बार्सिलोनाका स्वारेजमाथि दुई खेलको प्रतिबन्ध

काठमाडौँ २५ पुस ।

स्पेनिस क्लब बार्सिलोनाका स्टाइकर लुइस स्वारेजमाथि दुई खेलको प्रतिबन्ध लागेको छ । कोपा डेल रे फुटलब
अन्तर्गत बुधबार राति भएको खेलमा स्पानियोलका खेलाडीसँग झगडा गरेकोमा स्वारेजमाथि दुई खेलको प्रतिबन्ध लागेको हो ।

कोपा डेल रे अन्तर्गत स्पानियोलसँगको प्रिक्वाटर फाइनलको पहिलो लेगमा स्वारेज र स्पानियोलका खेलाडीबिच झगडा भएको थियो ।

बार्सिलोना ४–१ ले विजयी भएको खेल सकिएर फर्किने क्रममा टनेलमा स्वारेजले स्पानियोलका खेलाडीलाई धर्काएका थिए ।

स्वारेजमाथिको प्रतिबन्ध कोपा डेल रेका खेलमा मात्रै लागु हुने स्पेनिस फुटबल एशोसिएशनको अनुशासन कमिटिले जनाएको छ । बार्सिलोनाले भने स्वारेजमाथिको प्रतिबन्ध विरुद्ध अपिल गरेको छ ।

बार्सिलोनाले आफ्ना खेलाडी स्वारेजले स्पानियोलका खेलाडी माथि कुनै पनि आपत्तिजक शब्द प्रयोग नगरेको दाबी गरेको छ।

निकै तनावपूर्ण बनेको खेलमा स्वारेजलाई अभद्र गाली गर्ने स्पानियोलका हेर्नान पेरेज र पापे डिओप दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएका थिए । 

– एजेन्सीको सहयोगमा 

,

प्रतिकृया दिनुहोस्

Loading...