दरक्वाद तालिवानी कब्जाबाट मुक्त गरेको अफगानिस्तानी सुरक्षा फौजको दाबी
काठमाडौं, २७ पुस ।
अफगानिस्तानी सुरक्षा फौजले दरक्वाद जिल्लालाई तालिवानी लडाकुको कब्जाबाट मुक्त गरेको दाबी गरेको छ । उक्त जिल्ला ताजकिस्तानको सीमामा रहेको छ ।
दरक्वाद जिल्लालाई मुक्त गर्ने क्रममा गरिएको कारबाहीमा ४० जना तालिवानी लडाकु मारिएको प्रान्तीय सैनिक प्रवक्तालाई उधृत गर्दै बीबीसीले जनाएको छ ।
यसैबीच अफगानिस्तान, पाकिस्तान, चीन र अमेरिकाबीच तालिवानी मुद्धामा केन्द्रित भएर आज पाकिस्तानको इस्लामावादमा वार्ता हुदैछ ।
चार देशका प्रतिनिधि सम्मिलित वार्ता टोलीले तालिवानसँग रोकिएको शान्ति वार्ता पुनः शुरु गर्ने विषयमा छलफल हुने जनाइएको छ ।
गत वर्षदेखि तालिवानले अफगानिस्तानमा हिंसात्मक गतिविधिलाई तीव्रता दिदै आएको छ । सन् २०१४ को डिसेम्बरमा विदेशी सेना फर्किएपछि अफगानिस्तानको सुरक्षा फौजले तालिवानसँग संघर्ष गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...