ओलीको अर्कैसँग लभ परेपछि साथ छाड्यौंः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओली प्रतिगमनतिर ढल्किएपछि परिवर्तनका एजेण्डा बचाउन सरकारलाई दिएको समर्थन फिर्ता लिएर अविश्वास प्रस्ताव दर्ता गराएको बताएका छन् ।
सिंहदरबारस्थित काँग्रेस संसदीय दल कार्यालयमा शनिबार नयाँ सरकार गठनसम्बन्धी संवैधानिक प्रावधानबारे काँग्रेस र माओवादी निकट कानून व्यवसायीसँगको पराशर्मका क्रममा उनले ओलीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्वको विरुद्ध सक्रिय तत्वसँग घाँटी जोडेको र आफूहरुलाई हेप्न थालेकाले सरकार छाडेको बताए ।
‘ओलीजी प्रतिगमनतिर ढल्किनुभयो, संघीयता र गणतन्त्र नै ओझेलमा पार्ने षड्यन्त्र हुन थालेपछि सरकार छाड्यौं’, प्रचण्डको भनाइ उद्धृत गर्दै अधिवक्तासमेत रहका सांसद् एवं माओवादी नेता रामनारायण बिडारीले भने ।
यस्तै प्रचण्डले भूकम्पपीडित जनतालाई राहत दिने काममा बेवास्ता गरेको र संविधान कार्यान्यवनमा ध्यान नदिएको आरोप लगाए ।
बिडारीका अनुसार प्रचण्डले सरकार निर्माणमा महत्वपूर्ण साथ दिएको माओवादी केन्द्रलाई किनारा लगाएर परिवर्तनविरोधी प्रतिक्रियावादी तत्वसँग प्रेम (लभ) गर्न थालेपछि आफूहरुले साथ छाडेको बताएका थिए ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएर काँग्रेससँग गठबन्धन कायम गरेपछि दुई पार्टीका नेताहरु एकअर्काविरुद्ध कठोर टिप्पणीमा उत्रिएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...