अध्यारो भो जिन्दगी कहिले बल्ला दियो

-भावना घिमिरे, विराटनगर

अध्यारो भो जिन्दगी
कहिले बल्ला दियो
एक पल्ट तिम्रो मुहार
हेर्ने धोको थियो ।
सानो छँदा सँंग संँगै
खेल्थ्यौ डन्डीबियो
ठूली हुँदा तिमीसँंग
जीउने इच्छा थियो ।
तिम्रो लागि बरमाला
गाँस्ने रहर थियो
फुर्सद छैन चिट्ठीसंँगै
पठाई देऊन सियो ।
अध्यारोमा प्रकाश छर्दै
बाली आऊन दियो
उज्यालोमा तिम्रो मुहार
हेर्ने रहर थियो ।।

प्रतिकृया दिनुहोस्

Loading...