फाल्गुननद गोलडकपमा आज १ खेल

काठमाडौ २६ पुस।

पाँचथरमा जारी सातौं फाल्गुननद गोलडकप प्रतियोगितामा आज एक खेल हुदैछ ।

सदरमुकाम फिदिम स्थित फिदिम खेलमैदानमा हिजो देखि सुरु भएको प्रतियोगितामा आज माइभ्याली इलामा र आयोजक फिदिम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुदै छ ।

यसअघि हिजो भएको उद्घाटन खेलमा कामराङ फुटबल क्लब ( कएफसी) ले विराटनगर स्पोर्टस एकेडेमी मोरङलाई ४ ÷ २ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा गत वर्षको डिफेन्डिङ च्याम्पियन एपीएफ दमक, बिर्तामोड युनाइटेड क्लब झापा, केएसएस क्लब ताप्लेजुङ, माईभ्याली क्लब इलाम, चर्च ब्वमइज युनाइटेड क्लब काठमाडौ र आयोजक फिदिम स्पोर्टिङ क्लबसहित आठ टिमको सहभागिता रहेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...