मध्य तथा सुदूरपश्चिमी जिल्लामा व्यापक हिमपात

बाजुरा, २५ पुस ।

मध्य तथा सुदूरपश्चिमी जिल्लाका हिमाली क्षेत्रहरुमा शुक्रबार रातीदेखि हिमपात सुरु भएको छ ।

बाजुरा, बझाङ, दार्चुला, बैतडी, मुगु, कालिकोट लगायतका जिल्लामा बर्षासंगै हिमपात भएको हो । हिमपातसंगै मध्य तथा सुदूरपश्चिमका पहाडी भेगमा अत्याधिक जाडो बढेको छ ।

बाजुरा र दार्चुलाकाहिमाली क्षेत्रहरुमा दुई फिटसम्म हिउं जम्दा यातायातका साधन प्रभावित बनेको छ भने खच्चरका बाटो समेत बन्द भएको छ ।

हिमपातसंगै हिउँदे बर्षाले किसान भने हर्षित भएका छन् । जाडोका कारण सुदूरपश्चिमका सुकुम्वासी बस्ती, आरक्ष पिडित र वाढिपिडित बालबालिका तथा बृद्धबृद्धाले भने निकै सास्ती खेप्नु परेको छ ।

उता, हिमालपारीको जिल्ला मनाङमा पनि हिजो सांझदेखि फेरी हिमपात शुरु भएको छ ।  

,

प्रतिकृया दिनुहोस्

Loading...