EXCLUSIVE: उलेन्स स्कुलको ब्रह्मलुट, प्रीनर्सरी पढ्ने विद्यार्थीकै मासिक शुल्क २६ हजार !

  • बिनिता सिंह, ललितपुर । 
नेपालमा पछिल्लो समय सबै भन्दा बढी लुटधन्दा फस्टाएको यदी कुनै क्षेत्र छ भने त्यो हो निजी बिद्यालय । राजधानीमा कयौ यस्ता स्कुल, कलेजहरु छन् जसले शिक्षाको नाममा सोझासाझा जनताको करोडौ लुटीरहेका छन् ।

आम मानिसको जीवनमा सबैभन्दा महत्वपुर्ण पाटो सिक्षा तर यो क्षेत्र अहिले यसरी विकृत बन्दै गइरहेको छ कि निम्न बर्गका मान्छेहरुका निम्ती 'आकाशको फल, आखा तरि मर' को अवस्थामा पुग्यो भन्दा सायदै फरक नपर्ला ।

पछिल्लो समय नेपालमा निजी तथा सरकारी सिक्षाबिचको विभेदलाई लिएर विभिन्न विद्यार्थी संगठनहरु थुप्रै आन्दोलन पनि गर्दै आएका छन् । बिद्यार्थी संगठन राजनीतिक पार्टीहरुको 'अण्डर'मा चल्ने भएकाले यहाँ पनि पैसा र पावरले काम गरेको देखिन्छ । अर्थात तिनका नेताहरुलाई निजी बिद्यालयका मालिकहरुले किन्ने गरेका छन् र यो समानताको आन्दोलन पनि तुहिने गरेको छ । 

यस्तै लुट धन्दा मच्चाउदै आइरहेको निजी क्षेत्रको उलेन्स स्कुलले अभिभाबकबाट ब्रह्मलुट गरेको तथ्य फेला परेको छ । इमान्दार मिडियालाई प्राप्त प्रमाणअनुसार उक्त स्कुलले प्रीनर्सरीमा बढ्ने बच्चाको मासिक शुल्क २६ हजार लिएको भेटिएको हो ।

स्रोतले इमान्दार मिडियालाई उपलब्ध गराएको बिलमा उलेन्स स्कुलको प्रीनर्सरी कक्षामा अध्ययनरत एकजना बिद्यार्थीको मासिक शुल्क रु २६ हजार ७० रहेको प्रष्ट देखिन्छ । 'यो त हदैसम्मको लुटधन्दा हो तर हामीले यसबारेमा केहिपनि बोल्न मिल्दैन ।' स्रोतले इमान्दार मिडियासँग भन्यो -'प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको स्कुल हो यो । उँहाको बिरुद्धमा बोल्ने हिम्मत कसको हुनु ?' 


ललितपुरस्थित उलेन्स स्कुलले नेपालका राजनीतिक पार्टी र तिनका उच्च तहका नेताहरुको आडमा लुट मच्चाईरहेको नाम नबताउने सर्तमा एक अभिभाबकले सुनाए । 'ठुल्ठुला पार्टी र तिनका ठुलाठाला नेताहरुका छोराछोरी मात्र यो स्कुलमा पढ्छन । त्यो बाहेक मन्त्रालयका सचिव, सह-सचिव र ठुला व्यापारीहरुका बालबच्चाले पनि पढ्न पाउने भए, जोसँग अथाह सम्पति छ । ' उनले भने ।

यसरी बर्षौदेखि लुटधन्दाको खेतीपाती गरिरहेको उलेन्स स्कुलमा प्रधानमन्त्री पत्नी आरजु राणाको ७५ प्रतिशत लगानी रहेको स्रोतले यसअघि नै इमान्दार मिडियालाई बताइसकेको छ । 

निम्न आए भएका र सामान्य परिवारका अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई उत्कृष्ट स्कुल कलेजमा पढाउने सपना देखेका हुन्छन् नै । त्यसैले उलेन्स जस्ता स्कुलले उनीहरुबाट लुटधन्दा मच्चाउन सुरु गर्छन् ।

शिक्षा आम नागरिकको नैसर्गिक अधिकार हो त्यसैले यसलाई समान बनाउनुपर्छ भनेर विभिन्न आन्दोलनहरु भइरहेका छन् तर शैक्षिक माफियाहरुले यी आन्दोलनहरुलाई पनि तुहाउन सफल हुदै आफ्नो लुट धन्दालाई निरन्तरता दिइरहेका छन्, सम्बन्धित निकाय भने तैँचुप-मैँचुपको अवस्थामा छ  ।

उलेन्स स्कुल त एउटा उदाहरण मात्र हो, सिक्षामाथि लुटपाट मच्चाउने यस्ता स्कुल कलेजहरुको हर्कतको पर्दाफास गर्न हामी निरन्तर फलोअपमा छौं ।

२०७४ भदौ २९ गते प्रकाशित

यो पनि पढ्नुहोस्

, ,

प्रतिकृया दिनुहोस्

Loading...