मालपोत अधिकृत घिमिरेमाथि जनपरिषदले दल्यो कालोमोसो ! ६ कारणसहित


नवलपरासी ।

जनपरिषदले मालपोत अधिकृत खगेन्द्रराज घिमिरेलाई भ्रष्टाचारीको आरोमा कालोमोसो दलेको छ ।

नेपाल कम्युनिस्ट पार्टीनिकट जिल्ला जनपरिषद्ले बिहीबार घिमिरेकै कार्यकक्षमा गएर कालो मोसो दलेको छ । स्थानीयको व्यापक मात्रामा गुनासो र उजुरी आएपछि कारवाही गरिएको जनपरिषद्द्वारा वितरित पर्चामा भनिएको छ ।

कालोमोसो दलेपछि घिमिरेविरुद्ध नाराबाजी गर्दै जनपरिषद्का कार्यकर्ता बाहिरिएको प्रत्यक्षदर्शीले बताए । जनपरिषद्ले मोसो दल्नुका पछाडि ६ वटा कारण उल्लेख भएको पर्चा मालपोत कार्यलयमा भेटिएको छ ।

आरोपको पहिलो नम्बरमा सुकुम्वासी आयोगले दिएको जग्गामा किर्ते कागजात बनाई श्रेष्ठता कायम गराउन अधिकृत घिमिरेले सघाएको उल्लेख छ । घुस खान मालपोत आउने सेवाग्रहीलाई सुनियोजित रुपमा दुःख दिने गरेको आरोप घिमिरेमाथि लगाइएको छ ।

घिमिरेले कुर्सीमा बसेर जग्गा रजिष्ट्रेसन पास गर्दा राजश्व छलेर आफ्नो खल्तीमा पार्न पिच बाटोलाई कच्ची र कच्चीलाई बाटो नै नभएको भनी प्रमाणित गरेको, नियतबस पुँजीगत लाभकर कम पारेर राज्यलाई राजश्वमा क्षति पुर्याएर धेरै रकम आफ्नै गोजीमा पारेको तथा मालपोतमा सेवा लिन आउनेसँग काममा अनावश्यक ढिलाई गरी छिटोका लागि घुस खाएकोलगायत आरोप पर्चामा लगाइएको छ । 

गल्ती स्वीकार गरेर जनतामाझ् माफी माग्नुपर्ने र सम्बन्धित निकायले उनलाई अपराधबमोजिम कडा कारवाही गर्नुपर्ने अन्यथा थप कदम चाल्ने चेतावनी जनपरिषद् नवलपरासीले दिएको छ ।

भ्रष्टचारी, घुसखोर, माफिया, दलाल, राष्ट्रघाती/जनघाती तथा सामाजिक अपराधीलाई राज्यले कारवाही गर्नुको सट्टा मौन बस्ने र उल्टै पुरस्कृत गर्दै लगेको भन्दै भदौदेखि कार्तिक मसान्तम्म जनजागरण र प्रतिरोध अभियान चलाउने घोषणा गरिसकेको अवस्थामा यो घटना भएको हो ।

कालोमोसो घिमिरेको अनुहार र सर्टमा पूरै लागेको छ । उनी आफ्नै कार्यकक्षमा कुर्सीमा बसिरहेको बेला लगाइएको हो ।

हेर्नुहोस् बिज्ञप्ति

२०७४ भदौ २९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...