एमाओवादी अध्यक्ष प्रचण्डसहितको टोली दाङ जाँदै
काठमाडौं, २५ पुस ।
एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड ५ नम्बर प्रदेशको प्रदेश समितिको बैठक तथा केन्द्रीय समितिले लिएका निर्णयहरु बारे नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिन आज दाङ प्रस्थान जाने भएका छन्।
अध्यक्ष प्रचण्डले दाङको घोराहीमा १४ जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण गर्नेछन् ।
उक्त कार्यक्रममा पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र महासचिव कृष्णबहादुर महरा पनि सहभागी हुनेछन।
यसअघि १ नम्बर प्रदेश, २ नम्बर प्रदेश र ३ नम्बर प्रदेशका बैठक तथा नेता र कार्यकर्ताहरुमा अध्यक्ष प्रचण्डले प्रशिक्षण दिई सकेका छन ।
प्रतिकृया दिनुहोस्
Loading...