पनि नेपाली तेक्वान्दोको विकास र विस्तारमा निरन्तर सक्रिय रहेकोमा आईओएफटीसीलाई धन्यवाद दिदै सन् २०२० को ओलम्पिकका लागि नेपाल ओलम्पिक कमिटीले तेक्वान्दो खेललाई विशेष प्राथमिकतामा राखेको बताए ।
आईओएफटीसीका बोर्ड डाइरेक्टर राष्ट्रकुमार राईले भिसाका कारण खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन नपाउनु खेल जीवनको अन्त्य नभएको बताउदै यसबाट निराश नभइ आफ्नो खेलमा ध्यान केन्द्रीत गर्न खेलाडीलाई सुझाए ।
काठमाडौँ, १ पुस |
भारतलाई जीतका लागि १ सय ७३ रनको लक्ष्य दिएको नेपाल युथ–१९ एसिया कपमा ६ विकेटले पराजित भएको छ। भारतले ३३.३ अोभरमा ४ विकेट गुमाउँदै १७४ रन लिएको छ।
श्रीलंकासँग विहीबार मात्र १ रनले पराजित भएको नेपाल उच्च मनोवलका साथ मैदानमा प्रवेश गरेको थियो। टस जितेर पहिलो ब्याटिङ गरेको नेपालको सुरुवात राम्रो हुन सकेन।