प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलवीच छलफल हुँदै
काठमाडौं, २४ पौष ।
प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीच आज पनि छलफल हुँदैछ । कार्यदल गठन भएपछि छलफललाई तिब्रता दिदै आएको कार्यदलको बैठकमा मोर्चाले उठाएका ११ बुँदे मागबारे छलफल हुने कांग्रेस केन्द्रीय सदस्य एवम् कार्यदलका सदस्य महेश आचार्यले जानकारी दिनुभयो ।
बैठक दिउँसो बस्ने भनिएपनि समय भने तय हुन सकेको छैन । यसअघि हिजो बसेको कार्यदलको बैठकमा राजनीतिक संयन्त्रमार्फत प्रदेश सिमाकंनको टुंगो लगाउने विषयमा मोर्चा सकारात्मक देखिएपछि आज फेरि छलफल हुन लागेको हो ।
बैठकमा प्रमुख तीन दलले बनाएको कार्यदलसँग मोर्चाले प्रदेश सिमाकंनलाई टुंग्याउन बनाइने राजनीतिक संयन्त्रको वैधता र कार्य्विधि पेश गर्न भने पछि वैठक आज बस्ने गरी टुंगिएको थियो ।
वैठकमा ११ बुँदे माग सम्बोधन गर्ने विषयमा गम्भीर छलफल भएपनि विश्वास गरि हाल्ने वावारणको निर्माण नभएको मोर्चाका नेताहरुले वताएका छन ।
प्रतिकृया दिनुहोस्
Loading...