बंगबन्धु गोल्डकपमा आज नेपाल र मलेसियाको भिडन्त

काठमाडौं, २५ पुस

बंगलादेशमा शुक्रबारदेखि सुरु भएको बंगबन्धु गोल्डकप फुटबलमा आज पहिलो खेलमा शनिबार नेपाल र मलेसिया बिच भिडन्त हुने छ ।

नेपाल र डिफेन्डिङ च्याम्पियन मलेसियाबिचको खेल शामसुल हुडा रंगशालमा नेपाली समय अनुसार दिउँसो साढे २ बजेपछि सुरु हुनेछ ।

आयोजक बंगलादेशसहित आठ टोलीको सहभागिता रहेको प्रतियोगितमा नेपाल समूह ए मा छ । समूह ए मा नेपालसहित मलेसिया, श्रीलंका र आयोजक बंगलादेश छन् ।

यस्तै समूह बी मा  बंगलादेशको २३ वर्ष मुनिको टोली, कम्बोडिया, बहराइन र माल्दिभ्स छन् । विराट महर्जनको कप्तानी रहेको नेपाली टोलीमा अधिकांश २३ वर्षमुनिका  खेलाडी छन् ।

टोली बिहीबार बंगलादेश गएको थियो । एन्फासँगको विवादका कारण मुख्य प्रशिक्षक प्याट्रिक ओजेम्स अनुपस्थित रहेका कारण बालगोपाल महर्जनले नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी पाएका छन् ।

नेपालले यो प्रतियोगितालाई आउँदो माघ २३ गतेदेखि भारतमा हुने दक्षिण एसियाली खेलकुद सागको तयारीको रुपमा लिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...