अरब लिगका विदेश मन्त्रीद्धारा इरानको निन्दा
काठमाडौं,२७ पुस ।
केही दिन अघि राजधानी तेहरानमा रहेको साउदी अरबको दूतावास आक्रमणको विषयमा अरब लिगका विदेशमन्त्रीले इरानको निन्दा गरेका छन ।
साउदी दूतावासमा भएको आक्रमण बारे छलफल गर्न इजिप्टको राजधानी कायरोमा बसेको अरब लिगका विदेशमन्त्रीको आपतकालिन बैठकले घटनाको निन्दा गरेको वीवीसीले जनाएको छ ।
इरानका अधिकारीले साउदी दूतावासमा सुरक्षा दिन नसकेको अरब लिगका विदेश मन्त्रीको आरोप छ । लेबनान बाहेक लिगका अधिकांश देशले इरानको विरोध गरिएको प्रस्तावको पक्षमा मत दिएका छन् ।
साउदी अरबले शिया धर्म गुरु निम्र अल निम्रलाई मृत्युदण्डको सजाय दिएपछि इरानमा त्यसको विरोधमा प्रर्दशन भएको थियो ।
प्रदर्शनकारीले तेहरानमा रहेको साउदी दूतावासमा आगजनी गरेका थिए । घटनापछि साउदी अरबले इरानसँगको कुटनीतिक सम्बन्ध तोडेको थियो भने सिधा हवाई सेवा पनि बन्द गरेको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...