राम्चेमा जिप दुर्घटना, चालक र यात्रुको खोजी कार्य जारी
रसुवा, ३ साउन ।
रसुवाको मूलकर्ख इलाकामा आज साँझ जिप दुर्घटनामा परेको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रमुख प्रहरी नायब उपरीक्षक दर्शन गिरीका अनुसार राम्चे गाविस–१ मूलखर्क इलाकामा जिप दुर्घटना भई सडकबाट करिब ५० मि तल खसेको र चालक र यात्रुको खोजी जारी छ । जिपको नम्बर खुल्न सकेको छैन ।
प्रजिअ कृष्णप्रसाद अधिकारीको नेतृत्वमा गएको सुरक्षा निकायको टोलीले साँझको समय भए पनि खोजी तथा उद्धार जारी राखेको छ । सो जिपमा कति यात्रु सवार थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...