नयाँ सरकार गठनबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
नेकपा माओवादी केन्द्र एमाले नेतृत्वको सरकारबाट बाहिएपछि सरकार गठनका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ।
नयाँ बानेश्वरस्थित संसद भवनमा नुप्त्से हलमा बिहान साढे ८ बजेपछि बस्ने बैठकका सरकार गठनका विषयमा छलफल हुने कांग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले जानकारी दिए। शर्माले बैठकमा माओवादी सरकारबाट बाहिरिसकेकाले अब कसरी अघि बढ्ने भन्ने विषयमा समेत छलफल हुने बताए।
शर्माका अनुसार बैठकको पहिलो एजेन्डा नै माओवादी सरकारबाट बाहिरिएपछि उत्पन्न परिस्थितिमा नयाँ सरकार कसरी गठन गर्ने भन्ने विषयमा गम्भीररुपमा छलफल हुनेछ।
बैठकमा माओवादी केन्द्रको नेतृत्वमा सरकारमा जाने वा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा कांग्रेसभित्र दुई खाले धारणा रहेको छ। बैठकले माअोवादीको समर्थन बिना कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने परिस्थिति नभएकाले माओवादीकै नेतृत्वमा सरकारमा सहभागी हुने बारे निर्णय बैठकले लिने शर्माले बताए।
माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनका विषयमा कांग्रेसले छलफल सुरु गर्न लागेको हो। सरकारबाट माओवादी बाहिरिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेकाले राजीनामा दिनु पर्ने र ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव पेश गर्ने कांग्रेस र माओवादीले प्रतिक्रिया दिएका छन्।
प्रतिकृया दिनुहोस्
Loading...