एक जना यस्ता डाक्टर जो उपचार शुल्कबापत फोहोर लिन्छन्
इन्डोनेसिया निवासी २६ वर्षीया गमाल अलबिनसाइद पेसाले चिकित्सक हुन् । उनले स्वच्छताका लागि एउटा
उनी आफ्ना गरिब विरामीको उपचारका लागि पैसाको सट्टा त्यो वस्तु लिन्छन्, त्यसलाई सबैलाई आश्चर्यमा पारेको छ। उनी उपचारको सट्टा विरामीका अफन्तजनबाट फोहोर लिन्छन् ।
डाक्टर अलबिनसइदको यो सोचले पर्यावरण तथा स्वास्थ्यको क्षेत्रमा एउटा नयाँ क्रान्ति ल्याइदिएको छ। डाक्टर गमाल अलबिनसइदको यो आइडिया इन्डोनेसियाको दुई ठुला समस्याको सामना गर्न सहयोगी सावित भइरहेको छ।
इन्डोनेसियामा धेरै मानिस यस्ता छन् जो गरिबीका कारण स्वास्थ्यसम्बन्धी सुविधाको लाभ लिन सक्दैनन् । यस्ता मानिसका लागि डाक्टरको यो कार्यक्रम गार्बेज क्लिनिकल इन्श्योरेन्स जीसीआईले उपलव्ध गराएको छ । अलबिनसइदले फोहोरको सट्टा मानिसको इन्श्योरेन्सउ गराउँछन् ।
यसका लागि मानिसले रिसाइकल गर्न योग्य फोहोर क्लिनिकमा जम्मा गर्नुपर्ने हुन्छ । यो फोहोरबाट आउने प्लास्टिकको बोतलहरु र कार्डबोर्डलाई त्यस्ता कम्पनीमा बेचिन्छ, जसले रिसाइकल गरेर नयाँ उत्पादन बनाउँछन्। यसका साथै उपयुक्त फोहोरलाई उर्वरक मल बनाउने कम्पनीको काममा लिइन्छ ।
कुनै व्यक्तिले फोहोर दिएपछि त्यसको सट्टा उसले दुई महिनासम्म क्लिनिकको मूल स्वास्थ्य सुविधाहरुको लाभ उठाउन सक्दछ ।
गमाल यो सोच र प्रयासका लागि उनले अन्तर्राष्ट्रियस्तरमा कयौपटक सम्मानित भइसकेका छन् । त्यति मात्र होइन, उनको यो कामका लागि उनलाई सन् २०१४ मा बेलायती राजकुमार चार्ल्सले पनि सम्मान गरिसकेका छन् ।
इन्डोनेसियाई डाक्टरको सोच गरिबलाई गुणस्तरीय उपचारका साथै पर्यावरण पनि सुरक्षित राख्नु हो । अलबिनसइदको यो पहलपछि मानिसहरु आफ्नो कुँडाकर्कटका साथ बढी जिम्मेवार देखिएका छन् । नेपालमै जस्तो इन्डोनेसियामा पनि फोहोरको समस्या धेरै छ ।
त्यहाँ हरेक वर्ष समुद्र आसपासको क्षेत्रमा उत्पन्न हुने करिब ३२ लाख टन फोहोर समुद्रमा पुग्ने गर्दछ । यो संसारभरको समुद्रमा जाने फोहोरको १० प्रतिशत हिस्सा हो ।
यस्तो अवस्थामा डाक्टर गमालको माइक्रो हेल्थ इन्श्योरेन्स कार्यक्रम तिब्रताका साथ लोकप्रिय भइरहेको छ। जसको खुवै चर्चा भइरहेको छ ।
अलबिनसइदको उद्देश्य पनि यो कार्यक्रमलाई संसारभर फैलाउनु हो । उनीसँग अहिलेसम्म पाँच क्लिनिक छ । जहाँ ३ हजार ५ सय बढी विरामीको उपचार हुने गर्दछ । एजेन्सी
प्रतिकृया दिनुहोस्
Loading...