फाल्गुनन्द गोल्डकपमा आज ताप्लेजुङ र बिर्तामोड यूनाइटेड भिड्दै

पाँचथर, २७ पुस ।

फिदिममा जारी सातौं फाल्गुनन्द गोल्ड कप प्रतियोगिताको तेस्रो खेलमा सोमबार कर्ण्सिं सोनाम स्मृतिक क्लव ताप्लेजुङ र बिर्तामोड युनाइटेड झापा(११ बीच प्रतिस्पर्दा हुँदैछ ।

प्रतियोगिताको हिजो सम्पन्न खेलमा फिदिम स्पोर्टिङ क्लव बिजयी भएको छ । स्थानीय फिदिम उच्च माविको खेलमैदानमा सम्पन्न खेलमा माईभ्याली स्पोर्टिङ क्लव इलामलाई शुन्यका बिरुद्ध २ गोल गर्दै फिदिम स्पोर्टिङ बिजयी बनेको हो । जीत संगै फिदिम स्पोर्टिङले सेमीफाइनलको यात्रा तय गरेको छ ।

दोस्रो हाफको २२ औं मिनेटमा धिरज तामाङले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए भने खेलको इन्जुरी समयमा पिटर सेगनले दोस्रो गोल गर्दै फिदिम स्पोर्टिङको जीत सुनिश्चित गरे ।

यसअघि शनिबार सम्पन्न खेलमा विराट स्पोट्स एकेडेमी मोरङलाई ट्राइबे्रकरमा ४(२ गोल अन्तरले पराजित गर्दै पाहुना टोली कामरान फुटवल क्लव सिक्किम, भारत सेमीफाइनल प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको तेस्रो खेलमा आज कर्णसिं सोनाम स्मृतिक क्लव ताप्लेजुङले बिर्तामोड युनाइटेड झापा(११ को सामना गर्नेछ । प्रतियोगिता माघ २ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...