सदस्यता विवाद मिलाउन काँग्रेस केन्द्रिय समितिको बैठक बस्दै
काठमाडौं, २६ पुस ।
पार्टीभित्रको सदस्यता सम्बन्धि विवाद मिलाउन नेपाली काँग्रेस केन्द्रिय समितिको बैठक आज बस्दै छ ।
आजकोे केन्द्रिय समितिको बैठकमा क्रियाशील सदस्यता विवादका विषयमा केन्द्रित रहेर छलफल हुने एक नेताले बताए ।
क्रियाशील सदस्यताको विषयमा पार्टी कार्यालयमा अहिले ६ वटा टोली अनसनमा बसेका छन भने शुक्रबारदेखि कैलालीको एउटा टोली फेरि थपिएको छ ।
आजको बैठकमा अनशनलाई लिएर सस्थापन पक्ष निकट केन्द्रिय सदस्यहरुले नरहरी आर्चायले प्रस्तुत गरेको क्रियाशील सदस्यता छानबीन समितिको प्रतिबेदन पुनरावलोकन गर्न माग गर्ने तयारी गरेका छन ।
यता शेर बहादुर देउवा पक्षीय नेताहरुले भने आर्चायले प्रस्तुत गरेको प्रतिबेदन जस्ताको त्यस्तै कार्यान्वयन गर्न माग गर्ने तयारी गरेका छन ।
आर्चायले प्रस्तुत गरेको प्रतिबेदनलाई पुनरावलोकन गर्दा आगामी फागुन महिनामा महाधिवेशन हुन नसक्ने देउवा पक्षीय नेताहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस्
Loading...