पहिरोमा पुरिएर एकको मृत्यु
गुल्मी १ साउन
अविरल वर्षासँगै गएको पहिरोले पुरिँदा गुल्मीमा शनिबार एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा हस्तिचौर गाविस–१ मल्दीका बाबुराम महत रहेको प्रहरीले जनाएको छ ।
बिहान आफ्नै घरमा बसेर मकै छोडाइरहेका बेला घरमाथिबाट खसेको पहिरोले पुरिँदा महतको घटनास्थलमै ज्यान गएको प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिए ।
पहिरोले महतको घर र गोठ सबै पुरिदिएको छ । महतको घरमा एघारजनाको परिवार रहेको र बिहान पहिरो जाने समयमा अन्य सदस्य भने घरबाहिर भएका कारण बाँच्न सफल भएको रावलले बताए ।
प्रतिकृया दिनुहोस्
Loading...