रौतहटमा भएको सवारी दुर्घटनामा एकको मृत्यु

काठमाडौ २४ पौष ।

रौतहटमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।
पुर्व–पश्चिम राजमार्ग अन्तरगत चन्द्रनिगाहपुर–निजगढ सडक खण्डको धन्सार जङ्गलक्षेत्रमा रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किदा रामेछाप का २९ बर्षीय मीना तामाङ्गको मृत्यु भएको हो ।

विराटनगरबाट काठमाडौं आउदै गरेको ना ५ ख २७२ नम्बरको यात्रुबाहक बसले चन्द्रनिगाहपुरबाट ११ किलोमिटर पश्चिमतर्फको जङ्गलक्षेत्रमा रोकिराखेको ना ४ ख १० ५९ नम्बरको ट्रकलाई ठक्कर दिदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसमा सवार यात्रु रुपा मगर, गणेश खत्री, खडक बहादुर कार्की, सुदिप कटुवाल, हरि बास्कोटा, गणेश पन्डित, मनिन्द्र पोखरेल घाईते भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । घाईतेहरुको अहिले चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

Loading...