नेपाल टेलिकमको इन्टरनेट चलाउनेलाई खुसीको खबर

नेपाल टेलिकमले फाइबर टु द होम एफटिटिएच सेवाको महसुल दर परिमार्जन गरेको छ ।

टेलिकमले यही असार ३ गतेदेखि लागू हुने गरी दर परिमार्जन गरी प्याकेज बिक्री वितरण, सिपिइ महसुल तथा अप्टिकल फाइबरको दर कायम गरेको हो ।

यसअनुरुप १० एमबिपिएस ब्यान्डविथको १२० जिबी डाटाको तीन महिनाका लागि पाँच हजार १६०, २५० जिबीको छ महिनाका लागि नौ हजार १२० र एक वर्षका लागि ६०० जिबीको २३ हजार ४० कायम गरिएको छ । यसबाहेकका अन्य प्याकेज स्थगन गरिएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।

त्यसैगरी हाल उपलब्ध रहेका एफटिटिएच सेवाको सिपिइको शुल्क परिमार्जन गरी टेलिकमले नयाँ प्याकेज ल्याएको छ । उक्त प्याकेजअनुरुप तीन महिनाका लागि पाँच हजार, छ महिनाका लागि दुई हजार र १२ महिनाका लागि निःशुल्क गरिएको छ ।

टेलिकमले उपलब्ध गराएको सिपिइ बिग्रिएका खण्डमा एक महिनासम्म निःशुल्क रिपेयर तथा रिप्लेस गरिनुका साथै सो अवधिपश्चात् पाँच हजार लिएर रिप्लेस गरिने जनाएको छ ।

अप्टिकल फाइबरको महसुल दर एफटिटिएच सेवा जडान गर्दा ग्राहकलाई आवश्यक पर्ने टु कोर अप्टिकल फाइबर १०० मिटरसम्म निःशुल्क र सोभन्दा माथि प्रतिमिटर २० लिई सेवा सञ्चालन गरिनेछ । उक्त ग्राहकको फाइबर काटिएर चुँडिएर वा पुरानो भएर अवरुद्ध भई सेवा पुनःसञ्चालनका लागि फाइबर परिवर्तन गर्नुपरेमा प्रतिमिटर २० लिई सेवा सञ्चालन गरिने टेलिकमले जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...