समभावको महसुस

शोभा शर्मा 

म आफूलाई नेपाली भन्न चाहन्छु
शासक जो, शासन गर्छन् हामी माथि।
भन्छन्, तिमीहरू नेपाली होइनौ र हुन पनि सक्दैनौ
किन हुन सक्दिनँ, म सोध्छु, मेरो सरकारसँग।।
यही देशमा जन्मिए,हुर्किएर आफ्नो अस्तित्व बुझ्ने भएँ
पहिचानको अधिकार माग्दा गोली खाएँ।
रोजगारी र अपनत्व माग्दा उपेक्षा पाएँ
वर्ण, वर्ग र जातियता राजनीतिक भुमरीमा, यसरी फसेकी।।
आफूलाई नेपाली हुँ भन्नको लागि आन्दोलनको साहारा लिन पर्‍यो
नचाहँदा नचाहँदै आफ्नासँगै अधिकारको लागि भिड्नु पर्‍यो।
मलाई बस् पहिचान र आरक्षण चाहियो, यो देशको नागरिक कहलाउँन।।
बिभाजन होइन, बिबिधतामा एकताको डंका बजाउन
राष्ट्रियतालाई झन् झन् कसिलो बनाउन।
मलाई नेपाली हुनु छ, बस नेपाली हुनु छ।।
जब, यही कुराले राजनीतिक रंग लियो
मधेस, पहाड जताततै हाम्रो नाममा अनेक योजना बुनियो।
हाम्रो जायज मागलाई पुरा गर्नुको साटो
सरकार, कुम्मकर्ण झैँ निधाइरहेछ, कानमा तेल हालिरहेछ।।
छिमेकिले नकाबन्दी गर्‍यो अनि मधेसले त्यसलाई साथ दियो भनि
हर तवरले हाम्रो आन्दोलनलाई निश्तेज पार्न खोजिरहेछ।
काठमाडौं केन्द्रित सत्ता, हामी माथि घोर दमन गरिरहेछ
हामीलाई नेपाली होइनौ र हुँदै होइनौ भनिरहेछ, भनिरहेछ।।
सेतो पाटी बाट

,

प्रतिकृया दिनुहोस्

Loading...