यसरी गोप्य रुपमा परिवर्तन गरिँदैछ स्वास्थ्य मन्त्रालयको संरचना

काठमाडौ, २७ पुस । 

संघीय व्यवस्थामा स्वास्थ्य संरचना कस्तो हुने भन्ने सिफारिस गर्न भइरहेको आधिकारिक अध्ययनलाई बेवास्ता गर्दे स्वास्थ्य मन्त्रालयका केही सीमित र प्रभावशाली व्यक्तिहरुले ‘गोप्य रुपमा’ नयाँ संरचनाको प्रस्ताव सामान्य प्रशासन मन्त्रालयमा पठाएका छन् ।

सामान्यलाई नयाँ संरचनाको प्रस्ताव मन्त्रिपरिषदमा अनुमोदनका लागि लैजान स्वास्थ्य मन्त्रालयले दबाब दिएको छ। यो घटनापछि स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा खेलाबैला मच्चिएको छ ।

स्रोतका अनुसार स्वास्थ्यसचिव र स्वास्थ्य सचिव निकट केही कर्मचारीको मिलेमतोमा तयार पारिएको संरचना परिवर्तनको प्रस्ताव अब बस्ने मन्त्रिपरिषदको बैठकमा पेस गर्ने तयारी छ ।

प्राविधिक जनशक्तिको जिम्मेवारी कटौती गरी प्रशासनतर्फकालाई हाबी गराउने उदेश्यका साथ नयाँ संरचना तयार पारिउको भन्दै उच्च अधिकारीहरु आक्रोशित भएका छन्। 

,

प्रतिकृया दिनुहोस्

Loading...